Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
किबोर्डलाई चिठ्ठी

शिवजी श्रेष्ठ
पृय किबोर्ड बहादुर,

सम्झना

>तिमीले मे १३ मा लेखेको खुलापत्र पाएं । माया लाग्यो, तर कताकता अप्ठ्यारो पनि लाग्यो । माया यसकारण कि तिमीभित्र कति दुःख र पीडा झुण्डिएको रहेछ भनेर । अनि अप्ठ्यारो यस कारण लाग्यो कि त्यस्ता त्रि्रा गुनासाहरु खुलापत्र मार्फत नै किन लेख्नु पर्थ्र्यो र - म सँगै भएको बेला, बेला-बेलामा अड्केर थाहा दिएको भएपनि भइहाल्थ्यो । अरुले थाहा पाए के भन्लान भन्ने लाग्यो तर पनि माफी चाहान्छु । वास्तवमा तिमीहरु जस्तै हामी पनि दुखी र पीडित छौ । साँच्चै भन्ने हो भने, त्रि्रो गुनासो सुनेपछि म त झल्यास्स भएछु, अनि फ्रान्समा राजा लुइ चौधौलाई सम्झन पुगेछु, जो जीवनभरमा तीन पटक मात्र नुहाएका थिए रे । तर उसले त कमसेकम तीनपटक त नुहाएछ, म त लाजमर्दो तिमीलाई घर ल्याएपछि एकपटक पनि नुहाइ दिएको -सफा गरेको) छुइंन । तिमीले त हप्ता-हप्तामा एक पटक भनेका रहैछौ, तर खै यो त्रि्रो जीवनमा त एकपटक भए पनि, धन्य ।

>हुनत किबोर्ड, तिमीले साहै्र राम्रो कुरा सम्झाएका छौ । वास्तवमा तिमीलाई जति सुविधा सहित तयारी हालतमा राख्न सक्यो, त्यति नै मेरो पनि कार्यदक्षता र गती बढ्ने हो नि ! तर के गर्नु - म पनि त नेपाली नै हुँ -जस्तो सिकायो, त्यस्तै सिक्ने । हाम्रा नेताहरुले देश चलाउँदा आफनो मेकानिजम माथि कहिले पो ध्यान दिएका छन् र - जस्तो आफू छ त्यसरी नै चलायो बस । अनि कसरी बढ्छ कार्यक्षमता - देश त त्यसरी चलेको छ भने, तिमीलाई पनि मैले त्यसरी नै चलाउने हो । काम पो लिने हो त, सुविधा र अरु तयारीका कुराहरु त तपसिलका कुराहरु हुन् । फेरि मैले मात्रै हिर्काउने हो र - मैले हिर्काइ सकेको हुँदैन, छोरो बसेर हिर्काउन थालिहाल्छ । अनि, श्रीमतीजीले बजारमा आएका नयाँ-नयाँ चिजको माग गर्न पनि तिमीलाई नै हिर्काउने हो । त्यति मात्र हो र - कहिले त ब्रि्रे- ब्रि्रोस त आफनो हैन क्यारे, के - भन्दै अगाडि खानेकुरा राख्दै हिर्काउने आफन्त र साथीहरु । अनि त म के गरुँ - जबसम्म चल्छ ठीकै छ त भन्दै परम्परालाई पछ्याउनु नै म उत्तम विकल्प ठानेर निरन्तरता दिइरहन्छु ।

>अनि किबोर्ड, तिमीले त आफूलाई दुरुस्त नराखेकोमा मात्रै गुनासो गरेका छैनौ । त्रि्री पियारी माउसलाई मेरो हत्केलाले गम्लङ्ग अंगालो मारेको पनि तिमीलाई चित्त दुखेको रहेछ । तर हेर, तिमीले मलाई गलत नसोँच उसलाई जबर्जस्ती हैन मायाले नै हो हत्केलाभित्र सुमसुमाएर राखेको । हुनत माउसमाथि गम्लङ्ग हत्केलाले अंगालो मारेको देखेर तिमीलाई डाँह हुनु स्वाभाविकै हो । त्रि्रो के कुरा गर्नु माउसलाई खेलाएर सधै त्रि्रो अगाडि बसेको देखेर आफनै श्रीमती पनि शंका गर्छिन् -'खाली कम्प्युटर अगाडि मात्रै किन नि -......'भनेर । अनि तिमीलाई त आफ्नै आँखा अगाडि ग्राहो हुने नै भयो । तर माउसलाई हत्केलाले थुनेकोमा चिन्ता नगर, यदि मैले उनलाई हत्केलाले अंगालो हालेर यता-उता नगरिदिने हो भने त तिमीले आफू रोमाञ्चित हुने मौकै पाउँदैनौ नि ! ऊ त्यसै-त्यसै माउस प्याडमा बसेर तिमीलाई ट्वालट्वाल्ती हेरिरहेको देख्दा झन तिमीलाई निराश बनाउन सक्छ, तर्सथ उनको चलायमान भूमिकामा नै त्रि्रो जीवन छ । त्यसैले तिमीले पनि यसको सकारात्मक पक्ष हर्ेन जरुरी छ । अझ अचम्म त तिमीले आफूलाई फोहोर राखेकोमा चाँहि आपत्ती जनाएका छौ, गुनासो गरेका छौ अनि पाए सम्मको अर्ति उपदेश र सुझाव दिएका छौ, जसरी माघ १९ मा राज्यले र बैशाख ११ पछि नेताहरुको दिने गरेका छन् । तर, तिम्री पियारी माउसलाई उसको डल्लो निकालेर सफाई गरेकोमा चित्त दुखाई गरेका रहेछौ । कता-कता यस प्रसंगमा त्रि्रो चरित्र हाम्रा माथिका पात्रहरुसँग मिल्दो पो लाग्दछ । अरुलाई अर्ति दिनेहरुले आफूमा चाँहि त्यो लागु नगरे कस्तो । ल भैगो, तिमीलाई धेरै मर्माहित नपारुँ, तर यसो चाँहि भनु कि तिम्रो माउसको डल्लो निकालेर सफाइ गरेको कुरालाई बच्चाको न्यापी खोलेर सफा गरेको संझ न है -

>हे किर्बोड तिमीहरुले आफनो फैसलाको ठहर खण्डमा प्रत्येक हप्ता किर्बोड सफाईको आदेश दिएका रहेछौ । त्यो त जायज हो । तर त्यो नभएमा बिना सूचना बन्द आन्दोलनको धम्कीसँगै रोजीरोटी नै बन्द गराउनसक्ने धम्की दिएका रहेछौ । यसमा अर्को पक्ष पनि सोंच । यही बन्द, हड्ताल धम्कीबाट आजित भएर यता प्रवासिकाहरुको अवस्था कस्तो छ भन्छौ भने बल्ल बल्ल हप्तामा एकपटक छुट्टी हुन्छ, त्यसमा आफनो व्यक्तिगत कामलाई त आफ्नै ठाउँमा राख, त्यसभन्दा पर राजनीतिक रंग र सामाजिक संघमा लग्नै पर्ने हाम्रो नियतिमा यत्रो विधि नेपाली संघ-संस्थाहरु छन् । अनि प्रत्येक हप्ता एउटा न एउटा कार्यक्रम त भइरहेकै हुन्छ । त्यहाँ जानै पर्‍यो, कतै भाषण-भुषण, कतै सम्मान, कहीँ बैठक, कही त चुनाव । अनि धेरै जसोमा बार्बिक्यू पार्टर्ीीत्यो त झन छुटाउने कुरै भएन । यस्तो अवस्थामा कसरी गर्ने सरसफाइ - बाँकी दिनहरु त बिहान उठे देखि नै कहिले बच्चाको नाममा, कहिले त बिहान उठेदेखि नै घरको मोरगेजका नाममा, काउन्सिल ट्याक्सको नाममा अनि बिभिन्न बिलहरुको नाममा खटेको खट्यै । अनि हतार हतारमा साँझ घर फर्केपछि देशको सम्झना र चाँसोले फेरि सताइ हाल्छ । देशमा कहाँ के भयो - को हुने भो राष्ट्रपति - को प्रधानमन्त्री - भन्नेदेखि लिएर कसलाई कहाँबाट अपहरण गरेछ - कसलाई कहाँ मारेछ - कहाँ बन्द, हड्ताल छ - अनि कहाँ चाँहि खुलेछ - भन्ने काउकुतीले फेरि तिमीलाई नै हिर्काउन मन लाग्छ । तिमै्र माउसलाई रोमाञ्चित गराउन मन लागि हाल्छ । हो, कम्प्यूटरको बहुउपयोगी पक्षहरु छन् । तर, हामी कम्प्यूटरमा ब्यस्त त हुन्छौ, तर आफनै देशको चिन्ताले, देशकै अवस्थाको जानकारी पाउन फेरि आफुलाई ब्यस्त राख्न थाहा नपाइ नियमित आकस्मिकता भित्र परिसकेछौ, त्यसैले प्रिय किबोर्ड यसमा हाम्रो अवस्था बुझिदेऊ ।

>हो किबोर्ड, तिमी हाम्रो लागि धेरै महत्वपर्ूण्ा छौ, तर त्यसको नाममा धेरै बल्याकमेल र धम्की नदेउ, हामी नेपाली यस्ता धेरै धम्की बल्याकमेलबाट आजित भइसकेका छौ । कुनै न कुनै नाममा, स्कुल कलेज बाटो, कारखाना, कार्यालय, क्षेत्र, अस्पताल बन्दको लामो-लामो अनि डरलाग्दो मार खेपिरहेका हामी जस्ता पीडितहरुलाई अब किर्बोडले पनि 'बन्द' को धम्की दिन थालिसके पछि हामी कति निरीह रहेछौ त - अब त कमसेकम यी परम्पराबाट मुक्त होऔ । हैन भने "मातृभूमिको भार लाग्ला है" भनेर जनतालाई बल्याकमेल गर्नेहरु त अब आफै नै त्यस मारबाट मुक्त हुँदैछन् भने तिमीले पनि धेरै बकबक नगर । हाम्रो देशमा नेता, पार्टी त के जनताहरुलाई समेत सस्तो बनाइसकेको छ भने तिमी किबोर्डको झन के मूल्य - यस्तो वाक्य प्रयोग गर्न परेकोमा दुःखी छु तर त्यो सत्य हो । अनि कम्प्युटाधिकारको कुरा पनि उठाउन खोजेका रहेछौ । तर त्यसलाई बनाउने र हिर्काउने मानवको त अधिकारको मूल्य नभएको सँस्कारबाट आएका हामीलाई कम्युटाधिकारको धमास - यो पनि त्रि्रो गलत अस्त्र भयो ।

>प्रिय किबोर्ड, तिमीलाई मैले कडा शब्द प्रयोग गरे पनि त्रि्रो एउटा संवेदनशिलता बुझ्छु । तिमीले ल्यापटप र डेस्कटपको बीचमा भेदभावको कुरा उठाएका रहेछौ । त्यो साह्रै सामयिक छ हाम्रो लागि पनि, तर त्यो प्राकृतिक कुरा पनि तिमीले बुझ्नु पर्छं । आफ्नो काखमा बस्नेको र डेस्कमा वस्नेको माया पनि एउटै हुन्छ त - हाम्रो अवस्था पनि त्यही हो, प्रत्येक क्षेत्रमा आफनो र पर्राई छुट्टयाउने नाताबाद र कृपावादको कुचक्रबाट पीडित हामी तिमीसँग त्यो हकमा सहमत हुनसक्छौ । हामी पनि तिमी जस्तै सबैमा समानता हुनर्ुपर्छ भन्ने कुरा कै पक्षपाति हौ । आफ्नो र अर्काको बीचमा एउटै समान ब्यवहार हुनर्ुपर्छ भनेर जुन दिन हाम्रो देशमा एउटा स्थायी प्रणाली बस्ला, त्यसै दिनदेखि तिमीहरुमाथि पनि समान ब्यवहार गरौला अहिलेलाई धैर्य गर । किनकि अब त हाम्रो देशमा पनि प्रणाली नबस्ला भनेर भन्न सकिन्न । अब त हाम्रो देशमा पनि संविधानसभाको निर्वाचन भइसकेको छ । जसबाट जनता आफैले रोजेका जनप्रतिनिधिहरुले नै आफनो संविधान बनाउँदैछन् । अनि सबैलाई एउटा स्थायी प्रणालीमा आबद्ध गराउने यस प्रणालीले सबै कुरा निश्चित गरे देशकै हालत के भएछ थाहा पाउन पटक-पटक तिमीलाई हिर्काई रहन पर्दैनथ्यो । किनकि जे भएको होला, राम्रै होला र जे हुन्छ राम्रै हुन्छ भनेर नेपाली समाचारहरुमा 'अनलाइन' तिर मात्र हैन, अन्य रचनात्मक कार्यतिर पनि ध्यान जाँलान् र हाम्रा पनि दिन आउँलान अनि हामी सँगसँगै त्रि्रा पनि दिन आउँलान् । त्यसको लागि कमसेकम पनि २०१० मे २८ सम्म धैय गरी बस्नु है । बाँकी भरे भेटमा भनौला ।

उही

> तिमीलाई सधै-सधै आफनो ठान्ने

> हिर्काजी

>.................................

किबोर्ड भतिजलाई कलम काकाको जवाफ

भतिज किबोर्डबुढा कलम काकाको आशिर्वाद

भतिजको रोमान्टिक पत्रले गर्दा आफ्नो पुरानो निगालो बैंश सम्झेर कता कता काउकुती लागिरहेछ । यस्तै हो भने तिमिले अपुताली खान नपाउलाउ कि ! लौ फेरि फेरि पनि माया नमारे है बाबु, मेरो नया बुहारी -माउस) लाई पनि संझना छ रे भनिदिनु है ।

मान्छेको छातीमा टेक्ने त्रि्रो रहर चाडैं पुगोस यही मेरो आशिर्वाद छ ।

उही बुढो काका

>कलम
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.