सोझिएको गन्तब्य
अजन्ताः नियात्रा
म त घरबाट अजन्ताका गुफा हेर्न हिंडेको थिएं । स्थानीय मराठी भाषामा अजिंठा(अजन्ता) भनेको कसैलार्इ थाहा(जान्ने) नभएको भन्ने हुँदोरहेछ । ती गुफा पारिको माथिल्लो थुम्कोमा बसेको गाउँका पसलमा झुण्डाइएका बोर्डमा अजिंठा लेखेको देखें । गाउँ भने पनि सान्सानो बजारै जस्तो देखिन्थ्यो । ती बोर्डले गन्तब्य कै नजिक म पुगिसकें भन्ने सङ्केत गर्दै थिए ।
बास बस्ने ठाउँ भने फर्दापुर गाउँमा जुरेको थियो । त्यो बास जुराउन इन्टरनेट पर्याप्त भएको थिएन । घरबाट हिंड्नु पहिला औरङ्गाबादको बास त इन्टरनेटबाटै कन्फर्म गरेको थिएं । एलोराका गुफा ओहोरदोहोर गराएका टेक्सी चालकले फर्दापुरमा बास बस्ने चाँजो मिलार्इ दिए ।
दुर्इ दिनको एलोरा घुमाइपछिको बिहान ८ बजे औरङ्गाबाद छाडेर अजन्ता तिर हिङ्यौं । घरबाट हिंडेको चौथो दिनको बिहान थियो त्यो सितल बिहानी । एक सय किलोमिटरको यात्रा जारी थियो । बीच बाटोतिरै कतै नास्ता गर्ने गरी चाँजो मिलाउन मैले प्रकाश सिन्धेलार्इ आग्रह गरें । कारमा म र उनी मात्रै त थियौं ।
एलोराका गुफा नपुग्दै सोंचेकोभन्दा हेरेपछि झनै रहस्यमय लाग्यो । मन भने अझं अजन्ता कति अचम्म होला भनेर बेचैन थियो । एक दिन एलोराका गुफा हेरेर अर्को दिन डा. अम्बेडकरको विषयबारे बुझ्ने मन थियो । तर, एलोराले दुबैदिन खाइदियो । अझ गुफा नं. ५ मा झर्दै गरेको झरनाको मुहानका दुर्इ पोखरी हैर्ननै भ्याइन । भारतको संबिधान बनाउने मुख्य मान्छे हुन अम्बेडकर । त्यसै भाथि उनले जात(दलीत) ढांटेर जागिर खाएको सहर हो, औरङ्गाबाद । उक्त सन्दर्भ बुझ्ने रहर अधुरै भयो । जातकै विवादमा जैन धर्मावलम्बीले बिरोध गर्दा सहर छाडेर भाग्न परेको विषय खोतल्ने रहर पनि पूरा हुन पाएन ।
एलोराका ३० देखि ३४ नम्बरसम्मका कुदिएका जैन धर्मसंग संबन्धित संरचना हेरून्जेल अम्बेडकरको जात मनमा खेलिरह्यो । पछिल्ला दिनमा उनले हिन्दू धर्म त्यागेर बौध्द धर्म अपनाएको प्रसंग मनमा मडारिइरह्यो । गुफाको १६ नम्बर हेर्दै गर्दा पनि उनलार्इ निकै संझिएँ । संस्कृत नपढेकोले बेदको अर्थ अम्बेडकरले नबुझ्ने तर्क हिन्दू धर्म गुरूहरूले गरेछन् । एउटा तर्क भने मलार्इ अचम्म लाग्ने गर्छ । उनी अछुत जातका भएकाले उनलार्इ बेद पढ्नबाट उनै पण्डितहरूले रोक लगाएका थिए । उनिहरूले नै ‘संस्कृत पढको छैनस, त्यसैले बुझ्दैनस’ रे ? बिडम्बना !!
पाँचवटा पीएचडी थेसिस लेखेका बिद्वानसंग पण्डितहरू तर्कमा हारे । त्यसपछि उनिहरूले अम्बेडकरलार्इ बेद नबुझेको दोष थोपरेका थिए । मलार्इ भने पुर्विय सभ्यताका हिमायति पण्डितहरू नै विडम्बना हुन् भन्ने लाग्छ । अनि मनमा गुफासंगको प्रसङ्ग अर्को धारमा मडारिन्छ । अनि सोच्छु बेदाङ्ग प्रभावलार्इ पण्डितहरूले बिकृत पार्दै गर्दा अजन्ताका गुफा बैदिक ज्ञानकेन्द्र थियो होला । सर्बसाधारणहरू संस्कृति र संस्कार बिकृत भएको अवस्थाबाट दिक्क भए होलान । त्यहि उदासिनताबीच बुध्द ज्ञान विस्तार हुन गएपछि ती गुफा बौध्द ज्ञानकेन्द्रमा परिणत भएको अनुमान लगाउन पुगें ।
पेटले भोकलागेको सन्देश मस्तिष्क तिर पठाउँदै थियो । नभन्दै चालकले पनि एक ठाउँमा रोकेर नास्ता पाउने ठाउँ हो भन्ने बताए । मेनु हेर्दा त्यता तिरको खानामा उत्तरप्रदेश र बिहार तिरको खाना देखिएन ।
समोसा, कचौडी, करेला–भिण्डी फ्राइ, पालक–पनीर र रोटी देखिएन । दक्षीण भारत तिरको खानकीको प्रचलन रहेछ भन्ने बुझें । डोसा, इडली, साम्बर जस्ता परिकारको मेनुले साक्षी बकपत्र गरिरहेको रहेछ । मेरा दुबै आँखाले पिरो नहुने परिकारका लागि मेनुका अक्षर केलाउँदै गए । नयाँ स्वाद चाख्ने चाहनाको सन्देश मनले आँखालार्इ दिर्इरहेको थियो । ‘उपमा’ भन्ने शब्द देखेपछि नेपाली बोलिचालीको शब्द भएरै हो कि किनहो भोकले रोजेको परिकार हुनसक्ने अनुमान गर्यो । अर्डर लिन आएका किशोरसंग पीरो नहुने निधो गरें र मगाएं । बडो स्वादिलो हलुवा जस्तो लाग्यो । त्यता बसुन्जेल विहानको नास्तामा मेरो पहिलो रोजाइ नै ‘उपमा’ हुन पुग्यो ।
बास बस्ने होटलमा झोला थन्काउना साथ मलार्इ गुफा तिर गैहाल्न मन लाग्यो । एक सय किलोमिटरको यात्रा विहानभरिमा पार गरिसकेकोले समय बाँकी नै थियो । अमिनले चलाएको अटो रिक्सा चढेर मुल ढोकासम्म पुगें । अमिन भन्नाले जग्गा नाप्ने प्राविधिक कर्मचारी बझिन्छ । तर, उनी कर्मचारी हैनन् उनको नाम नै अमिन हो । इश्लाम धर्मावलम्बीहरूमा अमिन नाम राख्ने चलन छ । म जन्मिएको गाउँको छिमेकी गाउँमा पनि एकजाना अमिन नाम गरेका ब्यक्ति छन् ।
टिकट काटेर भित्र पसेपछि पर्यटकलार्इ सामान बेच्ने दुकानदार अकिल र एउटा गाइडले मलार्इ फकाउन थाले । म भित्रभित्रै अतालिंदै थिए । तर, अञ्जान ठाउँ र आफ्नै पाराको चाहनाले गर्दा उनिहरूसंग तर्कन पनि मन थियो । साथै जानकारि पनि चाहिएको थियो ।
अमिन फर्दापुरका र अकिल अजिंठा गाउँका बासिन्दा रहेछन् । स्थानीय भावना जान्ने मेरो चाहनाका उनिहरू राम्रो स्रोत थिए । गाइडसंग गुफा गयो भने त्यहा देखेको दृष्यबाट आफ्नो धारणा बनाउन पाइँदैन भन्ने कुरा मनमा गडेको थियो । गाइडले बताउने कुराहरूले दिमाग भरिएको खण्डमा नीजी धारणा हुँदैन भन्ने लाग्छ । त्यसैले गाइड लिएर नघुम्ने बिचार पहिला नै बनाइसकेको थिएं ।
मुल गेटबाट बस चढेर जानपर्ने भन्ने उनिहरूको सुझाव नमानेर म हिँडेरै गुफासम्म जाने भनेर हिँड्न थालें । गुफा तिरबाट हिंड्दै आएकाहरूसंग हिंड्दै जाँदा कतिबेर लाग्छ भन्ने सोधें । उनिहरूले चार किलोमिटर पर गुफा भएको जानकारि दिएपछि म गलत रहेछु भन्ने लाग्यो । अकिल र ती गाइडले बसमा चढेर जानदिएको सल्लाह मान्न बसमा छुट्टै पैसा तिरेर चढें ।
बसबाट झरेपछि फेरि टिकट काटेर गुफा जानपर्ने भित्रि द्वार देखियो । सूचनाकेन्द्र, सुरक्षा जाँच र रेस्टुरेन्टको समेत ब्यवस्था रहेछ । त्यहाँबाट सिमेन्ट ढलाइ गरेका सिंढी चढेर उकालो निस्किँदा पर्यटक बोक्ने पालकीहरू पनि पछि लाग्दा रहेछन् । पालकीको आवस्यकता नपर्ने बताउन पनि मेहनेतै गर्न पर्ने रहेछ ।
गुफाहरू क्रमशः नै रहेछन् । एलोराको जस्तो हराएका नम्बर खोज्ने समस्या भएन । सबैभन्दा महत्वपूर्ण चित्रहरू(पेन्टिङ्स)हरू पनि त्यही एक र दुर्इ नम्बरका गुफा मै रहेछन् । अनुसन्धानकर्ताहरूले पनि एलोराका संरचना भन्दा अजन्ताका चित्र कम्तिमा एक हजार वर्ष पुराना बताएका छन् ।
इश्वि सम्बत सुरू हुनुभन्दा कम्तिमा २ सय वर्ष पराना चित्रहरू रङ्गाइएका छन् । ती चित्र देख्दा विध्यार्थी सिकाउन बनाइएको भन्ने भान भयो । जातका कथाहरूका चित्र देखाएर उतिबेला ज्ञान हासिल गर्न चाहनेलार्इ सिकाइन्थ्यो भन्ने अनुमान गर्न करै लाग्ने रहेछ । हुन त ती चित्रहरू मध्ये एउटै चित्रमा विध्यावारिधि गरिएको छ पनि भन्छन् । त्यसबाट ती चित्रको गहिराइ मापन पनि हुन सक्ला ।
अरू गुफा हेरेर मेरा बिचारहरूलार्इ मन्थन गर्नुभन्दा पहिला नै ती दुर्इ गुफाहरू ज्ञान सिकाउने पुस्तकालाय जस्तो लाग्यो । मनन् गरें ! त्यो समयमा अहिलका विध्यार्थीहरूसंग भए जस्ता ल्यापटप र कम्प्यूटर त हुने कुरै भएन । त्यसैले बुध्द ज्ञान सिकाउने चित्रहरू बनाइएका रहेछन । जातका कथा र बुध्द इतिहास बर्णन गरेका चित्रहरू कतै राम्रै अवस्थामा रहेछन । कतै उडेका तथा विग्रेका रहेछन् । जुन चित्रमा जति धेरै बाहिरबाट सूर्यका किरणले छोएको छ त्यत्ति विग्रेको रहेछ भन्ने अनुभव गरें । उज्यालो जति कम पुग्ने कुना काप्चा छन् त्यताका चित्र कम विग्रेका रहेछन् । प्रष्ट रहेछन् । ती गुफाका चित्रका विषयमा कतिपयले त्यो समयमा कसरि हजारो वर्षसम्म सुरक्षित रहने रङ्ग बनाए भन्ने अनुसन्धान गरेका छन् । रासायन विज्ञानको विषयको खोज त्यता संबन्धित पनि होला ।
उसबेलाको विध्या केन्द्र अर्थात विश्वविध्यालय भन्ने कुरा मनमा जाग्यो । ती गुफाहरू शिक्षाकेन्द्रका रूपमा प्रयोग भएको बुझाइ रह्यो । त्यसैले विषय तक्षशिला विश्वविध्यालयको प्रसङ्गसंग पनि जोडिने नै भयो । नालन्दा विश्वविध्यालयको प्रसंग नजोड्दा पनि अधुरो नै हुन्छ ।
इतिहाँस खोज्नेहरूले पूर्विय सभ्यताको उच्च स्वरूपका रूपमा तक्षशिला विश्वविध्यालयलार्इ ज्ञानको मुहान बताउँछन् । इश्विसम्बत सुरू हुनुभन्दा ५४० वर्ष पहिला नै उक्त विश्व विध्यालय सुरूभएको बताइन्छ । बुद्धको बोधिसत्व र ज्ञान प्राप्तिको विषय पनि त्यहि कालखण्ड संग जोडिन पुग्छ । तर बुध्द धर्मको प्रचार र ब्यपकता भने त्यसपछिमात्र भएको मानिन्छ । त्यसैले पूर्विय सभ्यतामा ज्ञान मन्थन र अनुसन्धान अन्वेषणको मुख्य समयसंग पनि अजन्ताका गुफाका चित्रको र कुदिएका संरचनाको संबन्ध जोडिन जान्छ ।
ती चित्रहरू त्यस स्थितिमा रङ्गाइन कै लागि पनि त्यसै अनुसारको ज्ञान मानिसहरूसंग हुनुपर्छ । त्यस समयको सभ्यतामा शिक्षाका पद्दतिले धेरै सताब्दिदेखिको मन्थन झेलेको हुनु पर्छ । नालन्दाको विश्वविध्यालय भने अजन्ताको शिक्षा पद्दतिको नयाँ विकासका रूपमा थपिएको देखिन्छ । नालन्दाको विश्वविध्यालय सन् ४३२मा सुरू भएको भनिन्छ । त्यहाँ प्रयोग भएका रङको गहन अध्ययन पनि भएको छ । त्यस्तो रङ कसरि बनाइन्थ्यो भन्ने जानकारी दिने रिपोर्ट सन् १८८३मा लण्डनमा Society of Arts मा पेश गरिएको थियो । Day, Francis, and George Forbes. The Journal of the Society of Arts, vol. 31, no. 1589, 1883, pp. 609–50. JSTOR, http://www.jstor.org/stable/41327793. Accessed 25 Mar. 2024.
तुलना गरेर हेर्दा अजन्ताका गुफामा तक्षशिला भन्दा पहिला नै गुरू चेलाबीच ज्ञान सिधाउन थालिएको देखिन्छ । नालन्दाको ज्ञानकेन्द्र भने अजन्ता भन्दा कान्छो देखिन्छ । नालन्दामा इस्लाम विचारकले सन् १४०० तिर ध्वंश गरेको मानिन्छ । अजन्ताका गुफामा छैठौं सताब्दिसम्म पनि संरचनाहरू थपिएको पाइएको छ । तर, सन १८१९ सम्म अजन्ताका गुफा गुमनाम थिए । बेलायती सैनिक अधिकारी जोन स्मिथले शिकार खेल्दै जाँदा अजन्ताको १० नम्बर गुफामा पुगेका थिए । उनले त्यहाँ चित्रकला देखेपछि ती गुफाको रहस्य प्रचार भयो । त्यस विषयमा सवै नै छक्क परे । अनुसन्धान भैरहेको छ ।
पर्यटकलार्इ ती चित्रको फोटो खिच्न अनुमति रहेछ । तर, भिडियो र फ्ल्यासको उज्यालो छरेर फोटो खिच्न प्रतिबन्ध रहेछ । पहिलो गुफामा पस्ना साथ कर्मचारीले त्यो प्रतिबन्ध जानकारी गराइहाले । क्यामराको फ्लासको प्रकाशले ती चित्र(पेन्टिङ्स) विगार्ने हुनाले त्यस्तो गरिएको रहेछ ।
गुफाभित्रका कुना काप्चाका चित्र पनि देखियोस भनेर प्रकासको ब्यवस्था गरिएको रहेछ । जडान गरिएका आधुनिक प्रविधिले चित्र नोक्सान नगर्ने विशेष प्रकारको प्रकास फालिरहेका देखें ।
पूर्विय सभ्यताका स्रोत हुन ती चित्र र संरचना । त्यो सवै जोगाउँदै नयाँ पिंढिलार्इ पनि ज्ञानको स्रोत बनोस भनेर ब्यवस्था गरिएको रहेछ । अनुसन्धान गरेर पुर्बजलार्इ चिनियोस भन्ने उद्दश्य भएको देखेर त्यहाँको ब्यवस्थापनप्रति आदर जाग्यो ।
Next part |