जुनमा भेरायटी पढ्दै दयानन्दलार्इ सुन्दा
–गोविन्द बेल्वासे
महिना जुन थियो, रात छोटा थिए । दिन लामो थियो । संयोग अचम्म जुट्यो । एआर्इ(AI) प्रविधि अर्थात कृत्रिम बौद्यिकता र ऋग्वेदको संयोजन भयो । दयानन्द सरस्वतिद्वारा अनुवादित ऋग्वेद सुन्ने र भेरायटी हार्डिङद्वार लिखित एआर्इ(AI) संबन्धी पुस्तक पढ्ने समय एकैपटक जुर्यो । उक्त पुस्तक यही सन् २०२४मा प्रकाशित नयाँ पुस्तक हो । नयाँ विषयको नयाँ पुस्तक भनेर चिनारी गराउन सकिन्छ ।
जान्ने हुनथालेको बचपनदेखि नै ऋग्वेदको बखान सुन्दै आएको छु । कतिपय प्राज्ञले नै पनि हाम्रो बेदमा त सवै छ, पश्चिमाहरूले त्यसैबाट सिकेर प्लेन र रकेट बनाएका हुन भन्ने गरेको पनि सुन्ने गर्छु । त्यसैले पनि ऋग्वेदप्रति जिज्ञासा थियो । तर संस्कृत भाषा नजानेको डरले त्रसित थिएं । यूट्यूवमा दयानन्द सरस्वतीले अनुवाद गरेको ऋग्वेद हिंदी भाषामा सुन्न पाइने रहेछ । उपलब्ध छ । अधिकांश भाग डेढ घण्टा जतिका छन् । छोटो भाग पनि ५० मिनेटको रहेछ । त्यसका ४५वटा भाग पुरै सुन्न निक्कै समय खर्च भयो । तर, एउटै कुरा दोहोर्याइ तेहर्याइ गरिएको रहेछ । एउटै कुरालाइ विद्वानले रैतीलाइ, फेरि त्यही कुरा राजालाइ, त्यहि कुरा सभापतिलार्इ छुट्टा छुट्दै भन्दा दोहोर्याइ, तेहर्याइ हुन जाँदो रहेछ । तर, जिज्ञासा यति धेरै थियो कि पुरै सुन्न सफल भएं ।
हार्डिङले त तथ्य र स्रोत बिब्लियोग्राफी र इन्ड नोटमा विवरण दिएकीले आधिकारिकता जाच्न पनि सजिलै थियो । तर, ऋग्वेदको प्रमाणिकताको जिज्ञासाको तीर्खा भने अझै पनि मेटिएको छैन । दयानन्द सरस्वतिका गुरू ब्रिजानन्दको संकलन तथा प्रमाणिकताको आधार मानेर अनुवाद गरिएको रहेछ । उनी आफ्ना जिज्ञासा पुरा गरिदिने गुरू खोज्न दक्षीण भारतबाट भौतारिदै नेपाल पनि पुगेका थिए । तर, १९ वर्ष पुगेपछि बल्ल खोजेजस्ता गुरूका रूपमा बृन्दाबन पुगेर ब्रिजानन्दलाइ भेटेको प्रसङ्ग पनि रोचक नै छ ।
ऋग्वेदका विषयमा अनुसन्धान गरेर अनुवाद पनि गरेका म्याक्स मुलरले भने विभिन्न ऐतेहासिक टुक्राहरू संकलन गरेका रहेछन् । पश्चिमाहरूका लागि र प्राज्ञहरूकालागि आधिकारिक ऋग्वेद भनेर त्यही म्याक्स मुलरको संकलनलाइ मान्ने गरिन्छ ।
बेदमा पुरानो विषय खोतले जस्तै हार्डिङले पुस्तकमा प्रविधि सुसज्जीत भविष्य खोतलेको भेटाएं । तर, उनले पनि भविष्य ब्यवस्थित गर्ने चिन्तामा इतिहास नै केलाएकी छिन । बेदमा पनि मान्छेले प्राप्त गर्ने सुखका लागि राजाले गर्नु पर्ने कर्तब्य, जनताले बहन गर्नु पर्ने दायीत्व र परिश्रम, विद्वानले दिन पर्ने योगदान, १६ वर्ष नभइ विवाह गर्न नहुने नीति, पत्नीले पतिलार्इ गर्न पर्ने सेवा र पतिले पत्नीलार्इ खुसी पार्न गर्ने मेहनत इत्यादिलार्इ तलबाट माथि, माथिबाट तल, दयाँबाट बायाँ र बायाँ बाट दायाँको दृष्टिकोणबाट बताइएको रहेछ । समयसङ्गै मानवीय सुख प्राप्तिका दर्शनलार्इ बेदमा समेटिएको भेटाएं ।
हार्डिङको “एआर्इ निड्स यू” नामको पुस्तक भित्रको प्रसङ्गको सार पुस्तकमा उदृत गरिएको एक पङ्तिबाट झल्किन्छ ।
कृत्रिम बौद्यिकताको प्रसङ्गको सार खिच्न उनले माइक्रोसफ्ट कम्पनीका प्रमुख अर्थशाष्त्रि माइकल स्क्यूवार्ट्जको भनार्इ उदृत गरेकी छन् । उनको “कृत्रिम बौद्यिकताले जबसम्म काल्पनीक घटनाका रूपमा हैन अर्थपूर्ण नोक्सानी पुर्याउँदैन तबसम्म यसलार्इ छुट्टै नियमबद्ध(रेगुलेट) गर्ने खाचो हुँदैन” भनेका रहेछन् । (पृष्ठ १६५) यस विषयमा लेखकले भने कृत्रिम बौद्यिकताबाट अहिले नै ठूला हानी नोक्सानी भोगिसकिएको बताएकी छन् । हानी कल्पनामा मात्र सिमित रहेन । नियन्त्रण गर्न नसकिने गरी विपत पर्खनु अप्रयाप्त हुन जान्छ, तथा ढिलो भैसक्ने पनि भनेकी छन् । सचेत गराएकी छिन् ।
नवल हरारिले भनेको जस्तै अमाजोन तिर चाहरेको भए मैले यो पुस्तक हात पार्ने सम्भावना कमै हुन्थ्यो । किनकि मेरा पुराना गतिविधि र अन्य तथ्याङ्कका आधारमा एमाजोनले मेरो मस्तिष्कमा पार्ने प्रभावबाट बचेर यो पुस्तकसम्म पुग्ने सम्भावना क्षीण वा असम्भव पनि हुन सक्थ्यो । तर, ‘हे फेस्टिभल’ भनिने पुस्तक मेलमा पुग्नाले यो पुस्तक मेरो हातमा परेको थियो । यसै विषयले पनि कृत्रिम बौद्यिकता हाम्रो जीवनको प्रभावशाली हर्ताकर्ता भैसकेको छ भन्ने पुष्टि गर्छ ।
लेखकले सामाजिक सन्तुलनमा एआर्इले दिने धक्कालार्इ ब्यवस्थित र अनुगमन गर्ने विषयको चिन्ता गर्दै चिन्तन गरेकी छन् । उनको मुल चिन्ता भनेको अहिले विश्वब्यापी रूपमा ब्यवस्थापन भैरहेको इन्टरनेटमा प्राविधिक परिवर्तनको चुनौती हो । अहिलेसम्मको कम्प्यूटर प्रणाली सून्य र एक भित्र सिमित भएर सञ्चलन भैरहेको अवस्थाको हो । अर्थात “हो र हैन” भन्ने छुट्याउने मात्र गर्छ सम्भावना केलाउन सक्दैन । तर, एलएलएम भनेर चिनिने एवं क्वान्टम कम्प्यूटर प्रणालीले सून्य र एक छुट्याउने मात्र गर्दैन, नजिकको सम्भावना पनि बताउँछ । प्रयोगमा आइसकेको च्याट जीपीटी प्रविधि त्यसको सुरूवात मात्र हो भनेकी छन् । यो परिवर्तनले निम्ताउन थालेको जटिलताप्रति उनले सचेतनता जगाउन मेहेनत गरेकी छन् । त्यही मेहेनतको परिणाम नै पुस्तकका रूपमा भेटिएको हो ।
अहिले प्रचलनमा रहेको इन्टरनेटको डोमिन नेम “सून्य र एक” को पद्दतिमा आधारित छ । त्यसैले सम्भावना पत्ता लगाउने पद्दतिमा पुरानो डोमिन नेम पद्दति निसफल हुन्छ । त्यस अवस्थामा जनहितका लागि नयाँ पद्दति आवस्यक रहेको उहाँको दावी छ । यो प्राविधिक पक्षलाइ केलाउन उनले पुस्तकमा नयाँ प्रविधि प्रयोगमा थपिँदा भोगिएका घटना क्रमलार्इ केलाएकी छन् ।
हार्डिङले समाजका मुल्य र मान्यताहरूलार्इ बदल्न सक्ने नयाँ प्रविधिको सम्भावना हुँदाका विगतका अनुभव र अनुभूतिहरू समेटेकी छन् । उनलार्इ आर्इभीएफ(IVF) प्रविधिबाट गर्भधारण हुनसक्ने सुरूका दिनको नीतिगत परिवेशले प्रभाव पारेको रहेछ । समाजमा रहेको गर्भधारण र जन्म संबन्धी मान्यतामा उक्त प्रविधिले दख्खल दिएको थियो । मानव क्षमताभित्र नपर्ने मानिएको गर्भधारण सम्बन्धी प्रविधि प्रयोगमा स्वीकार गर्न हुन्छ कि हुँदैन भन्ने विवाद १९७०को दशकमा चिर्किएको थियो । अध्यात्मिक सोचाइको बाहुल्यतालार्इ उक्त प्रविधिले चुनौती दिएको थियो । प्रविधिले गर्भधारण गर्न नसकेका समुदायलार्इ सम्भावना बोकेर आएको थियो । त्यस्तालार्इ चिकित्सा प्रविधि बरदान बन्न थालेको खुसी थियो । सानो समुदाय खुसी हुने तर परम्परागत मान्यता बदलिने अवस्थालार्इ समाजले स्वीकार गर्न हिच्किचाएको थियो ।
त्यही प्रसङ्ग केलाएर एआर्इलार्इ स्वतन्त्र रूपले विकास हुन दिने कि रोक लगाउने भन्ने जस्ता विवादलार्इ उनले छलफल गरेकी छिन् ।
आर्इभीएफ प्रविधि प्रयोगको नीति विकास हुँदाको राजनैतिक तथा सामाजिक छलफल अहिलेको परिस्थितिमा पनि अनुकरणिय रहेको तर्क गरेकी छन् । यस विषयमा सामाज ध्रुवीकरण भएको थियो । राजनीति पनि ध्रुविकृत थियो । त्यस्तो परिस्थितिमा बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरका गतिविधिलार्इ लेखकले राम्ररी केलाएकी छन् । निचोडमा भने उक्त प्रविधि बेलायतमा प्रयोग हुन पाउनुलार्इ लेखकले थ्याचरलार्इ श्रेय दिएकीछन् । थ्याचरले राजनैतिक घाटा नलागोस भनेर मौन बसेका चरण र आवस्यकता पर्दा प्रविधि प्रयोगलार्इ समर्थन र सहयोग गरेको चरणलार्इ लेखकले प्रसंशा गरेकी छन् ।
लेखकले नयाँ प्रविधिलार्इ समाजमा प्रयोग गर्ने विषयको समर्थनमा थ्याचरको प्रसङ्गमा जोड दिएर ब्याख्या गरेकी छन् । तर, सवैभन्दा बढि जोड दिएको च्याप्टर भन्दा अझै अगाडि मान्छे चन्द्रमामा पुग्ने प्रविधि प्रयोगलार्इ पुस्तकमा पहिलो च्याप्टर बनाइएको छ । विषय अगाडि र पछाडि पार्ने विषय लेखकको चाहना साथै प्रकासकको ध्येयले पनि भूमिका खेलेहोला । बेलायतमा भन्दा धेरै पाठक भेट्न सक्ने उत्तर अमेरिकाको बजारलार्इ प्रकासकले ध्यान दिएहोलान भन्ने अनुमान गर्न सकिन्छ । साथै लेखकलार्इ मनाउनका लागि ऐतेहाशिक क्रमबद्ध रूपले सिल्सिला मिलाउन पनि भूमिका खेलेको हुन सक्छ ।
पहिलो पाठमा अपोलो यान प्रविधिलार्इ अगाडि बढाउने विषयमा राष्ट्रपति जोन अफ केनडीको भूमिकालार्इ मुक्त कण्ठसहित प्रशंसाको भाव भेटिन्छ । तत्कालीन समयमा भोका जनताको लागि काम नगरेर चन्द्रमामा मान्छे जाने(पुग्ने) प्रविधिमा खर्च गर्ने प्रवृत्तिको विरोध भएको प्रसङ्ग कोट्याएकी छन् । मार्टीन लुथर किङ,(पृष्ठ ६९) म्यकडग्लस, वाल्टर लीपम्यान जस्ता हस्तीको विरोधका बावजुद समाजलार्इ प्रविधिको उपलब्धि दिलाउने केनडीको कदम अहिले पनि मार्गदर्शन हुनपर्छ भन्ने धारमा लेखक उभिएकी छन् । केनडीको प्रविधि मैत्री सोचका साथै विश्व शान्तिका लागि आणविक परीक्षण नियन्त्रणमा खेलेको भूराजनैतिक भूमिकालार्इ पनि सिल्सिलेवार रूपले महत्व दिएकी छन् । चन्द्रमामा अरूभन्दा पहिले पुगेपनि केनेडीले अन्तरीक्ष अन्वेषणमा अमेरिकाको एक्लो हकदावि नगरेकोलार्इ लेखकले राम्रो पक्ष भनेकी छन् । तेरो र मेरोको झगडा नगरेर हाम्रो भन्ने भावमा राष्ट्रीय सिमानाको परिधिमा एआर्इलार्इ पनि बाँधेर नराखियोस भन्ने नै पुस्तकको मुल मर्म भेटिन्छ ।
एआइ मैत्री सुविधा समाजलार्इ दिन रेगुलेशन विहिन भने हुनुहुँदैन भन्ने विषयलार्इ जोड दिन विगतका घटना क्रमलार्इ लेखकले केलाएकी छन् । ती कदममा सोभियत रूशका ख्रुसचेभको भूमिकालार्इ सह्राउन पनि उनिले कञ्जुसाइ गरेकी छैनन् । प्रविधि दुरूपयोग निरूत्साहित पार्ने रेगुलेशनको पक्षमा लेखक दह्रोसङ्ग उभिएकी छन् । आवस्यक रेगुलेशन बनाउन विश्व नेतृत्वलाइ घच्घचाएकी पनि छन् । पुस्तकको सुरूवातमै एआइका नकारात्मक पक्ष केलाएकी छन् । अन्तिममा नकारात्मक पक्ष नियन्त्रण गर्ने रेगुलेशनसहित प्रविधि(एआर्इ) मैत्री समाजको समर्थनमा अगाडि बढ्न विश्व समुदायलार्इ आह्वान गरेकी छन् ।
एआर्इ देशको भौगोलिक सिमाना बाहिर पनि सञ्चालित हुन्छ । सिमानाले छेक्दैन । त्यसैले चन्द्र यान(एपोलो) र कृत्रिम गर्भधारणको परिधिबारे चर्चा गरेको देखिन्छ । राष्ट्रि सिमानाले नियन्त्रण गर्ने भएपनि पुस्तकमा पानी जहाज र हवाइ यातायातको चर्चा धेरै भेटिंदैन । परम्परागत सन्धीसंझौताबाट समुन्द्र र आकाशका यातायात ब्यवस्थित गरिएको सदासयता एआर्इको हकमा पनि आवस्यक भएको प्रसङ्ग भने छोटो नै भए पनि पुस्तकमा भेटिन्छ ।
इन्टरनेट प्रविधि विकासमा उत्तर अमेरिकाको नै ठूलो भूमिका छ । यस प्रविधिलार्इ उसले एकाधिपत्य कायम गर्ने उद्देश्य नराखेर खुला सहभागिताको नीति अपनाएकोमा लेखकले खुसी ब्यक्त गर्दछिन । इन्टरनेटमा एकाधिपत्य त्याग्ने प्राविधिक सम्रचना हस्तान्तरण गर्नमा यूएसले गरेको ढिलाइलार्इ पनि सङ्काको सुविधा दिएकी छन् । त्यो ढिलार्इलार्इ सेप्टेम्बर ११ भनेर चिनिने टुइन टावल ढलेको घटनाका कारण उनले यूएसलार्इ सहार्दता कै रूपमा हेरेको देखिन्छ । इन्टरनेटको डोमिन नेम ब्यवस्थित गर्ने आइक्यान (ICANN)को अन्तर्राष्ट्रिय संरचनामा ढाल्ने नीतिलार्इ सकारात्मक भन्ने तर्क दिएकी छन् । आइक्यान गैर नाफामुलक संस्थाका रूपमा रहेको छ । यसले नै डीएनएस ब्यवस्थित गर्ने जिम्मा पाएको छ ।
केनडीदेखिकै एकाधिपत्यमा खोज र प्रविधि अनुसन्धान तथा उन्नतिको परिधि साँघुरो नपार्ने पद्दतिलार्इ लेखकले समर्थन गरेकी छन् । तर, त्यस सम्बन्धी रूट ड्याटा यूएसमै रहने पद्दतिको भने आलोचना गरेकी छन् (पृष्ठ २११)। इन्टरनेट सम्बन्धमा डिएनएस ड्याटा नै भौतीक(ट्यान्जीबल) श्रोत हो । त्यस्ता तथ्याङ्क भने यूएसकै भूभागमा मात्र रहन जाँदा अप्रत्यक्षरूपले एकाधिपत्य कायम हुन जाने उनको दावी छ । परिस्थिति अनुकुल नहुँदाको अवस्थामा त्यस्तो संरचनाको दुरूपयोग नहोस भन्ने उनको चिन्ता छ । विश्व शान्ति कायम गर्नका लागि केही गर्न बाँकी कामका रूपमा यसलाइ बुझ्न पर्ने सुझाव दिएकी छन् ।
यता मानिसले प्रयोग गरिरहेको उच्चतम प्रविधिको सन्धर्बको पुस्तक पढ्दै थिएं, साथमा समय बाँडेर बेदको अनुबाद पनि सुन्दै थिएं । नयाँ प्रविधि प्रयोगको जमानाको अनुभूति र पुरखाको सोचाइ जाच्ने तराजु बनेको थियो मेरो मस्तिष्क ।
बेदमा पनि अन्तरिक्षमा जाने यन्त्र बनाउन पर्ने सुझाव सुन्दा ऋषिहरूको मार्गदर्शन पनि बुझ्दै थिएं । ऋषिहरूको कल्पनामा इन्टरनेटको पहुँच नरहेको मनन् गर्दैगरें । बेदका अनुबादक दयानन्द सरस्वतीको जीवनकालमा इन्टरनेट प्रविधि बारे शिद्धान्तमा पनि थाहा नभएको अवस्थाको उनको ज्ञानको दायराको तुलना पनि गर्दै थिएं । उनी भारतमा उपनिबेसक बृटिस विरूद्धको अभियानकर्ता रहेकोले अनुबादमा उनले कति इमान्दारिता देखाएहोलान भन्ने प्रश्नलार्इ वास्ता नगरी छाड्न सकिरहेको थिइन । एकातिर बेद धेरै पुरानो ग्रन्थ भनेर दावी गर्ने तर फलामको विषय उल्लेख गरेको पाएं । त्यसले गर्दा कित बेद आइरन एजपछिको हुन पर्यो, कित अनुवाद वा संकलनमा गडबडी हुनपर्यो भन्ने पनि लाग्यो ।
यदि बेद अति नै पुरानो हो भने रचयीताको मनमा विश्व उत्पत्ति विषयको चेतना जाग्न कसरि सम्भव छ भन्ने प्रश्न मनमा उठ्यो । यूट्यूबको ३४ भागमा बीस मीनेट ४८ सेकेन्ड जाँदा आधुनिक विज्ञानले भन्ने गरेको बिगब्याङ सित मिल्दो कुरा सुन्न पुगें । सृष्टिको सुरूमा पनि केहि थिएन साथै सृष्टिकर्ताको जन्म र मृत्यू दुबै हुँदैन भनिएको छ ।
प्रश्न उठ्छ उक्त विषय यदि प्रागऐतिहांसिक ऋषिको भनाइ नभएर अनुबादकको सोच हो भने पनि दयानन्द(सन्१८२४–१८८३) कै सोचमा पनि सम्भव थियो त ? यता एआर्इ सहयोगी आधुनिक विज्ञान उता थियो योग साधनाको ज्ञान ।
दयानन्दद्वारा लिखित ‘सत्यर्थ प्रकास’ पुस्तकको यूट्यूब सुन्दै गर्दा भने अलि विश्वस्त भएं । हिरण्य गर्भ भन्ने खण्डमा कुखुराको अण्डाको प्रसङ्गबाट सृष्टिको सुरू र अत्यको ब्याख्या रहेछ । कुखुराको अण्डामा जीव सुरू हुनु र कुखुराको मृत्यू हुनुको प्रसंगबाट सृष्टिबारे ब्याख्या मनन गरिएको रहेछ । बतासे अण्डा भए केहि पनि उत्पत्ति हुने थिएन । केमेस्ट्री फिजिक्स आदि नियमहरू नै परमात्मा भन्ने ब्याख्या दयानन्दले गरेका रहेछन् । चेतनशील प्राणी परमात्मा नभएर प्रकृतिका नियमलार्इ परमात्मा भन्ने उनको भनाइ रहेको मेरो बुझाइ बन्यो । उनी भन्छन् कि अण्डाबाट चल्ला बनेपछिको प्रारिणाम हो जीवात्मा । भाले लागेको पोथीको अण्डाको इन्कुभेसन लगायतको प्रकृया तथा प्रकृतिको नियम हो परमात्मा । दयानन्दले सृष्टिकर्ता परमात्मालार्इ चेतनशील प्राणि मान्दारहेनछन् ।
त्यसैले बैदिक नियममा मुर्तिपुजा अध्यात्मबादको अङ्ग हुन सक्दैन । त्यसैले भगवानको अवतार पनि हुने कुरै भएन । दयानन्दले “म नै भगवान हुँ भन्ने अध्यात्मिक गुरूहरू ढोंगी हुन” भन्छन् ।
ऋषिहरूदेखिका अरू अनुत्तरित प्रश्नहरूका उत्तर दिन सक्ने एआर्इ प्रविधि स्वतन्त्र विकास हुन दिने कि कसरि ब्यवस्थित राख्ने भन्ने विषय हामी सवैको सरोकारको विषय हो । त्यसैले हार्डिङले पुस्तकमा सचेत गराएका विषय हाम्रा दैनिकीसङ्ग पनि सरोकार राख्दछन् । |