"मार्क्युरियस पोलिटिक्स' का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२ सम्म आफ्नो पत्रिकामा लगातार 'प्रजातन्त्र' सम्बन्धी सम्पादकीय छापेका थिए । उक्त सम्पादकीयको शृङ्खलालाई आधुनिक संसदीय प्रजातन्त्रको आधार पनि मानिन्छ । उनी प्रजातन्त्रका लागि लड्दा पटक-पटक कैद हुने र छुट्ने गरे । उनी राजा चार्ल्सको विरोध गरेबापत जेल गए । राजा चार्ल्सको टाउको काटिनुभन्दा दुइ वर्षपहिला उनले एक्कासी आफ्नो धार परिवर्तन गरेर राजाको पक्ष लिूदै क्रमवेलको घनघोर विरोध गरे । फेरि उनले संसदवादी धार समातेर राजतन्त्रमाथि प्रहार गर्न थाले ।
वर्तमान नेपालको राजनीति केलाउने क्रममा राजनीतिज्ञहरू बेलायतको अलिखित संविधान, संवैधानिक राजतन्त्र र आधुनिक प्रजातन्त्रको नमुनाको रूपमा बहस गर्छन् । बेलायतको मोडललाई र्समर्थन गर्ने नेतृत्व र पत्रकारिताले पनि सत्रौं-शताब्दीको बेलायतको संसद्वादी र राजतन्त्र बीचको लडाइँले स्थापित गरेको राजनीतिक व्यवस्था रोज्न इमानदारीपूर्वक तत्कालीन बेलायती संर्घषलाई अनुकरण नगरी त्यो स्थापित गर्न सम्भव हुँदैन ।
सत्रौं शताब्दीमा बेलायतमा एघार वर्षम्म गणतन्त्र थियो । क्रमवेलले राजा हुन गरिएको आग्रह अस्वीकार गरेका थिए । राजतन्त्र, राजनीति र शक्तिका बीचमा गहिरो सम्बन्ध हुन्छ । राज्यको प्रमुख शक्तिको स्रोत सेना हुन्छ । सेना जुन राजनीतिक शक्तिका हातमा हुन्छ, उसैको तराजु भरिलो हुन्छ । अहिले शाही नेपाली सेना राजाको हातमा भएकोले राजनीतिक शक्ति राजाको पक्षमा भारी देखिएको छ । इच्छा मुताविक प्रधानमन्त्री नियुक्त गर्नु र अझै पनि कसैको सिफारिसले होइन आफूमा निहित अधिकारका आधारमा नियुक्त गरेको उद्घोषका साथ प्रधानमन्त्री नियुक्त गर्ने प्रयास यसको ज्वलन्त उदाहरण हो । बेलायतको सेना विनाको राजतन्त्रजस्तै सेना प्रमुख राजालाई संवैधानिक राजा मान्नु विरोधाभाष हुन जान्छ ।
आज नेपाली पत्रकारले सत्रौं शताब्दीका पत्रकारले भन्दा बढी संर्घष्ा गर्नुपरेको छ । रक्ताम्य भएका पत्रकारको कलम झन् तिखारिँदैछ । सहिद भएका पत्रकारको यादले आक्रोशित बनाउ“दैछ । अलि पहिलासम्म संवैधानिक राजतन्त्रको बहस गर्नेहरू पनि आज निकट भविष्यको कार्यभार वहन गर्ने खाका तयार गरौं भन्न थालेका छन् ।
पत्रकारिताले जनहितको पक्षमा काम गर्दा आफ्नो अहित भएको देख्ने शक्तिसम्पन्न राजनीतिज्ञहरू कलमलाई तर्साउन पछि पर्दैनन् । सत्रौं शताब्दीका निड्दह्यामदेखि 'मिरर' का सम्पादक मोरग्यानसम्म बन्दुकका अगाडि झुकेका थिएनन् । नेपाली स्वाभिमानी पत्रकारहरू पनि जनताको पक्षमा उभिन तर्सिएका छैनन् ।
राजा सेनाविहीन नभए पनि नेपालको अर्को राजनीतिक शक्ति पनि सैन्यबलले सुसज्जित छ । उक्त सेना सुसज्जित राजनीतिक शक्ति नभएको भए वर्तमान जनआन्दोलनको सकारात्मक परिणाम झनै टाढा हुने थियो भन्ने कुरा स्वीकार गर्न बाध्य हुनपरेको छ । परिणाम ननिस्कूदै भविष्यवाणी गर्न नसकिए पनि 'शक्ति-युद्ध' सन्तुलितभन्दा कमजोर स्थितिमा पनि छैन ।
बन्दुकले कलम होइन, कलमले बन्दुक निर्देशित हुनु जरुरी छ । सञ्चार युगको कलम जनताको पक्षमा परिणाम निकाल्न क्षति न्यूनिकरण गर्नेतर्फअग्रसर हुन आवश्यक छ । शक्ति गुमाउनेले शक्ति जोगाउने सम्भावित आश र अधिकार प्राप्त गर्नेले पनि अग्रगमनको मार्ग सम्झने विकल्प खोज्नु आजको आवश्यकता भएको छ । मौका पाएर पनि जनताले मौका गुमाउ“छन् भने इश्वरवादीको सहारामा बसे हुन्छ । होइन भने जनताका लागि काम गर्नेहरूले जनताको निर्णयमा आफू आधारित हुनैपर्छ । संविधानसभाको निर्वाचनबाट नया“ संविधान बनाउने केही मौका गुमेको भए पनि अमेरिका र भारत आदि देशका संविधान बनाउन सक्षम हुने 'संविधानसभा' नेपालको लागि सान्दर्भिक हुँदैन भन्ने तर्क मान्य हुन सक्दैन ।
नेपालको वर्तमान राजनीति तीन कोणमा अल्भिmएको छ । एउटा एक्काइसौं शताब्दीको सक्रिय राजतन्त्रको कोण, अर्को २०४७ को संविधान अर्न्तर्गतको राजतन्त्रात्मक राजनीतिक व्यवस्था पुनर्स्थापित गर्ने कोण र अर्को गणतन्त्रको दिशामा प्रवाहित संविधानसभा वा अन्य मार्ग अवलम्बन गर्ने कोण । राजतन्त्र र गणतन्त्रबीच संर्घष्ाको वर्तमान नेपाली राजनीतिमा राजनीतिक निर्णायक मत २०४७ को संविधानवादीका हातमा रहेको छ । यो समूह जता ढल्कन्छ, उतै जीत हुने वर्तमान राजनीतिक सन्तुलनको स्थिति छ ।
वर्तमान आन्दोलन हा“क्न अब २०४७ सालको संविधान बिउ“ताउन चाहने नेताहरू अब आफैं जुलुसका नाराहरू निर्णय गर्न स्वतन्त्र छैनन् । युवा विद्यार्थीले गणतन्त्रको नारा लाउन नदिने भए त्रि्रा जुलुसमा सामेल हुँदैनौं भनेर ठाडै जवाफ दिनथालेका छन् । राजाले आफूहरूलाई पत्याउन छाडेकाले जनताको साथ छाडे बिचल्लीमा परिने भएकोले गणतन्त्रको पक्षमा चाहेर वा नचाहेरै पनि लाग्न ०४७ को जनआन्दोलनका नायकहरू बाध्य भएका छन् ।
सरकारका तीन अङ्गमध्धे विधायिका मृत छ । कार्यपालिका प्रधानमन्त्री लायक व्यक्ति नभएर मृत्युशैयामा छ, न्यायपालिका सक्रिय संविधान नभएर अपाङ्ग भएको छ ।
राज्यको चौथो अङ्ग 'प्रेस' सरकारका तीन अङ्ग पुनर्जीवित गर्न सक्रिय छ । तर अपाङ्ग, अनुत्पादक र भ्रष्ट विधायिका होइन प्रगतिशील शासन व्यवस्थाका लागि लडिरहेछ । वर्तमान नेपाली प्रेस संर्घष्ाले बेलायतको सत्रौं शताब्दीको गणतन्त्र र तत्कालीन प्रेस भूमिकाको झझल्को दिइरहेको छ ।
पत्रकारिता जगत्ले संसद्वादीहरू भ्रष्ट हूँदा संसद्को विरुद्धमा र राजतन्त्र निरंकुश बन्दा राजतन्त्रको विरुद्धमा लड्ने निड्दह्यामको मार्गलाई अवलम्बन गरे कलमजीवीहरू श्रद्धेय हुनेछन् ।
-लेखक लन्डनमा अध्ययनरत अधिवक्ता हुनुहुन्छ ।) |