हामी लण्डनमा बस्ने आपसमा घुलमिल भएका पाँच जना साथीहरु बीच यो वर्षो गर्मी मौसमलाई उपयोग गर्न एउटा हप्तान्त -विक-यन्ड) आयरल्याण्ड मुमेर विताउने सल्लाहा भयो । सल्लाह कै क्रममा बेलायती साथीले उक महिना पहिला टिकट बुंक गरे सस्तो पर्ने वताइन । त्यसै बीचमा केहि दिनका लागि मेरो केही साथीहरुसंग मात्र सर्म्पर्क भयो । त्यो चाडै टिकट काट्न सल्लाहा दिने साथी र मेरो भने सर्म्पर्क भैरहृयो र एक दिन इन्टरनेटवाट मेरा लागि ८३ पाउण्डमा डब्लिन सम्मको आते जाते दोहोरो टिकट काटियो ।
>वास्तवमा हाम्रो सल्लहा चाहि उत्तरी आयरल्याण्डको बेलफास्ट घुम्न जाने भन्ने थिायेा । उक्त बेलायती साथीले उनलाइ उनकारी भए सम्मको आधारमा योजना वनाइन । उनको योजना अनुसार हामी पाँच जना डब्लिन जाने, डब्लिनवाट एउटा कार भाडामा लिने र बेलफास्ट जाने भन्ने सोचाइ वन्यो । त्यो गर्दा डब्लिन देखि बेलफास्ट सम्मको कुरा थाहा पनि हुने भयो । कार भाडा २०० पाण्डमा शुक्रवार देखि सोमवार सम्मलाइए पाइने भएकोले पाँच भाग गर्दा पति बयक्ति ४० पाउण्ड त्यत्ति महगो पनि लागेन ।
> त्यसै अनुसार अगस्तको पहिलो शुक्रवार गएर सोमवार र्फकने योजना वन्यो । हाम्रा पाँच जनाको भ्रमण टोलीमा हामी तीन जना नेपाली केटी, एकजना बेलायती र अर्की इरान मुलकी तर बेलायती नागरिक थियौ ।
> टिकट काटीसके पछि ती नेपाली साथीसंग कुरा हुँदा वल्ल बेलफास्ट जान हामीले भिसा लिन नपर्ने तर डब्लिन जान भिसा लिनु पर्ने थाहा भयो । भिसाको झनझट र थप खर्च पनि लाग्ने भएकोले मैले पनि टिकट फिर्ता गरेर बेलफास्टकै काट्ने विचार गरे । तर तया ेटिकट फिर्ता गर्दा ८३ पाउण्डको ठाउमा जम्मा २० पाउण्ड मात्र फिर्ता हुने रे अनि बेलायती साथीका नामा त्यो टिकट फेरे नाम फेरे वापत ३५ पाउण्ड दस्तुर लाग्ने भए पछि त्यो घाटा सहन मन लागेन र मैले टिकट फिर्ता नगर्ने भिसा लिएर डब्लिन जाने विचार गरे । वास्तवमा हामी त सिधै बेलफास्ट गएर डब्लिन तथा दक्षिण आयरल्याण्ड पुरै घुम्दा पनि फरक पर्दौ रहेन छ किन कि उत्तरी र दक्षिणि आयरल्याण्डको सिमा त खुला रहेछ । तर दक्षीण आयरल्याण्ड गएर उत्तर आयरल्याण्ड जाटा भने भिसा आदि झनझट हुँदो रहेछ । फेरी दक्षीण आयरल्याण्ड पनि सेन्जविन देशको सुँचीमा नपर्ने रहेछ । त्यो भिसा यूरोपका अरु मुलुकका लागि प्रयो गर्ने विचार पनि गरेकि थिए तर त्यो पनि नहुने रहेछ ।
> आखिर वांकी दुइ जना नेपाली साथीहरुले सिधै बेलफास्टको टिकट काटेछन् र हामी बेलफास्ट पुगे पछि पाँचै जना यही भेटेर संगै रमाइलो गने सल्लाहा भयो । दक्षीण आयरल्याण्डको ल०डन स्थित राजदुतावासमा धाउने समेतको झनझट गरेर भिसा दस्तुर ४२ पाउण्ड तिरेर मैले भिसा लिए । साथै पाँच जनाले भाडामा लिने कारको २०० पाउण्डमा पाँच भाग लगाउने ठाउमा तीन भाग लगाउदा मेरो वजेट भने फेल भयो ।
> हामी स्टेण्डस्टिडबाट प्लेन समाउन लिभरपुलमा भेट भएर ट्रेनमा गयौ । आखिर हामी तीन वटी साथी सुक्रवारको अपरान्ह चार वजे "रायनेयर एयरलाइन्स"को विमानमा स्टेन्डस्टिडवाट डब्लिनका लागि उड्यौ ।
> बेलायतमा विरलै खेख्न पाइने नीलो आकाश, चम्किलो र्सूयको किरणले वातावरण रसिक वनिरहृयो बेलफस्ट पुग्दा सम्म नै । सानो दुरीका सस्तो उडा भनिने "रेयनएयर"मा यो मेरो पहिलो उडान थियो । प्लेनमा नास्ता र लामो दुरीमा पटक पटक खाना सितैमा खान पाइने वानी लागेकोले उस्तै होला भनेर होस्टेज सित दुइटा कोक मागेकि मात्र के थिए दुइ पाउण्ड बीस पेन्स मागी उस्ले त । म झसङ्ग भए तर दुइटै कोक लिन्न भन्न पनि अलि लाज लाग्यो एउटा त एक पाउण्ड दश पेन्स तिरेर लिए नै । मेरी दुइटै साथीलाई तयो तीस पेन्स भन्दा पनि कम पर्ने कोकलाई तीन गुना तिर्न पर्ने थाहा रहेछ त्यसैले उनिहरुले त किनेनन् तर म भने परे घानमा । खुला आकाश भएका कारण भुइको दुष्य वडो सफा र रमाइलो थियो । प्राय वारीहरु, गँहु काटेर फेरी गँहु र्छन जोतेर तयार पारेकाले राता देखिन्थे । कति पय वारीमा गँहुका ठुल ठुला मुठा धेरै माथीवाट हर्ेदा स्याना देखिन्थे त कतै उम्रिएर तीन चार इन्च भैसकेका गँहु वारी हरिया देखिन्थे । आकाशवाट हर्ेदा निकै रमाइलो सम्मो दुष्य देखियो समुद्र नआउंदा सम्म । समुद्र सुरु भए पछि त्यो नीलो पानी वाहेक कतै कतै साना ठुला पानी जहाजहरु मात्र देखिए । समुद्र के सकिएको थियो डब्लिन त आइहाले छ । डब्लिन एयरपोर्ट उत्रेपछि ती दुइटी साथीहरु युरोपियनहरुका लागि बताइएको लाइनमा आफ्नो परिचय पत्र देखाउदै वाहिर निस्के । म भने एक दुइ कुरा सोध पुछ पछि पासपोर्टमा छाप लगाएर आयरल्याण्ड पस्ने अनुमति प्राप्त गरेर वाहिर निस्के ।
> हामी तीनै जना एयरपोर्टको किनारको एउटा वारमा पस्यौ । मैले एउटा कोक र उनिहरुले एक एक वटा गिनिज वियर किने । मसंग युरो मुद्रा थिएन पाउण्ड दिए । फिर्ता पैसा चाहि युरोमा पाए । झलक्क हामी नेपालमा भारती रुपैँयाले पनि कारोवार गर्ने तर भारतमा नेपाली मुद्राले कारोवार गर्न सजिलो नहुने परम्परा जस्तै लाग्यो, युरो मुद्रा र पाउण्ड बीचको सम्वन्ध पनि ।
त्यसपछि कार १९० पाउण्डमा सोमवार सम्मलाई भाडामा लियौ र बेलफास्ट तिर रवाना भयौ । डब्लिनवाटै पहाडहरुको दुष्य सुरु भएको थियो । हामी घुमे जति जता ततै पहाडी भुभाग रहेछ । युनाइटेड किङ्गडममा जस्तो समथरै समथर भुभाग त रहेन छ । तर नेपाल जस्तो बढी भिराला पाखाहरु पनि देखिएन । कता कता नौविसे देखि मलेखु तिर पुग्दा जस्तो पनि लाग्यो तर नत पारी पट्टी हिमा नै थिए न त हाम्रा जस्ता अग्ला चुचुराहरु नै थिए तर होचा पहाडहरु पर्खाल जसरी उभिएका रहेछन् ।
> सवै भन्दा वढी खुल्दुली त मलाई उत्तरी आयरल्याण्ड र दक्षीण आयरल्याण्डको खुला सिमाना वारे लागेको थियो । डब्लिनवाट हिडेदेखिनै त्यो सिमानामा पुग्न हाम्रा करीव ७० माइल प्रति घण्टका दरले गुडेको कार भन्दा अगि अगि मेरो मन गै रहेको थियो । नभन्दै पहेली घामसंगै हाम्रो कार त्यो सिमानामा पुगेछ । नत कतै ब्यारियर का घारा तेर्सिएका न त कतै चेकपोष्ट नै । म त मन मनै भारत र नेपाल बीचका दशगजाका वारीका प्रहरी चेकपोष्ट र पारीका भारती प्रहरी र तेर्साइएका घारा भएको चेकपोष्ट हर्ेन आत्तिरहेको थिए । तर दाया र वाया पट्टीका होचा पहाडका टाकुराका टुप्पामा टेलिफोनका टावरलाई संकेत गर्दै कार चलाइरहेकी बेलायती साथीले अव यहावाट उत्तरी आयरल्याण्ड पस्दै छौ भने पछि सिमा नाभेको पत्तै नहुने सिमा पार गर्यौ । मेरो बेलायतको अरेन्ज नेर्टवर्कबाट सन्चालित मोवाइलले दक्षीण आयरल्याण्ड भरी काम गरेन तर तयही मोवाइलले सिमाना पार गरेको आभास हुने गरी काम गर्न थाल्यो । मोवाइलमा छाडिएका भ्वाइसमेलको संकेतका लागि आवाज दियो । |