Govind Belbase
<April 2025>
SuMoTuWeThFrSa
303112345
6789101112
13141516171819
20212223242526
27282930123
45678910
मेरा तीन थरीका जन्म दिन
–गोविन्द बेल्वासे

मेरा तीन थरीका जन्म दिन

> अंग्रेजी संस्कृतिमा जन्म दिन (बर्थ डे)को निकै ठूलो महत्व छ। अहिले त नेपालमा पनि जन्म दिनलाई महत्व दिने र विभिन्न तरिकाले मनाउने परम्परा बढिरहेको छ। पुर्वीय तथा हिन्दु संस्कृतिमा जन्म दिनमा अष्ट चिरञ्जिवीहरुको पुजा गरेर मनाउने परम्परा थियो। तर, अहिले नयाँ पुस्तालाई अष्टचिरञ्जिवीका बारेमा थाहा नै छैन भने केक काटेर जन्मदिन (वर्थ डे) मनाउने चलन व्यापक भएको छ। बर्थ डे मनाउँदा भेटघाट रमाइलो हुने एक पक्ष छ भने व्यापारिक सम्वन्ध विस्तार गर्न पनि यस्ता अवसरले मौका मिलाइदिने गर्दछ। खास गरेर व्यवसायीहरुबीच सम्वन्ध विस्तारमा यसको ठूलै महत्व रहने गर्छ।

> हिन्दू संस्कृति तथा ग्रन्थहरुमा हनुमानदेखि असोस्थामासम्मका आठ जनालाई अष्टचिरञ्जिवी मानिन्छ। अष्ट चिरञ्जिवीहरु कहिल्लै पनि मर्दैनन् भन्ने हिन्दु मान्यता छ र उनीहरु अहिले पनि जिवितै छन् भनिन्छ। महाभारतमा असोस्थामाको सन्दर्भ उनका पिता द्रोणाचार्यसँग पनि जोडिएको छ। द्रोणाचार्यको तपस्याबाट भगवान प्रशन्न भएर बरदान माग भन्दा, द्रोणाचार्यले 'चिरञ्जिवी हुन पाउँ' भनेर बरदान मागेका थिए रे। तर भगवानले त्यो वरदान दिन नसक्ने बताउँदै अर्को वरदान माग्न भने। त्यसपछि उनले चलाखी गरेर पुत्रशोक परेमा मात्र प्राण जाओस् भनेर वरदान मागे। उनका छोरा असोस्थामा चिरञ्जिवी भएका कारणले छोरा कहिलै नमर्ने हुनाले छोरा मरेको शोक आफुलाई कहिल्लै पर्दैन र त्यसले गर्दा कहिल्लै मर्न पर्दैन भन्ने उनको चलाखी थियो। भगवानबाट त्यो बरदान पाएका भए पनि महाभारतको लडाईमा द्रोणाचार्य मारिए। असोस्थामा भने अहिलेसम्म पनि जिवित छन् भनिन्छ।

> पाँच पा48डवमध्ये यूधिष्ठिर कहिल्लै झुट नबोल्ने सत्य वक्ता मानिन्थे। उनकै कुराको विश्वासमा परेर पुत्रशोक परेपछि द्रोणाचार्यको प्राण गएको थियो। यूधिष्ठिरले असोस्थामा भन्ने हात्ती मरेको घटनालाई 'मान्छे हो कि हात्ती हो असोस्थामा मर्‍यो' भनेर द्रोणाचार्यलाई भनेका थिए। तर 'मान्छे हो वा हात्ती हो' भनेर यूधिष्ठिरले भन्दा कृष्णले शंख बजाएकोले दं्रोणाचार्यले मान्छे हो वा हात्ती (नर हो वा कुञ्जरो वा) भन्ने शब्द सुनेनन्। उनले केवल असोस्थामा मारिए (हतोहतं) भन्ने शब्द सुनेर उनलाई पुत्र शोक परेपछि उनको प्राण गयो।

> त्यसैले हिन्दू संस्कृतिका असोस्थामा जस्ता आठ जना चिरञ्जिवीहरुको पुजा गर्दा मानिसको आयू बढ्छ भन्ने विश्वास गरिन्छ। तर अहिले अष्ट चिरञ्जिवीको पुजा गरेर जन्मदिन मनाउने विषयमा हाम्रा पण्डितहरु पनि मौन देखिन्छन्। बरु, पण्डितका छोराछोरीको जन्मदिनका दिन गुब्वाडा फुकेर सिंगारिएको कोठामा केक काटेर अंग्रेजी तरिकाले जन्मदिन मनाएको देख्न भने पाइन्छ।

> प्रशङ्ग जन्म दिनको थियो र यो प्रशङ्ग मेरो फेसबुकको जन्म दिनको मितिबाट जन्मिएकोले यहाँ जन्म दिन मनाउने अष्ट चिरञ्जिवीको प्रशङ्ग उठेको हो।

> अहिले मेरा ३ वटा जन्म दिन भएका छन्। त्यसमध्येको तेस्रो जन्म दिन मैले मेरो फेसबुकमा राखेको छु। वास्तवमा फेसबुकमा राखेको जन्म दिन मेरो वास्तविक जन्मदिन होइन। यसो सोँचे, वेलायती जीवनमा मेरो जन्म दिन र ठेगाना जो कसैका हात पर्‍यो भने मेरो सवै अस्तित्व मेटिने गरी षडयन्त्र गर्न जो कोही धुर्त सफल हुन सक्छ। उदाहरणका लागि मेरो बैंक खाता नै बदल्न र इन्टरनेट बैंकिङबाट मेरो खातामा अरुले हस्तक्षेप गर्ने सम्भावना हुन सक्छ। त्यसैले मैले मेरो फेसबुकमा मेरो वास्तविक जन्मदिन राखिन। तर फेसबुकमा राखिएको मेरो झुटो जन्मदिनका दिन फेसबुकमा जन्मदिनको शुभकामना पढे पछि यस विषयमा अव केही लेख्नु पर्छ भन्ने भावना जाग्यो। त्यो मेरो फेस बुकमा मलाई जन्म दिनको सुभकामना लेख्नेहरुले, मैले कुनै प्रतिक्रिया नदिएको देखेर, अचम्म पनि मानेका छन् होलान्।

> मैले भने यति हुँदाहुँदै पनि यस्ता सामुदायीक साइट, अर्थात जो कसैलाई मेरो जन्म दिन थाहा हुने सम्भावना रहेको अवस्थामा वास्तविक जन्म दिन राखेर आफै माथि संकट निम्त्याउनु हुँदैन भन्ने विचार पालेको छु। आफ्नो जन्मदिन आफ्नो ठेगाना, आदि आफ्ना गोपनीय तथ्याङ्कका भरमा हाम्रो गोपनीयता जोगाउन सकिएन भने आधुनिक जनजीवन संकटमा पर्न सक्ने सम्भावनाका बारेमा वेलायतवासीलाई बैंंकहरुले फोनमा सोध्ने सेक्यूरिटी प्रश्नबाट अनुमान लगाउन सकिन्छ। यो मेरो तेस्रो जन्म दिनको आवश्यकता र महत्वको विषय हो।

> अव मेरो दोस्रो झुट जन्म दिनको कुरा बताउँछु। यो दोस्रो जन्मदिन सवैभन्दा बढी प्रयोग हुने गर्छ। मेरो कानूनी मान्यता प्राप्त तथ्याङ्कमा यो जन्ममिति दरिएको छ। सर्टिफिकेटहरु, पासपोर्ट, नागरिकता आदिमा यही मिति छ। यसको आवश्यकता जसरी भयो त्यसैगरी यसको महत्व पनि बढेको छ। यसलाई कागजी जन्मदिनभन्दा पनि ठीकै हुन्छ। यसको आवश्यकता र व्यापकताको चर्चा गर्न नेपालको सर्वोच्च अदालतका दुई पूर्व न्यायाधीशहरुको जन्म दिनको चर्चा उठाउन पनि सकिन्छ। नेपालका जागिरेहरुमा जन्म मिति सच्याएर जागिरे जीवनको फाइदा उठाउने परम्परा व्यापक छ। त्यही क्रममा ती सहोदर दुई भाई रहेका पूर्व न्यायाधीशहरुले आफ्नो जन्म मिति सच्याएका रहेछन्। ती दुई न्यायाधीशहरुको कागजी जन्म मितिअनुसार उनीहरु ७ महिना मात्र जेठाकान्छा छन्। एउटै आमाको गर्भबाट ७ महिनाको मात्र फरकमा दुई बच्चा जन्मने सम्भावना नै छैन। उनीहरु जम्ल्याहा पानि होइनन्। त्यसैले उनीहरुको कागजी मिति वास्तविक होइन भनेर किटान गर्न सकिन्छ। नेपालका कर्मचारीका लागि यस्ता दुईवटा जन्म मिति हुनु सामान्य कुरा हो। एउटा त वास्तविक जन्मेको मिति अर्को चाँहि कागजको जन्म मिति।

> मेरो दोस्रो जन्म मितिलाई कागजी जन्म मिति बनाउन पर्ने एक आवश्यकताले गर्दा मेरा कागजमा वास्तविक जन्ममिति नभएर काल्पनिक जन्म मिति दरिएको हो। मैले पढ्ने स्कूलमा एक जना टिकाराम भन्ने शिक्षक हुनुहुन्थ्यो। यो जन्ममिति उहाँले जुराइदिनुभएको हो। स्कूलको रजिस्टरमा लेखिएको मेरो जन्म मिति अनुसार एसएलसीको परीक्षा दिँदा मेरो उमेर १६ वर्षको नहुने भएपछि उहाँले स्कूलको त्यो रजिष्टर सच्चाएर मलाई परीक्षा दिन पाउने गराउनुभएको हो। तर करिव ६ महिना मात्र उमेर बढाइदिएको भए पनि मेरो उमेरले एसएलसी परीक्षामा सहभागी हुन कानूनी मान्यता पाउने थियो। तर उहाँले त दुई वर्ष नै बढाइदिनु भएछ। त्यसैले अहिले मेरा कागज प्रमाणपत्रहरु अर्थात पासपोर्ट र नागरिकताको जन्ममिति अनुसार म, मेरो वास्तविक उमेरभन्दा दुई वर्ष जेठो छु। त्यसैले मेरो दोस्रो जन्ममिति आवश्यकताले कायम गरेको हो भन्न सकिन्छ।

> मेरो पहिलो अर्थात वास्तविक जन्म मिति भने मेरी आमाले बताए अनुसारको मिति हो। त्यो मिति अनुसार ज्योतिषि बाजेले मेरो चिना (जन्मकुण्डली) पनि बनाइदिनु भएको छ। तर मेरो त्यो जन्मदिनमा मैले केक काटेर जन्मदिन मनाउने गर्दिन। किनकि मलाई यो अरुको संस्कृति चोर्ने मन छैन। म आफ्नो नेपालीपनमा रमाउन मनपराउँछु। जति सम्भव छ त्यत्ति मात्रामा। मेरी आमाले भने हरेक वर्ष मेरो जन्मदिनका दिन अष्ट चिरञ्जिवीको पुजा गर्नुहुन्छ र त्यसको प्रसाद ढिलो चाँडो मलाई दिनुहुन्छ।

> मेरो जन्म मितिका सम्बन्धमा सही साँचो बेहोरा यस्तो रहे पनि मेरो फेसबुकमा भएको मितिका आधारमा मलाई जन्म दिनको शुभकामना दिनेलाई पनि धन्यवाद छ।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.