Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
हिम्मत
हिम्मत


हेर्छु शहरकै
उच्च गजुर
अग्लै क्रस
गगन चुम्बी बुर्ज
रोज्छु खानदान
तर,
डुब्छु र हराउँछु
तिम्रो आँखैमा,


लेहँगाको फुर्को
गुन्यूको टुप्प्पो
सुरूवालको इजार
टाइटको बजार
जीन्सको रवाफ
हैन, हैन
गाजलू तेर्सो प्रहार
सवैले जनाउँछ
तिम्रो पुकार


हराउँछु
त्यसैमा पैला
र, खोज्छु
बिरादरी
जुराउँछु
मनको बराबरी
रोजाइ र सम्बन्ध
जोडिन्छ आखिर
मनको धुरी मुनि,


इङ्लीस सागर तर्ने
बैतर्नी कामधेनु
पारिको लक्का
कफालाको बड्का
कर्णेलको नाति
हैन म
हुँ म बाउको
रोजाइको
जागिरे मास्टर


पढ्छु तिम्रा
नयन र
सुनाउँछु
अनि पढाउँछु
पृतका पुकार
गुन्गुनाउँछु
तारा झार्ने ध्वाँस
तै,
मनुको मार्ग
सम्पत्ति जोर्ने रहर
बन कि सम्पत्ति
बन कि दाशी
कि रोज
तिम्रो संसार
तै पनि आँखै जुधाउ
नजरले बात मार
हिम्मत छ हार्न भने
पत्नी बन,
छैन हिम्मत भने
बराबरी बन ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.