काका कलमजी,
नमस्कार, जय नेपाल, अभिवादन तथा मेरो 'इन्टर'
मेरो र माउसबीचको मित्रता, मनपराउनेहरुको कमी छैन । तर तपाईको र मेरो सम्बन्धका बारेमा विविध अनुमान हुने गरेका छन् । तपाई र मेरो बीचमा कुनै कटुता छैन-भन्ने हामी दुवैलाई थाहा भए पनि चाँडक्य नीतिका अनुयायी भनुवाहरुलाई यस कुरामा विश्वास छैन ।
>तपाईलाई त मैले आफनो अग्रज र मार्ग दर्शकको रुपमा बुझेको छु । तपाईका अगाडि म बच्चै हु नी । मेरो त उमेरै कति पो भयो र ! तपाईको बाँस र निगालाका रुपको बालक पन मैले अहिले ब्यहोरिरहेको छु भन्दा पक्कै बढी कुरा गरेको ठहरिने छैन । तपाईको त्यो बालक अवस्थामा दवात (मसी) संगको मित्रतालाई पनि अहिले मेरो र माउस बीचको सम्बन्धका बारेमा चर्चा परिचर्चा भए जस्तै चर्चा परिचर्चा हुने गथ्यो रे । मसीको सिसी भित्र चोवलीने बाहिर आउने फेरी भित्र जाने र बाहिर आउने क्रमलाई अनेक कोणबाट विवेचना पनि भएकै हो । बुझ्नेले मानव विकास तथा सभ्यता बढाउनमा तपाईको योगदान बताए । नबुझनेले मसी पोखिदा फोहोर हुने तथा दाग लाग्ने घटनाको दोष पनि तपाईलाई दिए ।
>मेरो -किबोर्ड) र माउसको उमेरमा अलि फरक छ । म उनी भन्दा अलि जेठो छु । तर मसी र तपाई कलम काकाको उमेर ठ्याक्क मिलेको भन्छन् सवैले । कलम र मसी एकै पटक जन्मेका हुन भन्छन् बरु आधुनिक युगमा मसीलाई तपाईले आफु भित्रै समाहित गरेको तपाईको पाको उमेरलाई झट्ट् हर्ेदा मसी र तपाईले सँगै बाँच्ने सँगै मर्ने भनेर खाएको कसम पनि पुरा भएको भान हुन्छ । आज भोलि त तपाई र मसीको सम्बन्ध पनि फेक्ट्री भित्रै लुकेर हुने गर्छ । सिसिभित्र खुलेयाम डुबुल्की मारेर भित्र बाहिर गर्ने तपाईको चाला हराएकोमा तपाईलाई आधुनिक बनेको पनि भनिन्छ । माउस नानीसँग मेरो सम्बन्ध जोडिए पछि हाम्रो उपस्थिति घर-घरमा हुन थालेको हो । तर मेरो अस्तित्व भने त्यो भन्दा धेरै पहिले देखि भएको हो । सिपीयू महोदयको नेतृत्व र माउससँगको सहकार्यले टाइपराइटरको मेरो पुरानो भूल्ले स्वरुपलाई सुधारेको हो । दशैंको आशिर्वाद लागेर होला, डाडाँ काँडा ढाक्ने सन्ततीका रुपमा मौलाएर घर-घर सम्म पनि म अटाएको छु । आज भोलि त घर, काम, जताततै ठटाइन्छु म । घोचीघोची कजाइन्छु म ।
>मेरो अहिलेको बालकपन सत्ताको संरचना जस्तो छ । इलेक्ट्रोन प्रोटोन र न्यूटनको अस्तित्व, काम र कर्तब्यलाई बैज्ञानिकले सन्तुलित पारेर माउस नानी, सिपियू र म किर्वोड बहादुरको विकास गरेका हुन । हाम्रो काम र कर्तब्य पनि कार्यपालिका ब्यवस्थापिका र न्यायपालिकाको जस्तो छ । मोलेक्यूवस भित्रको इलेक्ट्रोनको भूमिका जस्तो चलायमान भूमिका मैले निभाईरहेको हुन्छु । दश औलीका थिचाइवाट फटफटाइरहेको हुन्छु । मेरो उमेर पनि बढ्दै जाँदा कुनै न कुनै दिन त मेरो स्वरुप पनि सुन्दर बन्ला ।
>मसीसँग विवाह भएर हजुरले आफै भित्र विलय गराएको र फूर्सदको बेला मनुष्यको छातिमा टेक्ने तपाई-कलम)को अवस्था जस्तै मेरो पनि अवस्था बन्ला भन्ने पनि आशा छ । माउस नानीलाई अरुले हत्केलामा थुनेर किचिक्क थिचेको म छेवैमा बसेर हेरिरहने दिन कहिले हराउँला भनेर पर्खिबसेको छु । मेरो आशा पनि ज्ञानेन्द्रले नारायणहिटी छोड्लान कि भनेर राजनैतिक दलहरुले आशा गरे जस्तै भएको छ । मेरी माउस पियारीलाई अरुले समाएर यता उता नचाउने चलन कुनै न कुनै दिन हराउला भनेर पनि आशा गरेको छु ।
>मेरी माउसको बैस चढ्दो छ । झन पछि झन सुन्दर बन्दै छिन् । कहिले काँही त उनी आफनो पुच्छर पनि लुकाएर वायरलेस माउसको रुपमा मस्किन्छिन् । म पनि के कम भनेर फूर्ति लाउनलाई मात्र भए पनि टुप्पी काटेर वायरलेट किर्वोड बनिदिन्छु ।
>कलमजी उमेरले त हजुर मेरोकाका जस्तो हुनुहुन्छ । काकी रुपी मसीको त बिलय नै भैसक्यो । सँच्चै भनौ मने त तपाईको र मसी काकीको लगन गाँठो गाँसिएको पनि थुप्रै भैसक्यो । कसैले भन्छन् किर्बोड भतिजाले कलम काकाको अपुताली नै स्याहारी सक्यो । अब कलम काकाको के काम । तर के हुन्थ्यो कलम काकाको मार्गमा चल्ने म भतिजाको त्यस्तो विचारै होइन । काकाको आफनै भूमिका छ । वैज्ञानिकहरुले मेरो बारेमा सोँच्दा उनीहरुलाई हरतरहले सहयोग गर्ने पनि कलम काका हजुर नै हुनुहुन्छ । बरु कागज र मसी दुइटी सौता काकीहरु आपसमा झगडा गरिरहेर हैरान भएकोले तपाईले मसी काकीलाई आफूमा बिलय गर्नु भएको पो हो कि भन्ने लाग्छ मलाई त । मसी काकी पनि अलि रिसाहा पो थिइन त । कहिले काँही रिस उठ्दा त कापी भरी पोखिएर कापी नै भताभुङ्ग पार्थिन । आजकाल भने कापी काकी एक्लै भएर मोजमस्ती गरेकी छन् । तपाई कलम काकाको र कागज काकीको जोडा खुवै मिलेको छ ।
>भतिजको नाताले पनि कलम काकाको काम सघाउँनु मेरो कर्तब्य हो । अपुताली स्याहार्ने त मेरो विचार हुँदै होइन । हजुरले चिन्ता लिनै पर्दैन् । हजुरको अस्तित्व सदैव रहने छ । प्रिन्टर सँग मेरो मिलिभगत माथि हजुरले गरेको शंकामा सत्यता छैन । म आफनै रफ्तारमा काम गरिरहेको हुन्छु । हाम्रो दुनियाँ तपाईको दीक्षा अनुसार अगाडि बढिरहेको छ । तरबार र तपाई मध्ये को बलियो - भन्ने तछाड, मछाड पनि हामीमा छैन । हामी त बरु एक आपसमा सहायक हुनसक्छौ । मलाई ठटाए घोचे, हजुरलाई औलाले अड्याएर हत्केलामा माया गरे भन्ने पनि मलाई डाहाड छैन । मलाई त हजुर कलम काकाको आशिवार्दमा चल्न पाए हुन्छ । हजुरकै मार्गदर्शनमा चल्न पाए हुन्छ । आखिर हामी काका भतिज नै अक्षरको खेती गर्नेका सेवक न हौ ।
>भवदीय
किबोर्ड बहादुर |