- अप्रेल २३, इ.स. १५६४ को जन्म र अप्रेल २३, १६१६मा मृत्यु भएको भनेर मानिन्छ शेक्सपियरको । उनि अङ्ग्रेजीका धुरन्धर साहित्यकार हुन, जसलाइ बेलायतका राष्ट्रिय कवि भनिन्छ । सोह्रौ सताब्दी र सत्रौ सताब्दीको सुरु तिरका उनका कविता र नाटकहरु अहिले पनि सन्सारभरी नाट्यसालाहरुमा एउटै नाटककारका नाटक मध्धे सवै भन्दा वढी प्रदर्शन गरिन्छन ।
>इतिहासकारहरुले उनको वाल्यकाल बेलायतको स्र्टार्टफोर्डमा वितेको र स्थानिय केटीसंग उनको विवाह भएको भनेर मानेका छन् । त्यतिधेरै लेखेर पनि उनका हस्ताक्षर अहिले उपलब्ध छैन । केवल उनि मर्नु भन्दा केही समय पहिला मार्च २५, १६१६मा उनले आफनी जेठी छोरीका पुरुष सन्तानलाइ आफनो सम्पत्ति प्रँप्त हुने इच्छापत्रमा भएको हस्ताक्षर उपलब्ध छ । त्यो हस्ताक्षर पनि हातहल्लाइ हल्लाइ लेखिएको छ । कम्पीत हातले लेखिएको भनिएको हस्ताक्षरवाट उनि त्यसबेला विरामी भैसकेका थिए भनेर विष्लेषण गरिएपनि उनले आफनो वास्तविक पहिचान लुकाउने प्रयास भएको हुन सक्ने सम्भावनालाइ नकार्न पनि सकिदैन । उनको समाधि वनाइएको भनिएको स्र्टार्टफोर्डको चर्चमा कुनै पनि समाधिमा उनको नाम लेखिएको छैन ।
>प्रोफेसर जेम्स वोयलका अनुसार खोजकर्ताहरुले ५६ जना मध्धे एकलाइ शेक्सपियर भनेर स्थापित गर्न खोजेका छन् ।तर उनका विषयमा भएका खोजहरुवाट सेक्सपियरले लेखेको भनेर भनिएका साहित्यको मुख्य लेखक को थियो भनेर ठम्याउन सकिने उनको पहिचानवारे सङ्कारहित ठोस प्रमाण जुटेको छैन । शेब्सपियरका समकालिन लेखकका रुपमा एडवार्ड डे भेर वा रानी इलिजाबेथ वा बेकन वा मार्लोवे आदि मानिएका छन् । उनका लेखनमा तत्कालिन राजदरवारको गोप्य कुराहरु समेत पाइनु, धन र नामकमाउने इच्छा पटक्कै नभएको आदि कारणवाट रानी इलिजाबेथनै वास्तविक शेक्सपियर को नामवाट लेख्ने लेखिका थिइन भन्ने तर्कगर्ने विद्वानहरुको तर्कमा पनि दम भएको मान्नु पर्ने हुन्छ ।
>आधुनिक समाजमा बोद्यकिसम्पत्तिको महत्व वढेर गएको सिलसिलामा, शेब्सपियर को थिए भन्ने स्थापित भए पनि नभए पनि, उनको प्रसङ्गवाट, कुनै वौद्यकि सम्पत्तिको मालिक को हो भन्ने सम्वन्धमा निम्न प्रश्न उब्जन जान्छन - -क) विकसित देशहरुमा जस्तै गरी, "अविब्यक्ति" कानूनद्वारा संरक्षित हुन्छ "विचार" हुंदैन भन्ने सिद्धान्तलाइ मान्ने हो भने, विचार र अबिब्यक्तिमा के भिन्नता छ - -ख) नेपाल कानून पत्रिका का पेज नम्वर तथा टेलिफोन डाइरेक्ट्रीका नामको क्रमवद्धताका आधारमा नम्वर राख्ने कला अबिब्यक्ति हो कि होइन - र कानून द्वारा संरक्षित हुने कि नहुने - -ग) अविब्यक्त गर्दाको परिश्रमलाइ कानून संरक्षित अधिकार को कसि मान्ने हो भने कति परिश्रमलाइ आधार मान्ने भन्ने सिमा रेखा कति हुनुपर्छ - -घ) आविस्कार कर्ताको क्रमिक फाइदालाइ मध्यनजर गरेर अधिकार संरक्षित मान्ने कि समाजको फाइदालाइ आधार मान्ने - -ङ) माइक्रोसफ्ट विण्डोज र एप्पलले उत्पादन गरेको कम्प्यूटर स्क्रिनमा उस्तै देखिने गरी वनाएका छुट्टा छुट्टै प्रोग्रामवाट एक अर्काको संरक्षित अधिकार हनन हुन्छ कि हुदैन - वर्तमान पर्रि्रेक्ष्यमा बौद्यकि कानून सम्वन्धि यस्ता थुप्रै प्रश्नहरु उठाउन सकिन्छ ।
>बौद्यकि कानूनको विकाश क्रममा निधारको पसिनाको आधारमा अधिकार निर्धारण गर्ने परिपाटी पनि आधुनिक प्रविधि विकाशका कारण परिवर्तन भैसकेको छ । घर तताउने खर्च जुटाउन नसकेर लाइब्रेरीमा न्यानो ठाउ खोज्न जाने जे. के. रोलिङ हेरी पोटर पुष्तक लेखेर केही वर्षै बेलायतकी रानी भन्दा धनी भैसकेको वर्तमान विश्व वजारमा बौद्यकि सम्पत्तिको महत्व गम्भीर भैसकेको छ ।
>कुनै बौद्यकि सम्पत्तिको मालिक को हो भन्ने छुट्याउन जटिलताहरु उब्जीएका छन् । कुनै पुष्तकलाइ केही हदसम्म फोटोकपी गरेर पनि प्रयोग गर्न छुट पाइने प्रणलीलाइ कानूनी मान्यता दिने विश्व परिपाटी विकाश भैरहेकै वेला इन्टरनेट सुविधाले "यम पी थ्री" तथा "नेप्सटर"को विवाद चर्कायो । यम पी थ्री को विवादमा एउटा उपकरण किनेर त्यसमा यम पी थ्रीको वेवसाइटवाट सो कम्पनीले सी डी किनेर राखेका सङ्गति भरेर सुन्ने सुविधाले सी डी उत्पादकहरुको हक हनन भएको भनेर किताव फोटो कपी जस्तै हो भन्ने यम पी थ्री कम्पनीको तर्कलाइ अमेरिकाको अदालतले मान्यता दिएन । त्यस्तै गरी नेपस्टरको मुद्दामा एक ब्यक्तिले सी डी किनेर आफनो कम्प्यूटरमा राखेको सङ्गति अरु कसैले इन्टरनेटवाट पैसा नतिरी खोज्न र सुन्न सक्ने प्रविधिको सुविधावाट पनि सङ्गति सि डी उत्पादकको अधिकार हनन भएको भनेर अमेरिकी अदालतले ठहर्यायो ।
>शेक्सपीयरलाइ आफनो लेखन परिश्रमवाट आमदानी चाहिएको भए सायद बौद्यकि सम्पत्ति सम्वन्धि अवधारणाको अर्कै गरी विकाश हुन्थ्यो होला । नेपालमा लक्ष्मी प्रसाद देवकोटाको पाला सम्म पनि लेखनवाट आर्जन गर्ने भन्दा पनि सेवाको भावनाले र ख्यातिको लागि मात्र लेख्ने परिपाटी पाइन्छ । लेखनलाइ लेखकको आमदानीको श्रोत भन्दा पनि प्रकाशकको ब्यापारमा आधारित वजार अव विस्तारै लेखनकला ब्यवसायको रुपमा नेपालमा पनि विकाश भैसकेको छ । खास गरी केही सम्शोधन पछि पनि बौद्यकि कानूनले समेटन नसकेका कम्प्यूटर र इन्टरनेटले बल्झाएको बौद्यकि सम्पत्तिको ब्यवहारिकता समाजीक फाइदाकोलागि प्रयोग गर्न प्रयाप्त कानूनी ब्यवस्था आवस्यक छ । |