Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
कुर्दाकुर्दै
कुर्दाकुर्दै

बाटो खन्न जान कटुवालले हाँक हालेको सुनिन
पधेँरा सोहोर्न बोलाउनेको जानकारी पाइन
रातोमाटो र कमेरो लिन जानेको लस्कर देखिन
अलकत्रा लगाएर ढोका चम्काउने मान्छे देखिन


बाकस बोक्ने भरियाका अघि लाहुरे देखिन
चमेली तेल बसाएको हरहर्ती बासना पाइन
काठे पिङ बनाउने बञ्चराको स्वर सुनिन
लिङ्गे पिङका बाँस लतारेके नि देख्दै देखिन


सोलीमा तोरी बोकेर कोल जाने लस्कर
सेल पोलेको खारले खोक्नेको ख्वाकख्वाक
चिउरा कुट्नेको कक्ल–ढ्याक ढ्याक
मैदा पिस्ने झाँतोको घ्यार घ्यार कतै सुनिन


आँगनमा सुकाको झिलिङ्गा र पपहराको रङ
गाइनेले जुराएको पल्लो गाउँको ब्यथा
खसी बोका कुखुरा राङ्गाको मोलाइ
हल्दारले छुट्टी नपाको हुलाकीको खबर


बाले ल्याइदिएको मजेत्रो चोली र बरकी
साने भोटो जाएँ र चप्पल लाउँदै ठाँटियो
तमसुकको भाकामा भून्टेको रेमिट्यान्स
साथमा बुहारीलाइ आइफोनको उपहार


आइफोनको स्क्रिनमा शुभकामनाका फूल
म्यासेजको बक्समा मालसिरी धुन
यफबीको भित्तामा झिलिमिली कार्ड
खल्लो छ खवर आएर नि नआको चाड


समयः घटस्थापना, २०७६ को साँझ

 
Name: Janardan Banjade  Banjade
Comment: बुड्डी तिर ताेरी मीलकाे टुकटुक सुनिएला । बस रेक्साबाट सुटकेस र लाहुरे झरेकाे देखिएला । मखमली र सय पत्री फूल फुलेकाे देखिएला । रगतकाे कुलाे मन्दिर तिर भेटीएला । बाख्राे कुखुराेसंग रमाउदै केटाकेटी म्याम्या, क्वाक्वा गरेकाे सुनिएला । कान मेराे खुट्टा तेराे भनी ज्युदैमा भाग लगाएकाे देखिएला । केटा केटी पट्ठा पट्ठीकाे लस्कर पनि देखिएला । तीन पाने र पहुचकाे गन्ध पनि सुघ्न पाईएला । टाढा बसेर सवै पाउन मुस्किलै हाेला । सवारिहाेस बुड्डि अनि सिद्वधारा सबै प्राप्त हाेला ।

Govind Belbase धन्यवाद, सुझाव मन पर्याे । म त आउँला तर रेमिट्यान्स नपठाए दशैको अक्षेता नजुर्नेका घरमा कुरेर बसेकी बुहारीको लोग्ने समृद्धि आउला र देशमै राेजगारी पाइएला भनेर "कुर्दाकुर्दै" दशै आएछ । कहिले आउला त्यो समृद्धि ?

Date: 1/10/2019 12:00:00 AM
 

 
 Comment
Janardan Banjadeबुड्डी तिर ताेरी मीलकाे टुकटुक सुनिएला । बस रेक्साबाट सुटकेस र लाहुरे झरेकाे देखिएला । मखमली र सय पत्री फूल फुलेकाे देखिएला । रगतकाे कुलाे मन्दिर तिर भेटीएला । बाख्राे कुखुराेसंग रमाउदै केटाकेटी म्याम्या, क्वाक्वा गरेकाे सुनिएला । कान मेराे खुट्टा तेराे भनी ज्युदैमा भाग लगाएकाे देखिएला । केटा केटी पट्ठा पट्ठीकाे लस्कर पनि देखिएला । तीन पाने र पहुचकाे गन्ध पनि सुघ्न पाईएला । टाढा बसेर सवै पाउन मुस्किलै हाेला । सवारिहाेस बुड्डि अनि सिद्वधारा सबै प्राप्त हाेला ।

Govind Belbase धन्यवाद, सुझाव मन पर्याे । म त आउँला तर रेमिट्यान्स नपठाए दशैको अक्षेता नजुर्नेका घरमा कुरेर बसेकी बुहारीको लोग्ने समृद्धि आउला र देशमै राेजगारी पाइएला भनेर "कुर्दाकुर्दै" दशै आएछ । कहिले आउला त्यो समृद्धि ?
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.