Description |
सन् १९३१ जुलाई २३, राजविराजमा माता तथा पिता अष्टमाया मानन्धर र सुन्दरप्रसाद मानन्धरको कोखबाट जन्मिनुभएका मानन्धरका लन्डनदेखि बद्रीनाथसम्म यात्रा, अपरितुष्टि (लघु उपन्यास), कैदीको पत्र (कथासङ्ग्रह), रित्तो क्यानभास (कवितासङ्ग्रह), अन्तर्भावना (कवितासङ्ग्रह), ठट्यौली (हास्यव्यङ्ग्यसँगालो), स्मृतिका पानाहरू नामक कृतिहरू प्रकाशित छन् । बेलायतमा होटल व्यवसाय गरिबसेका मानन्धर नेपाल तथा बेलायतका अनेकौँ सङ्घसंस्थाद्वारा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । उहाँ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतबाट प्रतिभा सम्मानद्वारा सन् २००८ मा सम्मानित हुनुभएको थियो । उहाँको २०६८ मा लन्डनमा निधन भयो । |