Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
भोकमरी
कविता

भोकमरी
– गोविन्द बेल्वासे

यता,
बत्तीसको भोकमरीमा गीठाले धानेको ज्यान
भ्याकुरको बलले बाँचेको बच्चा
उता,
भोकमरीमा परेका सन्तती
ओबिसिटीमा छट्पटाएको देख्दा
कोही रुन्छन
स्लिम बनाउने चक्करमा चिलिम हुनसक्ने खतरा मोल्छन्

ठिम्पूको आधिकारिक भोकमरी
अधिकार नामी खडेरीमा मेची नघाईए
सीमा भित्रिएको भोकमरी
अमेरिका पुगेर
जङ्क फूडको सहारामा
फुल्लिएको जीउ धान्न नसकेर
छट्पटाएको छ,

राजधानीको भीडमा भोकमरी
बजारको गल्लीमा भोकमरी
खर्पन धान्ने काँधलाई
अरबका मरुभूमिको भोकमरी
कतै
महङ्गो दस्तुरको भोकमरीले
सस्तो बोर्डिङ पठाउने बाध्यता
यस्तैमा रमाएको
जल्जला मुनि
छानो विनाको प्राबीको विद्यार्थी

साहुको हलो फालेर मुङ्गलानियो
भोकमरीमा जुध्दै सन्तान पढायो
मालिक पुत्रलाई अङ्गरेजी विद्यालय पुर्‍यायो
सन्तानलाई सरकारी स्कूल पठायो
अम्बानी बनाउने सपनामा रुमल्लियो
पुत्रको भोकमरी
दर्बान आँखाले देखेन
तर,
सपना बुन्न छाडेन,

भोकमरीमा भड्किएको बर्मेलीले
बर्मा थर्कायो
भोकमरीको भर्भराउँदो भड्काइमा
भाग्दै देश फर्कियो
बर्मेली टोल रन्कायो
बर्मेली गाउँ चम्कायो
भोकमरीसँग जुध्ने ताकत देखायो
फैलँदै थाइ सहर जमायो
आफ्नो बस्ती यहाँ वहाँ फैलायो

भोक टार्ने जुक्तिमा
बहादुर शाहको सङ्गीन टल्कायो
टिष्टा तटमा पुगेर टहरा बसायो
राजनीतिको भोकमरी भोग्दा
गोर्खाल्याण्डको सपना बुन्यो
जुझारु कीर्तिपुरे
निर्धो नेपालमा हरायो गोर्खा
र पनि
गोरखाले यूरोपको सपना सल्कायो

बैँश गुमायो भोकमरीमा
बिदेशको लडाईमा
अरबको मरुभूमिमा
सूदुर पस्चिमको
ग्यास पम्पमा
मित्तल भान्सा त अम्बानी गेटमा
भोकमरी हटेको सपना देख्न छाडेन

तर,
टारी खेतको कुलो मरम्मत गर्न जानेन
पहरा फोरेर पानी तर्काउन मानेन
बोडिङ पढेको ब्रेन ड्रेनमा हाल्यो
योजना,
मेहेनतको बदला सपनामा झार्यो

बुर्तिबाङको निमाबीमा कोठा थपेन
यर्सागुम्बा बटुलेर धनकमाउने धोको
गैँडाको खाक देखाएर रोजगार बढाउन जानेन
खाकबेचेर भोकमरी हटाउन सकेन
उत्तरको चाँदी चम्काएर फिरङ्गी लोभ्याउन जानेन
जसलाई लोभ्याउनु थियो
उसकै पछि लाग्यो
भाग्ने लहरै लगायो
क्रमै बसाल्यो
कहिले क्रमभङ्ग!!

गर्नेले कहिल्यै भकारी भरेन सम्भ्रान्तले उसको भलो सोँचेन
बरु,
पढेका दरबान पुत्रले
टारी खेतमा कुलो हाल्नु पर्छ
खोला तर्काइ बत्तीबाल्नु पर्छ
ओबीसिटीबाट सताइनेले
उत्तरको चाँदी चम्काउनु पर्छ
खाक र तिलौराकोट सबैलाई बताउनु पर्छ
जो जे सक्छौ तेही गर

उहिलेको भोकमरी

आइफोनको भोकमरी
कुन ठूलो र कुन सानो
भन्नै पर्दा, हात्ती र हात्तिछाप उस्तै उस्तै हो

भोकमरीमा भौतारिनेले इजराइल भेट्याए
हराएको देश बनाए
हराएका नेपाली
बाह्र खम्बादेखि म्यानहटनसम्म
टोकियोदेखि टेक्साससम्म
यहाँदेखि उहाँसम्म
के भेटाए!
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.