Govind Belbase
<April 2025>
SuMoTuWeThFrSa
303112345
6789101112
13141516171819
20212223242526
27282930123
45678910
झाम्टे !!
झाम्टे !!
र बोरिस जोनशोनका कुरा

(साहित्य)

– गोविन्द बेल्वासे

आजभन्दा पचास वर्ष पहिलाको कुरा भन्छु । हुन त झाम्टे अहिले पनि गाउँघर तिर आउँछ, तर सिटामल खाएर अलि ठूलो समस्या टारिन्छ । उस्तै परे गाउँघरका झोले डाक्टरले एन्टीबायटिक दिइहाल्छन् । अनि भोलिपल्टबाट गाबु लियो, गोठ झर्यो, भैसी दुह्यो, मही पार्यो, नौनी घिउको डल्लो आरीमा राख्यो । केही दिनको नौनी ततायो टीनमा थन्कायो । वर्ष दिनलाइ नुन, तेल, चीनी मसला, कपडा किन्ने नगदको स्रोत नै त्यही घीउको टीन हुन्थ्यो । लक्षण सुने अनुसार त्यो झाम्टे र हल्ला भैरहेको कोरोना भाइरस (कोभिड–१९)को लक्षण उस्तै हुन्छ रे ।

उहिले, सिटामल त गाउँलेले सुनेकै थिएनन् । बेलाबखत झाम्टेले पुरै गाउँ नै थला पारेको हुन्थ्यो । भैसी एकहाते भएका घरमुलि हन्हनी ज्वरोले उठ्न नसकेको अवस्था हुन्थ्यो । पाडो जोत्ने चलन पनि थिएन, विक्री पनि हुन्थेन । छन त नेपाल(काठमाण्डूलाइ नेपाल भनिन्थ्यो) तिर पाडाको मासु खाने चलन थियो रे, तर हाम्रा तिरका पाडाको कामै नहुने, मोलै नहुँने । त्यसैले पाडाले खाने दुध बचाउन पाडो मार्ने चलन थियो । त्यसरी पाडो मारेका भैसी धेरैजसो एक हातै भै हाल्थे ।

अहिलेका पुस्तालाइ एकाहाते भैसी भनेको के हो ? के थाहा ? दुध कहाँबाट आउँछ भनेर सोध्यो भने पोका–ग्यालनमा थुनिएर पसल हुँदै आउँछन् भन्लान भन्ने डर !! गाइ भैसीबाट दुध पाइन्छ भन्ने त किताबमासम्म पढेका हुन्छन । भैसी ब्याएपछि ६–७ महिना जति लैनो हुन्छ । फेरि राँगो लाग्यो, ब्याउने भयो भने त्यसले दुध दिँदासम्म बकेर्नो हुन्छ । भैसीले एकजनालाइ दुहुन खुरूक्क दिने अरूलाइ दुहुन नदिने भयो भने त्यस्तो भैसीलाइ एक हाते भनिन्छ । ज्वरोले हन्हनी भएर उठ्न नसकेका घरमुलि पनि सकि नसकि बर्को ओढेर दुहुन बस्ने तर बुढाले थुन तान्न नक्ने हुँदा गोसेनीले गाबु भर्थिन तर भैसीले घरमुलिले नै दुहुँदै छन् भन्ने भ्रममा हुन्थ्यो र दुध दिन्थ्यो ।

उपचारका नाममा आखत हेर्ने, पानी फूकेर खान दिने, गाउँका अलि जान्ने बुढा आएर नाडी हेर्ने विकल्पहरू थिए । धामी र झाक्री त अलि थलिएका विरामीका लागि लगाइन्थ्यो । नाडी हेरेर झाम्टे हो, तीन दिन सुताउला भन्थे । हुन पनि झाम्टेको आयू तीन दिन हुन्थ्यो । सञ्चो भएपछि फेरि बुढाको उही गोबर, सोत्तर, भैसीलाइ कुँडो, गोरूलाइ खोले दियो एक मेलो जोत्यो, मकै ठटायो साँझ परि हाल्थ्ये । झाम्ने सरि हाल्थ्यो अनि कहिले काहीँ त घरभरिका सवै सुतेका हुने । पानी तताएर खान दिने छिमेकी पनि विस्तरा परेका हुन्थे । जिम्माल कहाँ ब्याज बुझाउन आएका असामीले झाम्टेले सवै ढलेका रेहेछन् भनेर खबर पुर्याएपछि विहा गरेर विदाइ गरेकी छोरी सोली बोकेर आउँथिन । पानी तताएर खान दिन्थिन । सञ्च पारेर घर गर्न फर्किन्थिन । अहिले जस्तो मोबाइल हुनी भा पो फोन गरेर बोलाउनु ।

तीन दिनसम्म पनि ज्वरोले छाडेन भने बैद्य, धामी झाक्री खोज्ने बेला हुन्थ्यो । कहिले काही टाइफाइड भएको हुँदो रहेछ, बैद्यले कोखतको दवाइ भनेर पातीका जरा थिचेर खान दिँदा पनि सञ्च हुन्थ्यो । अलि थलिएका बुढाबुढी भए जाडो काट्छन कि काट्दैनन ? भनेर जाडोको झाम्टे थेग्न सक्छन कि सक्दैनन् भनेर चर्चा गरिन्थ्यो । नाडीको झड्का अन्दाज गरेर थलिएका बुढाबुढीको आयू अनुमान गरिन्थ्यो । अहिलेको कोरोना पनि चौध दिनमा उत्ताउलो बन्छ, त्यस पछि कि सान्त हुन्छ कि त बृध्द र थलिएकालाइ लान्छ भन्ने सुन्छु ।

अहिले त्यही झाम्टे जस्तै कोरोनाभाइरसले बुढाबुढी लग्दैछ भन्ने समाचारले सातो खाइ सक्यो । चीनबाट फैलिएको अहिले संसारैभरि फैलिँदा "बैगुनीलाइ गुनले रिझाउने" भन्दै औषधिका पोका बोकेर इटलीमा पुगेका छन् रे, चाइनिजहरू पनि । वुहानमा मान्छे मर्दा कुच्ची भन्दै हौसिएका खैरै अहिले त्राहिमाम देखिन्छन् । ट्रम्प जस्ता बुढाखाडा भएका कार्यकारी प्रमुखहरूले झट्टपट्ट जमघट र नाका रोकिसकेका छन् । बेलायतका बोरिस जस्ता जोसिला र यूवा नै छु अझै मर्दिन भन्ने ठान्नेहरूले लक–डाउन गर्न ढिलाइ गर्दैछन् । अझ त्यसै माथि गत हप्ता कोरोनाको महामारीको विषयलाइ सम्बोधन गर्दै प्रम ले हामी मध्ये थुप्रैले प्यारा आफन्त गुमाउने भाषण गर्दा उही झाम्टेले जाडो काट्न नदिने थलिएका बृध्दहरूको संझना गराइरहेको छ ।

सिटामलदेखि चामल किन्न पसल जाँदा पनि पात्रो पल्टाएर साइत जुराएर गए पाइएला नत्र नपाइएला भन्ने डर भैसक्यो । धन्न सेन्सबरी भन्ने ग्रोसरीले विहानमा पहिला बुढाखाडामात्र पसल छिरेर किन्न पाउने गरेछ, यी थला परेकाले थोरै राहत पाएछन् । त्यसपछि बल्ल अरूले किन्न पाउने रे ।

 
Name: bbc  Hindi
Comment: वायरस न होता तो इंसान बच्चे को जन्म देने के बजाय अंडा देता
Date: 7/7/2020 12:00:00 AM
 

     
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.