Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
एलोरा अजन्ता–२
एलोरामा अलप नम्बरको खुल्दुली

एलोरामा अलप नम्बरको खुल्दुली



नियात्रा (भाग–२)

–गोविन्द बेल्वासे



नक्सा पल्टाएर हेरें । टिकट काटेर गेटबाट छिरेपछि सबैभन्दा दायाँ १ नम्बर गुफा उल्लेख भएको देखियो । क्रमशः गर्दै सवैभन्दा बायाँ ३४ नं. गुफासम्म झण्डै एक किलोमिटर लम्बार्इका पहरामा गुफा र गुफा भित्र मानबीय संरचना छन् भन्ने थाहा भयो । तर, नक्साभित्र गुफाका केही नम्बर गायब रहेछन् । जस्तो कि २२ देखि २४ नं.गुफा नक्सामा उल्लेख भएको देखिन ।

हराएका गुफाका नम्बरले मनमा प्रश्न मडारियो । कीशोर अवस्थामा सुनेको स्यालका सिङ भेटाए धनाढ्य भइने कथाको संझना भयो । यी अलप भएका नबरका गुफा भेटाउँदा धनको थुप्रो भेटिने आशा भएन । तर, खुल्दुली भने सर्पको मणि फेला पार्ने चाहना जस्तै बेचैन भयो ।

मनको बेचैनी तोड्नकै लागि पनि एक–एक गरेर सबै गुफाभित्रै पसेर हेर्दै हिंड्न थालें । घमाइलो दिन रमाइलै हुन्छ । तर, घाम चर्कँदै गए पछि पानीको डेढ लिटरको बोतल रित्ताउँदा गर्मीको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको रहेछ ।

अगस्त 28, 1983मा यूनेस्कोले विश्व सम्पदाको सूचिमा राखेर यी गुफालार्इ संरक्षण गर्न पर्ने बतायो । त्यसपछि भारत सरकारले पुजा सामाग्रीबाट हुने सम्पदाको नोक्सानी रोक्ने कदम चालेको छ । साथै पर्यटन प्रबर्धनमा जोड दिइरहेको छ । त्यही सिल्सिलाले गर्दा सुमिनाथ चौहानले त्यहाँ जागिर पनि पाएका छन् । ती गुफाको सवैभन्दा नगिचको एलोरा नामको गाउँमै जन्मेका हुन उनी ।

उनी एलोरा गुफाका सफाइ गर्ने कर्मचारी हुन । म त्यहाँ पुग्दाको दिन उनले गुफा नं. १ देखि ६ सम्मको सफाइको जिम्मा पाएका रहेछन् ।

मानिसले कुँदेर केशर महलको बैठक कोठा जत्रो हल बनाएको गुफा भित्र बसेर उनीसंग कुरा गर्न थालें । उनले सुनाउँदै गए । उनी बचपनमा बाख्रा चराउँदै ती गुफा माथिका डाँडा तिर जान्थे । इटु–डाण्डु खेल्न ती गुफा तिर पनि पस्थे । १६ नम्बरको गुफामा उनले पुजा गरेर चन्दन, टीका, अक्षेता चढाउँदा त्यता पर्यटक नै पुग्ने गर्थेनन् । सुनसान थिए ती गुफा । त्यस ठाउँको अहिले जस्तो चहलपहल नै थिएन ।

तर अहिले चन्दन, टीका, अक्षेता, फूल, प्रसाद चढाएर त्यहाँ पुजा गर्न पाइँदैन ।

मराठी भाषामा इटु–डाण्डु भन्दा रहेछन् । मैले थप जिज्ञासा राखेपछि उनले ब्याख्या गर्दै गए । त्यसलार्इ विस्तारपुर्वक बताउँदा हामीले सानोमा खेल्ने डण्डी(लारी)–बींयो नै उनीहरूको इटु–डाण्डु रहेछ भन्ने बुझें । एउटा सानो डण्डीलार्इ अर्को एक हात जत्रो डण्डीले हिर्काउने गरी खेलिने विवरण पनि मिल्यो ।

मेरो मुख्य गन्तब्य छैठौं शताब्दीदेखि सन् १८१९ सम्म लापता भएका अजन्ताका ३० वटा गुफाको लस्कर थियो । ती गुफालार्इ एप्रेल १९८३ देखि यूनेस्कोले विश्र्व सम्पदा सूचिमा राखेको छ । ‘एक पन्थ दुर्इ काज’ भन्ने उखानकै सिल्सिला मिलाउन एलोराको मेसो मिलाएं । त्यसैले म एल्लोरा गुफा पनि छिरें । एलोरामा घुम्ने लक्ष्य एक दिनको थियो । त्यहाँ पुगेपछि एक दिनले नपुग्ने भयो । समय लम्बिएर दुर्इ दिनमा ती गुफाभित्र पसिपसी हेरें । रहरै त हो ! लहड भने पनि त भयो । त्यसैमाथि नक्सामा नदेखिएका नम्बरको खुल्दुली छँदैछ ।

ऐतहासिक भारतका शासकहरू मध्ये धेरै सुनेको नाम हो औरङ्गजेब । मुगल सम्राट हुन । उनैको नामबाट जुरेको सहरको नाम औरङ्गाबादमा मेरो अस्थायी बास जुर्यो ।

भारतको संविधान लेख्ने संयोजक डा. भीमराव रामजी अम्बेडकरको कर्मथलो पनि हो यो सहर । उनले जात (दलीत) ढाटेको प्रसङ्ग पनि जोडिएको छ यो सहरसंग । उनकै नामबाट खोलिएको यूनिभर्सिटी तिर पनि चांसो त थियो मेरो । तर, त्यता पुग्न समय अपुग हुने भयो ।

टेक्सीमा जाँदा झण्डै आधा घण्टामा एलोरा गुफा पस्ने मुल गेटसम्म पुगिँदोरहेछ । कारको अगाडिको भागमा शिवाजी महाराज र गणेशको मुर्ती राखेको देख्दा चालकबाट हिन्दू राप रसायो । उक्त शहरमा भने ७५ प्रतिशत जति मुस्लिमहरूको बस्ती रहेको उनैले जानकारी गराए । उनका धेरै जसो ग्राहक पुग्ने देवगिरी टिलाप्रति मेरो चासो जगाउन उनले गरेको प्रयासमा अन्यथा मानिन । तर, बाटोमा बिनाकारण स्थानीय सिल्क उध्योगको पसलमा पसाले । मेरो खरिददारीबाट उनलार्इ हुनसक्ने थप आम्दानीको प्रयासबाट मेरो मन भने रमाउन सकेन । यो चलन पर्यटन उध्योगको पक्षनै हो क्यारे ! अन्यत्र पनि उस्तै उस्तै त हो ।

दुर्इ कीशोर उमेरका छोरीहरू संगसंगै त्यहाँ घुम्न पुगेका शंकर बलालले मलार्इ ती गुफा भन्दा अलि पर रहेको शिवको मन्दीर पुग्न सिफारिस गर्दै थिए । उनीभन्दा पहिला नै टेक्सी चालकको सिफारिसलार्इ नै उनले पनि थपेका थिए । आस्था न हो ! मेरो नामको शब्दावली सुन्ना साथ उनको आस्था बेजोडले उर्जावान बन्यो ।

शंकरहरू भने शिर्डी साइबाबा मन्दीरमा आफन्तको विवाहमा पुगेकै बेला पायक परेकोले एलोरा आएका रहेछन् । उनको सिफारिसमा परेको शिबको मन्दीरको ज्योतिरलिङ्गको सप्रसंग ब्याख्यामा काठ्माण्डौको पशुपतिनाथसंग सम्बन्ध छ भनेर पनि जोड्न भ्याइहाले ।

पोल्ने घाम छलेर एक हुल स्कूलकै ड्रेस लगाएका बच्चाहरू रूखको छहारीमा बसेका रहेछन् । उनीहरूले खाना खाँदै गर्दा त्यो ठूलो रूख भन्दा उता १ नं. गुफासम्म नै छहारी दिने कुनै पनि रूख देखिएन । गुफा भित्र बसेर पनि त्यसरि खान पाइने कुरै भएन ।

फलामे बारले छुट्याइएको गुफा क्षेत्र भ्रमण सिमानादेखि तल भने बाक्लै हरियो जङ्गल देखियो । गुफा माथिको डाँडामा हरियाली दिन नसकेका केही पोथ्रा रहेछन् । बर्षा याममा उतातिर पनि हरियाली भरिन्छ होला भन्ने अनुमान गरें । एलोराका गुफा मध्ये १६ नम्बरको कैलास मन्दीर कला र सौन्दर्यको उत्कृष्ट नमुना मानिन्छ । एउटै चट्टानलार्इ खोपेर बनाइएका मुर्ति तथा संरचना अपत्यारिला छन् । आफ्नै आँखाले देखेपछि नपत्याइ पनि भएन । त्यो समयमा न त रेल चल्थ्यो, न त कम्प्यूटर थिए, तर शिलिङमा नटराजको मुर्ती थ्री डायमेन्सनमा कसरि बनाए होलान ? चार पाइला दायाँ, फेरि चार पाइला बयाँ, अगाडि त्यत्ति वा पछाडि त्यत्ति पाइला जता गएर हेरे पनि ती कुदिएका शिवजीले आफूलार्इ नै हेरेको देखिँदो रहेछ ।

त्यसैले त होला म गेटबाट छिर्नुभन्दा ठीक पहिला अमेरिकाकी पूर्व विदेश मन्त्री तथा राष्ट्रपति निर्बाचनमा निकटतम प्रत्यासी हिलारी क्लीन्टन छिरेकी रहिछन् । उनले मेरो १६ नम्बर गुफा छिर्ने बाटो नै छेकिदिइन । ‘जे हुन्छ ठीकै हुन्छ !’ भने झै भो । म पनि १ नं.देखि क्रमश कुनै गुफा नछाडी हेर्न थालें ।

गुफा नं. ५ को माथिबाट झरना बगिरहेको थियो । त्यो झरनाको पानी पसेर गुफा विगार्नबाट रोक्न चट्टानमा छत्तरे क्याप जस्तो कंक्रीट ढलान गरेका रहेछन् । पहिलो छुट्टीमा घर आउँदा मलायाका लाहुरेले लगाएको छत्तरे टोपीको अघिल्लो भाग जस्तै देखियो । घामबाट लाहुरेका आँखा जोगिए जस्तै त्यो ढलानले गुफाको संरचना बचाउन पानी अलि अगाडि झर्ने बनाइएको छ ।



गुफा भित्र संरचनाका खम्बा(पिलर) लगायतका भाग खिइएको तथा कमजोड भएको ठाउँमा मरम्मत गरेका रहेछन् । पुरानो कुन हो नयाँ मरम्मत गरेको कुन हो छुट्याउन नसकिने गरी लेप लगाइएको देखें । सायद पुरातत्वविध (आर्कियोलोजिष्ट)ले पनि काम बाटै सिक्ने (लर्निङ बाइ डुइङ) गरे होलान । त्यसैले पछि गरेका मरम्मत भने मौलिक संरचना कुन हो र नयाँ मरम्मत कुन हो भन्ने छुट्टिने गरी मरम्मत गर्न थालेछन् । उनिहरूको त्यो बुध्दि पलाएको पनि महशुस गरें । पछि कर्मथलो फर्किएर त्यस सम्बन्धमा जानकार विशेषज्ञ मित्र घनश्याम पौडेलसंग मरम्मतको विषयमा कुरा भयो । मैले सोचेको कुरा ठिकै रहेछ भन्ने थाहा भयो । उहाँले लुम्बिनीको मायादेबीको मन्दीर जिर्णोद्दार गर्दाको आफ्नै अनुभव पनि सुनाउनु भयो । यूनेस्कोले विश्व सम्पदाको संरचना बचाउने र मरम्मत गर्ने मापदण्ड तोकेको विवरण बताउनु भयो । उहाँको त्यो विवरण र ती गुफाका नयाँ मरम्मत र पुराना मरम्मत बीचको फरक थाहा लाग्यो । यूनेस्कोले पहिला मरम्मत गर्नमा दिएको निर्देशनमा थप सुधार गरेको नियमबारे हामीले छलफल गरेपछि कुरा बझे झै भयो ।

क्रमशः

Published on setopati.com on फागुन २१, २०७९

Next part
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.