Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
एन.आर.एन. अपनत्व
भूमिकाः
अहिलेको गैर आवासीय नेपाली संघ (एन.आर.एन.) प्रमुख रूपले नेपाली डायस्पोराको संगठन हो । डायस्पोरा र प्रवासी नेपालीहरूलार्इ एकजुट पार्ने र दुख–सुखका सहयोगी हुनका साथै नेपालीहरूको ब्यक्तित्व र नेपाली समाज विकासको योजनाकार एवं ब्यवस्थापकका रूपमा यो संगठन स्थापित हुनुपर्दछ । प्रवासी नेपालीकोलागि यो संगठन अहिले सहायक रूपमा मात्र देखिएको छ । भविष्यमा यो प्रवासी नेपालीहरूको संगठन नै हुने छ । तर, साधारण डायसपोरा र प्रवासी नेपालीले यसलार्इ आफ्नो संगठनका रूपमा महसुस गर्न सकेका छैनन् । यस संगठनलार्इ पैसा कमाएका देश बाहिर बस्ने केही नेपालीहरूको क्लबका रूपमा अनुभूति गरेको भनाइ यत्रतत्र नेपालीहरूबीच सुनिन्छ ।
नेपाली समाजसंगको सामिप्यता, नियास्रोपना र मात्रीभूमि विछोडको पीडा बोकेको विदेश बस्ने समुह "नेपाली डायस्पोरा" हो । विदेशमा बसेको नेपाली मुलको आगामी पुस्ता प्रवासी (इमिग्रेन्ट) हुने छ । प्रवासी नेपालीको नेपालसंगको लगाव डायस्पोराको जस्तो हुनेछैन् । डायसपोराको जस्तो पूर्ण घर नेपाल र ओतलाग्ने छहारी विदेश भएजस्तो प्रवासीले नेपाल घर महशुस गर्ने छैनन् । उनीहरूले त बढिमा नेपालमा आधा घरसम्म अनुभूति गरे पनि बढि नै मान्नु पर्ने हुन्छ । हाम्रा पन्ध्र पुस्ता अघिका पुर्खा कहाँबाट नेपाल पसेका थिए के हामीले त्यो पुर्ख्यौली थलोसंग नाता गाँसेका छौ ? छैनौ । त्यसैले प्रवासी नेपालीको नेपालसंगको सामिप्यता दीर्घकालसम्म जोड्ने कडी अहिलेको डायसपोराले मिलाउन जरूरी छ ।
नेपालको संविधानको धारा ३ले डायस्पोरा र प्रवासी दुवैथरि नेपालीलार्इ "राष्ट्र"का रूपमा पहिचान गरेको छ । जबकि नेपालको भूभाग भित्र बसोबास गर्ने नेपाली समुदायलार्इ "नेपाल राज्य"का रूपमा पहिचान गरेको छ । यस अर्थमा नेपाल अव मेचीदेखि महाकालीसम्म मात्र होइन सातसमुन्द्र पारिका देशसम्म फैलिएको छ । यो नै 'राष्ट्र' र 'नेपाल राज्य' बीचको फरक हो । संविधानको धारा १४ ले ब्यवस्था गरेको गैर आवासीय नेपाली "राष्ट्र" अन्तर्गत पर्छन तर नेपाल राज्य अन्तर्गत नेपाली नागरिक मात्र पर्दछन् । नेपाल राज्यका नागरिकहरूमा नागरिक अधिकार अन्तर्निहित हुन्छ भने गैर आवासीय नागरिकलार्इ सुविधामात्र प्राप्त हुनसक्छ । यस अर्थमा हेर्दा गैर आवासीय नागरिकताधारी ब्यक्ति नेपालका नागरिक भने होइनन् र उनीहरूलार्इ राज्य (नेपाल)ले केही सुविधा भने दिनसक्ने प्रावधान छ । त्यसैले धारा १४ को ब्यवस्था दोहोरो नागरिकताको ब्यवस्था होइन भन्ने बुझ्न जरूरी छ ।
एन.आर.एन.ले उठाउँदै आएको एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालार्इ धारा १४ले सम्बोधन गरेको छैन् । भविष्यका प्रवासी नेपालीको लागि मात्र उक्त धाराले सम्बोधन गरेको छ । सधैको नेपाली हुने चाहना डायस्पोरा तथा नस्टाल्जियाको प्रतिबिम्ब पनि हो । यसलार्इ उग्र राष्ट्रबाद र परम्पराबादी संकीर्ण सोंचबाट हेरेर सम्बोधन गर्न सकिंदैन । सधैको नेपालीको प्रसंग गर्दा भारतको खुला सिमाना देखाएर सवै भारतीयले देश भरिन्छन् भन्ने डर देखाएको पनि पाइन्छ । भारत र नेपाल दुवै देशका नागरिकलार्इ दुवै देशमा बस्ने, पस्ने र ब्यवसाय गर्ने अधिकार पुराना सन्धीले नै दिएको परिप्रेक्षमा कागजकै लागि मानिस नेपाल बस्ने भए त पन्ध्र वर्ष पहिला नेपाल छिरेर अंगिकृत नागरिता बनाइसक्ने थिए । कागजले मान्छे छिराउने होइन छिरेकालार्इ नागरिकताको कागजले ब्यवस्थित गर्ने हो । विदेशको नागरिकता लिंदा नेपालको नागरिकता खारेज हुनुहुँदैन भन्ने अर्थात सधैको नेपाली भैरहन पाउने चाहनाले अन्य विदेशीलार्इ नागरिकता दिने अर्थ कदापी दिंदैन । यस ब्यवस्थाले त नेपाली डायसपोरालार्इ प्रवासी नेपालीको नेपालसंगको नातो–सम्बन्ध जोडिराख्ने ब्यवस्था गर्न सहुलियत दिने मात्र हो । नेपालीका सन्ततिको सम्बन्ध नेपालसंग जोडेर राख्दा नेपाललार्इ सधै नै फाइदा नै हुनेछ ।
गैर आवासीय नेपाली संघको वेवसाइट https://nrna.org खोल्यो भने पहिलो पेजले यो त उपकार (च्यारिटी) संगठनको वेवसाइट हो कि भन्ने झल्को दिन्छ । उपकार कार्यमा संलग्न भएका फोटोहरूले पहिलो पेज नै झल्झलाकार छ । उपकारमा संलग्न हुनु अति उत्तम हो । उपकार गर्नु राम्रो हो तर यो संगठनको उद्देश्य उपकार भन्दा बढि अरू नै हुनुपर्ने हो । उपकार क्रियाकलाप त संगठनको मुख्य काम नभएर सहायक समितिको एक साखा कार्यक्रमका रूपमा मात्र हुनुपर्छ ।

निर्वाचनः
विभिन्न देशमा अहिले यस संगठनको निर्वाचनको लहर चलेको छ । तर, कुनै पनि देशमा सर्वसाधारण नेपाली डायसपोरा र प्रवासीले आफ्नो संगठनको रूपमा अंगिकार गरेको देखिंदैन । यही अवस्था बेलायतमा पनि छ । यसो हुनुको पछाडि संगठन ढांचा र सहायक रूपमा सदस्यता समिप्यता जोड्ने कडीको अभाव नै मुख्य कारण देखिन्छ । संगठन बन्नु र विस्तार हुनु पहिलो आवस्यकता करिब पुरा भएको छ र यसको विस्तार हुँदै जानकालागि सदस्यहरूबीचको सामिप्यता र आफ्नोपन जगाउन अति नै आवस्यक छ । देश विदेश मिटिङ गर्न खर्चिलो यात्रा र फुरसदको समयको अभावले गर्दा यो संगठनका गतिविधि सानो समुहबीच मडारिएको छ । यसमा सुधार गरेर सवै डायसपोरा र प्रवासीबीच यो संगठन पुग्न जरूरी छ ।
सवै डायसपोरा र प्रवासीबीच यो संगठनलार्इ विस्तार गर्न र अपनत्व जगाउनका लागि सदस्यता पद्दतिमा हेरफेर गर्न जरूरी छ । अहिले यो संगठनको सदस्यता बन्ने प्रकृया नेतृत्व चयनमा सकृयता जनाउँदा मात्र हुने गरेको छ । सदस्यता शुल्क उम्मेदवारले तिरेर सदस्य बनाउने प्रचलन बसेको छ । तर, यो संगठनको मर्म र भावना भन्दा यो प्रचलन ठीक उल्टो रूपमा चलेको भन्न सकिन्छ ।
धरै जसो मुलुकमा नेपालीहरूका थुप्रै संगठनहरू बनेका छन् । त्यस्तासंगठनहरूलार्इ मालादार कडीका रूपमा जोडेर डायस्पोरा र प्रवासी नेपालीहरूलार्इ संगठित पार्ने र परिचालन गर्ने अनि राष्ट्रका रूपमा रहेको नेपाली समाजलार्इ एक ढिक्का बनाउने र छाता संगठनको भूमिका यस संस्थाले गर्ने संगठन ढाँचा बनाउनु अहिलेको आवस्यकता हो । यसको गतिविधि भविष्यमा नेपाल राज्यको भन्दा बढि पनि हुनसक्छ भन्ने कुरामा हामी सचेत हुन जरूरी छ । यसको लागि इजरायल राष्ट्र सन् १९४८मा खडा हुनुभन्दा पहिला त्यो राष्ट्र बनाउने समुहको राष्ट्रबाद र संगठनकला मनन गर्न सकिन्छ । त्यस समयमा उनीहरूको राज्य थिएन तर राष्ट्र थियो । राष्ट्र थियो र राज्य बन्यो । नेपालका अहिलेका नेता र छिमेकी प्रभाव देख्दा यस संस्थाले भविष्यमा इजराइलको सिको गर्नुपर्ने बाध्यता नबनोस भन्ने चाहना हुन्छ तर त्यस्तो बाध्यता नै भयो भने यस संगठनले पर्याप्त भूमिका निभाउने गरी संगठन संरचनामा सुधार गर्नु पर्दछ ।
नेपालीहरूबीच संगठित संस्थाहरू थुप्रै छन् । ती मध्ये निस्चित मापदण्ड भित्र परेका संगठन नै पदेन सदस्य हुने गरी, त्यस्ता संगठनले लेवीका रूपमा नियमित खर्च बुझाउने र त्यही स्रोतबाट संगठन सञ्चालन हुने पद्दति बसाल्न सकेको खण्डमा यस संगठनसंग सवै डायस्पोरा र प्रवासी नेपालीहरूले अपनत्व महशुस गर्नेछन् ।
 
Name: Phatta Gurung  
Comment: Great article, enjoyed reading it, thank you for sharing.
Date: 9/9/2017 12:00:00 AM
 

12345678910...>>
 
 Comment
Phatta GurungGreat article, enjoyed reading it, thank you for sharing.
Man Prasad Gurungयहाँको अर्टिकल अति सान्दर्भिक र मार्गदर्शक छ।हामी यस आधारलाई लिएर जानू सक्नुपर्छ । यसलाई बुझ्न सक्ने नेतृत्व हामीलाई चाहिएको छ।मेरो पुर्ण समर्थन यस्तो नेतृत्वमा आवस्य रहनेछ । अन्तमा राम्रो अर्टिलको लागि हार्दिक धन्यवाद सरलाई !
Bryan Hitan MagarGood article. Want to have big discussion. Out of 53 candidates i know 40 of them. Yes it is as you have said rich man's club. there is worsening situation . there should be free voting without being registered/buying membership. and the candidates fee should not be more than 100£.
Mahendra KCधन्यवाद गोविन्द सर, मलाई पनि खट्केको कुरा हो अपनत्वको लागि सदस्यता वितरण प्रणालीमा सहजता ल्याइनु पर्छ । सांगठनिक विस्तारको लागि संस्थागत र क्षेत्रगत तहबाट प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ । Agreed! अरु धेरै गहन कुराहरु पस्किनु भएको छ । NRNA मा यहाँ लगायत सबै प्रवुध्द वर्गले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु जरुरी छ।
Chhabi ThapaThank you so much for your kind information. I like it. Have a nice weekend!
Raju Ranaयहाले आफ्नो अमुल्य समय खर्च गरेर सबैलाई राम्रो बुज्ने जानकारी दिनु भयको मा हिर्दया देखि नै मुरी मुरी धन्यबाद छ ! हजुरको आउने सबै दिन हरु शुभ रहोस ! भगवान सधै साथ मा रहुन !
Kanya Prasad GurungNRNA MA PAISA KHARCHA NAGARUM HOLA GOVIND JI
Nabin AcharyaThank you very much for your very informative and comprehensive mail. I agree with your spirit towards a dynamic association dedicated to issues and agendas of genuine migrant Nepalese. But unfortunately I don't see any time soon it's happening. I wish you all the best and thanks once again for your message.
Santa LamichhaneThank you for Good Article !
Muchhetra GurungI enjoyed and agree most of the facts with you.
Kedar Sunuwardarho chha . balla bujhlaan ki
Chitra PunWell said about NRN. I couldn't agree with you more.
Badri Siwakotiतपाई को सुझाबको म सम्मान गर्दछु. आस गरौ . सोचेजस्तो भैदेला
Khagendra Nepaliमनन योग्य अालेख, धन्यवाद
Ajay Thapaसर धेरै राम्रो लेख |मलाई पनि अहिले सम्म यो सस्था नाम र दाम कमाउने भाडो लाग्छ | तपाईले भने जस्तो हुनु पर्ने हो खासगरी |धन्यवाद लेखको लागि
Dhak GurungVery nice article, this is exactly what NRN should be!
ShobhrajNamaskar & thank you for your article. It is just to say I agree with your sentiment and the plan.
Rudraसमसामयिक बिषयको ईमेलको लागि धेरै धेरै धन्यबाद। केही समय आगाडि देखि मेरो भित्रि मनले पनि यही कुरो खेलाई रहेको थियो। जुन आज तपाईंको ईमेलमा पनि पढ्न पाईयो। अझ मैले त साथीहरुसंग एन आर एन ए भन्ने पदावली या संगठनको नाम नै संशोधन गरेर "नेपलीज नेशनल ओभरसीज" भन्ने अबधारणा अघिसारेको थिएँ। सायद केही हप्ता आगाडिको मेरो फेशबुक टाइम लाइनमा अझैं पनि देख्न सकिन्छ। गोबिन्द बेलबासेजीको यो तपशिलका हरफहरुमा म सोर्है आना सहमत छु। जुन हरफहरुको ईमेल अंश जस्ताको तस्तै पुन उदृत गरेको छु: "नेपालीहरूबीच संगठित संस्थाहरू थुप्रै छन् । ती मध्ये निस्चित मापदण्ड भित्र परेका संगठन नै पदेन सदस्य हुने गरी, त्यस्ता संगठनले लेवीका रूपमा नियमित खर्च बुझाउने र त्यही स्रोतबाट संगठन सञ्चालन हुने पद्दति बसाल्न सकेको खण्डमा यस संगठनसंग सवै डायस्पोरा र प्रवासी नेपालीहरूले अपनत्व महशुस गर्नेछन् । त्यसैले सवै उम्मेदबार तथा पदाधिकारीहरूले सवै डायस्पोरा र प्रवासी नेपालीले अपनत्व महशुस गर्ने संगठन ढाँचा बनाउन पहल गर्नुहुने छ भन्ने भावनामा अहिलेको निर्वाचन केन्द्रित रहोस् ।"
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.