Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
फरक संस्कृतिमा अडेको हिन्दू
फरक संस्कृतिमा अडेको हिन्दू

नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदासम्म पनि नेपाली अर्थतन्त्र र संस्कृति पश्चिमा सभ्यताका अगाडि हिनताबोध गर्नु पर्ने अवस्थामा थिएन । यी तथ्यहरू उनको यात्रा ब्रितान्तबाट पुष्टि हुन्छ । भारतको धेरै भागमा भने बेलायतीको राजइ भैरहेको थियो । उनी बि.स. १९०७को जेष्ठ महिनामा बेलायत पुगेका थिए । तर, वाष्प इञ्जनको आविस्कार पछिका प्रविधिबाट सुसज्जित पश्चिमाहरूले पुर्विय सभ्यतालाइ उछिनीरहेका थिए ।
कौटिल्यको अर्थशाष्त्रमा आधारित अर्थतन्त्र र पुर्विय सनातन सभ्यता प्रविधि विकासमा किन पछि पर्यो ? पश्चिमाले किन उछिने भन्ने विषयको जगसम्म खोतल्ने काम गर्न बाँकी नै छ ।
पश्चिमाले उछिने भन्ने मात्र स्वीकार गरिएको छ । लोकतन्त्र र कानूनको शासन संबन्धी सिद्धान्त हामीले पश्चिमाबाट अनुकरण गरेका छौँ । तर, हाम्रो सभ्यता र सांस्कृतिक जग भिन्न छ । हामीले मिताक्षरा र निर्णयसिन्धुका सैद्धान्तिक आधार फेरि कहिल्यै समाउन नसक्ने गरी छाडिसकेका छौँ । तर, हाम्रा प्रचलनहरूमा मिताक्षराका नियम छाडेका छैनौ । हाम्रा ती प्रचलन तथा सांस्कृतिक आधार वर्ण ब्यवस्थामा मानिसहरू बीच विभेदका जगमा उभिएका थिए । हाम्रो संविधान समानताको जगमा अडिएको छ । विभेदकारी संस्कृतिलाइ मेट्नै पर्ने जिम्मेवारी राजनैतिक नेतृत्वलाइ सुम्पेको छ । त्यसमा सहयोग गर्नु प्राज्ञ जगत र नागरिक समाजको कर्तब्य हो ।

ब्राह्मणोऽस्य मुखमासीद् बाहू राजन्यः कृतः।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायत॥ (यजुर्वेद 31.11)

तीन वटै वेद (यजुर्वेद, ऋगवेद र अथर्ववेद)मा भेटिने माथि उल्लेखित ऋचा हामीले भोग्दै आएको जातीय ब्यवस्थाको जरो हो भन्ने जताततै सुनिन्छ, पढिन्छ । संस्कृत भाषाको ब्याकरणका आधारमा ब्याख्या गर्दा सुन्दै आएको 'जन्मको आधारले वर्ण छुट्टिन्छ' भन्ने भनाइ झुट्टा ठहरिएको छ । बाहुनको छोरो बाहुन, बैश्यको छोरि बैश्य हुने ब्याख्या गलत हो । वर्ण त ब्यक्तिले अपनाउने पेसाबाट निर्धारण हुन्छ, भन्ने यी श्लोकले अर्थ दिन्छन् । तर पण्डितहरूले गलत ब्याख्यालाइ किन सच्याइ रहेका छैनन् ? पढेर परीक्षा पास गरेर प्रोफेसर (ऋषि–मुनि) भए जस्तै पेसाबाट ब्यक्तिको वर्ण छुट्टिने हो । ग्रन्थ केलाउने हो भने पनि बालमिकि ऋषीको उदाहरण दिने गरिन्छ । उनी जन्मँदा ब्राह्मण थिएनन, कर्मले ऋषि भएका हुन ।
यी ऋचालाइ लिपीबद्ध गरिनु भन्दा पहिला नै मानव सभ्यताले विकास गरेका ती शिद्धान्त श्रुति र स्मृति हुँदै, गुरूबाट चेलाहरूमा हस्तान्तरण भए । यसैलाइ कालान्तरसम्म आ–आफ्नै ढङ्ग र आवस्यकता अनुसार ब्याख्या गरियो । यूरोप, अरब र चिन तिरको समाज विकास हुने क्रममा पनि क्रिस्चियन, इस्लाम, यहुदी इत्यादि धार्मिक नियम बन्दै गए र त्यसकै आधारमा समाज ब्यवस्थित हुँदै गयो । पुर्विय सभ्यता पनि धर्म शाष्त्रहरूकै आधारमा ब्यवस्थित हुँदै गएको हो । मानवको चेतना स्तर अनुसार अनुत्तरित प्रश्नको समाधानको लागि पनि अध्यात्मबादी उत्तरहरू सहज भए र त्यसैमा विश्वास गरियो । धेरै संरचनाहरू अन्य समाज सरह नै समानान्तर रूपमा विकास भएको पाइन्छ । तर, सनातन धर्ममा अरू धर्ममा भन्दा भिन्नै प्रकारको बर्ण तथा जातीय ब्यवस्था पाइन्छ । यो बर्ण ब्यवस्था समाजमा दास प्रथा रहँदासम्मको कालखणडमा पनि विकास क्रममा बाधक रहेनछ भन्ने कुरा त्यस समयसम्म पुर्विय सभ्यता अन्य सभ्यता भन्दा पछि नपरेका प्रमाणबाट पुष्टि हुन्छ । आधुनिक सभ्यता विकासमा भने हिन्दू भित्रको वर्ण ब्यवस्था बाधक भैरहेको छ ।
फ्रान्सिस फूकुयामाले समाज भित्र भिन्न अध्यात्मिक सांस्कृतिक पहिचानको विविधतालाइ प्रजातान्त्रिक विकासमा बाधक भनेर चर्चा गर्छन । तर, भारतमा उदार लोकतन्त्रको प्रचलनमा हिन्दुत्व आस्थामा आधारित वर्ण ब्यवस्थाले छेक्न नसकेकोमा भने आश्चर्य ब्यक्त गरेका छन् (द इण्ड अफ हिस्ट्रि एण्ड द लास्ट म्यान पृष्ठ–२२८)। डा. अम्बेडकरले भारतीय समाजमा हेला गरिएका वर्णलाइ समानताको स्तरमा उकास्ने आरक्षण सहितको प्रयास गरे । उनकै नेतृत्वमा लेखिएको भारतको संविधानले भने ७० वर्षसम्म पनि लक्ष्य हासिल गर्न सकेको छैन । दलीत समुदायले ब्यवहारमा समानताको हैसियत पाउन सकेका छैनन् ।
हिन्दू बाहेक अन्य धर्मग्रन्थले समाजका ब्यक्तिलाइ धार्मिक कार्यमा सरिक हुने समान अवसर दिएको छ । क्रिश्चियनहरू हप्तामा छ दिन काम गरेपछि सातौ दिनका दिन (आइतवार) चर्चमा सवै गएर समान रूपले धार्मिक कर्ममा सरिक हुन्छन् । अध्यात्मिक हिसाबले सवै मानवलाइ चर्च भित्र समानताको नियम लागु हुन्छ । धार्मिक स्थलमा सवै जना सरिक हुन पाउँछन । त्यसै गरी मुसलमानहरू पनि मस्जिदमा वा सफा ठाउँमा जम्मा भएर धार्मिक प्रार्थनामा समान रूपले सरिक हुन्छन् । तर, सवै धर्ममा लैङ्गिक विभेद गरेको पाइन्छ र सनातन धर्ममा पनि लैङ्गिक विभेद अपनाइएको नै छ ।
हिन्दू धर्म अन्तर्गत कुन वर्णको परिवारमा जन्म भयो भन्ने आधारमा धार्मिक कार्य गर्न पाउने र नपाउने वर्ण ब्यवस्थाको प्रचलन चल्यो । त्यो प्रचलन अझै पनि कायम नै छ । ब्राम्हण परिवारका सदस्यले दिनदिनै धार्मिक कार्यमा सरिक हुनुपर्ने भयो । उनीहरू मत्रै पुजारी हुन पाउने भए । तर, अन्य वर्ण मध्ये एक थरिलाइ धार्मिक कार्यमा सरिक हुने अधिकार नै नहुने, मुर्ति छुन र पुजा गर्न पनि नपाइने भयो । अर्का थरिलाइ ब्राम्हणको सहायतामा धार्मिक कार्यमा सरिक हुन पाउने सम्मको अधिकार दिइएको छ । तर, उनीहरू वर्षमा विशेष चाड पर्व र विशेष अवसरमा मात्र धार्मिक क्रियाकलापमा सामेल हुने प्रचलन बस्यो । यो प्रचलनले हामी समान छैनौ भन्ने विश्वास जगायो । अघिल्लो पुस्तासम्म पनि त्यही विश्वास गरियो । विस्टको पानी छोइयो भने पाप लाग्छ, नर्कमा परिन्छ भन्ने डर मानियो । अहिलेको पुस्तामा त्यो विश्वास हराउँदै गएको छ । समानताको माग गर्नु संबैधानिक अधिकार हो भन्ने विश्वास जागेको छ ।
धार्मिक कार्य गर्ने ब्यक्तिले सफासुघ्घर भएर सधै बस्न पाउँथे । तर आरनमा काम गर्ने श्रमिक सफा भएर धार्मिक कार्यमा सरिक हुन नपर्ने भए पछि त्यस्तै बानी पर्दै गयो । सफाइमा कम ध्यान जानथालेको पनि हुन सक्छ । मानवीय स्वभाव नै हो । अरू धर्मका ब्यक्ति जस्तो धार्मिक संस्कारमा सवै जना सामेल हुने र सवै जना उत्वादनको काममा पनि सरिक हुने भएको भए पुर्विय सभ्यता फरक हुने थियो । छुवाछुतको जातीय ब्यवस्थाको प्रचलन बस्ने थिएन । हिन्दूहरूले पनि बाहुनले मात्र दिनदिनै पुजा गर्ने नभएर सवै जना पुजामा सहभागी हुने प्रचलन बसालेको भए समानताको प्रचलन बस्ने थियो ।
सामाजलाइ अग्रगमन तिर डोर्याउने जिम्मेवारी अन्तर्गत धार्मिक नियम बनाउने क्रममा तक्षशिला विश्वविध्यालयको समय कालमा यस प्रकारको बर्ण ब्यवस्थाको प्रचलन बसेको विश्लेषकहरू विश्वास गर्ने गर्छन । त्यसलाइ मल्ल कालमा काठ्माण्डौमा ब्यवस्थित गरेका अभिलेखहरू नै उपलब्ध छन् । खास गरेर मनुस्मृति तथा मिताक्षराले बसालेको प्रचलनलाइ नेपाल भूभाग भित्रका राजाहरूले राजगुरूहरूको सहायतामा यस्ता चलन बसालेका हुन ।
बालमिकि ऋषिको समय खण्ड पछि मात्र यस प्रकारको छुवाछुत र अध्यात्मिक कार्यमा सरिक हुन पाउने र नपाउने जात जन्मबाटै निर्धारण हुने प्रचलन बसेको देखिन्छ । त्यस भन्दा पहिला जन्मबाट होइन कर्मबाट वर्ण निर्धारण हुने गरेको पाइन्छ । जङ्गबहादुर राणाले जारी गरेको मुलुकी ऐन १९१० ले जात विभेदको प्रचलनलाइ झन बलियो पार्यो ।
राणा शासनपछि बल्ल कानूनमा समानताको वकालत गर्न थालियो । ब्यवहारमा भने प्रचलन जस्ताको तेस्तै थिए । लम्जुङका अधिकारीहरूले जातीय बन्धन तोडिन्छ भनेर हलो जोत्दा धेरै दुःख पाए । उनीहरूले कस्ट भोग्न परे पनि त्यो घटनाले धेरै हदसम्म चेतना जगायो । पश्चिम समाजका तुलनामा प्रविधि र संस्कृतिमा पछाडि परेको हिनताबोध स्वीकार गर्दै हाम्रो समाजले भारतको बेलायती साम्राज्यलाइ सम्भान्त मान्न र सत्कार गर्न थालिसकेको थियो । तर, सांस्कृतिक रूपमा भने म्लेक्ष भनेर आफुहरू माझ मात्र कुरा काटिन्थ्यो । उता, राजा र भारदारहरू म्लेक्षका कक्टेल पार्टीमा उपस्थित हुन पाउनुलाइ गौरव गर्ने अन्तर्विरोधका बीचमा हाम्रो राजनैतिक प्रणाली पनि लोकतन्त्र उन्मुख भएको हो ।
हाम्रो संविधानले परिकल्पना गरेको समानताको सिद्धान्त अपनाउन सांस्कृतिक असमानता नै बाधक भएकोले जातीय हिंसा हुने गर्छन । विभिन्न घटना प्रकाशमा आउँदा चिन्ता गरिन्छ तर संविधान अनुकुल नरहेको संस्कृति जोगाउनमा गौरव पनि महसुस गर्छौ । यो अन्तर्विरोधलाइ तुरन्तै स्वीकार गरेर परम्पराका अन्धविश्वासलाइ तोड्न जरूरी छ । सवै नागरिकको अध्यात्मिक कार्यमा सरिक हुने समान अधिकारका रूपमा वेदलाइ ब्याख्या गर्न जरूरी छ । जति चाडै हाम्रो संस्कृति सुधार गरिन्छ त्यत्ति नै चाडै समृद्धि भेटिने छ । त्यसका लागि घर भित्रबाटै छुवाछुतका प्रचलन बन्द गर्नु पर्छ । बुढा भएका आमा–बुवा को चित्त दुख्छ भने पनि छुवाछुतको भावना त्याग गर्नै पर्छ, मान्छे–मान्छे बीचको समानताकालगि थोरै त्याग गर्नै पर्छ ।
Published on www.globalenepalese.com
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.