www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
डायसपोरा साहित्य समाचार
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

देश बोक्नुको पीडा

 दया कृष्ण रार्इ

बेलायती आँगनमा गेार्खाली सुवास

 सुवसित आचार्य

श्लेष्मान्तकको सम्माङ्

 Govind

पात्रहरूसँग एक साँझ

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Bijay

सुन्तली

 Govind

देश बोक्नुको पीडा

 बिजय हितान

...891011121314151617

मूल्य Price: £ 5
कवितासङ्ग्रह
शिविरमा र्इश्वर
Writer: जानुका काम्बाङ लिङ्देन

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
 
Review:
Name: बिजय हितान
Comment: शिबिरमा इश्वर' मा बातावरणीय साहित्यको फ्लेभर

बिजय हितान

आजकाल बेलायत साहित्यको उर्बरा भूमी बनेको छ । रङ्गीबिरङ्गी सिर्जनाका बिरुवा मौलाउनका पछाडि अवस्य नै स्वाक्ष बातावरणको खाँचो पर्दछ नै । अनुकुल बातावरणको परिणाम होला बर्षमा थुप्रै कबिता, गीत, कथा, एलबम, गजल, मुक्तक संग्रह उम्रिरहेका हुन्छन् । याँहा सप्तरङ्गी भावनाका चिल्ला पातले झ्वाम्म परेका कृति उमार्ने महिलाहरुको पनि कमी छैन ।

सन् २०१५ को अन्त्यतिर केही महिनाको फरक पारेर सिर्जनाका बिरुवा भरल्तै पलाए- सुमाया राइको 'अब्यक्त अभिब्याक्ति' र 'छाम सुनाखरी'; करिश्मा घमको 'गुनासो' र 'मुटु'। त्यसैगरी जानु काम्बाङ लिङ्देलको 'अनुभव' र 'शिबिरमा इश्वर' ।

यसको लगत्तै केन्टमा 'अर्थ आवर' पारेर एक बातावरणीय साहित्य गोष्टी आयोजना गर्यौं । विश्व नेपाली साहित्य महासघ र केन्ट कलमको सयुन्क्त आयोजनामा । हाम्रो निम्तालाई स्वीकारेर जानु काम्बाङ लिङ्देल कार्यक्रममा आउने भईन । त्यती टाढा अक्स्फोर्डबाट । हामी नाताले हङ्कङेली हौं । आइडी मा लामो समय हङकङ बिताएर बेलायत पसेका । 'बेल्पाली'का दुइचारवोटा कार्यक्रममा हामी ठोक्किसकेका थियौ । जानुले 'दाई म पनि कृति निकाल्ने वाला छु' भनेको अस्तिजस्तै लाग्छ । हिंज जस्तो त हुलाकीले 'शिबिरमा इश्वर' ख्वात्त घरमा झारिदियो । ब्यस्तताले कृति बिमोचनमा भने सहभागी हुन सकेको थिइन ।

त्यति टाढाबाट कार्यक्रममा आउने चेलीलाई गुन लगाउँछु भनेर उनको कृतिमा समीक्षात्मक टिप्पणी गरिदिने वाचा गरें । अनी त 'शिबिरमा इश्वर'लाई चिरफार गर्न लागेँ ।

प्रबासमा रहने कबिले गाउँघरलाई सम्झेर कबिता नलेखेको बिरलै हुन्छन् । गाउँघरसङ्गै उसको बाल्यकलापनि जोडीएको हुन्छ, अनि देश छोड्नुको पीडा पनि । जानुको यस कृतिमा पनि यस्ता नोस्टलजिया पाईन्छन नै । उनी एक सामाजिक प्राणी र परिवार सम्हालेर जिएकी कबी परीन । त्यसैले समाजको चिन्ता र परिवारको कथा उनका कबिताले नपोख्ने त कुरै भएन । उपरोक्त बिषयहरु समाबेश हुनु टिपिकल डायस्पोरिक साहित्य हो भनेपनि हुन्छ ।

तर मलाई अरुभन्दा पनि जानुका कबितामा लुकेका अर्कै बिशेषताले ध्यान आकर्सित गरायो । ति थिए बातावरणिय समस्या र प्राकितिक सौन्दर्यताका बिम्बहरुको प्रयोग । बातावरणिय साहित्यमा कलम चलाऊन रुचाउने म, उनका कबितामा इको राइटिङको गन्ध पाएपछि झनै घोत्लिएर पढन थाले । ५३ वोटा कबिता समेटिएको कृतिमा एक दर्जन जती कबितामा पर्याबरणीय रङ पोतिएका छन । बादल उड्छ, मन सुसाउँदा, शिरमाथि मृत्यु, झरेको पात, सप्तकोशीको कथा, आकाश ठुस्किएपछि इत्यादी सिर्सकका कबिताहरु केही यस्ता उदाहरण हुन ।

सिङो आकाश अँटाए झैं
आफ्नो आँचलभित्र भाइभाइ अटाए हुन्थ्यो नि
घनघोर बर्षा गराएर बगाए हुन्थ्यो
अहम, लोभ, लालच र इर्श्या
बिनाश रोकेर बिकासको दीप बाले हुन्थ्यो

यसरी उनी 'बादल उड्छ' सिर्सकमा आकाश र बादल जस्ता बातावरणीय बिम्ब प्रयोग गरेर मिलेर जुटेर बस्नु भन्ने एक सन्देशमुलक कबिता पस्किएकी छिन ।

'मन सुसाउँदा' कबितामा मायालुसँग बिछोड हुनुको पीडा यसरी पोखेकी छिन-

खोला सुशाएको साँझ
मैले सम्झिरहें तिमीलाई
अनी उही खोलाको किनारमा
सँगै बसेर धेरै पहिले गरेका बाचा

'शिरमाथि मृत्यु' सिर्सकले इको राइटिङका 'पात', 'बाढी' जस्ता शब्द सम्योजन गर्दै गत बर्ष भुकम्पले सखाप पारेको गामबस्तिहरुको करुण कथा सुनाएकी छिन ।

नझरेर चुपचाप उभिदिए हुन्थ्यो नि
रुख पातहरु डाँडामाथि नै
नबगाएर चुपचाप छडिदिए हुन्थ्यो नि
बाढी पहिरोले गाउँ बस्तिहरु

'झरेको पात' सिर्सक कबितामा प्रकृतिको सुन्दरतामा ह्रास आएको चित्रण पाईन्छ । तलको एक स्लोकमा पात झरेपछि बटुवाले किल्चन्छन र अस्तित्वहिन बनाउँछन भनी पर्याबरणीय ह्रास मानिसको दोष हो भन्ने सङ्केत पाईन्छ ।

म एउटा झरिजाने पात
नझरुन्जेल रमाउँछु
बसन्त ऋतुको साथ
गाउँछु म साउनको गीत
नाच्छु बताससँग

त्यसरी नै 'आकाश ठुस्किएपछि' सिर्सकको तलका केही स्लोकले पनि बातावरणीय क्षयको कुन्ठा ब्याक्त गरेको देखिन्छ ।

बुढी प्रकृति अब
कहिले तरुनी हुने भनी
बिलौना गाउँदैछ
सम्झेर न्याउली चरी एक्लै बनी

भनिन्छ यस सुन्दर पृथ्वी र प्रकृतिलाई इश्वरले रचेका हुन । पृथ्वीको बातावरण मानिसको अतिक्रमणले प्रदुषित र प्रकृति बुढी हुँदै गएकोछ । माथिका ती कबिता पढदै जाँदा जानुले इश्वरलाई शिबिरमा उब्ब्याएर पृथ्वीको बातावरण जोगाउन न्याए माग्दैछिन जस्तो भान हुन्छ ।

तर 'भिखारी इश्वर', 'बार्पाकको कथा' र अन्य अरु कबिता पढिसकेपछि लाग्छ कृतिको सिर्सकले अर्कै कुरा इङ्कित गरेको छ । भुइँचालोले बिचरा धेरै नेपालीलाई अस्थाइ सिबिरहरुमा बसालेपछि उनले 'हे इश्वर ! यो त न्यास संगत भएन नि !' भनी इश्वरलाई यस धरतिमा झारेर अनुनय बिनय गर्न खोजेको देखिन्छ । उनलाई कबिता कोर्ने बेला भुइचालोको बेदना मुटुमा फालिजस्तै गाडीएर आएको हुनपर्छ ।

भुइचालोलाई बिषयबस्तु बनाएर कतिले कथा लेखे कतिले गीत गाए । कसैले फिल्म बनाएर पर्दामा देखाए त कसैले आफ्नै हातले राहत बितरण गरे । कयौंले भत्केका र ढलेका द्रिश्य क्यामरामा क्याप्चर गरे त कयौंले क्यानभासमा रङ्हरु पोते । जानुले पनि अन्य साहित्यकारले झै भुइचालोको ब्याथा कलमको साथले यि कबिताहरुमा पोखेकी छिन ।

तर मलाई समग्रमा लाग्यो उनको कृतिले भुइचालोले पुरेको कथा मात्रै बोलेको छैन, पर्याबरणीय साहित्यको रङ पनि पोतेको छ ।

मार्च १९ तारिख बातावरण साहित्य गोस्टिको दिन । उनी उपस्थित भइन कार्यक्रममा । मैले 'बातावरणीय साहित्य र यसको महत्व' शिर्षकमा एक कार्यपत्र पेश गरेँ । त्यसपछि उनको कृतिको इको पक्षमा केन्द्रित रहेर समीक्षा गरिदिएँ । यतिधेरै कबिताहरुमा बातावरणीय फ्लेभर पाइएको था पाएर उनी नतमस्तक परिन ।

मैले उनलाई भने- समालोचकको दृष्टिकोण आआफ्नै हुन्छन् ।

मलाई लाग्यो- जानुका ती कबिताहरु बातावरणीय इस्सुले सचेत भएर भन्दा पनि स्व:स्फुर्थ ढंगले जन्मेका हुन ।

मेरो चाहना- जानु जस्तै अन्य धेरै बातावरणीय साहित्यकार जन्मुन ता कि अलिकति भएनि नेपाली समुदायमा जलबायु परिवर्तन र बातावरण सम्रक्षणप्रति जागरण आउन सकोस ।

२०७३ बैशाख १२ - प्रथम महाभुकम्प बार्षिकि

bryanhitan@hotmail.com

Date: 4/30/2016 12:00:00 AM

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217