छोप्नु छ
सेल्टर बस्न जाँदा बोकेका मकैका पोस्करका झोला देख्नेबाट ब्रिफकेस छोप्नु छ एउटा लाज छोप्नु छ,
थोत्रो बस कुर्ने सेल्टर दाता माचमा परालले पुरेर लुकाउँदै औँसीमा पम्प्लेट बोक्ने काम्रेडबाट जस्ताको तस्तैको विभेद छोप्नु छ,
विद्रोह र जुलुसका आशहरू झोपडीमा बाँडेका स्वप्नहरू महलका परखालले छोप्नु छ एउटा लाज छोप्नु छ,
गाउँदेखि दलेटारका विभेद उत्थान सपनाको ढाँटको परखाल कालो सिसा चढाएर छोप्नु छ एउटा लाज छोप्नु छ,
हो, सखे, ब्रिफकेस भित्रको कालो सिसाले गाडी भित्रको अग्लो पर्खालले घरभित्रको दलालीको सवै ढाँट छोप्नु छ ।
|