Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
चुम्बनबाद जिन्दाबाद
- नारद पण्डित
13/04/2013
चुम्बनबाद जिन्दाबाद
- नारद पण्डित

पृय संविधान,
तिमी आउँछौ भन्ने आशै आशामा, चुनावको चुनौती पर्खी बसेको छु। तिमी अक्षरमा कोरिएर आउली, तिमी प्रस्तावनाको घुम्टो उघारेरै भित्रेउली, अनुसुचिमा लजाएर मुस्कुराउली अनि अङ्गालोमा बाँधेर चुम्बन लिउँला भन्ने पर्खाइ पनि पट्याट लाग्दो भयो। तै पनि तिमी आइंनौ। पर्खि बसेछु तिम्रो चुम्बनको आशै आशामा।
मिति आयो गयो, तर त्यो चुम्बन भएन। त्यो प्रयास पनि तुहिएर गयो। त्यसैले त अर्को चुम्बनको पर्खाईमा छु। डर छ कतै अर्को चुम्बन पनि तुहिने पो हो कि, तै पनि चुम्बनका लागि प्रतिक्षारत छु पृये।
डाक्टर सापले पनि मितिको खबर त पठाएका थिए। मैले पनि थाहा त पाएको थिएँ। तर, दुवै पटक तिम्रो चुम्बन गर्न पाइने आशा खेरै गयो, तै पनि आशा टुटेको छैन। कसको नपुंसकता भनु म ? विचार गर्दै छु।
पृये, बरु तिमीलाई मन पर्ने चुम्बनको प्रकार बताइदेउ म पनि त्यसको तयारी गर्ने छु। तिमीलाई जनजातिको स्वाद मन परे म समाबेसी स्वादमा चुम्बनको तयारी गर्ने छु। जुंगे स्वाद मन पर्छ भने त्यसको पनि अनिकाल यहाँ छैन्। ठाडा जुँगे चुम्बनको तयारी त पहिलादेखि नै छ। तर जुँगाको घोचाई तिमीलाई मन पर्दैन भन्ने ठूलो हल्ला छ। जिब्रो काटिएको र थोते र तोतेबोली बोल्ने थुतुनाको स्वादका लागि पनि धन्धा मान्नु पर्दैन्। बैद्यका जडिबुटीले उत्तेजना फैलाउँदा तिम्रो अनुभव कस्तो रहला त्यो भने लख काट्न बाँकी छ।
तिमी फ्रेन्च मोडेलमा फन्किए पनि, वेस्ट मिनिस्टर मोडेलमा मर्किए पनि, कम्निष्टको कन्धनी बाँधेपनि र करै फाल्न मिसाएर खिचडी पकाए पनि आर्ने, टोंटो, हली, गोठालो र परदेशीएको कागलाई बेलसरीको स्वादमा तिमी मस्किने छौ पृये।
४ सालको चुम्बन लाटीको म्वाई खाए जस्तो भयो (जुद्ध शमशेरले घोषणा गरेको पहिलो संविधान)। स्वाद केही भएन। ७साले चुम्बन पनि अन्तरिम भयो। संविधान सभा विघटन पछिको कामचलाउ भएका बाबुरामको राजीनामा मागेको जस्तै बेस्वादिलो थियो त्यो चुम्बन पनि। १५ को चुम्बनले त झन किचलो झक्यो। चुम्बनको स्वाद चुस्ने अधिकारै नारायणहिटी पस्यो। आखिर डेराले पो लिनुसम्मको स्वाद लियो। १९ को चुम्बन लामो थियो तर ओठ अर्कै स्वाद अर्कैलाई भयो। ओठको दुखाई रह्यो तर बेस्वादको भयो। ४६ को चुम्बन होहल्लाबीच भयो। त्यो चुम्बनको स्वाद लिनेलाई लाउडा र पजेरो लाग्यो। जय प्रकाश जस्तालाई चिसो छिडी देखायो। रुकुम रोल्पा जुरुक्कै उठायो फेरि पनि तिम्रो चुम्बनको आशा जगायो।
तिमी जेठको तातो स्वास फेर्ने बाटोबाट आए पनि सुस्वागतम्। आसारको रसिलो भल बगेको बाटोमा आए पनि स्वागत गर्ने छु। कात्तिकमा कुकुरको डरले मंसिरै ताके पनि केही छैन। तर अबको चुम्बन खेर नजाओस र बाँझो कोख रित्तो नरहोस मेरो यही कामना छ।
कसैले तिमीलाई दिल्लीको बाह्र बुँदे भ्रुडको उपज भन्लान, कसैले छाडा प्रबृत्तिको उत्ताउली कान्छी जान्लान, कसैले अपर मुस्ताङ ताकेको सिर्लिक्क परेकी गोरी ठान्लान, कसैले सगरमाथा पारिबाट आशिर्वाद थाप्ने पाप मान्लान, कसैले परम्परा धान्ने खान्दानीया खोस्टो जान्लान। जसले जे भने पनि म भने मेरो बैंशकी तरुनी मान्दै चुम्बन गर्न पर्खिरहेको छु।
तिमी मेरो उराठिलो जीवनमा सिचाइ गर्ने धारा लिएर आउ। यो खडेरीले उराठिलो पारेको भूमिमा तिम्रो चुम्बन गर्न पाए म धन्य हुने छु।
पशुपतिले कल्याण पनि गरेनन्,
यो बाद त्योबाद पनि छरेनन्,
त्यसैले अव भन्छु,
जय चुम्बनबाद
चुम्बनबाद जिन्दावाद
 
Name: Udai Gurung  Gurung
Comment: तपाईंको ती रमाइलो ब्याङे कथा पडे साह्रै रमाइलो लाग्यो ध्न्यबाद ।
Date: 4/19/2013 12:00:00 AM
 

 
 Comment
Udai Gurungतपाईंको ती रमाइलो ब्याङे कथा पडे साह्रै रमाइलो लाग्यो ध्न्यबाद ।
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.