Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

गोविन्द बेल्वासे
रक्ष राइले उर्जा थप्नु भएको 'रचना गर्भको' बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा 'रचनाको गर्भ' को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले नै जानकारी गराउनु भयो । मैले आफूलाई "रचना गर्भ" को पक्षमा पाइरहेकोले अर्को पक्ष विपक्ष बारे थोरै बुझ्ने प्रयास गर्न मन लाग्यो ।

>सन् १९५७ मा बेलायतमा प्रकाशित गरिएको अमेरिकी लेखक होवार्ड फास्टको 'द स्टोरी अफ लोला ग्रेग' उपन्यासको अन्त्यमा लेखकले छोटकरीमा त्यो रचनाको गर्भको रहस्य खोलेको प्रसंगले गर्दा रचना गर्भको पक्षमा लाग्ने मेरो विचारले र्समर्थन पायो । फास्टले रचनाको गर्भ नाम नदिएर लेखकको नोट भनेर लेखे पनि त्यो रचनाकै गर्भ रहेछ । छुट्टै विधाको रुपमा नआएको भए पनि रचना गर्भ कुनै न कुनै रुपमा प्रचलनमा त रहेकै छ । हुन पनि बीबीसीले अहिले प्रशारण गर्ने गरेको 'डाक्टर हुँ' को कन्पिmडेसियल भनेर बीबीसी-थ्री मा देखाउने विधालाई पनि रचना गर्भको रुपमा लिन सकिन्छ । "रचना गर्भ"को विधाका रुपमा यसलाई अगाडि बढाउने रक्ष र्राईको प्रयास कतिपय अरु स्रष्टाले स्वीकारेको पनि पाइन्छ ।

>रचना गर्भको खुलासाले पाठकको बुझाईको घेरा साँघुरो गराउँछ कि गराउँदैन यकिन भन्न र ठम्याउने बेला पक्कै भएको छैन् । तर माथि उल्लेख गरिएको होवार्ड फास्टको पुस्तकको अन्त्यको नोटमा मैले ज्ञानको चक्षु भेटाएको महशुस गरेको छु । ज्ञानको चक्षु आकारमा सानो वा ठूलो जे भए पनि त्यसले बुझाईको घेरा साँघुरो होइन फराकिलो पार्दोरहेछ । फास्टको उक्त पुस्तकका पात्रहरु काल्पनिक भएको र कथावस्तु कल्पनामै मडारिएको क्षेत्रलाई पाठकले आफ्नो गक्ष अनुसार बुझ्ने र ब्याख्या गर्ने छुट पाएकै छन् । तर, अमेरिकाको 'स्मिथ एक्ट' -कानून) ले अमेरिकी जनतालाई दिएको पीडांको यथार्थ धरातल बुझ्न लेखकको त्यो नोट नपढिकन सम्भव हुँदैन । लेखकले रोवर्ट थोम्सनको वास्तविक घटनाक्रमलाई आधार बनाएर त्यो कल्पना गरेको जुन रहस्य खोलका छन्, त्यसले अमेरिकामा कम्यूनिष्ट र्समर्थन गर्ने जनतालाई सरकारले कति पीडा दिन्छ भन्ने खुलस्त पारेको छ । त्यो रहस्यको खुलासाबाट एउटा कल्पनाको धरातल भन्दा पनि अमेरिकी समाज र अमेरिकी सरकारले जनतामा बाँडेको पीडा छरपष्ट पार्दछ । यो यथार्थले अमेरिकाबासीहरुलाई कम्युनिष्ट विचार राख्न छुट छैन् भन्ने पनि बताएको छ । उक्त लेखकीय नोटले अमेरिकनहरुले बहुदलीय ब्यवस्था अपनाएका छन् भन्ने झूठ प्रचारबाजीको रहस्य पनि खोलेको छ । यदि अमेरिकनहरुले कम्युनिष्ट विचार राख्ने छुट नै पाउँदैनन् भने त्यो कस्तो बहुदलीय व्यवस्था हो - लेखकले आफ्नो लेखकीय नोटबाट अमेरिकाको प्रजातन्त्रको ब्याख्या गर्नेहरुका अगाडि तितो सत्य खुलासा गरेका छन् ।

>आफनो काम गरेर हात मुख जोर्ने एक मजदुरलाई कम्युनिष्ट विचारप्रति सहमत भएकै आधारमा अपराधी ठहर्‍याउने अमेरिकी ब्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था मान्न सकिन्न् । त्यो पुस्तक पुरै पढेर पनि वास्तविकता त्यति प्रष्ट हुँदैन जति लेखकको नोट पढे पछि प्रष्ट हुन्छ । नेपालमा नयाँ संविधान निर्माणको अवसरमा कुनै विचार राख्ने स्वतन्त्रता नदिने अमेरिकी व्यवस्था अनुकरणीय हुन सक्दैन भन्ने बुझाउन लेखकलाई सफलता दिने कृतिका मुख्य अंश पनि लेखकीय नोट नै ठहरिएको छ । कुनै पनि संविधान प्रजातान्त्रिक ठहरिनका लागि त्यो संविधानले नागरिकलाई विचारको स्वतन्त्रता प्रदान गरेको हुनुपर्छ ।

>लेखकले आफूले कल्पना गरेको कथाबस्तुबाट भन्न खोजेको कुरा पुस्तकको अन्त्यमा उनले लेखेको नोटले प्रष्ट पार्दछ । समालोचकहरुले उनका ९० भन्दा बढी कृति मध्ये अमेरिकाका मजदुर वर्गका नागरिकको विचार माथिको स्वतन्त्रता बारे खुलस्त पार्ने सफल पुस्तकका रुपमा उक्त पुस्तकलाई चर्चा गरेका छन् । उनले उक्त पुस्तकबाट नीति निर्माताहरुले संसारका मजदुरहरुलाई कसरी फुटाएका छन् भन्ने पनि जनाएका छन् । उनका काल्पनिक पात्र लोला ग्रेगको पिडाले रोवर्ट थम्पसनको पीडालाई प्रतिविम्ब गरेको छ ।

>रोवर्ट थोम्पसन स्पेनिस सिभिलबारका भेटरान हुन् । अब्राहम लिङ्कन ब्रिगेडबाट लड्दा उनले दोस्रो विश्वयुद्धमा बहादुरी देखाएका थिए । उनलाई थुप्रै तक्माहरु दिइएको थियो । तर, युद्ध पछि उनी अमेरिकाको कम्यूनिष्ट आन्दोलनमा सरिक भए । उनले कम्युनिष्ट विचार बोकेकै कारण अमेरिकाको स्मिथ एंक्ट अर्न्तर्गत उनलाई पक्राउ गरियो । धरौटमा छुटेर पूनः पक्राउ परेपछि उनलाई एकजना कुव्रेसियाका ब्यक्तिसँगसँगै थुनिएको थियो । त्यो कुव्रेसियाको ब्यक्तिले अमेरिकन भक्ति प्रकट गरेको खण्डमा आफ्नो देश र्फकन पर्दैन अमेरिकामै बस्न पाइन्छ भनेर थोम्पसनको टाउकोमा डण्डीले हानेर टाउको फोरिदिएको यथार्थ घटनालाई काल्पनिक घटना बनाएर उपन्यास बनाएको रहस्य उनको नोटले प्रष्ट पारेको छ । यदि उनले त्यो नोट नलेखेका भए कथाबस्तु काल्पना भित्रकै परिधिमा हराउने थियो । लेखकले दिन खोजेको सन्देश पाठक सम्म जति आउनु पर्ने त्यति आउन सक्ने थिएन । अमेरिकाको प्रजातन्त्र भित्रको अध्यारो पक्ष प्रष्ट रुपमा पाठक समक्ष पस्कन सक्ने पनि थिएनन् । शासकहरुले आफनो स्वार्थका लागि हाम्रो समाज विभाजन गरेकै कारण एउटा क्रुवेसियाको मजदुरले अमेरिकाको मजदुरमाथि आक्रमण गरेको हाम्रो समाज भित्रको अन्तरविरोध उनले केलाएका छन् । कु्रवेसियाको त्यो नागरिक जसको थोम्पसन प्रति कुनै रिस छैन । कुनै दुश्मनी गर्नु पर्ने कारण छैन । वर्गिय रुपमा दुवै एउटै वर्गका हुन । मजदुर हुन् । तर अमेरिकी शासकहरु प्रति भक्ति प्रकट गर्ने एक मजदुरले अर्को मजदुरलाई आक्रमण गर्ने यो समाजको विभाजन प्रति श्रमिकहरुलाई चेतना फैलाउने काममा होवार्ड फास्ट सफल भएका छन् । तर त्यो सफलताको श्रेय उनको नोट अर्थात रचना गर्भलाई दिनु पर्ने हुन्छ ।

>आखिर मजदुर आफनो श्रम बेचेर हातमुख जोर्न जहाँसुकै र जुन सुकै देश पुग्छ । उसको राष्ट्रियता भौगोलिक सिमानामा बाँधिएको हुँदैन । त्यसैले एउटा क्रुवेसियाको नागरिकले आफनो श्रम अमेरिकामा बेच्दा महंगो मूल्यमा बिक्ने भएकोले अमेरिकाको भक्तका रुपमा राष्ट्रियता प्रकट गर्छ । तर आफनो बर्गको स्वार्थ भन्दा शासकको स्वार्थमा आफू नाचेको बुझन नसक्दा यो साम्राज्यवादी खेलमा एक मजदुरले अर्को मजदुरलाई मारिरहेको छ । रक्ष र्राई सँग शब्द सापट लिएर भन्ने हो भने एक मजदुरले आफनो राष्ट्रियता त मुटुको रगत संगै लिएर हिडेको हुन्छ । राष्ट्रियताको सिमाना त शासकहरुका लागि शोषण गर्ने माध्यम मात्र बनेको छ । श्रमिकहरुलाई लडाउन एक देशले अर्को देशमा आक्रमण गरेर राष्ट्रियता जनाउने खेल भैरहेछ । साम्रँज्यबादीले इराक र अफगानिस्तानमा पनि श्रमिक र श्रमिकबीच लर्डाई लडाइरहेका छन् । श्रमिकहरुलाई आफूहरुलाई लडाउने शासकहरु विरुद्ध एक जुट हुने चेतना दिन होवार्ड फास्टको लेखकीय नोट रचना गर्भको रुपमा आइरहोस् श्रमजीविलाई चेतना जगाउँदै लगोस् ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.