Blog Details

cateringpal
NRN नागरिकता निबेदन भर्ने उपाय

गैरआवासीय नेपाली नागरिकताको निबेदन कसरि तयार गर्ने ?

16 Oct, 2023

गैरआवासीय नेपाली नागरिकताको निबेदन कसरि तयार गर्ने ?



निबेदन भरेर नेपाली दुताबासमा वा पुरानो नेपाली नागरिकतामा स्थायी ठेगाना भएको वडा कार्यालयमा जानु पर्छ । ती दुर्इ मध्ये एउटा सिफारिस भएपछि जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिन्छ ।

निबेदन तयार गर्ने अनलाइन फारम पनि भर्न सकिन्छ । लिङ्कः–



गैरआवासीय नेपाली नागरिकले पाउने अधिकारको विषयमा गैरआवासीय नेपाली संबन्धी ऐन २०६४ संशोधन हुन बाँकी छ । त्यसको लागि सवैले जतिसकिन्छ त्यत्ति पहल गरेको राम्रो ।

कानून बदलिएपछिको नयाँ चरणका लागि क्रमश राम्रो उपायः


१- विदेशको नागरिकता नलिएर नेपालकै नागरिकतामा बस्नु सवै भन्दा उत्तम उपाय
२- विदेशको नागरिकता लिइसकेको छ र विकल्प छ भने, विदेशी नागरिकता त्यागेर नेपालको नागरिकता ग्रहण गर्नु राम्रो
३- विदेशी नागरिक भएर नै बस्ने हो र परिस्थिति सहज छ भने NRN नागरिकता पनि नलिइ नागरिकता ऐनको दफा १० खारेज गर्न पहल गर्ने । स्मरण रहोसः दफा १० खारेज हुने भनेकै बंशजको नागरिकता कायम हुने भन्ने हो ।
४- माथिका परिस्थिति कायम गर्न नसक्नेहरूका लागि उत्तम उपाय भनेको गैर आवासीय नेपाली नागरिकता ग्रहण गरेर NRN सम्बन्धी ऐन २०६४ (संशोधन भएपछि) पाइने सुविधा उपयोग गर्ने ।
५ सवैभन्दा नराम्रो(नेपाल र नेपाली तथा गोर्खाजका लागि खराब) उपाय भनेको एक थरिले लालबाबु पण्डितको लाइन समाउने र अर्काथरिले NRN नागरिकता खराब हो भन्दै विरोधको लागि विरोध गर्दै हिंड्नु हो ।

थप जनाकारीका लागिः

गैर आवासीय नेपाली नागरिकताको विद्यमान अवस्था


शिर्षकको लेख » पढ्नुहुन अनुरोध छ ।



गोविन्द बेल्वासे
www.nrnlaw.com/belbase

Recent Blogs