अहिलेको वर्तमान नेपालको राजनैतिक स्थिति भनेको राजा र शंषद बीचको लडाइको दौरानमै सामाजवादी आन्दोलनको रुपमा नेपाल कम्यूनष्ट पार्टी (माओवादी) को नेत्रित्वमा सन्चालित जन विद्रोहको सत्ता परिवर्तनको हतियार-वन्द लडाइहो । जवर्जस्ती रुपमा सरकारले माओवादीलाइ अतङ्कवादी भनेपनि राजनैतिक रुपमा यो जनव्रि्रोह हो भन्नेकुरामा राजनैतिक शाष्त्रीहरु सहमत नै छन । वर्तमान अवस्थालाइ शाव्दिक रुपमा आतङ्कवादी कृयाकलाप भने पनि वा जनविद्रोह भनेपनि यो राजनैतिक समस्या हो भन्नेकुरामा दुइमत हुन सक्दैन ।
>इमान्दारीपूर्वक प्रष्तुत हुने हो भने वर्तमान अवस्थाले तीन प्रष्नलाइ जन्म दिएको छ, -१) सरकारले माओवादी व्रि्रोहलाइ अपराधिक कृयाकलाप भनिनै रहनेहो भने अपराध नियन्त्रण वा कम गर्न र जनतालाइ सुरक्षा दिन त परै जावस आफनै उच्च दर्जाका सेनाको समेत सुरक्षा गर्न नसक्ने अवस्थाको प्रशासन चलाउने नाममा सरकारलाइ जनताको सासन गरिराख्छु भन्ने अधिकार छ कि छैन - -२) वर्तमान अवस्थाको सासन सन्चालक वनेर वसिरहने अधिकार छ भने २०४७ सालको सम्विधानले परिकल्पना गरेको सन्सदिय निर्वाचन अनुसारको सरकारको सम्भावना नभएको अवस्थामा सरकार परिवर्तनको नाममा वन्ने र्सवदलिय सरकारलाइ कति जनताको र्समर्थन भएको मान्न सकिन्छ - -३) जनताको र्समर्थन भए नभएको विवादित सरकारलाइ जनविद्रोह दमन गर्न वैदेशिक सहयोग माग्ने वा हतियार किन्ने अधिकार छ कि छैन -
राजनैतिक समस्यालाइ समाधान पनि राजनैतिक रुपवाटै गर्न पर्छ । संसदिय पार्टीको वाह्रवर्षो सासनवाट वित्तिष्णा पैदा भएका नेपाली जनताले अघोषित शैनिक सासनको एक वर्षगुज्रदा सम्म जनताका झोला चोकै पीच्छे खोतल्ने शेनाले आफनै उच्च ओहोदाका हाकिमको सुरक्षा गर्न नसकेको यथार्थ पनि वेहोरिकसकेका छन । सेना व्यारेक वाहिर आए पछि जनतामा गर्ने अत्याचारको छवि उजागर हुनवाट रोक्न देरम्वा, राजधानिका टेक्सी ड्रइभरको हत्याको घटना, र शेनाले आफै विवादित वनाउन खोजेका मानववादीहरुले प्रकाशमा ल्याएका सामुहिक वलात्कार समेतका घटनामा शेना असफल भए पनि अधिकांश अत्याचारहरु मिडियामा आउनवाट रोक्न सेना सफलनै रहेको छ ।
>दुर्गतिवाट भुक्त नेपाली जनतालाइ अझै आत्मघाती हमलाहरुको सम्भावित श्रीड.खला तिर हुदै लडाइ हार जीतको निर्णायकघडी नआउदा समम जारी राख्ने कि हतियार वन्द लडाइलाइ रोक्ने भन्ने जिम्मा राजनितीज्ञहरुको हो । लडाइ त समाजमा वर्ग रहदा सम्म जारिनै रहन्छ । चुनाव पनि त लडाइहो, विहारी सैलीका खुन खरावाको चुनाव सान्तिपूर्ण नभए पनि राजनैतिक चिन्तकहरुको परिकल्पनाको चुनाव भनेको अहिंसात्मक लडाइ हो । अहिंशात्मक लडाइवाट सासकहरुको छनौट प्रक्रियामा र उनिहरुको सासनवाट असनतुष्ट जनताको समुह वढदै गए पछि असन्तुष्टहरुले संगठन वनाउछन र सासकहरुले नै असनतुष्टहरुलाइ हिंसामा उत्रने स्थिति वनाउदछन । पुनः सासकहरु असन्तुष्टि दवाउन हिंसानै अपनाउछन । असन्तुष्टीको कारण अपर्याप्त भए त राज्य हिंसावाट असनतुष्टि दव्छ तर कारण पर्याप्त भए गुणत्मक रुपले असन्तुष्टी विद्रोहमा परिवर्तन हुन जाने वस्तुगत स्थिति पैदा हुन्छ ।
>समाजलाइ कता लैजाने भन्ने सर्न्दर्भमा समाजका वुद्धिजिविहरुको भुमिका रहन्छ । वुद्धिजिविहरुको तर्कवाट आम नागरिकहरु दिशा निर्देश हुन्छन । त्यसैले भावनात्मक रुपमा कलमलाइ वन्दुक भन्दा वलियो मानिन्छ, तर जव कलमलाइ वन्दुकले तर्साईन्छ कलमले जनतालाइ वन्दुकको विरोध वन्दुक वोकेर गर्न पनि तम्साउछ । कवि र पत्रकारलाइ ठुला पर्खाल भित्र थुन्दा कलम लेख्नै रोकिएको जस्तो लाग्छ तर आम नागरिक भने वन्दुकले छेकेका कारण कलमले मसि पोत्न नपाएका खाली कागजमा पनि कवि र पत्रकारका भाव वुझ्दछन त्यसैले कलम छेकेर छेकिदैन झन सुरिदै जान्छ । वेलायतको इतिहासमा राजाको र संसदको लडाइको दौरानमा न्यायमुर्ति कोकले ज्यानको वाजी थापेर राजाको विरोधमा फैसलालेख्न उनको कलम सफल भएको थियो जसको परिणामस्वरुप सन्सदिय राजनितिको मोडलनै स्थापित हुन गयो ।
>वुद्धिजिविहरुको वैयक्तिक चरित्रभने आम नागरिक भन्दा वढी आत्मसुरक्षावादी हुन्छ । व्रि्रोही वुद्धिजिवीहरु सासकको अत्याचार जनतामा उजागर गर्न पछि पर्दैनन । ससकको विरुद्धमा जनताको साथ दिने आटी कलमजीवि अलि कमै मात्र हुनछन भन्ने कुरा इतिहासले प्रमाणित गरेको सत्य हो । आ“टी कलमजीवि कमै भए पनि इतिहासका हरेकमोडमा सहि निणायक कदम चालेका छन वुद्धिजिविहरुले ।
नेपालको वर्तमान पर्रि्रक्षमा भैरहेको राजनैतिक हिंसालाइ सकेसम्म कम गरेर निकाश निकाल्ने माग निर्देशन गर्नु वुद्धिजिविहरुको कर्तव्यहो । हिंसा कम गर्ने भनेको माओवादी र सत्तापक्ष वीच वार्तांद्वारा राजनैतिक निकाश निकाल्नु हो । यसको लागि माओवादीहरु संविधान सभाको निर्वाचन र नया संविधानको निर्माणको माध्यम मार्फ वन्दुक विसाउन सहमत भएका छन । कलमका यस बीचका तर्कनाहरु केलाउदा संविधान सभाको निर्वाचन पनि अग्रगामि निकास नहुन सक्छ भन्ने तर प्रतिगामि हुन सक्ने सम्भावना भने नरहेको तर्कवाहेक यसको विरोधमा कुनै तर्क ल्याउन अर्समर्थ रहेवाट कलमजिविहरुको काधमा खुलेर सान्तिपुण समाधानको उपायको विष्लेषणमा लागिपर्ने जिम्मेवारी छ । पाश्चात्य संसदिय प्रजातान्त्रिक प्रणलिका र्समर्थकहरु नै सम्विधान सभावाट निर्मित सम्विधानका लागि अग्रसर हुन पर्नेमा त्यसैको मौन विरोध गरेर देशलाइ अग्रगामि निकाश दिन रेाकावट पैदा गरेका छन । यसको विकल्प निकाल्ने तर्क छ भने त्यो नभए अहिले सम्ममा सम्भावना देखिएको सान्तिपुण निकाशको माध्यम हुन सक्ने सम्विधान सभाको निर्वाचन र नया सविंधानको निर्माणमा न्यायमुर्ति कोकको मार्ग अनुसरण गर्नु नेपाली वुद्धिजिव्रि्ररुको कर्तव्य हो । सान्तिपुण निकाश जति ढिला हुदै जान्छ यसको दोष वुद्धिजिविको थाप्लोमा पर्दैजान्छ । वुद्धिजीवीहरु कृपया दोषवाट वच्नुहोस । |