सुनिएका, पढिएका र चिनिएका मोहन बैद्य
– गोविन्द बेल्वासे
मोहन बैद्यको मुल परिचय बर्ग संघसबाट उत्पिडितहरूको मुक्तिकामी योद्धाका रूपमा गरिनु पर्छ । तर, प्रश्न उठेको छ के उनी राजावादी हुन ? के उनी प्रतिगमन सहयोगी हुन ? यस्तै प्रश्न बीपी कोइरालाका विषयमा पनि सन् १९७६मा भारतबाट नेपाल फर्कँदा उठेका थिए । “राष्ट्रियताको सवालमा मेरो घाँटी राजासंग जोडिएको छ” भन्ने बीपीको भनाइले ती प्रश्न जन्माएका हुन् । अहिले बैद्यको राजासंग सहकार्य गर्न सकिने भनाइले भने उतिबेलाको बीपीको भनाइ जति छलफलको दायरा पाउन सकेको छैन ।
उनले पुरै जीवन बर्ग संघर्ष पक्षधरको क्षेत्रमा विताएका छन् । अझै त्यसैमा कटिबद्ध देखिन्छन् । त्यो प्रतिवद्धताबाट उनी डग्मगाउँदैनन् भन्ने पनि बुझिन्छ । तर, उनको अन्तर्वार्ताले राजाको सन्दर्भ छुनाले अहिले छलफल जागेको छ । साथै उनको वर्ग संघर्षको कडीमा राजतन्त्र प्रतिको उनको धारणा कहाँ निर अल्झिन्छ भन्ने चासो जागेको छ ।
मोहन बैद्धको राजनैतिक पहिचान मोहन बिक्रम सिंहसंगै जोडिएर अगाडि बढेको थियो । तर, माओ–बिचारधारा र माओ–वादको तर्कबाट एउटै लक्षमा पुग्ने दुर्इ अलग–अलग धार समाउँदै अघि बढ्ने गरी ती दुवैजना छुट्टिए । सिंह सुस्त गतिमा विचार जोगाउँदै हिँड्दै गर्दा बैद्यले उच्च शिक्षाको डिग्री धारी बाबुराम भट्टराइ र नेतृत्व कला पारखी प्रचण्डको साथ लिएर जनवादी क्रान्तीलाइ शसस्त्र यूद्धको वैचारिक नेतृत्व गरे । बैध्य र भट्टराइको विचारलाइ मध्यस्थता गरेर नेतृत्व गरेका प्रचण्डको नेतृत्वलाइ मोहन बिक्रम सिंहले मध्यपन्थी भनेर अर्थ्याएका थिए । सिंहले झापामा बर्ग दुस्मनका टाउका गेंड्ने संघर्षदेखि प्रचण्ड नेतृत्वको सशष्त्र द्वन्द्वलाइ उग्र बामपन्थी भड्काव भन्न छाडेनन । साथै, उग्रपन्थी भड्काउ अन्तत् दक्षीणपन्थी भड्खालोमा जाकिन्छ भन्ने उक्तिलाइ नेपालको क्रान्तीका घटनाक्रमले पुष्टि गरेको पनि छ । तर, ती संघर्षले हरेक पटक उत्पिडितहरूलाइ केहिनकेहि उर्जा भने थपेकै हो । कुरा मात्रै गरेर बस्नु भन्दा थोरै–धेरै प्रयास गर्नुलाइ उपलब्धिका रूपमा गणना गर्न पनि सकिन्छ ।
उत्पिडितहरूको उत्थानका लागि वर्गसंघर्षको बाटो समाएका मोहनहरू दुवै जना सामन्तका सन्तान थिए । ती सामन्तको धन, मान, सुख, सुविधा त्यागेर उत्पिडनमा परेकाहरूको उत्थानमा समर्पित हुनु ठूलो त्याग थियो । चानेचुने कुरा पक्कै पनि होइन । उनको विचारमा सहमत भए पनि नभए पनि अहिलेसम्म पनि उनको समर्पणलाइ त्याग नै मान्नु पर्ने हुन्छ । उनले अपनाएको जीवनको सादापन तुलना गर्दा ब्राण्डेड घडी, स्वीमिङपुल र सुविधा भोगलाइ उपहार पाएको बहानावाजी गर्ने उनका सहकर्मीहरूसंग तुलना नै गर्न सकिँदैन । उपहारको बहानेवाजी गर्ने कार्य भ्रष्टाचारको रूपमा अर्थ्याउने चेतना उठ्न नसकेको नेपाली समाजलाइ निरीह समाज भन्दा अतियूक्ति हुने छैन ।
अक्टोबर क्रान्तीपछि तिल्मिलाएको पश्चिमा पुँजीबादमा मार्क्सवादी बर्गसंघर्ष हावी हुँदै गएको सन्देशबीच बैद्यको बैचारिक जग बस्यो । भारतको इ.सं १९४७को फिरङ्गी लखेट्ने स्वतन्त्रता संघ्राम भन्दा बढि चिनको जनवादी क्रान्तिलाइ आदर्श मान्ने बातावरणले उनको मस्तिष्क उद्वेलीत भयो । माओत्सेतुङको नेतृत्वको १९४९को चिनको परिवर्तनबाट उत्साहित भएर राजनीतिमा सशरीर नै अर्पित भएकाछन् । नौलो जनवादी क्रान्ती उनको ठेगो नै बन्यो ।
प्रमुख दुस्मन को ?
नेपालका कम्यूनिष्ट राजनीतिबीच वैचारिक धरातलको छलफल हुँदा सधैजसो प्रमुख दुस्मनका विषयमा गहन मदभेदहरू माझिने गरेका छन् । मोहन बैद्य भारत कै भूमिमा भएका दर्भङ्गा प्लेनम र गोरखपुर भेलादेखि नेपाली भूमिमा भएका चुनवाङ बैठक लगायतका वैचारिक विमर्शमा भारतीय विस्तारवाद नै हाम्रो प्रमुख दुस्मन हो भन्नेमा स्पष्ठ धार बोक्दै हिँडेका योद्धा हुन । कतिपयले धनी जीमिदारहरू नै प्रमुख दुस्मन हुन भनेर टाउका गेँडेर बर्गीय विभेद हटाउने जमर्को गरेका थिए । उनीहरूले चारू मजुमदारको विचार मानेको बताइन्छ । त्यो गुट अहिले केपी शर्मा ओलीको नेतृत्वमा ठूलै जबज जमात बनेको छ । अर्काथरिले सामन्तबादको नायक राजतन्त्र फालेपछि समाज अघि बढ्छ भन्ने विचार अगाडि सारे । तर, गणतन्त्र स्थापित भएर नयाँ संविधान लेखिएपछि पनि नेपाली जनताका उत्पिडन घट्नको सट्टा नयाँ सम्भ्रान्तहरू र जनताबीचको दुरी बढ्दै गएको छ । उत्पिडन थपिँदै गएको छ । गास, बास कपार जोड्न नै बैदेशिक रोजगारीमा जाँदा परिवारसंग विछोड बहन गर्नु पर्ने उत्पिडन अहिलेको मुल समस्या बनेको छ ।
बाह्रबुँदे दिल्ली सम्झौता हुँदा जन्मिएका बच्चाहरू अहिले किशोर भैसकेका छन् । तर त्यसअघि संगै अगेनाको वारि र पारि बसेर मकै र मही खाने परिवारले मोबाइल फोनको सहाराले विदेश पुगेका सदस्यसंग पारिवारिक संबन्ध राख्न बाध्य छन् । परिवारसंग भेट हुन बर्षौ नै पर्खनु पर्छ । पारिवारिक विछोडको जीवनलाइ सुखमय भन्न सकिँदैन । त्यही विछोड पनि केवल हातमुख जोर्नकै लागि सहनु पर्ने बाध्यता अहिलेका नयाँ सम्भ्रान्तहरूको योगदान हो । पुराना सम्भ्रान्तहरूको त एक खालको नैतिकता र मानवता हुन्थ्यो । शोषण गरे पनि कम्तिमा चुरोट किन्न पठाएका नोकरसंग फुटकर फिर्ता त लिँदैन थिए । अहिलेका टुप्पाबाट पलाएका सम्भ्रान्तहरू त झन लाज विहिन नै भएका छन्, त्यही फुटकर पनि फिर्ता लान्छन् र शोषण पनि गर्छन् । अझ कमरेड भनिभनि शोषण गर्छन् । तर पनि परिवर्तन त परिवर्तन नै हो । मेरा गाउँका केटीहरू पनि स्कूल जान थालेका छन्, जो पञ्चायत कालसम्म थरूनी केटी स्कूल पढ्न जाने प्रचलन नै थिएन ।
बर्ग
उनी हुर्कँदै गर्दा हली–गोठाला, रैतिहरू उत्पिडित र जिमिदार, जिम्वाल मुखिया सामन्तहरू शोषक थिए । सामन्तहरूको बलमा राज्यसत्ता टिकेको थियो । धार्मिक नियममा उत्पिडितहरूलाइ भाविले लेखेको फलमा सन्तोष गर्न सिकाइएकोले अधिकार माग्दा पनि पाप लाग्ने आस्था बोकाइएको हुन्थ्यो । स्रोत साधनको कमी तथा रोग ब्याधिका कारण औषत आयू कम हुन्थ्यो । साथै बालमृत्यूदर बढि भएको अवस्थामा सवैलाइ सिक्षाको अवसर मिल्ने सम्भावना नै थिएन । सामन्तका सन्तानहरूलाइमात्र सिक्षा प्राप्त गर्ने अवसर मिल्थ्यो । त्यसैले सामन्तका सन्तान भएकै काराण उनले आधारभूत शिक्षा हासिल गर्ने अवसर पाए । त्यो अध्ययनलाइ स्वअध्ययनका रूपमा निरन्तरता दिए । शिक्षाले समाजमा भएको विभेद चिन्ने मार्ग प्रसस्त गर्यो । उत्तर र दक्षिणका क्षिमेकी राष्ट्रको राजनैतिक परिवर्तनको प्रभाव, वनारस पढ्न जाने नेपाली विध्यार्थीहरूको माध्यमबाट नेपालमा पनि फैलिन थालेको थियो । त्यही अवसरले वर्ग विभेद हटाउने वर्ग संघर्षको ज्वारभाटा सहितको विचार उनको मस्तिष्कमा स्थापित गरायो ।
नेपालका किसान, हली गोठाला माथि सामन्तहरूबाट भैरहेको उत्पिडन चिनको सामाजिक अवस्थासंग मिल्दोजुल्दो देखिन्थ्यो । चीनमा सफल भएको नौलो जनवादी क्रान्तीले नै समाज बदल्न सक्ने विश्वसमा उनको पनि राजनैतिक चिन्तन अघि बढ्यो । विश्वभरि नै समाजवादी लहर चलेकोले कम्प्यूनिष्ट विचारसंग असहमत हुनेहरू पनि प्रजातान्त्रिक समाजबादको शिद्धान्त भन्दै राजनीति गर्न थालेका थिए । यता, पञ्चायती ब्यवस्थाले जसरि पनि सत्ता टिकाउने मनुवादी राजगुण, उत्तरको सहानुभूति र दक्षीण भारतलाइ चिनसंगको झमेलाबाट बच्ने भूभागको भूमिका निभाउनमा तल्लिन थियो । सोभियत संघको पतन, चिनको उदार अर्थतन्त्र अंगालेको कम्यूनिष्ट संरचना संगै भारतमा पनि समाजवादी राजनैतिक भावना कमजोर पार्दै गएको अवस्थामा मोहन बैद्यको राजनीति नेपालमा माओवादी सशष्त्र द्वान्दका रूपमा चर्कन पुग्यो ।
तर, उनको भारतीय विस्तारवाद नेपालको प्रमुख दुस्मन हो भन्ने राजनैतिक ठम्याइ प्रचण्ड र बाबुरामको राजतन्त्र संरक्षित सामन्तबाद नै प्रमुख दुस्मन हो भन्ने गठजोडका अगाडि अल्पमतमा पर्यो । बहुमतको रायमा आफ्नो शैद्धान्तिक अडान कायम राख्दै एकजुट हुँदै क्रान्तीमा कटिबद्ध रहे, उनी । दरवार हत्याकाण्डले पनि सामन्तवाद र त्यसका नाइके नै नेपाली जनताका प्रमुख दुस्मत हुन भन्नेहरूलाइ बढि फाइदा पुर्यायो । शारीरिक रूपमा जेलबाट मुक्ति पाउने राजनैतिक परिवर्तन उनकालागि उपलब्धि मुलक नै रह्यो । तर वैचारिक धरातलमा भने नेपाली जनता र भारतीय विस्तारवाद नै प्रमुख दुस्मन मान्ने उनको राजनैतिक धारलाइ हुत्याउने पक्ष सत्ताको लुछाचुडीमा जनताको उत्पिडनको पुरानो वर्ग फालेर त्यसै ठाउँमा आफूहरूले नै भूमिका खेल्न थाले ।
राजतन्त्र
मोहन वैद्यको राजा प्रतिको दृष्टिकोण राष्ट्रवादसंग सम्बन्धित छ । समग्रमा कम्यूनिष्टहरू अन्तर्राष्ट्रवाद तथा सीमा विहिन पक्षधर भए पनि साम्राज्यवाद र विस्तारवादले गर्ने शोषणबाट मुक्ति खोज्ने क्रममा राष्ट्रवादको पनि वकालत गर्दछन् । राज्यको सिमानाले शोषणको जालो बुन्दछ भन्ने मान्दछन् । साम्राज्यवाद र विस्तारवाद सम्बन्धी भूराजनीति वितेका दुइ दशकमा धेरै बदलिएको छ । प्रविधिमा द्रुत विकास र पश्चिमा देशमा जनसंख्या कम भएका कारणले आप्रवासी थपिएर बदलीएको समाजको बदलिएको पहिचान जोगाउने राष्ट्रवाद (ट्रम्परूपी) उभारमा छ । राज्य सिमानाको ब्यवहार फेरिएको छ । बदलिएको नयाँ समाजमा राज्यका सिमानाहरू फितलो हुँदै गएका छन् । इन्टरनेट र साइबरको सुविधाले राज्यको सिमाने असर नपर्ने गतिविधिहरू बढ्दै जानु, राष्ट्रवाद सम्बन्धी परम्परागत मान्यता बदलिँदै जानु पनि हो ।
प्रविधिले श्रमजीविको रोजगारी खोसिदिने क्रम झन्पछि झन् तीब्र हुँदै गएको छ । बेलायतको केन्टका कृषी फाँटमा रोबर्टहरू सर्वेसर्वा भएर काम गर्न थालेका छन् । अहिले ती रोबोटहरू महँगा भएपनि परीक्षण पश्चात गरिने ब्यापारिक उत्पादन (मास प्रोडक्सन) पछि मानिसका काम धेरै खोसिने छन् । एमाजोनका भण्डारमा रोबटले गरेको काम मानिसले गर्ने भन्दा सस्तो परिसकेको छ । अहिलेको भूमण्डलीकरणको परिवेशमा गरीब देशका मान्छेले धनी देशमा रोजगारी पाइरहने क्रममा रोबोर्ट र स्वचालीत कारहरूले आप्रवासन घटायो भने गरीब देशमा रोजगारीको खडेरी पर्ने अवस्था सिर्जना हुन सक्छ । परम्परागत खेती कार्य छाडेर अरबमा रोजगारी पाएका नेपालीहरू स्वदेशमा फर्कन पर्यो भने न त परम्परागत खेतीले रोजगारी चल्ने अवस्था छ नत विश्व बजारमा प्रतिस्पर्धामा खरो उत्रन सक्ने कुनै अरू उत्पादन गर्ने छमता विकास हुने अवस्था नै देखिन्छ ।
विगतमा डोजर जस्ता यन्त्रले रोजगारी खोसेर श्रम बजारमा समस्या परेन । ती यन्त्र प्रचलनमा आउँदा सञ्चालन गर्ने रोजगारी सिर्जना भएका थिए । तर, रोबर्ट तथा स्वचालीत यन्त्र तथा साइबर प्रविधिको प्रचलन त्यो भन्दा फरक छ । एनालग यन्त्र मानिसले सञ्चालन गर्न पर्ने हुनाले रोजगारीको स्वरूप गैती चलाउने सिपबाट डोडर–एस्काभेटर चलाउनेमा परिण मात्र भएको थियो । आर्टिफिसियल इन्टलिजेन्स तथा डीप लर्निङको प्रविधिले स्वयं यन्त्रले स्वचालन मात्र होइन यान्त्रिक गडबडी हुँदा मरम्मत केन्द्र पुगेर आफ्नो मरम्मत आफै गर्न थाल्नेछन् । फाइभ जेनेरेशनको इन्टरनेट प्रविधि प्रचलनमा हुँदै गर्दा झन उन्नत प्रविधिले छिटै नै चालक विहिन कार र यन्त्रहरूले जागिर खोस्ने अवस्था उन्नीस सताब्दिको प्रविधि विकास भन्दा धेरै अर्थमा फरक छ ।
यो प्रविधिले राष्ट्रिय सिमानाको परिधिको मान्यता बदल्ने र मान्छेको राष्ट्रवादी धारणामा पनि परिवर्तन गर्ने पक्का पक्की नै छ । अहिले धनी र सम्पन्नहरूले जुन देशको सिमाना नाघ्न पनि भिषा पाउने गर्छन । सिमानाले उनीहरूलाइ छेक्दैन तर श्रमिकहरूलाइ मात्र त्यो सिमानाले महँगोमा श्रम विक्ने ठाउँमा पुगेर आफ्नो श्रम वेच्न रोक्छ । अवको नयाँ प्रविधिले विश्व बजारमा दख्खल दिएपछि परम्परागत उग्र राष्ट्रवादी भावना हराउने छ । त्यसैले पनि मोहन वैद्यको राष्ट्रवादका लागि राजासंगको सहकार्य समय सापेक्ष देखिँदैन । विपीका समयको राष्ट्रवादमा राजाहरूलाइ देश प्रेमी हुनु पर्ने बाध्यता थियो । त्यसबाट साम्राज्यवाद र उपनिवेशको उत्पिडनबाट राहत खोज्ने उपाय विकल्प हुन्थ्यो । तर, अव परिस्थिति बदलिएकोले त्यस्तो राष्ट्रवादको भावना समय सापेक्ष हुँदैन र अग्रगमनकारी हुन सक्दैन ।
विश्वभरि मेसिनले काम गरिदिनाले विदेशी कामदार नचाहिने अवस्था भयो भने साम्राज्यवादले स्वरूप बदलेर आफ्नो अस्तित्व जोगाउन सक्छ । यदि प्रविधिले मानव खपत कम गर्न सकेन र विदेशी कामदारहरू सिमापारि गएर सेवा गर्ने संख्या बढ्दै गयो भने राज्यका सिमानाको अस्तित्व प्रभाव हिन हुँदै जाने छन् । धनी देशमा बुढाबुढीको संख्या अति धेरै र उनीहरूको सेवा गर्ने यूवा कम भएको अवस्थालाइ प्रविधिले पुरै समाधान दिन सक्छ भनेर किटानी गर्न सकिँदैन । त्यस अवस्थाले पनि राष्ट्रवादको पुरानो मान्यता बदलिने पक्का पक्की नै छ । अमेरिका तथा बेलायतका मन्त्रिमण्डलमा भारतीय मुलका ब्यक्तिहरूको संख्या र पहुँच बढ्दै गएको विषयले पनि यी तथ्यलाइ पुष्टि गरिरहेको मान्न सकिन्छ ।
त्यसरि प्रभावहीन हुने राज्यको सिमानाको अवधारणाबीच मोहन बैध्यको राष्ट्रवादकालागि पुरानो राजतन्त्रसंग सहकार्य गर्ने योजनाको कुनै अर्थ हुँदैन । त्यस्तो सहकार्यबाट श्रमजीविलाइ हित हुने सम्भावना रहँदैन । राष्ट्रवाद निस्तेज हुँदैगैरहेको विश्वपरिवेशमा अव उग्रराष्ट्रवादको विरोध र धनी र गरीव बीचको दुरी कम गर्ने कार्ययोजना अघि सारेको खणडमा मात्र वर्गसंघष सार्थक र उत्पिडित वर्गको हितको राजनीति गरेको ठहरिने छ ।
Published on Nepal Press |