Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

– गोविन्द बेल्वासे
क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

– गोविन्द बेल्वासे

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी । कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले 'चलाउँ कि नचलाउँ' भन्ने पनि बनाउँछ । क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन नजाने 'काउछो'सरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन । यसका सम्बन्धमा सबैसंग आ–आफ्ना अनुभव होलान नै । मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन, तर पनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला ।

क्रेडिटकार्डको सवै भन्दा जान्नु पर्ने विषय भनेको यसबाट खर्च गरिएको रकम तिर्ने दिन हो । ब्यालेन्स रकमलाई तरिका मिलाएर तिर्न जाने यसले फाइदा दिन्छ, ब्याज तिर्ने खर्च पर्दैन । यदि ब्यालेन्स तिर्नु पर्ने दिनमा भुक्तान नगरेर ब्याज तिर्न पर्यो भने काउछोले जस्तो पोल्छ । मूल कुरो के हो भने क्रेडिट कार्डको ब्याज दर सारै नै महँगो हुन्छ । त्यसैले ब्याज नलाग्ने समय सीमा पहिचान गरेर कुन दिनसम्ममा ब्यालेन्स भुक्तान गर्दा ब्याज लाग्दैन भन्ने किटान गर्न सवैभन्दा जरुरी हुन्छ ।

मेरो अनुभवः पहिलो पटक मेरो हातमा क्रेडिटकार्ड परेपछि एक महिनासम्म ब्याज तिर्न पर्दैन भनेर त्यसैबाट किनमेल गरें । एक महिनापछि स्टेटमेन्टमा देखिएको ब्यालेन्स पनि तिरें । फेरि दोस्रो महिना पनि त्यही क्रेडिटकार्डबाट किनमेल गरें । अर्को महिना फेरि यसबाट किनेको जति रकम तिरुँला भन्ने सोचें । तर अर्को स्टेटमेन्ट आउँदा त त्यसमा ब्याज पो जोडेको रहेछ । कार्ड कम्पनीले गल्ती गर्‍यो भन्ने लाग्यो । त्यसैले फोन गरे कस्टोमर सर्भिसमा । अनि बल्ल चुरो कुरो थाहा पाएं । न अङ्ग्रेजी क्यालेण्डर न नेपाली क्यालेन्डरको महिना हुँदो रहेछ त्यो ब्याज नलाग्ने महिना त । ब्याज नलाग्ने एक महिना भनेको त अघिल्लो स्टेटमेन्टदेखि अर्को स्टेटमेन्टसम्मको समय पो रहेछ। क्रेडिटकार्डको स्वादको महिना पो हुँदो रहेछ । त्यति कुरो जान्न पहिलो महिनाको ब्याज तिर्न पर्दा ल, यही फीस तिरेर यति कुरा जाने भनेर सन्तोष लिएँ । एक मनले त यो जाबो चलाउँ कि नचलाउँ जस्तो पनि भयो । पैसा नहुँदा ब्याजै तिरेर पनि त क्रेडिट कार्डबाट काम चलाउन पर्ने अवस्था पर्न सक्छ भन्ने पनि लाग्यो । कार्ड कम्पनीले चाही डाइरेक्ट डेबिट गरेर सवै ब्यालेन्स भुक्तान गर्न उक्साउँदा रहेछन त्यसो गर्न पनि उचित ठानिन । सवै ब्यालेन्सको डाइरेक्ट डेबिड गर्दा खातामा पैसा नभएको बेला तिर्ने दिन पर्यो भने झन ब्याङ्कले चर्को जरिवाना ठोक्छ । उता क्रेडिट स्कोर पनि बिग्रन्छ भन्ने डर लाग्यो ।

क्रेडिट कार्ड चलाउन थालेको धेरै बर्ष भैसक्यो। अव भने क्रेडिट कार्ड चाही चलाई राख्छु । सुरु–सुरुमा यो चलाउन सिके बापतको ब्याज चाही थोरै–धेरै तिरेको छु। आजभोलि चाही दुईवटा त्रेडिटकार्डलाई समय मिलाई–मिलाई चलाउनु र ब्याज तिर्दिन ।

अर्को एउटा तरिका सिक्न पनि झण्डै फिस तिरेको थिएं । तर, झगडा गरेर फुरसद पाएं । झगडा पनि नेपालीमा गर्न पाए त सजिलो हुन्थो नि अङ्ग्रेजीमा झगडा गर्न पनि मलाई त कनिकुथी नै हुन्छ, के गर्नु बाउबाजेको भाषा परेन । तर जे होस जनतन गरें गाठे । भयो के भने ब्याज–स्याजको झन्झट भन्दा जाबो क्रेडिटकार्ड नचलाउन पर्‍यो भनेर चुपलागि बसेको थिए। एउटा स्टेटमेन्टमा त चार्ज भनेर तीन–बीस (६० पाउण्ड) रकम ठोकेर पठाएछ । फेरि कनी कुथी अङ्ग्रेजीमै कस्टोमर सर्भिसमा फोन गरें । आफ्नो जन्मदिनदेखिका नालीबेली बताए पछि बल्ल तेरो कुरो भन भनी खैरेनीले । केको चार्ज सार्ज हो दिन्न मैलेत भनेर तर्क गरें । उसले मेरो कुरा धार्जे सुनेपछि भन्न थाली– “छ महिनासम्म तेरो त्रे्कडिटकार्डबाट कुनै किनमेल नभएको र बर्षमा पाँच सय पाउण्ड भन्दा कम किनमेल गरेको हुनाले बार्षिक–फी तिर्नु पर्छ” । तर बर्षमा पाँच सय पाउण्ड भन्दा बढीको किनमेल गरेको खण्डमा चार्ज नलाग्ने पनि बताइ । चार्ज तिर्न पर्ने भए मेरो कार्ड क्यान्सिल गर मलाई चाहिन्न भनेपछि उसले एक पटकलाई त्यो चार्ज छुट हुने बताई। तर, छुट गर्न भन्दा पहिला मलाई एकछिन होल्डमा राखी, त्यसपछि सुपरभाइजरबाट छुट दिन अनुमति भएको भन्दै एक पटकलाई त्यो चार्ज छुट गरेर कार्ड चाही बदर नहुने भयो । उनीहरुको नाटकै हेला भन्ने ठाने मैले । त्यसपछि भने ब्याज र चार्ज तिर्न परेको छैन तर किनमेल चाही क्रेडिट कार्डबाट गर्छु र समय मै तिर्छु ।

अमेरिकन एक्सप्रेशको क्रेडिट कार्डले भने पहिला केही वर्ष किनमेल गरेको रकमको एक प्रतिशत क्यासब्याक दियो । पछि एक महिनासम्म ब्याज नलिने तर क्यासब्याक नदिने भयो । त्यसपछि बार्षिक चार्ज लिने भनेपछि कार्ड नै बदर गराएँ । न रह्यो बासँ न बज्यो बाँसुरी ।

अलि वर्ष पहिलेको कुरो हो क्रेडिट कार्डले विना ब्याजको एक वर्षसम्म क्रेडिट दिन्छु, सुरुमा २.९९ प्रतिशत हेण्डलिङ फी (चार्ज) लाग्छ त्यसपछि महिनाको ५ प्रतिशत रकम हरेक महिना तिर्नु र्पछ भनेर जिस्काएको जिस्काई गर्यो । त्यही देखेर मैले पनि नआँटेपनि हुने कारोबार आँटे । तिर्ने बेला एक वर्षमा आइहाल्यो । तिर्न पैसा भएन । फेरि कनि कुथी नेपालबाट पैसा ल्याएर तिरेँ नत्र चर्को न चर्को ब्याज पर्ने हुन्छ, के गर्नु त ! त्यसपछि यो क्रेडिटकार्डको बिनब्याजे रकम पनि लिन छाडें । 'अगुल्टोले हानेको कुकुर विजुलीदेख्दा तर्सन्छ” भने जस्तै भएको छ। त्यसैले साथीमाइहरुलाई बिनब्याजे पैसा दियो क्रेडिट कार्डले भनेर चिल्लो गाडीमा आँखा नलाउनुस भन्छु । तर, योजना बनाएर भुक्तानी गर्ने मितिमा पैसा नअड्कने छ भने सित्तैको पैसाबाट काम चलाउँदा पनि मुर्खचाही बनिँदैन भन्छु म त ।

अहिलेको मेरो चलन के छ भने एउटा कार्डको स्टेट्मेन्ट आएपछि त्यो सवै रकम तिर्छु । त्यो महिना त्यो कार्ड चालउँदै चलाउन्न अर्को कार्ड चलाउँछु । अनि अर्को स्टेटमेन्टमा सुन्ना ब्यालेन्स आउँछ । अड्को पड्को तेलको धुप पनि कामलाग्छ भनेर क्रेडिट कार्ड धानिराख्ने नसा पनि लागेको छ मलाई त ।

कहाँ चलाउने कहाँ नचलाउने त ?

प्रसंग अलि फेरौ अब । यो क्रेडिट कार्डको ठगी प्रकरण पनि चर्कै पो सुनिन्छ । अझ इन्टरनेटमा कार्ड नम्बर हाल्यो सामान किन्यो गर्न प्रविधिको सुविधा पनि बनेको छ । तर ठगहरुलाई ठग्न सजिलो पनि पारेको छ । हेक्का राख्न सके सवै तिर ठग मात्रै पनि छैनन् । तर, के गर्ने के नगर्ने भन्ने विषयमा चलाखी गर्न भने जरुरी छ । इन्टरनेट फिसिङ र भाइरसबारे अतिआवस्यक जानकारी छैन भने इन्टरनेट तिर कार्डनम्बर नचलाएकै राम्रो । इन्टरनेट सुरक्षाको सामान्य जानकारी छ भने सुरक्षित कम्प्यूटरमा क्रेडिटकार्डबाट कारोबार गर्दा फरक पर्दैन भन्ने नै मेरो अनुभव छ । ठगहरुले त पुलिसलाई पनि छक्काउँछन भने सधै सत्प्रतिशत सुरक्षित हुन त गाहरो छ तै पनि कतिपय गठीको मामलामा त कार्ड कम्पनीहरुले नै ठगिएको रकम फिर्ता पनि गर्छन । होस पुर्‍याउन पर्छ डराइहाल्न पर्दैन ।

प्लेन भाडा क्रेडिटकार्डबाट तिर्ने सम्बन्धमा

बिस्वासिलो कम्पनीहरुसंग क्रेडिट कार्डबाट कारोबार गर्न सुरक्षित हुन्छ। किन कि कारोबारको विस्वासको कारणले गर्दा ठगी भएमा त्यस्ता कम्पनीहरु नै जिम्मेवार हुन्छन् । आफूले जानेबुझेको कम्पनी होइन भने नगदमै कारोबार गर्दा राम्रो हुन्छ । कतिपय कम्पनीहरु ग्राहकबाट पैसा लिइसकेपछि कम्पनी टाटपल्टाएर (लिक्विडेसन) ग्राहक ठग्ने पनि हुन्छन् । त्यस्ता ठग उद्देश्य राखेका कम्पनीहरुले अरुकोभन्दा कम मुल्य गर्ने तर ग्राहकलाई सस्तोको लोभ गर्दा ठूलै घाटा लाग्ने अवस्था बनाउँछन् । त्यस्ता कम्पनीसंग त नगदमै पनि कारोबार गर्न हुँदैन ।

प्लेन भाडा तिर्दा क्रेडिट कार्डले केही चार्ज लिने गर्छ । एयरवेज अनुसार फरक नियम पनि भेटिन्छ । कतिपय क्रेडिट कार्डहरुको अफर राम्रो छ भने त्यस्तो चार्ज तिरेरै पनि क्रेडिट कार्डबाटै टिकट किन्दा फाइदा हुन्छ । तर कार्डको सर्तहरुमा ध्यान दिनु पर्छ । उदाहरण– यदि क्रेडिट कार्डबाट टिकट किन्दा ट्राभल इन्सोरेन्स कभर हुने रहेछ भने कार्डबाट तिरे बापतको चार्ज तिर्दा पनि अफु फाइदा मै भइन्छ । तर सवै कार्डमा त्यस्तो सुविधा हुँदैन । कुनैमा हुन्छ कुनैमा हुँदैन । आफ्नो क्रेडिट कार्डमा त्यो सर्त र अफर छ छैन आफैले बुझ्नु पर्दछ । कतिपय एयरवेजहरुले भाडा सस्तो देखाउने तर डेभिड वा क्रेडिट जुनसुकै कार्डबाट पैसा तिर्दा पनि चर्को चार्ज लिने गर्न थालेपछि बेलायत सरकारले लिन पाउने चार्जको सीमा तोकिदिएको छ । खास गरी 'बजेट–एयर'हरुमा सस्तो भाडा देखाएर ग्राहक लोभ्याउने तर, कार्डबाट पैसा तिर्दा चर्को मुल्य लिने घुमाउरो बाटो अपनाएर पैसा कमाउने उद्देश्य राखेको पाइन्छ । आखिर सवै कम्पनीहरुको उद्देश्य त नाफ कमाउने नै हुन्छ । पैसा कमाउने ग्राहक चुसेरै हो । आखिर थुत्दा मन दुखाउने कि फकाएर थुत्ने भन्ने मात्र हो ।

सामान्यतया हवाई टिकटको पैसा डेभिड कार्डबाट तिर्दा चार्ज नलाग्ने क्रेडिटकार्डबाट तिर्दा दुई प्रतिशत चार्ज लाग्ने गर्छ ।

तपाईले जानेको अरु कुरा मलाई पनि बताउनुस है ।

धन्यबाद

गोविन्द बेल्वासे

मेरो इमेल : – belbase@flyktm.com
 
Name: Mr Krishna Rai  
Comment: धन्यबाद गोबिन्द बेल्बासे ज्यु।राम्रो जानकारी गराउनु भएकोमा।
Date: 8/29/2014 12:00:00 AM
 

12345678910...>>
 
 Comment
Mr Krishna Raiधन्यबाद गोबिन्द बेल्बासे ज्यु।राम्रो जानकारी गराउनु भएकोमा।
Mr Kesar SahiThank you for your valauable information
Mr Bhupendra GurungThank you very much for email and information.
Mr Dharmendra PuriWow !!! Many thanks. I really appreciate u.
Mr Milan GyawaliGreat article!
Mr Durga DhakalIt is instructing mail and interesting so. Thank you very much. Happy Teej. I am in Nepal at this movement.
hari siwakotiyo 100% maile pani vogako ho sir,dont worried,rhin vane ko rhin nai ho belbase sir,
Mr Hom Sunwarयहाँ को अमुल्य सुझावको निमित्त धेरै धन्यबाद, हो हामी धेरैजना धेरैपटक सिकार बनिसकेका छौं आशा छ हाम्रा साथीभाई ईष्टमित्रबर्गमा यो घटना दोहोरिने छैन
Mr kaprasad chhantyalThank you for email & info about credit cards. It is being long time that I am not using credit cards. Only issued but not for use. Thank you.
Mr Randhoj Ranaयहाँले आफ्नो अनुभव शेर गर्नु भएकोमा धेरै धेरै धन्यवाद, खुशी लाग्यो, यो एउटा जरुरि बिषय हो, मेरोमा अहिलेपर्यन्त खासै छैन, साथी भाइहरुसंग कुराकानी गर्दै गरौंला, केहि पत्तो लाग्यो भने निश्चय यहाँसंग फेरि भेटौंला।
Mr Kul Prasad Yongyaतपाईले धेरै उपयोगी कुराहरूको जानकारी गराउनू भयो यसकोलगि मेरो हृदयबाट नै धन्यवाद भन्न चाहान्छु ।तपाईले लेख्नु भएका कुराहरू मैले भोगेका कुराहरूसंग मिल्न गएकोले सारै प्रभावित् भए ।नम्बर एक: म पनि क्रेडीटकाड उपभक्ता हुँ । तर मसंग कुनै नाफा, नोक्सानको हिसाब किताब केही छैना । खाली नगद (cash) पैसा बोकिराख्न नपर्ने झन्झट बाट मूक्त हुनु हो । तर भाग्यबास् आज सम्म to reach your account by भनेर दिएको समय अवधि भित्र रक्म बुजउदै आएकोले आजसम्म कुनै सपना बिग्रने गरी ब्याज तिर्न् परेको छैना oh my god! दोस्रो नम्बर: भाषाको समस्या, मेरो भाषा कम्जोर छ भनेर केही ब्यबहार अथवा कूनै कारोवार नगरी बस्ने कुरा भएन् । आफुलाई आईपरेको समस्याहरूमा कारोबार गर्नू नै पर्यो । जूनबेला समस्या आई पर्छ अनि पसीना छुटिन सुरू हुन्छ । अरू ठुलो कुरा त के भनौं भाषा कमजोर हुने मान्छेले टेलीफोनको अफसन प्रयोग गर्दै कस्टमर सर्भिससम्म पूग्न पनि दाँतबाट पसीना छुट्छ। कस्टमर सर्भिसमा पुगेपछि कति मिठो सब्दमा "केन् आई हेल्प यु"भन्ने सब्द सुनिन्छ अनि आफूले भन्नु खोजेको सब्द नआयेर र आएको वा भनेको कुरा नबुझीदिएपछि सपनामा आईठन लागे जस्तो अनुभव हुन्छ ।तेस्रो नम्वर: क्रेडीटकार्ड नम्बरबाट पैसा भूक्तनि गर्ने बारेमा, म कहिले पनि क्रेडीटकार्डबाट ऐर टिकेट लगाएत अरू कुनै तिरो भरो गरदिन् । साथी, भाईहरूलाई सर–सापटीको कारोवार गर्दासम्म पनि बैंकबाट ट्रान्फर गर्ने गर्छु र रिसिप राख्ने गर्छु ।अन्लाईन बैंक ट्रान्सफर नै पनि ब्यबहारमा समस्या हुँदोरहेछ । गएको फेब्रुवरी महिनामा PCV (Coach) ड्रभीड़ सिक्ने भन्नेर एउटा ड्राङभीङ कम्पनीलाई (£1100) ईघार सय पैसा अनलाइन बैंकबाट ट्रसफर गरे, पछि धेरै मलाई पर्खायो र मलाई उचीत लागेन र पैसा फिर्ता गर्ने र कोर्स क्यान्सील गर्ने निरणर्य गरेर पैसा फिर्ता गर्न बैंकसंग अनुरोध गरे तर अनलाईनबाट पेमेन्ट भएकोले सम्भव नहुने बताए । धन्यबाद !
Bharat Rokaसारै राम्रो अनुभब बटुलेर लेक्नुभाएको सन्देस रहेछ धन्यबाद बेलबासे सर ! जे होस् जसले चलाउछ उसलाई धेरै जानकारी मुलक छ .
Mr Bhagirath YogiThank u very much for sharing this interesting and informative article. You have covered all the issues in an interesting way, so I don't see any need to add anything.
Mr Ganga Gurung Thank you for the info and suggestions hajur. I haven't used the credit card for nearly 2 years. I could write a book regarding the CC but.. since those days.... I don't even want to touch that bloody Card, sorry for the language. Regards to the Pariwar hajur.
MR Bipin NembangThanks for sharing your great experience although I've known about credit card system.
kedar Sunuwarएकदम राम्रो कुरा भन्दिनु भयो । मेरो त ५-६ वटा छ केही हिसाव किताव छैन, खुरु-खुरु ब्याज मात्र तिर्छु । now i have to monitor closely.
Mr Nirak Thapathank you. I learn some thing.
Mr Suraj SharmaNamaskar, Govinda ji b4 haru share garnu bhayako ma dheri , dheri dhandey baad. Knowledge batha badchha.. Vanchhan.
NimaThank you hajur. Interesting kuro. However, people like myself or anyone who have common sense it is just a matter of ease at hand. Of course there are advantages and disadvantages in using credit cards. But it comes to self discipline and personal finance management. These days there are many tools available where any one can calculate how much your out goings are in a month. If you are tight in your budget, these cards come a little handy coz some of them have at least 30 to 60 days grace period to pay back. That means you are not paying any interest within that period. So if you have luxury of credit cards you can use it wisely. I personally have a HSBC credit card (from Hong Kong) with a HK dollars 200,000 credit on it. But I never had to use it coz I stick with my budget.In this 21st century you don’t want to carry cash around in your pocket unless really necessary. Even a country like Nepal has such facilities these days. In addition, there are guarantees to receive your money back if you pay by your credit cards these days and are automatically insured so that you don’t loose your hard earned money.But of course there are dangers of data theft which is becoming more and more serious these days. On line payments are always risky. Even when paying you need to watch the person when you hand over your card. So that they don’t disappear behind the curtain and hack your card. Otherwise these are tools of modern day technology any one can enjoy. But every one has to be careful and watch when ever we use our credit cards.
Mr RaiThank you hai belbashe jee.Mero lagi ta siri khanda hoina khurpako bid sari bhane hunchha hajur.
Mrs Meena Thapapersonally i have one credit card but never use it, i always use Debit card, i also had couple of problem on credit card, since then i stop using credit card...janne lai shri khanda ra na janne lai khurpa ko bid ... bhane jhai ma pani khurpa ko bid bhitrai pare.
Mr Mohani Lal Ghimireतपाईको प्रत्येक शब्द र बाक्य जानकारी मुलक छन। धेरै धेरै धन्यबाद र कृतज्ञता हजुरलाई !!!!
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.