प्रविधि र सुविधाको प्रयोग र दुरुपयोगमाथि नियन्त्रण
>
आधुनिक समाजको आधुनिक जीवनमा जति अभ्यस्त भयो त्यति नै वढी प्रविधिको सहारा लिनुपर्ने हुन्छ। अझ वेलायती जीवन त अव प्रविधि बेगर कल्पना नै गर्न सकिन्न। घडीको एलार्मका तालमा निद्राबाट ब्यूँझएदेखि आफन्तजनसँग गफ गर्ने इन्टरनेट च्याटसम्मको प्रविधि जीवनको अभिन्न अङ्ग बनिसकेको छ।
>आजभन्दा एक दशक अगाडिसम्म नेपालमा इन्टरनेटको प्रयोग एक दुई सम्भ्रान्तको पहुँचसम्म सिमित थियो। त्यसवेला वेलायतमा भर्खर इन्टरनेटको प्रयोग सुरु भएको थियो भने हरेक सार्वजनिक लाइब्रेरी (पुस्तकालय) हरुमा इन्टरनेट सुविधा उपलव्ध थियो। यो एक दशकको अन्तरालमा इन्टरनेटको सुविधाले सहजता र सुविधा दिने क्रम बढ्दै गएर यसबाट असहजता र समस्याहरु पनि भोग्नुपर्ने अवस्था देखिन थालेको छ। भाइरस र ह्याकिङ जस्ता समस्याहरुबाट असुविधाहरु सामुहिक रुपमा पर्ने गरेका छन्।
>नेपालका अर्थमन्त्री डा. बाबुराम भट्टराईको फेसबुकको चर्चा पछि वेभसाइटसम्मको उपादेयताले पनि प्रविधि तथा इन्टरनेटको महत्व झल्किन्छ। अमेरिकामा भर्खर पद सम्हाल्न पुगेका बाराक ओवामाले आफ्नो इमेल चेक गर्न सक्ने मोवाइलको प्रयोग आफूले नत्याग्ने बताएर हरेक नागरिकको सुझाव प्राप्त गर्न सकिने सम्भावना तथा आवश्यकतालाई नयाँ युगको सुरुवात गर्न जनपक्षीय नेताका रुपमा स्थापित हुन खोजेको प्रयास भन्न सकिन्छ। तर, उनको ब्ल्याक बेरीको ह्याकिङ हुन सक्ने खतरा र आतङ्कवादीहरुले अमेरिकी राष्ट्रपति उपस्थित हुने स्थान निर्धारण गर्न सक्ने खतरालाई पनि बडो सतर्कता अपनाउनुपर्ने चुनौतीका रुपमा बुँझदै छ।
>यी त भए नेता र ठूला मान्छेलाई प्रविधिले दिएको सुविधा र चुनौतीका प्रशङ्गहरु। यसका साथै सर्वसाधारण वेलायतवासी नेपालीहरुमा सूचना प्रविधिको प्रयोगको सुविधाका साथै थप चुनौतीहरु देखा परेका छन्। इन्टरनेट इमेल तथा च्याट र फेसबुक जस्ता सामुदायिक भर्चुअल समाजमा थप चुनौतीहरु देखा पर्न थालेका छन्। यसै सुविधाभित्र कतिपयले सानादेखि ठूलासम्म पीडाहरु भोगेका छन्।
>सामुहिक रुपमा प्रयोग हुने कम्प्युटरमा च्याट अथवा इमेलको अकाउ48ट लगआउट गर्न विर्र्सदा अरु कसैले दुरुपयोग गरिदिने सम्भावनाले कतिपय व्यक्तिहरुको व्यक्तित्व र इज्जतमै धक्का लागेको हुन्छ। लगआउट गर्न विर्सेका कारण अरु कसैले तपाईको नामबाट तपाईका साथीभाई इष्टमित्रलाई भ्रम छर्नेदेखि तपाईको बारेमा गलत छाप पारिदिने सम्भावना रहन्छ। यस्ता घटनाबाट कतिपयले पीडा भोगिसकेको भए तापनि यस्ता घटनाहरु खासै प्रकाशमा भने आएकोे पाइँदैन। तर, यस्ता नकारात्मक असरका बारेमा चर्चा परिचर्चा भएको ख48डमा अन्य व्यक्तिहरुलाई सचेत हुने अवसर मिल्नेछ। वेलायतको सञ्चारमाध्यममा च्याटरुममा फेला परेको अधवैसे व्यक्तिले १५ वर्षकी अवला केटीलाई भगाएको र फ्रान्समा फेला परेको विषय प्राथमिकता साथ उठाउनु सामान्य लाग्न सक्छ। तर, समाजमा च्याटरुमको दुरुपयोग र बालबालिकाहरुमाथि शोषण हुन सक्ने खतराप्रति नागरिकहरुलाई सचेत गराउन ती घटनालाई बढी चर्चा गर्नु आवश्यक हुन्छ, भन्ने कुरालाई मिडियाले मध्यनजर गरेको पनि पाइन्छ।
>अहिले केही समय यता वेलायतको नेपाली समाजमा गोर्खा न्याय सम्वन्धी वादविवादहरु इमेलमार्फत तल्लो स्तरसम्म उत्रिएका भनाभनदेखि अवला नारीको इज्जतमा खेलवाड गर्ने वक्तव्यवाजीहरुसम्म वितरित भएको पाइयो। सुरुमा व्यक्तिगत वादविवादजस्तो देखिएका इमेल तथा सूचना प्रवाहहरु अहिले जनचासोको विषयसम्म बन्न पुगेका छन्।
>सञ्चारका साधन र प्रविधिहरु संस्थागत रुपमा मात्र पहुँच पुग्न सक्ने अवस्था हुँदासम्म नैतिकता र सामाजिक सन्तुलनको हद कायम गर्न आचारसंहिताहरु निर्धारण गरेर सीमा तोक्न सम्भव थियो। तर इन्टरनेट र इमेलजस्ता प्रविधिले व्यक्ति विशेषलाई कुनै सूचना सेके48ड भरमा जताततै फैलाउन सकिने अवसर प्रदान गरेको छ। यो सुविधाका माध्यमबाट व्यक्तिले दुरुपयोग गर्न सक्ने सम्भावनाका आडमा प्रविधिमाथि नै नियन्त्रण गर्ने तर्क पनि अगाडि सारिएको पाइन्छ। तर हाम्रा पुर्खाले नागरिकको वाक स्वतन्त्रता हनन् गर्न नपाइने मौलिक अधिकारको अवधारणा विकास गर्न धेरै रगत बगाउनु पर्यो। त्यसैले प्रविधिको दुरुपयोगको पक्षलाई कोट्याएर प्रविधि नियन्त्रण गर्ने तर्कलाई मौलिक अधिकारवादीहरुले समर्थन गर्ने कुरा आउँदैन। ब्यक्तिको वाक तथा प्रकाशनको स्वतन्त्रताको वकालत गर्दा पनि आफ्नो अधिकारलाई उपयोग गर्दा अर्को व्यक्तिको अधिकार हनन् नहोस् भन्ने कुराको हेक्का पुर्याउन केही सीमारेखाहरु त तोक्नु पर्ने नै हुन्छ। कुनै नारीको नाममा काल्पनिक अकाउ48ट बनाएर अनर्गल प्रचारवाजी गरिनुले यस्ता अबाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्ने उपाय खोज्न चुनौती समेत दिएको छ। कतिपय विवेकहिन यूवाले कुनै केटीसँग च्याट गर्दा प्राप्त गरेका सूचनाका भरमा केटीका परिवारलाई समेत दुःख दिने गरेका घटनाहरु छ्यापछ्याप्ती हुन थालेका छन्। हाम्रोजस्तो महिलाहरुको जीवन हल्लाको भरमा विग्रने समाजमा यो सूचना प्रविधिको प्रयोगलाई सन्तुलित पार्ने प्रयास झनै महत्वपूर्ण हुन जान्छ।
>यो प्रविधि उपयोगका लागि नैतिकता कायम गर्ने र अरुको अधिकारको हनन् नगरी आफ्नो अधिकार प्रयोग गर्नका लागि समयको अन्तरालले परिस्कृत संस्कार विकास गर्ने नै छ। अहिलेको समयलाई त्यही विकासक्रमको समय मान्न सकिन्छ। सिङ्गापुर, चीन आदि देशहरुले इन्टरनेटको दुरुपयोग गर्न सरकारी नियन्त्रण लागु गर्ने नीति अगाडि सारेको पाइन्छ। तर वेलायत, अमेरिका आदि देशमा इन्टरनेटलाई नियन्त्रण विना नै स्वतन्त्र प्रयोगका लागि छाड्ने नीति अपनाइएको छ। यी स्वतन्त्र प्रयोग नीति अपनाउने देशले पनि बालबालिका तथा असहाय पक्षलाई शोषण हुन नदिने प्रयोजनसम्मका लागि केही नियन्त्रण कायम गर्नु पर्ने नीतिलाई बढावा दिँदै आएका छन्।
>इन्टरनेट प्रयोगलाई स्वतन्त्र छाड्ने तर्कका पक्षधरहरुले आवश्यकता नै सिर्जनाको जननी हो भन्ने भावनालाई आत्मसात गरेका छन्। बालबालिकाहरुको पहुँचबाट टाढा राख्नु पर्ने “प्रोनोग्राफी” जस्ता साइटहरु अभिभावकका नियन्त्रणमा रहन जरुरी छ। सफ्टवेरको सहाराले अबिभावकको नियन्त्रणका कारण घरमा बालबच्चाहरुले त्यस्ता वेभसाइट खोल्न नसक्ने सफ्टवेयरहरु विकास हुने कुरामा भरपर्न थालेको पनि पाइन्छ। तर, गरिव जनताहरु त्यस्ता सफ्टवेयरमा लगानी गर्न असमर्थ हुने भएको हुनाले नियन्त्रण रहित इन्टरनेटको अवधारणा अपनाउँदा सम्पन्न घरानाका बालबच्चा सुरक्षित हुने र गरिव श्रमजीवीका बालबच्चा पीडित हुने सम्भावना देखिन्छ। तर बजार प्रतिस्पर्धासँग प्रविधि तथा सफ्टवेयरको विकासमा यसले सकारात्मक असर पार्ने हुनाले महंगा सफ्टवेयर पनि सस्तिदै जाने आशा भने गर्न सकिन्छ।
>वेलायतवासी नेपाली समाजलाई सूचना प्रविधिको नकारात्मक पक्षबाट बचाउन र नैतिकवान समाज बनाउन एकातर्फ उच्छृङ््खल तत्वलाई हतोत्साहित पार्न जनचेतना अभिवृद्धिका लागि सामाजिक संस्थाहरु अग्रसर हुनुपर्ने देखिन्छ। अर्कोतर्फ कार्यव्यस्तताको असन्तुलित जीवनबाट अकुत सम्पत्ति जोड्नु भन्दा बढी हाम्रा सन्ततिको उज्वल भविष्यका लागि महत्व दिनु पर्ने भावना जगाउनुपर्ने हुन्छ। अभिभावकहरुले आफ्ना सन्ततिहरुको प्रविधि प्रयोगलाई अवलोकन गर्दै रहने र आफ्नो बच्चाले अरुलाई पीडा दिनुहुँदैन भन्ने आदर्श सिकोस् भन्ने हेक्का राख्न आवश्यक छ।
>सूचना प्रविधिको दुरुपयोग नहोस् तथा पीडित बन्न नपरोस भनेर सतर्कता अपनाउन जत्ति आवस्यक छ त्यत्ति नै आवश्यकता गलत तत्वलाई हतोत्साहित पार्नु पनि हुन जान्छ। गलत तत्वको चर्तिकलाका विरुद्ध एक पीडित पक्ष निर्वल ठहरिए पनि सामुहिक प्रयास तथा संघसंगठनको प्रयासमा सूचना प्रविधिहरु प्रयोग गर्नेलाई हतोत्साहित गर्ने प्रयास गर्नुपर्दछ।
>सस्ता प्रचारवाजीको पछि लागेर पीडित हुनुभन्दा गुणस्तर पहिचान गरेर सेवा र सुविधाहरु उपभोग गर्न आवश्यक छ भन्ने तर्फ पनि उपभोक्ताहरु सचेत रहनुपर्छ। हरेक सेवा र सुविधा प्रदान गर्नेहरुले पालन गर्नुपर्ने न्यूनतम मापद48डहरु संस्थाबाट मात्र सेवाहरु लिने गर्नु अर्को महत्वपूर्ण पक्ष हो। यसको उदाहरणका लागि एटोल नम्बर नभएका कम्पनीबाट हवाई टिकट किन्दा थुपै्र नेपाली ठगिएको हाम्रा सामु ज्वलन्त उदाहरण छन्। हवाई टिकट किन्दा एटोल नम्बर भएको संस्थासँग किन्दा आफ्नो पैसा डुब्दैन भन्ने निश्चित भए जस्तै हरेक सेवा र सुविधाका सम्वन्धमा निर्धारित मापदण्डको बारेमा जनचेतना जगाउन पनि हाम्रा संघसंगठनहरु अग्रसर हुनुपर्ने भएको छ।
> |