Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
होस गरौं! कतै ठगिने पालोमा तपाइँ पो पर्नु हुन्छ कि !
होस गरौं! कतै ठगिने पालोमा तपाइँ पो पर्नु हुन्छ कि !

> –जानकारीमुलक सामाग्री

> बेलायतमा विभिन्न किसिमका ठगीका घटनाहरुमा नेपालीहरु ठगिने घटनाहरु घटिरहेका छन्। आफु ठगिएको कुरा भन्दा लाज हुन्छ भन्ने ठान्नाले पनि कतिपय घटनाहरु प्रकाशमा आउने गर्दैनन्। हालै कतिपय नेपाली भाषामा फोन गरेर विभिन्न होलिडेका सस्ता प्याकेजका मिठा कुरा गर्दै क्रेडिट वा डेविड कार्ड डिटेल्स माग्ने र खाताको पैसा हराउने गरेका विभिन्न घटनाहरु घटिरहेका छन्। उदय थापाले हामीलाई यस्तै होलिडे प्याकेजका नाममा ठगिएका घटनाको सूचना दिनु भएको छ। त्यस्तै गरी ठगहरुको कुरा पत्यार नलागेका कारण आफु ठगिनबाट जोगिएको प्रमोद ढाकालले जनाउनु भएको छ। ढकाललाई एउटा नेपाली भाषा बोल्नेले ७९ पाउण्डमा दुइजनालाई थ्री स्टार होटेलमा ७ दिन बस्ने समेतको होलिडे प्याकेजका मिठा कुरा गरेर कार्ड डिटेल्स माग्न धेरै प्रयास गर्‍यो। तर उहाँलाई त्यस्तो हुनै नसक्ने अफर माथि विश्वास लागेन र कार्ड डिटेल्स दिनु भएन्। अहिले आफु ठगिनबाट जोगिएको जस्तो अनुभव भैरहेको छ उहाँलाई। नभन्दै ढाकालजीलाई जस्तै फोनमा मिठा मिठा कुरा गर्नेलाई एकजना नेपाली महिलाले आफ्नो बैंक कार्ड नम्बर र पिन नम्बर दिनु भएछ तर केही दिनमा थाहा भयो खातामा त साढे चार पौ48ड बाँकी छाडेर सवै रकम हराएछ। धन्न खातामा २ सय पाउण्ड मात्र थियो। कतिपय कम्पनीको नाममा कुनै कारोवार गर्न आवस्यक पर्ने इजाजत नलिइकन सञ्चालन हुने कम्पनीबाट नेपालीहरु ठगिएका घटनाहरु पनि छन्।

>त्यसैले नेपाली भाषामा बोल्यो भन्दैमा विश्वास गरिहाल्नु हुँदैन। आफुले कार्ड डिटेल्स आदि दिँदा कम्पनीलाई त्यस्तो कारोवार गर्न आवस्यक पर्ने इजाजत प्राप्त छ कि छैन र मान्यता प्राप्त हो कि होइन भन्ने बुझ्न अति जरुरी हुन्छ। जस्तो हवाइ टिकट आदि किन्दा एटिओएल सदस्य रहेको मान्यता प्राप्त संस्थासँग कारोबार गर्दा कथम कदाचित आफुले किनेको टिकट अनुसारको सेवा पाउन नसके आफ्नो रकम फिर्ता हुन्छ। त्यसैले कुनै सेवा वा टिकट बापत भुक्तानी गर्नु भन्दा पहिला एटिओएल वा अन्य समान स्तरको मान्यता प्राप्त गरेको कम्पनीसँग मात्र कारोबार गर्ने गर्न जरुरी छ। अर्को सतर्क हुनु पर्ने कुरा के पनि छ भने कुनै सच्चा कम्पनीको नाम लिएर त्यो कम्पनीसंग सरोकार नै नभएको ब्यक्तिले पनि हामीलाई ठग्ने सम्भावना रहन्छ। त्यसैले आफुले रिसिभ गरेको फोन कलमा कसैलाई विश्वास गरेर आफ्नो कार्ड डिटेल्स त दिनु नै हुँदैन। कार्ड डिटेल्स दिनु नै छ भने पनि उसको नम्बर मागेर आफुले उसलाई फोन गरेर बुझ्दा आफुलाई विश्वास लागेमा मात्र कारोबार गर्नु उचित हुन्छ। उसले भनेको कम्पनीसँग उसले. दिएको नम्बर सरोकार राख्छ कि राख्दैन भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ।

> यसै क्रममा कहिलेकाँही बाटोमा वा कार पार्क तिर कसैले सस्तोमा ल्यापटप वा मुभी क्यामरा जस्ता सामानहरु निकै सस्तोमा दिन्छु भनेर पैसा लिएर जाने तर पछि ल्यापटप भनेर ल्याएको झोलामा पानी भरिएका बोतल मात्र भएको जस्ता ठगीका घटनामा पनि नेपालीहरु परेका उदाहरण थुप्रै भैसकेका छन्। निकै जान्ने पल्टेर सस्तोमा सामान पाइयो भनेर ठगिने सम्भावनाहरु प्रति सचेत हुन र त्यस्तो लोभ लालचमा नपर्नु नै वेश हुन्छ।

> आजभोलि इन्टरनेटको माध्यमबाट सामान किन्ने तथा उपहार पठाउने जस्ता गतिविधि सामान्य ब्यवहार बन्दै गएका छन्। क्रेडिट तथा डेविड कार्डको प्रयोग हुने गतिविधिका अधिकांश कारोबारमा बदमासहरुले ठग्ने सम्भावना पनि उत्तिकै छ। कसैलाई इन्टरनेट मार्फत उपहार पठाउन प्रयोग गरिएको तथ्याङ्क (डाटा) वदमासहरुले दुरुपयोग गर्न सक्छन्। दुरुपयोग हुने सम्भावना छ भन्दैमा हाम्रो सुविधाजनक प्रविधि प्रयोग गर्नै छाड्ने कुरा त आउँदैन तर आफ्नै कारणले आफै ठगिन सकिने सम्भावना प्रति सचेत हुन भने जरुरी छ। कारोवार गर्दा जन्म मिति, पिनकोड जस्ता गोप्य तथ्याङ्क प्रयोग गर्दा सही ठाउँमा र अति आवश्यक पर्दा मात्र प्रयोग गर्ने गर्न पनि उत्तिकै जरुरी छ। प्रविधि विकासले असल मान्छेलाई मात्र होइन ठगहरुलाई पनि सुविधा पुर्‍याउछ। त्यसैले गलत मान्छेहरुले सही मान्छे ठग्न सक्ने सम्भावनालाई टार्नका लागि असल मान्छेले पनि आफ्ना गतिविधिहरुमा शतर्कता अपनाउन जरुरी छ। जीवनका गतिविधि सन्तुलित बनाउन केही अति ध्यान दिनुपर्ने सतर्कताहरु यस प्रकार छन्ः–

> – यदि कुनै बैंक वा क्रेडिटकार्डको इमेलसंग मिल्दो जुल्दो इमेल ठेगानाबाट ब्यक्तिगत तथ्याङ्क (नाम, ठेगाना, जन्म मिति, पिन नम्बर आदि) मागिएको अवस्थामा कहिल्यै पनि त्यस्ता तथ्याङ्क दिनु हुदैन। कुनै पनि बैंकले ब्यक्तिगत तथ्याङ्क कहिल्यै पनि कसैसंग माग्दैन। त्यस्तो तथ्याङ्कबारे शंका लाग्नासाथ आफ्नो सम्बन्धित बैंकमा सम्पर्क गर्नु जरुरी हुन्छ।

> – बैंकिङ वेवसाइट खोल्दा स्पेलिङ फरक भए पनि उस्तै पेज खुल्ने तर तथ्याङ्क माग्ने सम्भावना रहन्छ। त्यो वेभसाइट आफ्नो बैंकको वेवसाइट नभएर अर्कै वेवसाइट हुन सक्छ र आफूले भरेको तथ्याङ्क अरुकै हात पर्न सक्छ। त्यस्तो शंका लाग्नासाथ आफ्नो वित्तिय संस्थामा तुरुन्तै खवर गरी आफ्नो पिन नम्बर बदल्नु पर्छ। साथै आफ्नो बैंक आदि वित्तिय संस्थाको वेवसाइट खोल्दा स्पेलिङ्ग सही छ कि छैन ध्यान पुर्‍याउन एकदम जरुरी हुन्छ। – आफ्नो क्रेडिट/डेविट कार्डको पिन नम्बर कसैलाई पनि दिनु हुँदैन। पिन नम्बर कही लेख्नु भन्दा मनमा सम्झनु नै बेस हुन्छ। धेरै कार्डको फरक फरक नम्बर हुँदा सम्झन गाहरो हुने भएकोले सबै कार्डको पिन नम्बर बदलेर एउटै बनाउँदा सम्झन सजिलो हुन्छ। क्यास मिसिनबाट आफ्नो कार्डको पिन नम्बर बदलेर सवै कार्डको एउटै पिन नम्बर बनाउन सकिन्छ।

> – फोनमा आफ्नो ब्यक्तिगत तथ्याङ्क कसैलाई नदिनु बेस हुन्छ। कुनै कारोबारको सम्बन्धमा तथ्याङ्क दिनै पर्ने भयो भने पनि फोनमा कुरा गर्ने ब्यक्ति आधिकारिक प्रतिनिधि हो कि होइन टुङ्गो गरेर मात्र दिनु पर्छ। प्राय संस्था प्रतिनिधिहरुले पिन नम्बर मागे नै भने पनि पुरै नम्बर माग्दैनन्। केवल दोश्रो, पहिलो, चौथो भन्ने जस्ता छुट्टाछुट्टै नम्बर मात्र माग्ने गर्छन्। सबै नम्बर माग्दैनन्। यो कुरा ध्यानमा राख्न निकै जरुरी छ।

> – कतिपय वित्तिय संस्थाले कारोबार बढाउन टेली मार्केटिङ कम्पनीलाई आफ्नो तथ्याङ्क पनि बाड्ने गर्छन्। त्यसैले फोनमा ब्यापारिक कुरा गर्दा फोन गर्ने कम्पनीको गोपनियता सम्बन्धी नीतिबारे बुझ्न जरुरी हुन्छ।

> – आफ्ना चेकबुक, इन्सोरेन्स फारम, क्रेडिट एप्लिकेशन कपी, बैंक स्टेटमेण्ट आदि कागजहरु जतन गरेर राख्ने गर्नु पर्छ। त्यस्ता ब्यक्तिगत तथ्याङ्क रहेका कागजात फाल्नु पर्दा डढाल्ने, च्यातेर मात्र फाल्ने वा नष्ट गर्ने गर्नुपर्छ।

> – इन्टरनेट बैंकिङ्ग वा अन्य वेवसाइट लग इन गर्न चाहिने शब्द अंकहरु आफूलाई सम्झन सजिलो हुने तर अरुलाई सम्झन गाहरो हुने गरी राख्न ठीक हुन्छ। टेलिफोन नम्बर, गाउँको नाम, छोराछोरीको नाम चाही अरुले तपाईको पासवर्ड हुन सक्ने अनुमान गर्न सक्छन्। त्यसैले अरुले अनुमान गर्न नसक्ने गरी पासवर्ड राख्नु पर्छ।

> – डेविड तथा क्रेडिटकार्ड हराएको ख48डमा हराउनासाथ क्यान्सिल गराइहाल्नु पर्छ।

> – आफ्नो ब्यक्तिगत तथ्याङ्कलाई बहुमुल्य सम्पत्ति मान्ने गर्नुपर्छ र अरुलाई जानकारी गराउनु हुदैन।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.