Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
न्यायालयमा समस्या
न्यायालयमा समस्या भूमिकाः
समाजमा न्यायालयको प्रभाव कति पर्छ भन्ने विषयमा 'न्याय हराए गोर्खा जानु' भन्ने जनजिब्रोको अनुग्रहको प्रभाव बाट झल्कन्छ । गोर्खा राज्यप्रतिको अनुग्रहित जनभावना नभएको भए पृथ्विनारायणको राज्यहरू जोड्ने हिम्मत पनि आउने थिएन होला वा भनैा सफल हुने थिएन ।
हामीले मनुस्मृति, मिताक्षरा, निर्णयशिन्धुको न्यायपद्दिमा राम शाह भन्दा पनि पहिलेदेखि भएको विकासक्रम छाडिसकेका छैा । म्याग्नाकार्टा– विल अफ राइट्सको विकासक्रमलाइ अब छाड्नै नमिल्ने गरी अवलम्बन गरिरहेका छैा । तक्षशीला विश्वविध्यालय जस्ता प्राज्ञिक संस्था विकासको अभावले हामीले बाटो बदल्न परेको हो । वाष्प इन्जन प्रयोग गर्नु भन्दा पहिलेको प्रविधिका पालमा बानी परेको न्यायपद्दति हाम्रो विगत हो । समयानुकुल परिवर्तन गर्नुपर्ने प्राज्ञिक योगदानको कमीले हामी कमन लिगल सिस्टममा जानुमा बेलायती उपनिवेशले भूमिका पनि खेलेहोला । तर, सनातन पद्दतिमा मुगलहरूको क्रमभङ्गता को आन्तरिक कारण नै मुख्य जरो भने हो । न्यायालय समाज सञ्चालनमा निर्देशनात्मक भूमिका निभाउने संस्था हो । समाजको समग्र पद्दतिको दर्शनको पक्षको नेतृत्व निभाउने पनि न्यायालयले हो । यो विग्रँदा समाजले विकल्प खोज्छ । त्यही विकल्प कमन लिगल सिस्टमले पुरा गरेको छ ।

मुल विषयः
५ हजार वर्ष पुरानो पूर्विय सभ्यता भन्दा पनि ८ हजार वर्ष पुरानो ग्रिक सभ्यताको दार्शनिक पक्षलाइ हेगल, कार्ल मार्क्सले केलाएको भनेर फ्रान्सिस फूकोयामाले The End of History and the Last Man भन्ने पुस्तकमा विश्लेषण गरेका छन् । न्याय पद्दति समाज विज्ञानको अभिन्न अङ्ग हो । समाजका सदस्यले ब्यक्तिगत गरिमा सहितको जीवन प्राप्तिका लागि कृयालाप गरेको हुन्छ जसलाइ Thymos भनेका छन् । जुन शब्द ग्रिक सभ्यताबाट लिएका हुन । त्यो उद्देश्य प्राप्तिका लागि जालझेल वा जेसुकै गर्ने मानसिकतालाइ megalothymia भनेका छन् । समाजमा समानता (egalitarian) को मर्मलाइ आत्मसात गरेरमात्र ब्यक्तिगत उद्देश्य पुरा गर्ने मानसिकतालाइ isothymia भनेका छन् ।
अहिले नेपाली जनमानसमा न्यायालय प्रति megalothymia को छाप परेको छ । हरि प्रासद प्रधानदेखि शुसीला कार्कीसम्म न्यायालयले बनाएको isothymia छाप अहिले गुमेको छ । ०४६ पछिको काङ्गेसी करणको नियूक्ति म्यारिज खेल हुँदै यो परिस्थिति बनेको हो । नेकपा कालको नियूक्ति प्रकरण झन उछ्रिङ्खल हुन बाँकी नै छ। यो विग्रिएको छवि त्यसै सुध्रिने वाला पनि छैन । न्यायालय भित्रैबाट सुध्रिन सम्भव नदेखिएको परिप्रेक्षमा अग्रज सक्रिय हुनुलाइ सकारात्मक रूपमा बुझेको छु । तर, परिस्थिति हेर्दा अग्रजहरूको प्रयासले पनि निकास दिन सक्ने सम्भावना कम भएकोले उनीहरू पनि असफल शिद्ध हुँदा स्थिति झन विकराल हुने छ।

परिणामः
यो परिस्थितिको फाइदा विश्व शक्तिका रूपमा उदयमान भारत र चीनका बीचको भूभाग मनपरि उपयोग गर्न इच्छुक पश्चिमा शक्ति (यूरोप–अमेरिका)लाइ हुनेछ । एमसीसी उदारहण हो ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.