Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
सस्तो र महंगो भाउमा राष्ट्रियतालाई जोख्दा
–गोविन्द बेल्वासे

सस्तो र महंगो भाउमा राष्ट्रियतालाई जोख्दा

> आफ्नो थाप्लोमा सवै कुरा नवजारिँदासम्म नेपाल आफ्नो देश हो भन्ने लाग्थ्यो। नेपाली आफ्नो भाषा हो भन्ने लाग्थ्यो। नागरिकता आफ्नो त नेपाली नै हो भन्ने लाग्थ्यो। यी तीन वटै कुराको मिश्रणबाट मेरो राष्ट्रियता नेपाली हो भन्ने लाग्थ्यो। मेरो राष्ट्र नेपाल हो, म नेपाली भएकोले र नेपालको माटोसँग मेरो सम्वन्ध भएकोले मेरो राष्ट्रियता नेपाली भएको हो भन्ने भान हुन्थ्यो। शिद्धान्तका पोथ्राहरुमा र राजनीतिक शस्त्रका दाउँपेचमा राष्ट्रियताको परिभाषा र विशेषता अध्ययन गर्ने क्षमता ममा छैन।

> अहिले म नेपाली हुँँ, भन्ने लाग्छ, मेरो राष्ट्रियता नेपाली हो भन्ने मान्छु। तर नेपाली भाषा आफ्नो भए पनि पराई देशमा पराई भाषालाई अंगाल्दा पनि मेरो राष्ट्रियता नेपाली नै रहेको छ। आफु जन्मेको र वाल्यकालमा लडिबुडी खेलेको धुलो र माटो छाडेर सात समुन्द्र पारी आएर विदेशी भूमिमा वर्षौँसम्म खुरी खेल्दा पनि मेरो राष्ट्रियता नेपाली नै रहेको छ। नेपालको कानूनी प्रवधानले गर्दा मैले मेरो कर्मभूमिको नागरिकता लिएँ भने मेरो नेपाली नागरिकताको वैधानिकता हराउँछ।

> त्यो वदर हुन्छ। तर पनि आफ्नो नागरिकता हरण भएर विदेशी नागरिक बने पनि मेरो राष्ट्रियता नेपाली नै हुनेछ। त्यसैले राष्ट्रियताको सम्वन्ध यी कुराहरुले निर्धारण गर्दो रहेछ बरु भावनाबाट पो राष्ट्रियताको भावना निर्धारित हुँदो रहेछ। कागजका प्रमाणपत्रले भावना बदल्न नसक्ने हुनाले नागरिकता प्रमाणपत्र बदलिँदैमा राष्ट्रियता वदलिँदो रहेनछ।

> वितेका १५ वर्षमा जति नेपाली विदेशिए त्यो क्रमलाई अनुपातका हिसावले हेर्ने हो भने अव केही वर्षमा नेपाल रित्तो हुनेछ। यो विदेशिने क्रम जारी रहने हो भने अलि वर्ष पछि नेपाल खाली हुनेछ। तर यो विदेशिने क्रमसँग सामाजिक, आर्थिक र राजनैतिक सम्वन्ध जोडिएको छ। त्यसैले मेरो नेपाल नेपालीहरुबाट खाली हुने छैन। विदेशीहरुले सम्पन्न नेपालीलाई मात्र आफ्नो देशमा प्रवेश गर्न भिसा दिने अरुलाई भिसा नदिने भएका कारणले मेरो देश नरित्तिने भएको होइन। नेपाली राष्ट्रयता अजर र अमर हुने भएको हुनाले नेपाल नेपालीबाट खाली नहुने हो। नेपालबाट जापान देखि अमेरिकासम्म नेपाली छितरिए पनि नेपाली राष्ट्रियता झन पनि झन ओजपूर्ण हुँदै गएको छ। महत्वाकांक्षा बोकेर अवसरको खोजिमा विदेश पलायन हुनेहरु जहाँ जहाँ पुगेपनि श्रमजिवीहरु त्यहीँ माटोमा रमाइरहेका छन्। उनले जोगाइदिएको राष्ट्रियताको झोली थाप्दै हामी विदेशीको सेवामा जुटेर पनि मुटुभित्र नेपाली राष्ट्रियता साँचेकै छौँ।

> एक नेपालीले आफु विदेशमा पुग्दैमा आफ्नो राष्ट्रियता विर्सेर आफु विदेशी बनेको भ्रम पाल्यो भने पनि विदेशीले त उसको राष्ट्रियता बताइरहेको हुन्छ। वेलायतमा धेरै एसियन थुप्रिएपछि “वेलायती एसियन” नामको नयाँ राष्ट्रियता बन्दो रहेछ। तर उनीहरुको राष्ट्रियता वेलायती हुँदो रहेनछ। वेलायती नागरिकताले उनीहरुको वेलायती राष्ट्रियता बन्दो रहेनछ भन्ने कुरा व्यवहारबाटै प्रभाणित भैसकेको छ। त्यसैले धेरै नेपाली वेलायतमा थुप्रिए भने वेलायती नागरिक ठहरिए पनि “वेलायती नेपाली”को उपमाबाट पुकारिने छ। उसको राष्ट्रियता चाही वेलायती होइन नेपाली नै ठहरिने छ। अरुले आफ्नो राष्ट्रियता जनाइदिने छन्।

> नागरिकका के कुरा गर्नु र ओवामा अमेरिकाका राष्ट्रपति बनेका छन् तर उनको राष्ट्रियता अमेरिकन होइन बल्याक अमेरिकन ठहरिएको छ। जनवरी २० वाट उनले राष्ट्रपतिको पद सम्हाले पनि उनको राष्ट्रियता अफ्रिकासँग जोडिएको छ। उनले आफुलाई अमेरिकन भने पनि अमेरिकनले उनलाई एक अमेरिकन होइन “बल्याक अमेरिकन” भएको भनेर उनको राष्ट्रियता अमेरिकन होइन भनिरहेका छन्। त्यसैले उनी जन्मेको माटोले उनको राष्ट्रियता निर्धारण हुन सकेन, उनी वेाल्ने भाषाले उनको राष्ट्रियता निर्धारण हुन सकेन, न त उनको नागरिकता र पासपोर्ट अमेरिकन हुँदैमा उनको राष्ट्रियता अमेरिकन हुन सक्यो।

> यो विषयलाई केलाएर हेर्ने हो भने राष्ट्रियता के बाट निर्धारित हुन्छ त भन्ने प्रश्न टड्कारो बनेर आउँछ। भावनाकै कुरा गर्ने हो भने राष्ट्रियता निर्धारण गर्न सकिने वस्तुगत आधार नमेटिने हुन्छ। ओवामाको उदाहरणलाई हेर्ने हो भने उनको राष्ट्रियताको कडी अमेरिकाका मालिकहरुले अफ्रिकाबाट किनेर ल्याएका दासहरुसँग जोडिन्छ। जवकि उनको वंशजको हिसाव कितावमा दास प्रथाको जोड घटाउ, गुणा, भागको हिसावले पनि कुनै उत्तर फेला पार्न सक्दैन। व्यवहार र परिस्थितिले गर्दा स्थानीय व्यक्तिद्वारा अन्य राष्ट्रियताको व्यक्तिलाई फरक ढंगले हेरिन्छ। समयको अन्तराल र परिवेशले शव्दजाल फेरिन सक्छ। उदाहरणको लागि– स्थानीय वेलायतीले धेरै पहिला विदेशीलाई तेरो राष्ट्रियता के हो भनेर सोध्यो भने, आजभोलि एक वेलायती नागरिकता तथा रातो पासपोर्ट लिएको नेपाली मुलको व्यक्तिलाई स्थानीय बेलायतीले सोध्न पर्‍यो भने 'त कुन देशबाट आएको?' भनेर सोध्छ, तेरो राष्ट्रियता के हो भनेर सोध्दैन। तर, उसको शव्द वदलिए पनि भावमा भने उसले तेरो राष्ट्रियता वेलायती होइन भनिरहेको हुन्छ। व्यक्ति स्वयमले स्वीकार नगरे पनि वास्तविक राष्ट्रियता अरुले दर्शाइरहेकै हुन्छन्।

> अहिलेको इजरायल देश रहेको क्षेत्रबाट जुइसहरु धेरै पहिला त्यहाँबाट विस्तापित भएर राम्रो अवसर खोज्दै संसारभरि फैलिएका थिए। अहिले नेपालीहरु छितरिएजस्तै उनीहरु छितरिएका थिए। छितरिएर पनि मेहनत गरे। जताततै सफल हुँदै गए। परिश्रम कडा गरे र परिश्रमअनुसार सफलता पनि पाए तर देश हराएको थियो र पनि उनीहरुको राष्ट्रियता पलाएको थियो। दोस्रो विश्वयुद्ध पछि उनीहरुको राष्ट्रियता उदयमान भयो। कतै आफ्नो देशै नभएका जुइसहरुले इजराई देश बनाए। संसारभरिबाट आफ्नो देश भन्दै त्यहीँ आएर थुप्रिन थाले र त आखिर सन १९४८ मा इजराइल राष्ट्र भनेर घोषणा गर्न सके।

> मलाई अहिले डर लागिरहेछ। कतै नेपालको माटो हराएर पनि नेपाली राष्ट्रियता बोकेर संसारभरि फैलिएका नेपालीहरुले आफ्नो देश घोषणा त गर्नु पर्ने छैन। कुनै पराइ आएर मेरो देशमा बसेको हुन सक्छ। पछि त्यही पराइले मेरो देश भनेको नेपालको भूमिलाई मैले, मेरो राष्ट्रियताको आधारमा मेरो भूमि भनेर दावी गर्दा द्वन्द्व त हुने होइन? आखिर इजराइलमा पनि त त्यही त हुँदै छ।

> आज विदेशमा अवसरको खोजी र स्थापनाको संघर्षमा पैठाजोरी खेल्ने नेपाली राष्ट्रियता बाहकहरुको काँधमा नेपालको अग्रगमनको बोँझ पनि बोकाइएको छ। राजनैतिक दाउँपेचमा विदेशी खेलको बागचालमा बाघलाई थुन्न सक्ने चलाखिपूर्ण चाल चल्न आवश्यक छ। भूमिबिनाको राष्ट्रियता मा दुःख पाउनुभन्दा सानदार राष्ट्रियता बचाउने प्रयास महत्वपूर्ण हो।

> नेपाली नागरिकता बोकेर वेलायत छिर्न भन्दा वेलायती नागरिकता बोकेर नेपाल बसाई सर्न गाह्रो हुन सक्छ। त्यसैले नेपाली राष्ट्रियताको मुल्यभन्दा विदेशी नागरिकता सस्तो हुन्छ।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.