Govind Belbase
<June 2025>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
293012345
कोभिड भ्याक्सिन अनुभव
कोभिड भ्याक्सिन अनुभव

कोभिड१९ भ्याक्सिनले एक वर्ष देखिको नदेखिने भुसुनाको डर–त्रासबाट राहत दिनेछ भनिँदै छ । पाँच महिना पक्कै सुरक्षा गर्छ पनि भनिँदै छ। त्यो भन्दा बढि सुरक्षा कति दिन्छ भन्ने जान्नलाइ भ्याक्सन बनेको अवधि नै पुगेन भन्दैछन् । यो भ्याक्सिन धमाधम मानिसका शरीरमा पसिरहेको छ। कतिपयले शंका गरेर यो भ्याक्सिनको विरोध गरेको पनि देखिन्छ ।

एक महिना भयो छोरीको शरीरमा यो भ्याक्सिनको पहिलो खुराक पसेको । आफ्नो पालो कहिले आउला भन्ने ताँतीमा म पनि सामेल भएको छु । श्रीमतीको शरीरमा पसेको पनि एक हप्ता भयो । शोसल मिडियामा देखिएका भ्याक्सिन सम्बन्धी जिज्ञासाहरूलाइ सहयोग हुन्छ कि भन्ने लागेर यहाँ अनुभव लेख्दै छु ।

सर्वसाधारणले आशाको त्यान्त्रोमा भ्याक्सिनको पर्खाइ गरिरहेका छन् । तर, एकदमै धनी मान्छेहरूका घरमा काम गर्ने मान्छेले पनि भ्याक्सिन लगाएको सूचना पाएको छु । त्यसबाट धनी मान्छेहरू(मिलेनियर)का परिवारहरूले भ्याक्सिन लगाइसकेको पुष्टि हुन्छ । मालिकहरूले भ्याक्सन लगाए पनि नोकर–चाकरबाट सर्न सक्ने डरलेगर्दा उनका घरमा काम गर्नेहरूको पनि ज्यान बच्ने अवसर मिलेको अनुमान गर्न सकिन्छ । 'ठूलो रूख मुनि बस्यो भने एक झर पानी पनि ओत्छ' भन्थे बुढापाकाहरू, हो रहेछ जस्तो लाग्दै छ। भ्याक्सिनबाट विरामी हुँदै नहुने सम्भावना पुरै टर्दैन यसले लागिहाले पनि धेरै विरामी हुन दिँदैन भन्ने बैज्ञानिकहरूको भनाइका कारणले नै ती सेवकहरूले पनि अवसर पाएका हुन । नत्र, ती धनाढ्यहरूले नोकरहरूको मायाले सर्वसाधारणको पालो आउनु भन्दा पहिला भ्याक्सिनको ब्यवस्था मिलाइदिएको पक्कै होइन । उनीहरूले आफ्नो ज्यान बचाउन मात्र नोकरहरूको ज्यान जोगिने जोहो गरेका हुन ।

मेरी छोरी विरामीको उपचारमा अस्पतालमा सरिक हुने र श्रीमती पनि अस्पतालकै कर्मचारी भएका कारण अरू सर्वसाधारण भन्दा पहिला भ्याक्सिन लगाउने पालो भेटिएको हो । छोरीले भ्याक्सिन लगाएको भोलिपल्ट रातिको सिफ्टको काममा जान सकिनन् । उनको टाउको निकै दुख्यो तर त्यही भ्याक्सिनले गर्दा नै दुखेको हो भन्ने निष्चित भने थिएन । टाउको दुखेकै कारण उनले डिउटीमा अस्पतालमा उपस्थित हुन नसक्ने जानकारी दिएर घरै बसिन । भोलिपल्ट टाउको दुख्न अलिकता कम भयो । उनको कामको सिफ्ट थिएन त्यसैले घरमै बसिन । तर भोलिपल्ट आँखाका नानी दुखेको भन्न थालिन । अलिअलि चिन्ता पनि लाग्यो । टाउको दुखेको र आखा दुख्न र देख्न पनि अलि कम भएको विषयले भ्याक्सिनले नै त्यस्तो भएको होला भन्ने अनुमान गर्न बल पुग्यो । उनको टाउको दुख्न पुरै छाड्न एक हप्ता नै लागे पनि दोस्रो दिनबाटै घट्दै गएको थियो । तीन हप्ता पछि उनको भ्याक्सिनको दोस्रो खुराक थप्ने बेलामा पनि ती लक्षणहरू दोहोरिए । टाउको पहिलो पटक भन्दा अलिकता कम दुख्यो । आँखा देख्न कम भएकोले जचाएर चस्मा फेर्दा पावरमा भने दुइ वर्ष अघिभन्दा सुधार भएको रहेछ । तर, सुधार भएको चाहीँ भ्याक्सिनकै कारण हुन सक्ने धेरै कम सम्भावना रहेको अनुमान गरेका छौ । भ्याक्सिन कै कारण ति लक्षण थिए भन्नेमा हामी ढुक्क भएका छौँ ।

श्रीमतीले भ्याक्सिन लगाएको एक हप्ताको अनुभवले पनि भ्याक्सिन लगाए पछि केही दिन टाउको दुख्ने पुष्टि गर्यो । छोरीसंगैका अस्पतालका चिकित्सा पद्दतिमा सरीक उनका साथीहरू मध्ये कसैकसैलाइ भने खासै केही समस्या नै नभएको जानकारी छोरीले सुनाइन । तर, धेरै जसोलाइ भ्याक्सिनलगाए पछि थोरै–धेरै गाह्रो गराउँछ । श्रीमतीको त बाँया पट्टिको पाखुरामा लगाएको भएर हो कि अरू नै कारणले हो शरीरको बाँयातिर दुइ–तीन दिनसम्म पिडा भयो । उहाँकै सहकर्मी साथीको शब्द भन्दै सरर... बाँया तिरबाट शरीरमा विष चढेको अनुभव भयो भन्नु हुन्छ । तीन चार दिनमा शरीरको त्यो भ्याक्सिनको असर हराएर गयो । केही वर्ष देखि रातिमा घाँटी खसखस गर्ने समस्या थियो । अहिले त्यो भ्याक्सिन लगाए पछि रातिको घाँटी खसखस गर्ने समस्या हराएर मज्जाले सुत्न पाएकोमा उहाँ निकै उत्साहित हुनुहुन्छ । भ्याक्सिनको विषयमा भ्रम कुरा गर्ने र लगाउन नहुने तर्क गर्ने आफ्नै वरिपरिका मान्छेहरूको कुरामा असहमति जनाउनु हुन्छ । भ्याक्सिन लगाउने अवसर जुरेसम्म लगाउने सल्लाह दिनुहुन्छ । कोरोना भाइरसको समस्या बढ्दै जाँदा अस्पतालमा कर्मचारीहरूलाइ अनिवार्य जस्तै गरेर दिएको फ्लू भ्याक्सिनले पनि उहाँको स्याँ...स्याँ हुने समस्या धेरै सुधार गरेको थियो । कोभिड१९ विरूद्धको भ्याक्सिनको पहिलो खुराक लगाए पछि शरीर झन चङ्गा भएको अनुभव छ उहाँको ।

छोरीले भ्याक्सिन लगाउन सुरू भएको पहिलो हप्तामै मौका पाएकीले तीन हप्ता मै दोस्रो खुराक पनि भटिहालिन । अहिले भने सरकारले सकेसम्म पहिलो खोप सकेसम्म धेरै जनालाइ पुर्याउने नीति लिएका कारण श्रीमतीको दोस्रो खुराक भ्याक्सिन लगाउने पालोको लागि बाह्र हप्ता जति कुर्नु पर्ने अनुमान गरेका छौँ ।

मौका मिल्नासाथ मैले भ्याक्सिन लगाउने हतार गर्ने विचार नै गरेको छु र अरूलाइ पनि मौका मिलेसम्म भ्याक्सिन लगाउन सल्ला दिन चाहन्छु । भ्याक्सिन विषयमा शंका गर्नेहरूलाइ के भन्न चाहन्छु भनेः चिकित्सा पद्दति र भ्याक्सिनको प्रचलन हुनुभन्दा अघि मानिसको औषत आयू ४५ वर्ष जति थियो । अहिले विफर उन्मुलन गर्ने भ्याक्सिन समेतको प्रयोगले गर्दा मानिसको औषत आयू केही वर्ष मै १०० वर्ष नाघ्ने अनुमान गर्न सकिन्छ । यस्तै भ्याक्सिनले त्यो सम्भव बनाएको हो । त्यसैले चिकित्सा पद्दति र बैज्ञानिकहरूप्रति विश्वास गरौँ ।

सर्वसाधारणहरू भन्दा उनीहरू नैतिकवान हुन्छन् । एकदुइ जनाले बदमासी गर्नु पनि समाजकै भाग हो, शंकामा हैन विश्वासमा झन् उत्तम मानव समाजको कामनाका लागि साथ दिन जरूरी छ ।

दोस्रो खुराक संबन्धी विषयमा थप जानकारीको लागि लिङ्क– Article
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.