Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
बिर्सेँ
बिर्सेँ


– गोविन्द बेल्वासे

रुख पात जङ्गल हरिया सुखानीको बिर्सिएँ
जल्जला पहाड सृङ्खला पर्बत नि बिर्सिएँ
साथी मनुवा जो थिए उहिले त्यहाँ विर्सिएँ
सेल्टर ली बसेका ती खोर झुपडा बिर्सिएँ



बिर्सन्न भनि भनेथेँ त्यो आलोक प्रबृत्ति त
बिर्सन्न भनि भनेथेँ ती काटेका दुस्मन जन
भोगेथेँ काला रात उज्यालो हुन्छ सोचिँकन
कालैछन् ती रात हलि हुँ भन्नेका दिन किन



सुक्यो सुखानी दाग त काजु दाइ तङ्गरियो
फुत्कियो नारा जुवाको हलबेची विदेशियो
त्रास पाउँदा कोभिडको उ नि त्यहीँ छेकियो
खायो हरेस घर फिर्न नपाइ उतै बहकियो



सुनिन्न बम अब जनकपुर मै जिप ताकीकन
बोली त्यो नि सुनिन्न अब संसद थर्काइकन
गीत बोल्थ्यो पहिले त सवलाइ संझाइकन
बिर्सिगए पाप लाग्ला गाथे भाका मिलाइकन
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.