Govind Belbase
<April 2025>
SuMoTuWeThFrSa
303112345
6789101112
13141516171819
20212223242526
27282930123
45678910
उनलाई जापानमा बस्ने भन्दा बेलायतका नेपालीको जीवन राम्रो लाग्यो
नेपालबाट बेलायत आएका थुप्रै नेपाली जस्तै जगत बहादुर खड्का जापान पुग्नु भयो । शुरुमा त उहाँ जापानी भाषा पढ्ने भनेर टोकियो पुग्नु भएको थियो । चार वर्षदेखि जापानमा काम गरेर धन कमाउँदा कमाउँदा जीवन कुहिरोको काग जस्तो भयो भनेर जीवनमा रस थप्न घुमफिर गर्ने भनेर उहाँ बेलायत आइपुग्नु भएको छ । बेलायत लगायत अन्य केही युरोपियन देश घुमेर जापान र्फकने उहाँको योजना छ ।

>विविध कारणबस नेपालबाट विदेशिन बाध्य हुने नागरिकहरुको अनुभव आदान प्रदान गर्ने र भावनाहरु सटासाट होस भनेर नेपाली सन्देशले उहाँ संग गरेको कुराकानीका आधारमा जापान पुगेका नेपालीका बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

नेपालमा छँदा उहाँलाई पनि अधिकांश नेपालीले जस्तै जापान -विदेश) जानपाए त धन कुम्ल्याउन हुन्थ्यो, त्यहाँ पैसा त रुखमै फलेका हुन्छन होला, गयो टिप्यो भन्ने लाग्थ्यो । विदेश जाने र भविष्य सपार्ने उद्देस्यले जापानी, स्पेनिस आदि भाषा सिक्नु भयो । होटेल विषयमा र खाना पकाउने सम्बन्धमा तथा पर्यटन सम्बन्धी विविध तालिम पनि लिनु भएको रहेछ । आखिर जापानको भव्य र सुविधा सम्पन्न कलेज सम्झेर त्यहाँ भर्ना भएर पढ्न भनेर उहाँ त्यहाँ पुग्नु भयो । कजेलको होस्टल होला त्यही होस्टेलमा बसेर पर्ढाई गर्ने सपना बोकेर नेपालबाट लगेको ठूलो सुटकेश लिएर सिधै कलेजमा पुग्दा स्कूलको हालत देखेर उहाँका आधा सपना त्यसै बेला चकनाचुर भएका थिए । दुइ तीन वटा कोठा भाडामा लिएका घरमा चलाइएको त्यो स्कूलमा नत कुनै खेल मैदान नै थियो नत नेपालका कलेजमा उहाँले देखेको जस्तो रौनक नै थियो । एयरपोर्टबाट सिधै कलेज जाने क्रममा ट्रेनमा एक जापानी व्यक्तिसंग उहाँले सोधपुछ गर्दा ती जापानीले कलेमा फोन गरेर ठाउँ पत्ता लगाई दिएर आफैसंग लगेर कलेज पुर्‍याइ दिएका थिए । तर, ती व्यक्तिलाई खड्काले पछि कत्ति भेट्ने प्रयास गर्दा पनि अहिले सम्म सर्म्पर्क गर्न सक्नु भएको छैन । उसले लगाएको गुन विर्सन नसकेको बताउनु हुन्छ खड्का । स्कूल पुगे पछि भाडामा कोठा लिएर बस्ने बारेमा बुझ्दा त कोठा भाडा नै तिर्न नसक्ने अवस्था थहा भयो । त्यसपछि खड्काजी टोकियो भित्रै सिविया भन्ने ठाउँमा रहेको नेपाली रेष्टुरेन्ट 'कान्तिपुर'मा जानु भयो र खाना खानु भयो । त्यस पछि बास खोज्ने चक्करमा एउटा नपाली संग फोनमा कुरा गरेर उतै लाग्नु भएछ । बास खोज्ने चक्करमा ती नेपाली बस्ने ठाउँ कति टाढा छ भन्ने सोध्नु भएन छ । जाँदा जाँदा त त्यो ठाउँ त निकै टाढा पो रहेछ । जनतन पुग्नु भयो त्यहाँ । तर, चारजना नेपाली स्यानो एउटा कोठामा भुइमै विस्तरा लगाएर सुत्ने ठाउँमा आफ्नो ज्यान थपेर थेगिने अवस्था पनि रहेन छ त्यहाँ त । त्यहाँ गुजारा हुन सक्ने अवस्था नदेखे पछि उहाँले नेपालीहरुकै सर्म्पर्क खोजेर मुसासिकोयामा भन्ने ठाउँमा बस्ने व्यवस्था चाही मिलाउनु भएछ ।

>विदेशमा बस्ने नेपालीहरुको समस्याका विषयमा नेपालको सरकार तथा राजदुतावासले वास्ता नगरेको उहाँको गुनासो छ । उहाँले जापानमा हत्याको आरोप लागेर जेलमा थुनिएका गोविन्द मैनालीको कुरा सुनाउनु हुन्छ र नेपाल सरकार प्रति आक्रोश पोख्नु हुन्छ । एनआरएन -गैरआवासीय नेपाली संघ) जापानको भेलामा गोविन्दका वकिलले निर्दोष व्यक्ति जेल परेकोमा आशु नै झारेर विलौना गरेको सुनाउँदै एउटा जापानी वकिलले नेपालीका लागि आशु बगाउँछ तर नेपाल सरकारले निर्दोष नेपाली जेलमा थुनिन परेकोमा किन पहल गर्दैन भन्ने प्रश्न गर्नुहुन्छ उहाँ । गोविन्द मैनालीलाई जापानी केटी मारेको आरोपमा जापानको जेलमा थुनिएको छ । तर सबै ले उनी निर्दोष भएको भन्दछन् र जापानको वकीलहरुको संगठन -वार) ले उनलाई सजाय गर्ने गरी गरिएको फैसला गलत भएको र उनलाई मुक्त गर्नु पर्ने भनेर प्रयास गरिरहेको उहाँ बताउनुहुन्छ ।

>पहिले पहिले मुसासिकोयामा र निसिकोयामा वरिपरि थुप्रै नेपालीहरु बस्ने गर्थे तर अहिले त्यहाँ त्यत्ती धेरै नेपाली छैनन् । त्यो क्षेत्रलाई लिटिल नेपाल नै भन्ने चलन छ । नेपालीको सर्म्पर्कबाट उहाँलाई बासस्थान खोज्न र जस्तो तस्तो काम खोज्ने मौका मिलेको उहाँ बताउनु हुन्छ । तर नेपालीले नै नेपालीको खुट्टा तान्ने गरेको तीतो अनुभव पनि रहेछ । एउटा तरकारी पसलमा काम गर्दा साथमा काम गर्ने नेपालीले मालिकलाई कुरा लगाई दिएका कारण उहाँले अस्थायी र अती कठीन त्यो काम पनि गुमाउनु परेकेा थियो । प्रवासमा गएर बस्नु पर्ने नेपालीको बाध्यता हुँदाहुँदै पनि जापानको आफ्नो बर्साईको तुलनामा बेलायतमा आउँदा यहाँको नेपाली वसाइलाई देख्दा नर्कवाट र्स्पर्ग आएको अनुभव भएको खड्का बताउनु हुन्छ । केही नेपाली इन्जिनियर डाक्टर जापान गएर राम्रै संग बसोवास गरेर बस्नेहरु पनि छन् । केही व्यापारीहरु पनि छन् । त्यहाँ कानूनी रुपमै बसोवास गर्ने नेपालीले भिसा नभएर वा अवधि समाप्त भएर पनि बाध्यताले जापान मै बसिरहेका नेपालीहरुलाई वास्ता नगर्नु सारै नराम्रो पक्ष रहेजस्तो लाग्छ खड्कालाई । त्यस्तो नभैदिए हुन्थ्यो भन्ने खड्काको राय छ । गैरकानूनी भएर बस्नेलाई गाह्रो साँगुरो हुँदा बैधानिक रुपमा त्यहाँ बस्नेले सरसापट पनि नदिने नकारात्मक पक्ष पनि छँदैछ । जापान जानु अघि नेपालमा टुरिस्ट गाइडको काम गर्नुहुन्थ्यो खड्का । जापान बाट नेपाल घुम्न आएका जापानी साथीहरुलाई नेपालमा आफूले घुमाइ दिएको हुनाले उहाँले जापान पुगेर उनीहरुलाई भेट्ने प्रयास गर्नु भएछ । तर त्यहाँ जापनीहरुले त कोई आफ्नो घरमा आएको राम्रो मान्दा रहेनछन् । एउटा जापानी साथीको घर पत्ता लगाउँदै उसको घरमा पुग्दा घर भित्र पनि नलगी रेष्टुरेन्टमा लगेर कफी खाएर गफ गरेर र्फकन परेकोबाट किन गए हुँला भन्ने उहाँलाई पछुतो भएछ । त्यस पछि कुनै जापानीको घरमा जाने प्रयास गर्नु भएन । जापानीहरु काममा निकै व्यस्त हुने । १६-१७ घण्टा दिनमा काम नगरी खर्च नर्टर्ने हुनाले र वासस्थान साँघुरो हुँने हुनाले भेटघाटका कार्यक्रम पनि कतै रेष्टुरेन्ट-पप तिरै गर्दा रहेछन् । कसैलाई घरमा खानपिन गर्न बोलाउने चलनै छैन । त्यहाँ त बरु कतै पिउन जाउँ -जापानी भाषामा नोमिकाई) भन्ने र रेष्टुरेन्ट तिर गएर खानपिन गर्ने गर्छन - उहाँ भन्नु हुन्छ ।

>जपानमा काम सारै गाह्रो हुने बताउनु हुन्छ । सोसल सेक्युरिटीको व्यवस्था राम्रो नहुने भएकाले ८४ वर्षी बुढी जापानी आइमाईले आफू संग ३५० जनाको खाना पकाउने कडा काम गर्ने गरेको उहाँलाई राम्रो लगेको छैन । नेपालमा बुढाबुढीलाई गरिने स्याहारलाई सम्झदै ती बढी जापानी आइमाइले दुखः पाएको जस्तो लाग्छ उहाँलाई ।

>खड्काजी जापानमा पहिलो काम खोज्दै एउटा फलामको फ्याक्ट्रीमा पुगेको र त्यहाँ फलामका रड काट्ने मेसिनमा खुट्टाको बलले काट्दा खुट्टा दुखेर चलाउनै नसक्ने भए पछि भोलिपल्ट आरीले फलम काट्ने काम लगाइएछ । त्यो गर्दा हातै चलाउन नसक्ने गरी थाके पछि तैले छिटो काम गर्न सकिनस भनेर तीनवटा मेसिन एकै पटक चलाउन पर्ने र अलिकती गल्ती गरे हातखुट्टा काटिन सक्ने अवस्थाको मेसिन चलाउन सिकाइएछ । तर तीन वटै मेसिन सारै छिटो चल्ने भएकोले धान्न नसके पछि उहाँलाई त्यो कामबाट निकाला -कुवी) गरिएछ । खतरनाक त्यो कडा काम गर्दा हातखुट्टा काटियो भने इन्सोरेन्स आदि पनि केही नरहेको त्यो काम गुमे पछि फेरी काम खोज्दा खोज्दा बल्ल तल्ल अर्को तरकारी पसलमा काम पाउनुभएछ । त्यहाँ पनि काम उस्तै कडा । विहानै गाडीमा ल्याएको तरकारीका टोकरी माथिबाट फटाफट फाल्दा तल फटाफल समातेर स्याहार्न पर्ने । विहान एक घण्टामै लखतरन परे पनि १२ घण्टा सम्म काम नगरी नेपाल लैजान पैसा नबच्ने । ढाड भरीको ठूलो बेल्ट बानेर काम गर्दा पनि ढाँडै भाचिएला जस्तो हुने । अहिले भने उहाँले टोकियोको सेन्टरमा रहेकेा सन्तुरीवियर -प|mेन्चाइज) अर्न्तर्गत डायनक कम्पनीको साकुरा रेष्टुरेन्टमा काम गर्नुहुन्छ । त्यहाँ एक छाकमा ३५० ग्राहक खान आउँछन् ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.