Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
बिन लादेनको मृत्यू, उनको बिचार र अन्तरर्राष्ट्रिय कानून
बिन लादेनको मृत्यू, उनको बिचार र अन्तरर्राष्ट्रिय कानून

>गोविन्द बेल्बासे

>संसारको सर्वसक्तिमान सैन्यबल नेटो संगठनको नेतृत्वदायी शक्तिको एक अङ्ग अर्थात अमेरिकी सैन्य टुकडीले बिन लादेनलाई पत्तालगाएर मारेको समाचार सर्बत्र फैलिसकेको छ।

>बिन लादेन एक्काइसौ सताब्दीका एक अन्तरर्राष्ट्रिय पात्र हुन्। उनलाई खलनायकका रुपमा प्रचार गरिएको आवाज मात्र हामी समक्ष गुञ्जने गरेको छ। आफूलाई सर्वशक्तिमान बताउने अमेरिकाले बिनलादेनको पत्ता लगाउन दुई दशक भन्दा बढी समय लगाउनुबाट उनको आदर्शका पछि पनि ठूलो जमात भएको प्रमाणित हुन्छ। उनका अनुयायीहरु थुप्रै नभइदिएका भए यति लामो समयसम्म उनलाई उनीहरुले लुकाएर राख्न पनि सक्ने थिएनन्। उनको आदर्शप्रति सहमत हुने र नहुने भनेको विचारको स्वतन्त्रतासंग पनि सरोकार रहन्छ। आतङ्कका भरमा एउटा विचार अरु माथि लाद्नु पक्कै पनि उचित मान्न सकिन्न। उनको विचारमा असहमत हुनेहरुले मात्र यो सन्सारमा शासन गर्न हतियार चलाउन पाउनु भर्छ भन्ने तर्क गर्नु पक्कै पनि उचित होइन्। गलत विचारलाई दमन गर्न हतियारको प्रयोग गर्नुमात्र उपाय हो भन्ने विचार लादेर समाजलाई अग्रगमन तिर लान पनि सकिँदैन्।

>बिन लादेनको विचारको विरोधमा सोभियत संघ लाग्दा अमेरिकाले बिनलादेनको बिचारलाई स्थापित गराउन सहयोग गर्यो। अहिले बिनलादेनको विचारलाई गलत भन्न नेटोको सैन्य शक्ति लागि परेको छ। उनको बिचारलाई दमन गर्नु पर्छ भनिएको छ। तर अहिले नेटो शक्तिलाई ओझेलमा पार्दै अमेरिकी टुकडी मात्र बिन लादेनलाई मार्न सफल भएको घोषणा गरिएकोछ।

> बाराक ओबामा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुँदासाथ उनले अफ्गानिसतानमा यूद्ध अन्त गर्ने कुरा गरेका थिए। उनले नोबेल पुरसकार पाउनुमा उनको त्यो घोषणालाई पनि आधार मानिएको विश्वाश गरियो। तर, आज उनले अफगानिसतानको लडाईमा आफू सरिक भएर बिन लादेनलाई मार्न पाकिसतानमा आक्रमण गरेका छन्। आतङ्कबाद विरुद्धको लडाइका नाममा अमेरिकी नेतृत्वमा नेटो समुह सक्रिय रहेको कुरा ओझेलमा पार्ने प्रयाश पनि भएको छ। अमेरिकाको टोलीले बिन लादेनलाई मारेको प्रचार गरेर नेटो समुहलाई ओझेलमा पर्ने खेलको विरोध गर्ने आट भने सायद नेटो सदस्यहरुमा छैन पनि होला। यसबाट अमेरिकाको एकलौटी घमण्ड प्रमाणित हुन्छ। यो अमेरिकी कमजोरीलाई प्राज्ञिकहरुले विश्लेषण गरुन या नगरुन तर आतङ्कको भरमा साम्राज्यको विरोध गर्नेहरुकालागि तर्क गर्ने एउटा बुँदा थपिने छ।

> अमेरिकी राष्ट्रपतिले आफ्नो बहादुरी बताउँदै बिनलादेन मारेको खबरलाई टीभीमा प्रषारण गर्दैगर्दा अमेरिकाले कामजोरीलाई कसरी लुकाउन खोज्दै छ भन्ने पनि देखिँदै छ। एकातर्फ राष्ट्रपतिले सन् १९९० देखि अमेरिकी सेनाले अहिलेसम्म पनि बिनलादेनलाई समात्न नसकेको कमजोरी लुकाइरहेका थिए। बिनलादेनलाई सेप्टेम्बर ११, २००१ पछि मात्र खोज्न थालिएको पनि होइन्। अर्को तर्फ सार्बभौम मुलुक पाकिसतानमा अमेरिकाको सेनाले खुलेआम आक्रमण गरेर अन्तरर्राष्ट्रिय कानून उलंघन गरेको कुरालाई बहादुरी बताउँदै छन्। सिधा भाषामा ओबामाले आफ्नो नेतृत्वमा पाकिसतानको भूमिमा हस्तक्षेप गरेर बिन लादेनलाई मारेको बहादुरी बताएका छन्। कानूनको शासनको खिल्ली उडाएका छन्। तर कसैले त्यो सत्य देखे। कसैले देखेर पनि नदेखे झै गरे। कसैले देख्न चाहेनन्। कसैले देख्दै देखेनन्। उनले र बिबिसी तथा सीएनएन लगायतका पश्चिमा मिडियाले सही कुरा लुकाइरहेका छन्। त्यसलाई अरु मिडियाले पनि पछ्याइरहेको पाइयो। मानौ अन्तरर्राष्ट्रिय कानून बनाउने पनि अमेरिका हो, त्यसको ब्याख्याता पनि अमेरिका हो र लागु गराउने शक्ति पनि अमेरिका नै हो।

> अमेरिकाको सैन्य शक्ति र त्यसलाई साथ दिएको नेटो संगठनको शक्ति साच्चै नै बीस–एक्काइस बर्षसम्म एउटा मान्छेलाई खोज्न असमर्थ थियो भन्ने विश्वास गर्न गाहरो पर्छ। आधुनिक प्रविधिबाट सम्पन्न सैन्य शक्तिले बिन लादेनलाई यति लामो समयसम्म पत्ता लगाउन नसकेको बताइए पनि यो सैन्य शक्तिको नियतप्रति शंका गर्न सकिने कारणहरु छन्। यो सैन्य शक्तिको नियतमाथि शंका गर्दा अहिले बिन लादेन फेला परेको र मारिएको घोषणा गर्न अमेरिकाको लागि उपयूक्त समयमात्र हो कि भन्ने पनि तर्क गर्न सकिन्छ।

> बिन लादेनको मृत्यू बाराक आबामाको अमेरिकाको राष्ट्रपति पदमा निर्बाचित हुनु र उनका राजनैतिक घोषणाहरुसंग पनि जोडिएको छ। अहिले फेरि ओबामा आगामी निर्बाचनमा उम्मेदबार हुने घोषणा हुनु लगत्तै यो घटना घट्नु र ओबामाले आफ्नो प्रत्यक्ष नेतृत्वमा ओबामा मारिएको फुर्ति लगाउनु एक कागताली मात्र मान्ने विषयमा पनि शंका गर्ने ठाउँ छ। उता लिबियामा कर्णल कद्दाफीको पारिवारिक निवासमा नेटो समुहको आक्रमण र जाहान परिवार मारिएको खबर लगत्तैको यो सूचना पनि घटना क्रममा मालादार कडीका रुपमा थपिएको छ। घटनाक्रम अलग अलग रुपमा हेर्दा हरेकलाई कागताली मान्न सकिएता पनि यी घटनाक्रमहरु मालादार कडीका रुपमा एक अर्कामा जोडिँदै बिनलादेनको मृत्यूको घोषणासम्म आइपुगेका छन्। यसबाट देखिएको घटना तथा प्रचार गरिएको तथ्य भन्दा वास्तविकता फरक भएको अनुमान गर्न सकिने थुप्रै गुञ्जाइसहरु छन्।

> अमेरिकाका यी कमजोरीका कुरा उठाउँदा आतङ्कबादलाई सहयोग पुग्छ भन्नेहरु पनि नभेटिने होइनन्। तर कानूनको शासनका कुरा गर्नु प्रजातन्त्र हो भने बीबीसी र सीएनएनको गोयबल्स सैलीका सम्बन्धमा बहस हुनु पनि आवस्यक छ। अरुका कुरा गर्दा आलोचनाको स्वरुप पनि अपनाउने यीनै ठूला मिडिया हुन्। तर मुख्य मिसनमा पुग्दा यीनले पश्चिमा स्वार्थ कति लागु गर्दारहेछन् र हिटलरले सिकाएको गोयबल्स सैलीको कति अनुयायी रहेछन् भन्ने छलफल हुनु आवस्यक देखिन्छ।

> चाहे सेप्टेम्बर ११ को टूइन टावर विध्वंश होस चाहे लण्डनको जुलाई ७ को हिंसा होस् बिनलादेनको नेतृत्वमा ती घटना भएका थिए भने उनले सजाय पाउनु पर्ने हो। तर, कानूनी मान्यता, मानवअधिकार र अन्तरर्राष्ट्रिय कानूनको पालना नै नगर्ने पराम्परा बसालिनाले गलत नजीरहरु स्थापित हुने भएका छन्। यस नजिरबाट सैन्यशक्तिका भरमा संसारको बागडोर चलाउने परम्परा बस्ने खतरा बढेको छ।

> बिनलादेनको अन्त्यलाई जायज ठहर्‍याउने होडमा एक सार्बभौम मुलुक पाकिसतानमा पाकिस्तानी अधिकारीहरुको कुनै संलग्नता बिना नै अमेरिकी सेनाको प्रत्यक्ष हस्तक्षेप जस्ता परम्पराको भने विरोध हुन आवस्यक छ। अमेरिका र बेलायतका मिडियाले जता डोहोर्‍यायो त्यता मात्रै डोरिने मिडिया सैली नागरिक स्वतन्त्रता र मानवअधिकार विपरित दिशामा सोझने खतरा देखिएको छ। मुल धारका मिडियाले ब्याख्या गरेको कोणबाट मात्र तथ्य प्रस्तुत गरिने सैलीबाट सञ्चार जगत जोगिनु आजको आवस्यकता भएको छ।

>एक पक्षले बिन लादेनलाई खलनायक भने पनि उनलाई नायक ठान्ने समुहको बिचारलाई हतियारको बलले बदल्न सकिँदैन। बिन लादेन ब्यक्ति मारिएका छन् तर उनको धारको बिचार मारिएको छैन्। धार्मिक अन्धताका आधारमा स्थापित बिन लादेनको बिचारलाई हतियार र सैन्य शक्तिका भरमा दबाउन सम्भव छैन। धार्मिक अन्धताको उन्मादलाई ज्ञान बाडेर मात्र विचार बदल्न सकिन्छ। अहिले सम्म बिन लादेन समर्थक बिचार विरुद्ध सैन्य खर्चमा लगानी गरिएको खर्च शिक्षा क्षेत्रमा लगानी गरिएको भए अफगानिसतान लगायतको धार्मिक अन्धताको बिचरले लैस भएको आतङ्कबाट अहिले सम्ममा निकास निस्किसक्ने थियो। अझै पनि सैन्यमा हुने खर्चबाट त्यहाँको शिक्षा विकास गरेर आतङ्कबादको पक्षमा लागेको विचार बदलन अति ढीलो भने भैसकेको छैन्।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.