Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
शेखर वाग्लेको अनुभवः कोरोनाबाट लडिरहेको सन्देश
साभारः शेखर वाग्लेको फेसबुकबाट

कोरोनाबाट लडिरहेको सन्देस। साथेै पशुपतनाथले मित्रको परिवार सहितको शीघ्र स्वास्थ लाभ गरून् |

अब चाइ ठिक्क हुन्छ कि

मंगलबार १७/०३/ २०२० बेलुका बाट १०२ ज्वरो आयो | टाउको फुट्ला जस्तो दुखेर आयो | पुरै शरीर यस्तो दुख्यो त्यस्तो दुखाइ आज सम्म थाहा थिएन| २ वटा सिटामोल लियेँ केही राहत मिल्यो र् केही समयका लागि सुतेँ| प्यारासिटामोलले छोडे पछी शरीर काँम्न थाल्यो | फेरी ४ घण्टा पछी पुन २ वटा प्यारासिटामोल लियेँ | केही समय फेरी सुतेछु तर शरीर पसिनाले पुरै भिजेछ |

बुधवार १८/ ०३/ २०२०/ करीब २ घण्टा लगाएर NHS111 फोन गरे अपरेटरले फोन उठाईन सबै लक्छ्यण सोधिन र भनिन | कृपया पर्ख म प्रोफेस्नल टिम लाई तिम्रो फोन connect गराई दिन्छु भनिन र करीब आधा घण्टा पछी उन्ले भनिन टिमसँग connect हुन सकेन तिमीले पुन कोशीस गर्नु पर्ने भो भनिन म आफ्नु ६-६ घण्टा मा सिटामोल लिने काम गरी राखेकै थियेँ नत्र शरीर काम्न थालिहाल्ने र ज्वरो १०२-३ पुगी हाल्थ्यो | पुन NHS 111 लाई फोन गर्न करीब १ घण्टा लाईन मा कुरे फोन आँफै disconnect भयो | बेलुका तिर पुन NHS 111 मा फोन गरेँ फोन आधा घण्टा भित्र नै लाग्यो र NHS का स्टाफ ले सबै लक्षण सोधे र घरमा नै अलगै बस्ने ४-६ घण्टा मा २-२ वटा का दर ले सिटामोल ली रहने अधिक्तम झोल पदार्थ खाने सल्लाह दिये अनुसार नै गरियो |

श्रीमति मुन्ना भने ३ दिन अगाडिनै ढले कि थीईन | उन्को र मेरो लक्षणमा भने केही फरक थियो | मेरो त्यती धेरै सुक्खा खोकी थिएन जती धेरै मुन्ना लाई थीयो | मुन्नालाई भने सुरु का केही दिन ज्वरो आयो तर पछी उनिलाई ज्वरो आएन| उनलाई पनि शरीर धेरै नै दुख्यो | यस्तो अवस्था आयो कि तातो पानी उमाल्ने र् दिने मान्छे पनि भएन| बेलाबखत छोराले चिया तातो पानि दिने गर्थे | तर उस्लाई पनि शरीर दुखाइ थियो। छोरीलाई पनि टाउको दुखेर सुतेकी थीईन | मुन्नाले लतत्रिदै वर्दै खाना बनाउने काम गरिन | म सुतेको सुतेको नै भये । मेरो ज्वरो घट्ने नाम नै थिएन | सिटामोल ४-६ घण्टामा लिराखेकै थिँए | मुन्नाको खोकी रोकिन कुनै लक्षण देखिएको थिएन धेरै खोकीले गर्दा उनको छाती पनि धेरै दुख्यो |

शुक्रबार २०/ ०३/ २०२० मा पुन NHS 111 दुई घण्टा लागएर फोन गरे र् NHS सँग मैले मलाई covid १९ को टेस्ट गराउन अनुरोध गरे तर उन्ले मेरो लक्षण सोदिन र् पुरानै सल्लाह दीईन् | मैले मलाई सास फेर्न गाह्रो छ भने | त्यती भन्दा उन्ले खोकी पनि छ भनेर सोधिन, मैले छ भने | उन्ले फोन मै ज्वरो नाप्न भनिन मैले तुरुन ज्वरो नापे ज्वरो १०२ देखियो | त्यस पछी उन्ले मलाई सोधिन के तिमी लाई Ambulance चाहिन्छ जस्तो लाग्छ ? मैले भने मलाई चाहिन्छ किन कि म सुगर को Blood pressure को बिरामी हुँ | आधा घण्टा पछी ambulance आयो | मेरो सुगर लेवेल हेरे ओक्स्क्सिजन लेबल हेरे Blood pressure चेक गरे ज्वरो चेक गरे ज्वरो १०२ देखियो | छाती चेक गरे छाती चेक गर्द Look like corona symptom भने | हामी तिमीलाई ह्सस्पिटल चै लादैनौ | NHS कै instruction follow गर्न भने र् उनिहरु गये|

मुन्ना ले घरमा ऊपलब्ध बिभीन्न जडिबुटी ( हर्दि ज्वानो सुठो जेठिमधू कागती कपूर फिट्किरी आदी ) को तातो पानी बनाउदै पिऊँदै गरिएकै थियो | अन्य गेडागुडि तथा कुरिलो को झोल आदी बानएर खाने काम गारियो | त्यो अबधी मा मासु खाने काम गरिएन | झोल पदार्थ ३-४ लिटर चै खाईयो होला |

आज मुन्नाको १८ दिन भये छ | अहिले उन्लाई धेरै ठिक | तर

पनि उन्को खोकी पूर्ण ठिक्क भएको छैन | टाउको दुखि राखेकै छ| शरीर सिथिल छ | आशा गरौँ समय लाग्छ होला पूर्ण रुप मा स्वस्थ हुन लाई | मेरो १४ दिन भयो ३ दिन अगाडि देखी ज्वरो आउन छोडेको छ | mild cough मात्र छ | शरीर थकित छ | शरीर दुखि राखेको छ | समय त लाग्छ होला सबै स्वस्थ हुनलाई।

यस्तो खालको अवस्था धेरैको घरमा परेको होला । आफ्ना आफ्ना अनुभबहरु सेयर गरम | जस्ले अरु लाई पनि यस्तो अवस्था परीहाले ब्यवस्था गर्न सजिलो होस् | हस्पिटलले तपाईंलाई धेरै नै सिरियस भये ( सास फेर्न गाह्रो ) मात्र हेर्छ | त्यसैले यस्तो अवस्था आउएमा तपाईं को आफ्नो ब्याबस्थपन नै महत्वपूर्ण हुन्छ अहिले को अवस्था मा| बेलायति सरकारको निर्देशन् अनुसार चलौँ | अत्मा बल लाई कम्जोर नबाउ | कसैलाई रुखा खोकी ज्वरो छ भने अरुको घरमा नजाउ तथा सामाजिक कार्यमा ( विवाह आदि ) सरीक नभैदिउ | हल पनि हामी isolation मै छौ |

यो अबधीमा मैले महाभारत भागवत् गीता हेरेँ | हीन्दी नेपाली गीत सुने नेपाली idol हेरे हीन्दी गजल सुने आदी आदी | यसै गरी दिन काट्ने काम गरियो |

सोहन जि र् मनोज (सालो )ले घरमा आबस्यक् पर्ने औषधी तथा घारयसि समान किनेर ढोका मा राखि दिनु हुन्थ्यो र् ढोका खोलेर लिने काम गरिन्थियो | आफन्त र् साथी भाई हरुले बिहान् बेलुकै फोन गरेर स्वास्थ अवस्था सोध्नु भयो | हिक्मत का साथ् काम लिना सल्लाह दिनु भयो | उहा हरु सबै लाई धेरै धेरै धन्यवाद दिन चाहनछौ |

लण्डन

३१/ ०३/ २०२०

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.