Blog Details

cateringpal
पिताले दिएको जालझेल गरेर धन कमाउने निर्देशन पालन गरेन । इमान्दारिता बापत छोरो फसाइन्छ । तर, अन्तिममा इमान्दारिताको जीत हुन्छ भन्ने सन्देश दिने कथा । जालझेलको सम्पत्तीले समाजको हित गर्दैन भन्ने भाव ।

कथाः विवेक

09 Nov, 2023

कथाः विवेक

गोविन्द बेल्वासे

माधवको मोबाइलको दोस्रो घण्टी पनि बज्न पाएन । पहिलो घण्टीमै हरियो रङको एन्स्वर बटन उनले थिचे । फोन कानतिर उचाल्दै 'हे..लो' भने । फोन छोरा विवेकको थियो ।

'हेलो..' शब्द टुङ्गीँदासम्ममा उनको मोबाइल कानसम्म पुगिसकेको थियो । उनी छोरो घरबाट गएको एकै छिन पछिबाट फोनको घण्टी पर्खिएर बसेका थिए । साढे दुर्इ घण्टा जतिको त्यो पर्खाइ उनको दुर्इ जुनि ब्यतित गरे भन्दा पनि लामो भएको जस्तो मान्दै थिए । पर्खाइको समय कस्को पो छिटो कट्छ र ! छट्पटि र आत्तुरि त उनलाइ कति लाग्यो लाग्यो ।

हुनपनि उनले धेरै जुनिदेखि यो खुसी बटुल्ने रहर पालेर बसेका थिए । जुन खुसीको खबर सुन्न त्यो फोनको घण्टी पर्खिरहेका थिए ।

उनको यो खुसी बटुल्ने रहरमा मेहेनत गरेका हरेक बिहान र हरेक साँझ पलपलमा जगेडा गर्न थालेको पनि बीस वर्ष वितिसकेछ ।

छोरो विवेक ३ वर्षको भएको सरस्वती पुजाको दिन थियो । सरस्वती माताको फोटो अगाडि दीयो बाले । त्यसै अगाडि छोरालार्इ राखेर उनले कलम, कापी, पेन्सिल विवेकको हातमा थमाइदिएका थिए । सिलपाटी र खरी काखमा राखि दिए ।

त्यसै दिनको साँझदेखि माधबले हरेक बिहान क, ख, ग, घ, ङ पढाउन थालेका थिए । भोलिपल्ट बिहान उनले च, छ, ज, झ, ञ सिकाए । क्रमशः हरेक बिहान र साँझ उनले ट, ठ, ड, ढ गर्दै थप्दै गए, सिकाउँदै गए । छोरो काबिल बनाउन उनी तल्लिन भए ।

छोरोलार्इ सुत्दा पनि सङ्गै सुताउँथे । एवं रितले सुत्ने समयमा र बहान जागेपछि विस्तरा छाड्नु अघि ककहरा घोकाए । त्यसपछिका साँझ र बिहानमा उनले एक, दुर्इ, तीन गर्दै नम्बर घोकाउन थाले । अलिअलि संख्या थप्दै एकसयसम्मका सबै नम्बर सिकाए। त्यस पछि एकाइ दुहाइ पनि घोकाए। तीक्ष्ण बुद्धि भएकोले विवेकले पनि सरासर सिक्दै गयो । नम्बर सिकाउने क्रममा पनि छोरोले पहिला सिकेको नबिर्सिओस भनेर ककहरा पनि बेलाबखत दोहोर्याउन लगाउँथे ।

अक्षर र अङ्क पछि उनले दुर्इ दुना चार को दुना टेबल घोकाउन थाले । पाँच वर्षमा विवेक स्कूल जान थाल्दासम्ममा १० सम्मका दुना घोकाइसकेका थिए ।

बिस्तरामै लय मिलाएर बुवासंग घोक्न थाल्नाले विवेकलार्इ पनि पढ्ने र घोक्ने बानी नै बस्यो ।

स्कूल भर्ना गरिदिएर पठाउँदासम्ममा माधबले विवेकलार्इ A, B, C, D पुरै घोकाउने मात्र हैन लेख्न पनि सिकाइसकेका थिए ।

माधवको त जीवनको मुख्य लक्ष्य भनेकै छोरो सक्षम बनाउनु थियो । विवेक सक्षम भएर लायक बन्नु नै मोक्छ प्राप्ति हुनु हो भन्ने मानसिकता थियो उनको ।

धेरै सन्तान जन्मिए भने सवै सन्तानलार्इ सक्षम बनउने स्रोत जुट्दैन भन्ने चिन्ता थियो माधवलार्इ । त्यसैले एउटा सन्तान मात्र बनाए । पहिलो सन्तान छोरो नभैदिएको भए ?

अर्थात पहिलो सन्तान छोरी जन्मिएकी भए उनले श्रीमतीको मन बुझाउन सक्ने सम्भावना थिएन । किनकी कल्पनाले माधनवको मात्र कुरा सुनेर जीन्दगी चल्दैन । समाज, आफन्त, छिमेकी, इष्टमित्र सवैको कुराको दवाव लोग्नेलार्इ भन्दा नारीलार्इ बढि बेहोर्न पर्छ । सबैभन्दा बढि त सासुको नाति खेलाउने रहरले नै उनलार्इ थिचेको हुन्थ्यो । माइतीबाट सङ्गीनीहरूका फूर्तिको लहरोमा जोडिने बाध्यता पनि हुन्थ्यो नै । शोसल मिडियाका अघोषित फोटो प्रतियोगिताहरूमा पनि भाग त लिनै पर्यो । पहिला जस्तो हैन यो जमाना त झन कस्तो छ भने यूवतीहरूलार्इ त शोसल मिडियाले भित्रैबाट बुरूक्क बुरूक्क उफार्छ । उफ्रिने र उफारिने गरेपछि थेचार्ने एवं थेचारिँदाको पीडा भने लुकाउने चलन छ ।

धन्न पहिला सन्तान नै छोरो जन्मियो । न्वारनको नाम विवेक जुर्यो । श्रीमती कल्पनालार्इ घर, माइत, इष्टमित्रको दोस्रो सन्तान चाहियो भन्ने ठूलो दवाव झेल्न परेन । माधवको आग्रह र सहयोगले गर्दा दवाव झेल्न सक्ने कल्पनाको क्षमताले थेग्यो । तै पनि एक सन्तानको मात्र भर परेर हुँदैन भन्ने नमागेका सल्लाह पनि कति पाए पाए माधव र कल्पनाले । अघिल्लो पुस्तासम्म बाल मृत्यूदर अती धेरै रहेको चलन धान्न चाहनेहरूको कमी छैन हाम्रो समाजमा । त्यसैले उनीहरू एक सन्तानको भर हुँदैन भन्ने कथनलार्इ निरन्तर दोहोर्याइरहन्छन् ।

माधबलार्इ एकमात्र छोरो सक्षम बनेको देखाएर समाजमा आफ्नो सान बढाउने धोको छ । आफ्नो गल्लीमा हिँड्दा शीर ठाडो पारेर शब्द बिना नै फूर्ति देखाएर छिमेकीहरूको तेज झार्ने रहर पनि छ उनलार्इ । तर, नबोलिकनै भाव ब्यक्त गर्न चाहन्थे ।

नभन्दै फोनमा छोराले खुसीको समाचार सुनायो । नतीजा प्रकाशित भएको सूचनापाटीमा २ नम्बरमा विवेकको नाम लेखिएको खबर भन्यो । उनले छोरो नेपाल प्रहरीको इन्सपेक्टर हुने भयो भनेर प्रफुल्ल भए ।

उनले जीवनको सबैभन्दा ठूलो खुसी बाड्ने तथा साट्ने साथी आफ्नै श्रीमतीलार्इ बनाउने निधो गरे । हत्तनपत्त भान्सा तिर गए । भान्साको ढोका खोलेर भित्र पसे । भान्साको गन्धले घर भरिन्छ । घर दुर्घन्धित हुन्छ भनेर उनले भान्साको ढोका लगाएर झ्याल खोलेर खाना पकाउने कल्पनाको बानी छ ।

ढोका खोल्नासाथ कुकरको सिटीले हल्ला गरेकाले आफ्नो बोली श्रीमतीले सुन्दिनन् भनेर एकछिन चुप बसे । कुकुरमा अटेसमटेस भएर भित्र अटाउन नसकेर टोपी उचालेर निस्किएको बाफले सिटीको आवाज निकालेको थियो । ढोका खोल्नु र सिटी बज्नु एकै पटक भयो ।

भित्र अटाउन नसकेको बाफ जति निस्किएर उचालिएको अवस्थाबाट कुकरको टोपी थ्याच्च बस्ना साथ हल्ला पनि बन्द भयो । त्यसपछि बल्ल भुटिँदै गरेको तरकारीको चर्चराहट सुनियो । कुकरको करकस आवाज पछिको चर्चराहट माधबलार्इ मीठो धुन जस्तो लाग्यो । मनको खुसियाली श्रीमतीलार्इ सुनाउँदा मीठो तरङ्गको मिठास धुनले साथ दिन्छ जस्तो ठाने ।

त्यही मौका मिलाएर बुढाले श्रीमतीलार्इ खुसीको खबर सुनाएः 'ल अब तिम्रा ऐस आराम गर्ने खुसीका दिन सुरू भए '। छोरो इन्सपेक्टर भयो ।

कल्पना बिचरी श्रीमानको खुसीको खबरमा सरिक हुन चाहन्थिन । अर्को तिर एउटा पीरले उनलार्इ चस्स घोच्यो । इन्सपेक्टरको तालिम साह्रै मुस्किल हुन्छ भनेर धेरैले सुनाएका थिए । आफ्नै मामाको छोरो तालिम पुरा गर्न नसकेर भागेको पीडाले कल्पनाको मुटुमा च्वास्स घोच्यो । छोरोले अब तालिम अवधिमा भोग्ने पीडाको दुख्ख उनले मनभित्रै लुकाइन । अनुहारसम्म पुगेर देखिन उनले दिइनन् । अनुहारमा त्यो दुख्ख देखिएको भए माधबको खुसी घट्ने थियो । कल्पनाले त्यो खुसी घट्दैनघटोस भन्ने चाहिन । खुसीमा कुनै कमी आउन नदिने गरी छोरो घर आइपुग्दासम्ममा खाना तयार गर्ने सोचिन । चाडै गएर खसीको मासु किनेर ल्याउन माधबलार्इ भनिन ।

कुकरमा पाक्दैगरेको बोइलरको मासुले यो खुसियालीलार्इ सम्बोधन गर्न सक्दैन भन्ने उनलार्इ लाग्यो ।

खाना पनि तयार भैसकेको थियो । एकै छिनमा गेटभित्र छिरेको मोटरसाइकलको स्टार्ट बन्द भएको आवाजले विवेक पनि घरमा पुगेको जानकारी दियो । माधब मख्ख थिए । सरिफ, होनहार, आज्ञाकारी, छोरो आएर सोफामा बस्यो । माधबले खुसियालीले अनियन्त्रित हुन खोजेको स्वरलार्इ सीमाभित्रै राख्नै प्रयास गर्दै भनेः 'अब तालिम सकिएर आउनासाथ राम्रो मालदार ठाउँमा पोष्टिङ गराउने तरिका मलार्इ थाहा छ । हेर, यो देशमा इमान्दार कर्मठ कर्मचारी बनेर मात्र केही हुनेवाला छैन । मालदार ठाउँमा पुगेर उपरि माल बटुल्न पर्छ । इज्जत पावर सवै पाइन्छ । ठाउँ पर्न पर्छ, जति हसुर्न पाइन्छ त्यत्ति हसुर्ने र बटुल्ने गरे पछि सब ठीक हुन्छ ।

घर धितो राखेर लिएको ऋृण तिर्न छ । यो गल्लीभरिका सबै छिमेकीले तीन तल्ला भन्दा अग्ला घर बनाएका छन् । हाम्रो पनि टोलको सबैभन्दा अग्लो र राम्रो घर बनाएर देखाइदिने हो । तेरो मोटरसाइकलको किस्ता तिर्न नपुगेर जेठानसित मागेर तिरेको छु । अबबाट त्यस्ता किस्तासिस्ताको चिन्ता पनि हरायो । मालदार ठाउँमा पोष्टिङ गराएं भने मेरो काम सकिन्छ । ऋृण तिर्ने, तला थप्ने र धुमधामले तेरो विवाह गर्ने पैसा तैले कमाउने हो । यहाँ सोझो बन्यो भने दुख्ख पाइन्छ । बाठो बन्न पर्छ ।

हाम्रा त अब मोज गर्ने दिन सुरू भए ।'
उनी भन्दै थिए विवेक भने हातको मोबाइल हेरेर र त्यसैमा औला चलाएर बसेको थियो । केही बोलेन ।

दिन बिते। महिना बिते । विवेकको तालिम पनि पुरा भयो । माधबले ससुरा बुवालार्इ भन्न लगाएर जुराएको शोर्षले नि काम गर्यो । विवेकको पोष्टिङ काठमाण्डौ एयरपोर्टमा भयो । माधवका ससुराले स्कूलमा पढाएको विध्यार्थी गृहमन्त्री बनेको फाइदा विवेकका भागमा पर्यो । स्कूलमा मात्र हैन, घरमै पुगेर टिउसन पनि पढाउने गर्थे अहिलेका गृहमन्त्रीलार्इ ।

मन्त्रीले नि गुरू दक्षीणा तिरेको ठानेर विवेकलार्इ एयरपोर्टमा पोष्टिङ गराइदिए ।

बाउले गरेको आशा भन्दा उल्टो विवेकमा इमान्दारिताको नसा चढेको थियो । देश र जनताको नाममा राष्ट्रसेवकका रूपमा खाएका सपथको भूत सवार थियो उसको दिमागमा । फूर्तिलो शरीर, गठीलो ज्यान, चौडा छातीको लर्के प्रहरी अफिसर । उसका तेजिला आँखाले जतापनि हेर्न र चियाउन भ्याउँथ्यो । कता तिरबाट आएर कता जाँदै गरेका टेक्सीमा कस्ता प्यासेन्जर छन् भन्नेसम्म पनि हेक्का राख्थ्यो । भरखर तालिमबाट खारिएको तातो रगतमा जनसेवाको ज्वारभाटा सङ्गै राजनैतिक फोहोर विरूद्धको विष मिसिएको ककटेलले उसलार्इ पोलिरहेको थियो । उत्तेजित पारिरहेको थियो ।

माध महिनाको अपह्रान्न । बादलले ढाक्दा घाम नअस्ताउँदै पनि साँझ परेझै थियो मौसम । विवेक आफैले चलाइराखेको प्रहरी जीप गौसाला हुँदै जाँदा अन्तर्राष्ट्रिय बिमानस्थलको गेट पुग्ने समय हुँदैथियो । बिमानस्थल तिरबाट विदेशबाट आएका यात्रुका सामान र प्यासेन्जरले उटुसमुटुस गर्दै भरिएका ट्याक्सी उसले सधै देख्थ्यो । कोही सिनामंगलतिर लाग्थे । कोही उत्तर तिर हानिन्थे । उसले गर्ने दैनिक ड्यूटीमा त्यो दृष्य सामान्य जस्तै भएको थियो । त्यो देख्ने बानी नै बसेको थियो । तर, आज भने एक फरक दृष्य देखियो ।

आज भने एयरपोर्टबाट निस्कँदै गरेको टेक्सीमा चालक मात्र छ । विवेकले पहिलो पटक यस्तो देख्यो । प्यासेन्जर कोही नबोकी निस्कँदै गरेको चालकको अनुहारमा उदासिनता पनि छैन । ग्राहक नपाएकोमा मलिन पनि छैन । बरू मख्ख देखिन्छ । विवेकलार्इ त्यो दृष्य ठूलो आश्चर्य लाग्यो । उसको मनमा संशय उब्जियो । उ जाँदै थियो एयरपोर्ट छिर्न । मोडिनु पर्ने थियो बाँया । तर, उसले मन बदल्यो । त्यो टेक्सीको पिछा गर्ने मनसाय बनायो । उसले जीपको स्टेरिङ दायाँ मोडेर फनक्क जताबाट आएको थियो त्यसै दिशा तिर गुडाउन थाल्यो । गौशाला जाने बाटो तिर बढ्दै गयो ।

विवेकले पिछा गर्न चाहेको टेक्सी तीनवटा गाडीभन्दा अगाडि गैसकेको थियो । बीचमा दुर्इ मोटरसाइकल पनि छिरेका थिए । उसको जीप मोडिएको मात्र थियो एयरपोर्टबाट निस्कँदै गरेको अर्को टेक्सीमा पनि चालक मात्र देखियो । त्यो टेक्सी पनि विवेकको जिपको पछिपछि गुड्न थाल्यो । विवेकले अगाडिको ट्याक्सीलार्इ पनि ख्याल गर्दै ऐनामा पछिपछि आउँदै गरेको चालकमात्र बसेको टेक्सीको पनि ख्याल गर्दै अगाडि बढ्दै गयो ।

एकछिन पछि विवेकले जीपको बाँया साइड लाइट झिपीझिपी पार्दै गति घटायो । त्यहि मौकामा पछाडिको ट्याक्सी पनि उसको अघिअघि गुड्न थाल्यो । अलि परसम्म नै पच्छाउँदा पनि दुबै ट्याक्सी अरू कुनै बाटो नमोडिएर धुम्बाराइ तिर गैरहे । एक छिन पछि उसले महशुस गर्योः उसले सवैभन्दा पहिला ख्याल गरेको टेक्सी भन्दा अझै अगाडि पनि उस्तै गरी अर्को टेक्सी पनि जाँदै रहेछ । अब भने उसको संशय सङ्कामा बदलियो । विवेकको कुममा झुण्डिएको रेडियोको बटन थिचेर धुम्बाराही बीटको प्रहरी कोड जोडेर आफ्नो आदेशमा ध्यान दिन भन्यो । अर्को तर्फबाट रोजर भन्ने सुनेपछि ती तीनवटा टेक्सीको विवरण सुनायो । साथै ती ट्याक्सीलार्इ गोपीकृष्ण हल पछिको उकालोनिर रोकेर तलासी लिन भन्यो ।

आदेश पालन गर्ने टोलीले रोकेर छेउँ लगाएर टेक्सीका तीनैजना ड्राइभरलार्इ छेउँमा उभाइयो । विवेक जीपबाट झरेर ती ड्राइभरछिन पुगेर सोधेः एयरपोर्टबाट प्यासेन्जर नलिइ कुनै पनि ट्याक्सी खाली आउन पर्दैन । चौबीसै घण्टा प्यासेन्जरको अभाव नै हुँदैन । तर, तपार्इहरू किन खाली आएको प्यासेञ्जर पाइएन ? तीन चालक मध्ये दुर्इवटा अलि किशोर उमेरका चञ्चले स्वभावका देखिन्थे । एउटा चाहिं ३६-३७ वर्षको चालक रहेछन् । उसको पहिरन पनि अलि चिटिक्कको रहेछ । अल्लारे त पटक्कै नदेखिने । हातमा पनि महँगो खालको घडी बानेका रहेछन् । चस्मा पनि महँगो लगाएको देखेर विवेकको ध्यान उनै तिर बढि तानियो । विवेकको प्रश्नमा उसैले जवाफ दिन थाल्योः "हैन सर, एकजनाले फोन गरेर एयरपोर्टबाट सामान लिएर बाँसधारी पुर्याइदिन भने । त्यही सामान टेक्सीको डिक्कीमा हालेर ल्याएको छ । प्यासेन्जर त कोही छैन तर भाडा पुरै दिन्छु भनेको छ ।"

विवेकले अर्का दुर्इ चालक तिर हेर्यो । उनीरूले पनि त्यही कुराको पुष्टि गरे। आफ्नो टेक्सीको डिक्कीमा मात्र नअटाउने भएपछि ती दुर्इ टेक्सीलार्इ पनि पहिलो चालकले सामान बोकाएको पुष्टि भयो । दुर्इ किशोर चालकसंग त जसको सामान हो त्यो ब्यक्तिको फोन नम्बरसम्म पनि रहेनछ ।

विवेकले पहिलो चालकलार्इ सामान मालिकको फोनमा डायल गरेर त्यहीँ बोलाउन पठायो । एकैछिनमा नैयाँ चम्चमाउँदो ल्याण्डरोभर जीप आएर विवेकले रोकेको प्रहरी जीपको पछाडि रोकियो । त्यो गाडीबाट एउटा गठिलो ज्यान भएको यूवा विवेक उभिएको ठाउँसम्म आयो । विवेकसंग अनुरोध भावमा भन्योः 'हजुर, सर त्यो गाडीमा हुनुहुन्छ, त्यहीँ गाडीमा हिड्नुस रे, त्यही गाडीभित्र बसेर कुरा गर्ने भनेर बोलाउन पठाउनु भएको छ ।'

त्यो सुनेपछि विवेकलार्इ विषय अहिलेसम्म बुझेको र शङ्का गरेको भन्दा गम्भीर छ भन्ने भान भयो ।

त्यसरी उल्टै गाडीमा बोलाउन पठाएको विषय विवेकलार्इ पटक्कै चित्त बुझेन । उसको त्यो ताल देखेर विवेकको कर्तब्यपरायण प्रहरी ज्वरोको पारामा एक डिग्री थपियो । उसको प्रहरी ड्यूटी अझै कडकदार बन्यो । तालिममा सिकाइएका कुराहरू याद आउन थाल्यो । संगठीत अपराधीहरूको सञ्जालले अनुसन्धान पहलमा दवाव दिने तिगडमको चर्चालार्इ मनन गर्यो । अलि रवाफिलो शैलीमा 'राष्ट्रसेवकको कर्तब्यप्रति मर्यादा थाहा नभए जस्तो छ, मालिकलार्इ यहाँ बोलाएर ल्याउ ।' विवेकको इसारा बुझेर मातहत प्रहरी टीमले त्यो मालिक चढेको भनिएको गाडीलार्इ एक किसिमले घेरा हाले । संबन्धित ब्यक्तिले बुझ्ने तर अरू यात्रुले खासै चाल नपाउने प्रहरी चलाखी तरिका अपनाइरहेका थिए ।

सामानको मालिक भन्ने ब्यक्ति गाडीबाट झरेर आएर विवेकलार्इ नमस्कार गर्दै भन्योः 'सरको यता हालै पोष्टिङ भए जस्तो छ । मैले त हजुरको सेवा गरिहाल्थें नि ! मलार्इ अझै तयाँ पोष्टिङको जानकारी नभएर मात्र हो नि सर '।

त्यो साहुको चापलुसी मिजासलार्इ पहिचान गरेकै हुनाले दर्बिलो आवाजमा सोध्योः

'ट्याक्सीमा के सामान बोकाउनु भएको छ ?'

'हजुर इम्पोर्ट गरेको सामान हो, भन्सार छुटाएर मगाएको हो । सरको सेवा त भैहाल्छ नि ! सरले यसमा टेन्सन नलिनुस न ।' रबिन्द्रले विनित मुद्रामा निवेदन गरे ।

रबिन्द्र परे शहरमा कहलिएका ठ्ला ब्यापारी । सबै पार्टीका ठ्ला नेताका साथमा टी.भी.का स्क्रिनमा झुल्किरहन्छन् । समाजसेवीको ठूला सम्मानले मिडियामा प्रचारित गरिने ब्यक्तित्वका धनी ।

प्रहरीका उच्चपदस्थ हाकिमहरूको संगत गरेर विभागै आफ्नो हितमा चलाउन सक्ने ब्यापारी खुसामदी भाव देखाउन पनि राम्रोसंग जान्दथे । बडो नरम र झुकेको भान दर्शाउँदा पनि विवेकको शङ्का कम भएन । केरकार पछि हङकङ रूटबाट जुत्ताका तलवा इम्पोर्ट गरेको विवरण सुनाएर कर्मचारीलार्इ भन्सारको कागज त्यहीँ ल्याउन लगाए । तर, विवेक टसको मस भएको हैन । कानून फाँटका स.र्इ.लार्इ त्यहीँ बोलायो । मुचुल्का लेख्न पठाएर नमुना चेक गर्नको लागि एउटा कार्टुन खोलेर चेक गर्ने आदेश दियो । गाडी, सामान, चालकहरू र मालिक हुँ भनेर त्यहाँ पुगेका रबिन्द्रको पनि फोटो खिच्न पठाए । कार्टुन अस्वभाविक वजनदार रहेछन् । विवरण लेख्दै कार्टुन खोल्दै गए ।

रबिन्द्रले अटैचीबाट नोटको पोको झिकेर चालीस लाख छ हजुर अरू सवै स्टाफलार्इ छुट्टै भाग पुर्याउँछु मेरो इज्जत जोगाइदिनुस भनेर मलिन बने ।

'तपाइको भन्सार छुटाएको इम्पोर्टेड माल भए किन इजजत जाने ? जाने कुरै हुँदैन त । किन पैसा बाँड्न पर्यो ? भन्दै ब्यङ्गात्मक वाणीको तीर विवेकले प्रहार गर्यो ।

रबिन्द्रको इसारामा उनका कर्मचारीले अर्को अटैची रबिन्द्रलार्इ दिए। त्यो अटैची विवेकतिर बढाउँदै 'दुर्इ करोड छ हजुर, मेरो लाज बचादिनुस । नत्र त म बरबाद हुन्छु ।' भने ।

विवेकमा लोभ झल्कँदै झल्किएन । उ कर्तब्यपरायण कर्मठ इमान्दार प्रहरी इन्सपेक्टर ठहरियो । मातहत पुलिसलार्इ मिडियालार्इ खबर गर्न भन्यो । संगठित अपराधको सञ्जाल जनतालार्इ थाहा भयो भने उसको मेहनत खेर जाने छैन र अपराधीहरूले सजाय पाउने छन् भन्ने उसलाइ विश्वास थियो ।

खोल्दै गएका प्याक भित्रको डिब्बामा पहिंला रङ्का इंटा आकारका धातु देख्दा सबैका मुखबाट 'सुन' भन्ने शब्द एकै पटक निस्कियो ।

एक पछि एक प्याक खोल्दै मुचुल्का तयार गर्दै गर्दा मिडिया क्यामराको फ्ल्यास झल्किन थाले । टीभी स्कीनहरूमा लाइभ दृष्यमा रबिन्द्रलार्इ विभिन्न कथा बुन्दै देखाउन थाले ।

यता रबिन्द्र पक्राउ परे । उता शहरका नामुद वकीलहरूको मिटिङ बस्यो । निबेदन यतार भयो र भोलिपल्ट विहानै मुद्दा दर्ता भयो । सर्बोच्च अदालतले प्रहरी र गृहमन्त्रालयलार्इ रबिन्द्रका नाममा बन्दीप्रत्यक्षीकरण रीट किन जारी हुन नपर्ने हो भन्ने कारण खुलाउन आदेश दियो ।

अदालतको आदेश अनुसार प्रहरीले इजलासमा रबिन्द्रलार्इ उपस्थित गरायो । रबिन्द्रकै अगाडि बहस पैरवी चल्यो । बरामद मुचुल्काको विवरण सरकारी वकीलले पेस गरे ।

रबिन्द्रको सम्बन्ध बरामद मुचुल्का लगायत कतैबाट अभियोजन पक्षले पुर्याउन नसकेको जिकीर रबिन्द्रका वकीहरूले गरे ।

अदालतले हतार हतार गरेर आदेश सुनाउन थालेको कानेखुसी चल्न थाल्यो । अदालतको आदेश भन्दै इजलासका दुर्इ मध्ये एक न्यायाधीशले सुनाउँदै गएः 'राज्यले अनुसन्धान गरेपछि प्रमाणका आधारमा अभियूक्तलार्इ पक्राउ गर्ने अधिकार संविधानले दिएको छ । ब्यक्तिगत हक हनन हुने गरेर पक्राउ गरेपछि कसैलार्इ अनुसन्धान गर्ने कानूनको मनसाय होइन । भाग्न सक्ने र प्रमाण नस्ट गर्न सक्ने अभियूक्तका हकमा अपवाद ब्यवस्था गरिएको छ ।

तर, रबिन्द्र जस्ता प्रतिष्ठित ब्यक्ति भाग्ने अवस्था देखिंदैन । बरामद सामान रबिन्द्रको हो भन्ने पुष्टि हुने प्रमाण बिना नै प्रतिष्ठित ब्यक्तिको मानमर्द गर्न राज्य संयन्त्र दुरूपयोग भएको देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।

स्वच्छ अनुसन्धानको भावना र आधार देखिएन । प्रतिष्ठित ब्यापारीलार्इ पक्राउ गर्ने कारण प्रष्ट हुने प्रमाण संकलन नगरी रबिन्द्रलार्इ पक्राउ गरेको पाइयो । प्रतिष्ठित समाजसेवी ब्यापारीको इज्ज्तमाथि दख्खत दिने जिम्मेवार प्रहरी अधिकृतलार्इ विभागीय कारवाहीका लागि लेखी पठाउनु ।'

अदालतको आदेश जारी हुनु अघिसम्मको मिडियाको भाषा बदलियो । विवेकले गल्ती गरेको भन्दै अदालतको आदेश बढाइचढाइ मिडियामा ब्याख्या हुन थाल्यो । कतिपय विश्लेषकले रबिन्द्र अब राजनीतिमा उत्रनको लागि प्रहरीद्वारा आफैले पक्राउ गरेर आफ्नो मिडिया प्रचारबाजी गरेको तर्क अघिसारे । रबिन्द्रलार्इ अबिर माला लगाएर भब्यसाथ अदालतबाट लाँदै गरेका दृष्य टिभी र यूट्यूब च्यानलकालागि महत्वपूर्ण मसला बने ।

टीभी हेर्न बसेका माधावले जब मिडियाबाट अदालतले विवेकलार्इ गलत ठहर्यएको थाहा पाए । उनलार्इ जमिन भासिंदै गए झै लाग्न थाल्यो । उनले छोरो काबिल भएको, ऋृण मुक्त भएको, छिमेकीको भन्दा अग्लो र झल्झलाकार आफ्नो घर बनेको देखिने विपनामै देखेको सपनाबाट उनी झस्केर जागे झै भए । ती सबै उनको कल्पना अब पुरा हुादैनन् भन्ने भान भयो ।

मनिल अनुहार बनाएर बसेको छोरालार्इ आफ्नो सबै दुख्खः खेर फाल्दिएको शब्दबाणले हान्दै गए । वास्तविक अपराधी रबिन्द्रको वाहवाही भैरहेको र आफ्नो इमान्दारिता बदनाम बनेकोमा उसले विश्वास गर्नै सकेन । तर, त्यो यथार्थ कबुल गर्नु उसको बाध्यता थियो । आमाले भान्सामा खाना खान बोलाउँदा बाबुका शब्दबाणबाट उम्कने उपाय जस्तो लाग्यो । विवेकलार्इ खाना रूचिरहेको थिएन । चिन्ताले सताउँदा भोक किन भाग्दोरहेछ भन्ने प्रश्न मनमा उब्जियो । तर, चिन्ताले भोक भगाएको जीवनको पहिलो अनुभाव गर्यो ।

एक हप्ता पनि वितेको थिएन । उसलार्इ कर्तब्यपालनमा विचलन आएको भन्दै कारवाही स्वरूप जागिरबाट निलम्बन गरेको पत्र प्रहरी प्रधान कार्यालयले बुझायो । एक महिना बित्यो, विवेक उदास थियो । दोस्रो महिना हतास भयो । तेस्रो महिना निरास भएर मात्र त हुँदैन भन्ने सोच्न थाल्यो । चौथो महिना समाज खराब भयो भनेर चुप बस्न हुन्न भन्ने ठान्यो । पाचौ महिना विग्रिएको समाजलार्इ राम्रो बनाउन केही त गर्नै पर्छ भनेर मनमनै अठोट गर्यो ।

पाचौ महिना बित्नै लागेको थियो । तीन ट्याक्सी पक्राउ गरेको दिन रबिन्द्र चढेर त्यहा पुगेको जस्तै ल्याण्डरोभर गाडी घर अगाडि रोकियो । त्यो गाडीलार्इ मिडियाले जुन प्रचारबाजीका साथ रबिन्द्रको भनेर देखाएको गाडी माधबले चिनिहाले । छतमा झोक्राएर बसेका माधब झरेर तल पुग्न नपाउँदै रबिन्द्र गटेभित्र छिरे । माधबले रबिन्द्रलार्इ नमस्कार गर्दै आफ्नो छोरो विवेक वेवकुफ भएको, बुद्धि नभएको केटोमाथि दया गरिदिनुस भन्न थाले ।

रबिन्द्रले 'तपाइ विवेकको बुवा हो ?'भनेर सोधे ।

माधवः 'हो, म नै यस्तो अभागी बेवकुफ जन्माउने बाउँ हुँ । जे सजाय चित्तमा आउँछ मलार्इ दिनुभए हुन्छ । अबुझ केटो विवेकलार्इ एक पटकलार्इ माफ गरिदिनुस ।'

ल भित्र हिँड्नुस चिया खाँदै कुरा गरौँला भन्दा बल्ल माधबले आफ्नो चेत हराएर भित्र बोलाउन नै विर्सेको गल्तीबाट ग्लानि महसुश गरे । हत्तनपत्त भित्र बैठककोठामा रबिन्द्रलार्इ बसालेर विवेकलार्इ बोलाए ।

माधबले विवेकलार्इ रबिन्द्रसंग माफ माग्न भने । हजुर जस्ता उपकारी मान्यजनलार्इ यसले मान गर्न जानेन । रबिन्द्रका अगाडि विवेकलार्इ तुच्छ देखाउने प्रयास गरे ।

'रबिन्द्रले स्वभाविक भावमा हेर्नुस माधबजी म आज यहाँ एउटा कामले आएको छु ।' भने ।

हजुर जस्तो महान ब्यक्तिको काम आउन सके म धन्य हुनेछु । आज्ञा होस म के सेवा गरूँ । माधवले रूञ्चे स्वरमा भने ।

रबिन्द्रले विवेक तिर हेरेर तपाइसंग एउटा अनुरोध लिएर आएको छु । त्यत्ति भन्दै कागज विवेकलार्इ दिए ।

विवेकले कागज पढ्दै गयो । कागजमा रबिन्द्रले आफ्नो सम्पुर्ण कारोबार र सम्पत्तीको नीजी म्यानेजरको अफर लेखेर ल्याएका रहेछन् । महिनाको तीन लाख तलब र साथमा आवास गाडी सुविधा र सम्पूर्ण परिवारको स्वास्थ्य बिमा विवेकले पाउने अफर रहेछ ।

अफर ड्राफ्ट पढेर विवेक अल्मलमा पर्दै थियो ।

रबिन्दले भन्न थालेः 'मेरो यत्रो कारोबारका दौरान थुप्रै नेता, प्रहरी हाकिम, सचिबहरूसंग काम निकालें तर तपार्इ जत्तिको इमान्दार ब्यक्ति कहिल्यै भेटिन । यत्तिको इमान्दार ब्यक्तिको मलार्इ खाचो छ । त्यसैले मेरो प्रश्ताव स्वीकार गरिदिनुस । सेवा र सुविधा लेखिए जतिले पुग्दैन भने कति चाहिन्छ त्यो पनि थपिदिन्छु ।

माधब ट्वाल्ल परेर छोरातिर हेरिरहे । छोराले बेइमानी गरेर सुख जुटाइदेओस भन्ने सोचेको पछुतो आँखाबाट दर्शाए । शब्दमा भन्नै जानेनन् ।