Govind Belbase
<May 2025>
SuMoTuWeThFrSa
27282930123
45678910
11121314151617
18192021222324
25262728293031
1234567
"र" का प्रमुखको प्रतिवेदन र सात सालको राजनैतिक उथलपुथल

गोबिन्द बेल्बासे
भारतको विदेश मामला सम्बन्धमा गुप्तचरी गर्ने संस्था "र" का पूर्व प्रमुखले नेपालको राणा शासनका ठाउँमा राजा त्रिभुवनलाई सत्ताशिन वनाउनमा आफ्नो भूमिका महत्वपूर्ण रहेको खुलासा गरेका छन् । के. शंकरन नायर "र" (रिर्सच एण्ड एनलायशिस विङ्ग) का संस्था प्रमुख तथा इन्दिरा गान्धीका सहायक र पृयपात्र थिए । उनले आफ्नो "इनसाइड आइबी एण्ड र" नामक पुष्तकमा नेपालको शासन परिवर्तनमा आफ्नो रिपोर्टले प्रमुख भूमिका खेलेको उल्लेख गरेका छन् ।

>उनले आफ्नो पुस्तकमा भारत सरकारले खटाएर आफु नेपाल गएको जनाएका छन् । नेपाल भ्रमणबाट आफु भारत फर्किए पछि राणाहरुले राजा त्रिभुवनलाई नजरबन्दी अवस्थामा राखेको रिपोर्ट प्रस्तुत गरेको पनि उल्लेख गरेका छन् । उक्त रिपोर्टका आधारमा भारत सरकारले आवश्यक कदमहरु चालेर राणाहरुलाई पतन गराउने अवस्था सिर्जना गरेको बताएका छन् । त्यसपछि राजा त्रिभुवनलाई पुनर्स्थापित गरिएको तथा राजालाई यथार्थ स्थान दिलाइएको नायरले खुलासा गरेका छन् । तत्पश्चात त्रिभूवनद्वारा प्रजातन्त्रको जग वसालेर देशलाई शासन गर्न थालेको दावी पनि पुस्तकमा गरिएको छ ।

पछि इन्दिरा गान्धीको पार्टीले निर्वाचन हारेर मोरारजी देशाई भारतको प्रधानमन्त्री वने पछि नायरलाई नेपाल भ्रमणका क्रममा नेपालका कम्यूनिष्टहरु सँग भेट गरेको भन्दै प्रधानमन्त्रीद्वारा हप्काइएको आफ्नो पुष्तकमा उनले लेखेका छन् ।

>नायरले आफ्नो पुस्तकमा त्यसबेलाका शत्ताशिन राणाहरुकहाँ पाहुना वनेर जाँदा आफ्नै हातमाथि वस्न पर्ने अवस्थाको रोचक प्रसँग पनि उठाएका छन् । त्यसवेला राणाहरुले पाहुनाको इच्छा अनुसार सुत्ने कोठामा केटीहरु पर्ठाईदिने गरेको प्रसँगलाई उनका साथ भ्रमणमा भारतबाट नेपाल आएका केवल कृष्णको रमाइलो प्रसँगलाई कोट्टयाउँदै उल्लेख गरेका छन् । तर नायरले केवल कृष्णलाई ठट्टावाल व्यक्तित्वका रुपमा प्रस्तुत गरेकोबाट ठट्टाका प्रसँगलाई वास्तविक प्रचलनका रुपमा बुझेको पनि झल्को मिल्दछ । केवल कृष्ण भारतीय एम्वेस्सीका फस्ट सेक्रेटरी तथा नायरका सहकर्मी भएको उल्लेख गरिएको छ ।

प्रसँगलाई प्रस्तुत गर्ने क्रममा केवल कृष्ण जसकहाँ पाहुना वनेर गएका थिए त्यस घरकी छोरी राति कृष्णका कोठामा आएर सँगै रात विताउने मनसाय व्यक्त गरेको वताइएको छ । कृष्णले नायरलाई वताए अनुसार भएछ के भने कृष्णको हातले चिया दिने, पाहुना बन्न गएकी घरकी छोरीको कान्छी औंला छोइएछ । एक नेपालीले पछि कृष्णलाई, चिया लिंदा औंला छोइएकोले औंला छुनुलाई विवाह प्रस्तावका रुपमा लिने नेपालको परम्परा भएको र ती केटी कृष्ण सुत्ने कोठामा पुगेको भन्ने व्याख्या गरी दिएछ । केवल कृष्णले त्यही कुरालाई लिएर नायरलाई राणाकहा पाहुना हुन जाँदा हात लुकाउन हातमाथि वस्नु भन्ने सल्लाह दिएका रहेछन् । केवल कृष्ण भने आफु वरण्डामा गएर सुतेको भन्दै पुस्तकमा नेपाली परम्पराको खिल्ली उडाउने र भारतीय संस्कारलाई सम्मानजनक रुपमा प्रस्तुत गर्न पनि लेखकले कसरत गरेको भान हुन्छ ।सन १९५३ मा नायरलाई नेपालमा राजा र राणाहरुको वारेमा बुझेर सत्ता सञ्चालनको अवस्था बुझ्न नेपाल पठाइएको थियो । उनी दिल्ली बाट पटना सम्म रेलमा र पटनाबाट काठमाण्डौ हवाई जहाजमा आएका थिए । त्यसवेला दिल्लीबाट सिधै काठमाण्डौ हवाई जहाजको उडान नभएकोले उनी पटनाबाट उडेका थिए ।

के शंकरन नायर २० डिसेम्बर १९२० मा जन्मिएका हुन । उनले १९४३ मा भारतको प्रहरी सेवामा भर्ती भएर ७ वर्षसम्म जागिर खाएका थिए । अहिलेको "र" संस्थाको पहिलो रुपमा आई वी -इन्टेलिजेन्स ब्यूरो) रहेको थियो । सन् १९५० देखि नायरले आइबीमा काम गर्न थालेका थिए । त्यस पछि उनलाई १९५९ मा फरेन र्सर्भिस रिर्सच ब्यूरोको काम कारवाहीमा सघाउनकालागि घाना पठाइएको थियो । १९६८ मा उनी "र" का प्रमुख (सेक्रेटरी) वने ।

लेखक नायरले पुस्तकमा इन्दिरा गान्धीले नेपालमा सरण लिएर वसोवास गर्ने प्रक्रिया सूरु गरेको पनि खुलासा गरेका छन् । लेखकले इन्दिरा गान्धी र राजिव गान्धी सँग निकै नजिक रहेर काम गरेका हुँदा थुप्रै प्रकाशमा नआएका तथ्यहरु उजागर गर्न लेखक सफल भएका छन् ।

>राणा शासनको अन्त्य र २००७ सालको परिवर्तनमा "र" ले खेलेको भूमिकाको खुलासा भएकोबाट नेपालको राजनीतिमा भारतले "र" मार्फ खेल्दै आएका क्रियाकलापलाई अन्दाज गर्न सकिन्छ । नेपालको ०४६ सालको परिवर्तनका पछाडि भारतले नविकरण गर्नु पर्ने सन्धि नविकरण नगरेर नाकावन्दी गरेको घटनालाई मनन गर्दा नायरको २००७ सालको परिवर्तनका लागि पेश भएको रिपोर्ट जस्तै रिपोर्ट त्यस बेला पनि पेश भएको अनुमान गर्न सकिन्छ । ०४६ सालको चैत्र महिनाको आन्दोलन चरमचुलीमा पुग्ने अवस्था सिर्जना गर्न पनि "र" को कुनै प्रतिनिधिबाट रिपोर्ट पेश गरिएको हुन सक्छ । त्यति मात्र होइन अहिलेको नेपालको राजनैतिक तरल अवस्थालाई भारतले कसरी लैजाने र कहाँ पुर्‍याउने भन्ने बारेमा पनि "र" को कुनै कर्मचारीले रिपोर्ट त प्रस्तुत गरेकै होलान् । तर, अहिले सम्म गोप्य रहेको रहस्य नायरले ३९ वर्षपछि मात्र प्रकाशित गरे जस्तै अर्को लामो समय पछि अहिलेको गोप्य रिपोर्टका रहस्यमय तथ्य प्रकाशित हुने आशा गर्नु वाहेक अरु गर्न सकिने जस्तो पनि लाग्दैन ।

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.