ड्रोनमा बम सोझ्याउँदै कलमको टुप्पो तिखार्ने लाहुरे प्रेम
(पाठक अनुभूति)
-गोविन्द बेल्वासे
केही नेपाली प्राज्ञहरूले बेलायती सेनामा सेवा गरेका नेपालीका सम्बन्धमा विवेचना गरेका छन् । ती विवेचना कति न्यायोचित थिए भन्ने थप विवेचना सहित एक सैनिक अधिकारीले बजारमा कृति पस्किएका छन् । पाठकलाइ गैह्र सैनिक प्राज्ञ र अनुभवि सैनिक प्राज्ञ दुबैको बिवेचना तुलनात्मक अध्ययन गर्ने अवसर जुटेकोछ ।
प्रेम आले एक प्राज्ञ हुन । ३१ वर्षको सैनिक अनुभव पनि बटुलेका उनको ३९० पृष्ठ पुस्तक हातमा पर्यो । पढें ।
पढ्नु अघि नै पुस्तकको शिर्षकले भूपि शेरचनको सम्झना गरायो । 'गोर्खाली वीरता र शासकीय चाकरी' पुस्तक शिर्षक देख्दै भूपि शेरचनको 'हामी' कविताको झल्को पाएं ।
"प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु–दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौँ,"
नेपालका प्राज्ञहरूको बाहिरबाट अन्दाजका भरमा पस्किएका गोर्खा सेनाको भावना बजारमा थुप्रै छन् । तर, सैनिक अनुभव सहित ती प्राज्ञको विवेचनात्मक भावना ब्यक्त हुनु सुनमा कसी लगाउने रूपमा पनि बुझ्न सकिन्छ ।
प्राज्ञ प्रेमले गोर्खा भर्ती र सेवाको प्रचलन ज्ञानको परिधिमा सिमित भएको कटु यथार्थ उल्लेख गरेका छन् । लेखकले गोर्खाली तलबमान र पेन्सनमा भएका विभेदका विषय पनि लामो समयसम्म महसुस नगरिएको रूपमा रहेको मान्दछन् । उनी लेख्छन्ः "ब्रुनाइ, सिंगापुर र हङकङ (अर्थात सुदूर पुर्व)मा रहुञ्जेल ब्रिटिश गर्खालीहरूलार्इ विभेदको ज्ञान खुलेन ।"(पृष्ठ ३२५)
यस परिप्रेक्षमा अनभिज्ञता र समतामुलक समाज निर्माणको दार्शनीक पक्ष टडकारो देखिन्छ । यस सन्दर्भमा दार्शनिक जोन रयल्सको तर्क मननयोग्य हुन आउँछ ।
Philosopher John Rawls suggests that we should imagine we sit behind a veil of ignorance that keeps us from knowing who we are and identifying with our personal circumstances.
अघिल्लो पुस्तासम्म माथिल्लो जातलार्इ आफूले छोएको खान दिए पापले गर्दा अर्को जन्ममा पनि तल्लो जातमा जन्मनु पर्छ भन्ने बुझाइ दियो । त्यही अज्ञानताका कारण दलीत असमानता समेत स्वीकार गरिन्थ्यो । त्यसै गरी गोरा साहब त अरू जातीले भन्दा धेरै सुविधा भोग्न हकदार नै हुन्छन् भन्ने मनोभावना तथा समानताको ज्ञानको अनभिज्ञतालार्इ लेखकले तथ्यगत बुँदा बनाएर पस्किएका छन् ।
लेखकले नेपाली समाजलार्इ बेलायतीले विभाजन गरेर 'भर्ती हुन लायक जाति र नालायक जाती' भनेर छुट्याइदिएको गुनासो गरेका छन् (पृष्ठ ७३)।
बृटिस गोर्खा सेनामा २०७ वर्षपछि जातीय विभेदमा कमी आएकोमा भने उनले अलि सान्त्वनाको स्वास फेरेको पाइन्छ ।
मलायाका लाहुरे भनेर चिनिने बृटिस नेपाली सेना विषयमा थुप्रै तथ्य चर्चामा रहका छन् । अन्यायका चरम उत्कर्षहरू छताछुल्ल पनि छन् । तर, अझै छुटेका तथ्यहरू जोरजाम गर्न लेखक प्रेम आले सफल भएका छन् । "विश्वयूद्धले बनाएको समलिङ्गी गर्खाली" शिर्षकमा उनले पस्किएको तथ्यले विवेचनामा छुटेको भागलार्इ समेटेको छ । हुन त उनले प्रज्ञिक छक्षतामा केलाएको घटना भन्दा भैसकेको रिपोर्टिङलाइ पुस्तक मोटो पार्न समेटेको आरोप पनि लगाउन सकिन्छ । तर, पनि यो विषयलार्इ प्राज्ञ जगतमा गुमनामीबाट बचाउने श्रेय भने लेखकलार्इ दिनुनै पर्ने हुन्छ ।
उनी लेख्छनः " ब्रिटिस फौजमा समलिङ्गी सम्बन्धलार्इ सन् १२ जनवारी २०००देखि यता मान्यता दिएको छ । त्यसअघि यस्तो सम्बन्धलार्इ ब्रिटिस फौजमा अवैध तथा अनैतिक मानिन्थ्यो ।... "
उपशिर्षक "गोर्खालीको समलिङ्गी कथाब्यथा" दिएर निकै थोरै तथ्य जोडेपनि यसको महत्वले पुस्तकलाइ नै ओजिलो बनाएको छ । नेपाली समाजको विश्लेषणलार्इ यो तथ्यले थप उर्जा दिने छ । देउसिरे-भैलो नाचमा समेटिने मारूनी नाचको सामाजिक र सांस्कृतिक महत्वको पृष्ठभूमि समाजशाष्त्रीका लागि महत्वपूर्ण ठहरिने छ । उनका केही शब्दले मात्र पनि यसको विवेचनात्मक दायरालार्इ झिल्को सल्काउने 'झुलो चक्मा' बन्न सक्छ । त्यो झिल्को डढेलो बन्ला नबन्ला भविष्यको गर्भा हुनेछ ।
उनी लेख्छनः "हङकङमा समलिङ्गीहरूको छुट्टै नाइट क्लब नै थियो । त्यसताका बेलायतमा वर्षेनि २०० देखि २५० जना समलिङ्गीहरूलार्इ फौजबाट निकालिन्थ्यो । गर्खालीहरूलार्इ भने समलिङ्गी भएकै कारण फौजबाट निकालिएको इतिहास छैन तर गैर नेपाली बिहे गरेका भने नोकरीबाट निकालिन्थ्यो ।"
समलिङ्गी यौन शोषणमा नेपाली यूवाहरू पिडित भएको तथ्य उजागर गर्न लेखकले शाहस बटुलेका छन् । बेलायती धार्मिक र सांस्कृतिक धरातलमा हेरिने समलिङ्गी विषयगत मान्यता र हिन्दू प्रचलनमा रहेको मान्यतालार्इ लेखकले विवेचना गरेको भए पुस्तकले बौद्धिक खुराक पुर्याउने थियो । रामायणमा राम बनबास जाँदा समलिङ्गीहरूको अस्तित्व समाजमा स्वीकार गरिएको पृष्ठभूमि र मारूनी प्रचलनको सुरूवात बीचका सामाजिक धरातलले थप विवेचना मागिरहेको छ ।
लेखकलार्इ यो पुस्तककै आधारले, उनी कति न्यायपक्षधर भनेर, छुट्याउनु पक्कै उनीमाथि न्याय नहुन सक्छ । तर, न्याय (र्यास्नल) भन्दा राष्ट्रप्रेम र नुनको सोझोको आदर्श सर्वोपरि मान्ने लेखकको धारणा पुस्तकमा भेटिन्छ । त्यसैको उदाहरणको रूपमा भारत स्वतन्त्रता सेनालार्इ गोर्खाली अधिकृतहरूले साथ नदिनुलार्इ लेखकले सकारात्मक मानेको देखिन्छ । सुबासचन्द्र बोसको पक्षमा नलाग्ने सुबेदार मेजर हरिसिंह बोहोरा र सुबेदार मेजर कालुसिंह क्षेत्रीका कदम लेखकलाइ उचित लागेको आसय भेटिन्छ ।
यी लेखक प्राज्ञिक बन्ने कसरतमा लागेको साक्षीका रूपमा पनि यो पुस्तकलार्इ लिन सकिन्छ । तर, समाजको नैतिक धरातल सन्तुलीत राख्नमा चुकेको भान पनि हुन्छ । सैनिक जीवनमा आकार लिएको उनको मस्तिष्कले नैतिक धरातललार्इ पश्चिमा हैकम (हेजेमोनि)को मापदण्डमा तौलने गरेको भेटिन्छन् । भारतबाट ब्रिटिसले शासन छाड्दा खेलेको धार्मिक विभाजन भूमिकामा लेखक मौन छन् । तर, हिन्दू मुस्लिम विभाजनमा गोर्खालीको योगदानले गर्दा हिंसा कम भयो भन्ने तर्कबाट लेखकको विचारमा विरोधाभाष पाइन्छ । यो बैचारिक धरातलको नैतिक पक्ष जी. इ. एम. एन्सकोम्ब(Gertrude Elizabeth Margaret Anscombe)को नजरबाट पनि हेर्न सकिन्छ । एन्सकोम्बले जापानमा एटम बम हानेर विश्वयूद्धमा झन् धेरै हिंसा हुनबाट रोकेको तर्क अनैतिक मान्दछिन् । लिटिल ब्वाय र फ्याट म्यानले गरेको लाखौ जापानी नागरिकको हत्यालार्इ जायज ठहराउँने तर्कका विरूद्धमा उनी जुझारू भेटिन्छिन् । अमेरिकी राष्ट्रपति जसको आदेशले एटम बम प्रहार भयो, हत्या गरियो । ती ट्रूम्यानलार्इ अक्सफोर्डमा दिइएको पुरस्कारलार्इ नैतिक कसी लगाउने एन्सकोम्बको छमता अवलम्बन गर्न सकेको खण्डमा मात्र लेखक आले प्राज्ञिक योगदानका लागि सक्षम ठहरिने छन् । उनका रोजगारदाताले विगतमा खेलेका नकारात्मक भूमिकालार्इ उनीहरूले सिकाएकै भाकामा जायज ठहराउने तर्क जानिनजानी पुस्तकका पाना भर्नाले सस्तो लोकपृयताका लेखक मात्र बन्न सक्छन् । प्राज्ञिक दक्षता झल्कँदैन ।
लेखकले सन् १९४७को सन्धिका विषयमा एउटा गम्भीर विषय उठाएका छन् । त्यही त्रीपक्षीय सन्धिका आधारमा गोर्खा सेना अहिलेसम्म पनि बेलायती सेनामा सेवारत रहेको परिप्रेक्षमा यो प्रश्नमाथि छलफल हुनसक्ने पाइन्छ । नेपालको तर्फबाट प्रधानमन्त्री र भारत र बेलायतका तर्फबाट प्रधानमन्त्री भन्दा तल्लो तहका तथा सैनिक अधिकारीको हस्ताक्षर भएको तथ्यलार्इ लेखकले जोड दिएका छन् । एक सार्वभौम मुलुकले गरेको सन्धि ठहरिनको लागि समानान्तर स्तरको हस्ताक्षरकर्ता हुनुपर्ने तर्क यो तथ्यको साथमा स्वभावतः जोडिएर आउँछ । बेलायतीहरूले सस्तो लडाकु उपयोग नीतिको हतकण्डाका रूपमा नेपाली यूवा उपयोग गरेको रूपमा यो तथ्य सम्बन्धमा लेखकको बुझाइ भेटिन्छ । हतारको निर्णय सार्थक नहुने तर्क सहित १५-२० वर्षमा बेलायती सेनामा नेपाली यूवा भर्तीहुने प्रचलन बन्द हुनुपर्ने तर्क लेखकले दह्रो रूपले उठाएका छन् । यो प्रचलन असङ्लग्न परराष्ट्रनीति अनुकुल नरहेको पनि उनको जिकिर छ । एक छिमेकी विरूद्ध अर्को छिमकीका पक्षबाट लड्नुपर्ने गोर्खा सेनाको बाध्यतालार्इ लेखकले आलोचना गरेका छन् ।
बेलयती सेनामा गोर्खाली भर्ती हुनथालेदेखि सगरमाथाको हिउँ धेरै पग्लिएर बगेको समयको बदलावलार्इ पनि लेखकले थोरै भएपनि ध्यान दएका छन् । उनी लेख्छनः "अघिल्लो शताब्दीका मिथक र भ्रमलार्इ चिर्दै, राम्रा कुरालार्इ आत्मसात् गर्दै र नराम्रा कुरालार्इ त्याग्दै आधुनिक फौजको अवधारणामा अहिलेका कमाण्डरहरू लागिगरेका छन् ।
बेलायत र भारतमा गोर्खाली परिवारमा जन्मी, हुर्की उतै अध्ययन गरेका युवाहरूलार्इ अहिले गोर्खाली, बेलायती या भारतीय फौजमा भर्ती हुनको लागि बाटो खुला छ ।"
यस परिप्रेक्षमा अधिकृत तहमा विदेशी सेनामा नेपाली नागरिक भर्ति हुन नपाउने तथ्यले धेरै प्रस्न साथमा बोकेको छ । बेलायती सत्ताले सन् १९४८ देखिनै 'एलगेन्स थेउरी'(निरन्तर आस्थाको शिद्धान्त) अन्तरगतको नागरिकता अवधारणामा बदलाव गरे । त्यसअघि बेलायती नागरिकलार्इ दुर्इ देशको नागरिक हुने अघिकार थिएन । तर, नयाँ कानून बनेपछि नागरिकले स्वइच्छाले मात्र बेलायती नागरिकता छाड्न पाउने भए । सत्ताले नागरिकता खोस्न नपाउने भयो । साथै नेपालको संविधानले वि.स. २०७२ देखि गैरआवासीय नागरिकताको प्रावधान अवलम्बन गर्नुले नीतिगत बदलावलार्इ बुझाउँछ । नागरिकता विषयमा समय सापेक्ष शैद्धान्तिक स्पष्टता पस्कने दायीत्व भने लेखक आलेको काँधले पनि बहन गर्न पर्ने भएको छ ।
प्राज्ञ लेखक आलेले यस विषयमा धेरै विवेचना गरेको भेटिंदैन । उनको पुस्तकमा नागरिकता संबन्धी केही तथ्य त छन् । प्रविधिको विकास, भूमण्डलीकरणको विवसता र डायसपोरा समाज विस्तारको परिधिमा त्रीपक्षीय सन्धीले अवलम्बन गरेको नागरिकता अवधरणाको विवेचना गरेका छैनन् । नेपाली नागरिक भर्ना गर्ने र नेपाली भएर सेवानिबृत हुने अब्यवहारिक तथ्यका विषयमा लेखकले उजागर गर्न पर्ने दायित्व बोध गरेको भेटिंदैन । एकातर्फ सैनिक अफिसर हुन विदेशी नागरिकता ग्रहण गर्न पर्ने बाध्यता अर्को तर्फ विदेशको नागरिकता लिंदा नेपालको नागरिकता स्वतहः बदर हुने प्रावधानका विषयमा लेखकले प्राज्ञिक दक्षता देखाउन सकेको भए राम्रो हुन्थ्यो ।
नेपाली समाजमा जातीय विभेदको विषयमा यी लेखकमा संकिर्ण भाव पाइन्छ । उनी बेलायतीले मलायाको लाहुरे हुन लायक र नालायक भनेर नेपाली समाज विभाजन गरिदिएको लेख्छन् । तर, डा. भीमराव अम्बेडकरले भने दक्षीण पूर्व एसियाको समाज बेलायती शासन भन्दा पहिलादेखि नै जातकै आधारमा विभाजित थियो भन्ने वर्णन गरेका छन् । त्यस्तै रामायणमा सम्भूकलाइ जातकै कारण रामले हत्या गरेको प्रसङ्गले पनि बेलायतीले जातीय विभाजन गरेको भन्दा पनि भैरहेको समाजिक प्रचलनलार्इ बेलायती सत्ताको अनुकुल हुने गरी प्रयोग गरेको विषयमा भने लेखक मौन छन् ।
नेपाली समाज सदियौदेखि जातीय प्रथा प्रचलनको जगमा विकसित भएको छ । गोर्खा सेनाको विषयमा तथ्य र विवेचना पस्कने यूवराज सङ्ग्रौला, गोपाल सिवाकोटी जस्ता ब्राम्हण परिवारको मस्तिष्क नै फरक ढङ्गले विकास भएको हुन्छ । त्यसैले त त्यस्ता प्रज्ञले गोर्खाका बीरताका गाथालार्इ सकारात्मक लय दिन सक्दैनन् । रोमान्चकारी मात्र मानिदिन्छन । गोर्खा विभेद र उत्पिडनको खाडलबाट बाहिर निस्कन सेना भित्रका र बाहिरका दुबै थरि प्राज्ञको शाष्त्रार्थ अपरिहार्य छ । ब्राम्हण परिवारकी हजुरआमाले सुत्केरी स्याहार्दा नै "पढ-पढ नानि पण्डित हौली..." भन्ने भाकामा नातिलार्इ तेल लगाउँछिन । हुर्काउँछिन् । अध्ययनको लत बसाल्ने भूमिकामा आमाले लालन पालन गर्छिन । कट्टु लगाउन थाल्नु पहिलादेखि नै बाबुले नै श्लोक घोकाउँथे । त्यसैले उनको मस्तिश्कले त्यस्तै विवेचना गर्छ ।
अर्को तर्फ सैनिक सेवालार्इ आदर्श मान्ने समुदायका हजुरआमाले तेल लगाउँदादेखि नै पल्टने लाहुरे बन्न दह्रो शरीरको आशिष दिन थाल्छिन । प्रेम आले पनि डांडी(कोक्रो)मा सुत्दादेखि नै पाएको प्रेरणा र परिवारको आशा पुरा गर्न बृटिस सेनामा भर्ति हुन्छन् । कुशाग्र बुद्धि सहितको प्रतिभाले सैनिक अनुभव सहित प्राज्ञ बन्छन् । बिरलै मात्र भेटिने गुण विकास हुन्छ । परिणाम स्वरूप उनको किताब मेरो हातमा पर्छ ।
पुस्तककमा बाम्हण चेतनाले गरेको विश्लेषण भन्दा फरक दृष्टिकोंडको विवेचना भेटिन्छ । कुन तर्क कसलार्इ उत्तम लाग्छ भन्ने पाठक तथा श्रोताको चेतनाको अवस्थाले निर्धारण गर्ने पक्ष हो । दुर्इ फरक फरक भावका विश्लेषण, नेपाली समाजलाइ सहि दिशा प्रदान गर्न बरदान सावित हुनेमा भने दुर्इमत हुन सक्दैन ।
पुस्तकका अधिकांश भाग तथ्यहरूको सङ्ग्रहका रूपमा समेटिएका छन् । विवेचना निकै कम भेटिन्छ । थोरै भए पनि विवेचना अर्थपूर्ण छन् । पुस्तक मोटो पार्ने लालसाले सेनाका बीर गाथालार्इ समेटिएको पाइन्छ । यस्तो आरोपलार्इ लेखकले स्वीकार गर्न सकेको खण्डमा उनको कलम झन् तिखारिने निश्चित छ । रिपोर्टिङ भएका तथ्यलार्इ पुस्तकमा समेट्नु भन्दा बढि आफ्ना अनुभूतिलार्इ शब्दमा उतारेको भए पाठक बढि खुसी हुने मेरो पाठक अनुभूति रह्यो । भर्ती हुँदाका अनुभूति, तालिम गर्दाका अनुभव, बढुवा हुँदाको खुसी, तक्मा लगाउँदा देखेको परिवारको मुस्कान बर्डन गरिएका भाव पढ्न पाइने मेरो आशा पुरा भएको छैन । त्यसकोलागि लेखकले अर्को कृति पस्कने छन् भन्ने आशा भने गर्न सकिन्छ । आलेको सैनिक अधिकृतहरूलार्इ प्राज्ञिक ज्ञान बाढेंका स्टाफ कलेजका प्राध्यापन अनुभवले प्राज्ञिक खुराक भर्न सक्छ । त्यस्ता सम्भावनालार्इ सम्झाइदिँदा पनि कलम सरसरती बगाउन सक्ने प्रेम आलेको दक्षतामा भने कुनै कमी रहेको छैन । पहिलो छुट्टी जाँदा सामान किन्ने छट्पटि, परिवार र इष्टमित्रका लागि उपहार छान्ने छटपटी, पहिलो हवाइ यात्रा, नम्बरीसङ्गको भावनात्मक एकताका विवरण आदिले म जस्ता पाठककालागि तिर्खा मेटाउन सक्थ्यो । आमखोरामा गाग्री ढल्काउने मेरो धोको पुरा होला भन्दाभन्दै पुस्तक सकियो तर मेरो तीर्खा बाँकी नै रहेको छ ।
लेखकले विदेशी सेनामा नेपाली नागरिक भर्ती हुने चलनलार्इ नकारात्मक पक्ष मानेका छन् । उनी लेख्छनः "बेलायतको साम्राज्यवादी सोचबाट नेपाललाई मुक्त गर्न र नेपाली आफ्नै सुषुप्त हिनताबोध मनोग्रन्थीबाट मुक्त हुन पनि अब गर्खा भर्ती बन्द हुनुको विकल्प छैन ।"(पृष्ठ ७७)