Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
भूतको यूद्ध
भूतको यूद्ध


Listen
–Govind Belbase

यूक्रेनमा यूद्ध घमासान भएर बारूदले ध्वांश मच्चाइरहेको छ ।


यूरोभिजन साङ्गीतिक प्रतिस्प्रधा २०२२मा यूक्रेन देशको प्रतिनिधत्व गर्यो र प्रथम पुरस्कार जित्यो । उक्त सहभागिता यूद्ध साहित्य भनेर बुझ्न मन लाग्छ । बीर रसको प्रतिरोध विरूद्धमा सृङ्गार रसको हतियार पनि बन्न सक्छ । म भने टिभीको स्क्रिनमा फूटबल क्लबहरू बीचका गोल ठोकाठोका युद्ध भन्दा बढि सङ्गीतका प्रतिस्पर्धा मन पराउँछु । बारूदको यूद्धले तर्साउँछ तर मञ्चमा लड्ने योद्धा पो मन पर्छ । न सवै यूद्ध मन पराएर लडिन्छन्,नत बाघ र हरिण बीचको यूद्ध टारेर टारिन्छ । मान्छे बाघप्रति टिठ मान्छ र बाघ संरक्षणको अभियान चलाउँछ । तर, बाघ बाच्न अर्को प्राणिको ज्यन जानु पर्छ । हिंसा तथा अर्को प्राणिको नास पनि मान्छे मनपराउन बाध्य छ ।


बेलाबखत नाति र मेरो बीचमा पनि यूद्ध चल्छ । स्पेशको स्पिकरमा बसेर हात उठाएपछि पालो पर्खिएकै बेला स्कूलबाट फर्किएको हुन्छ उ । बच्चोले गार्डेनमा खेल्ने साथी बनाउन मेरो औँला समाउँदै तान्दै गर्छ । मेरो मस्तिष्क मेरो बोल्ने पालो तर्किन्छ भनेर नातिलार्इ टार्न खोज्छ । कहिले म स्पिकरबाट झरेर उसको खेल्ने साथी बनिदिन्छु । कहिले यता बोल्ने पालो पाएका बखत नातिलार्इ पर्खाइरहेको हुन्छु । यस्ता यूद्ध हाम्रा दैनिकी हुन्छन् । बारूद यूद्ध आवधिक हुन्छन् । किहले छोँटो समय लडिन्छन्। कहिले बर्षौ लम्बिन्छन् । जित हारमा रोकिन्छन् । बारूद त सलाइको काँटीको टुप्पामा पनि हुन्छ । पधेँराबाट फर्किएपछि आमाले गाग्री सधै राख्ने ठाउँमा राख्नु हुन्थ्यो । त्यही सलाइका काँटीको बारूद कोर्दै अगेनामा आगो सल्काउनु हुन्थ्यो । बुवाले गोठबाट भरेर ल्याएको गाबुको दुध कराइमा खनाएर भल्काइन्थ्यो ।


माघ महिनामा अगेनाको डिलमा बसेर दिदीले स्वस्थानी कथा बाचन गर्नु हुन्थ्यो । हजुरआमा दुर्इहातका माझि औँलका बीचमा फूल पर्ने गरेर नमस्करको भावमा शीर झुकाएर नमों नम गर्दै हुनुहुन्थ्यो । अनि त्यो कथा तरकाशुर संगको युद्धबाट सुरू हुन्थ्यो । हाडबाट पहाड, रगतबाट समुन्द्र, मासुबाट माटो बनेको पृथ्वी बारेको अन्धविश्वास मेरो हार्ड ड्रइभमा भरिइरहेको थियो । मेरो सबै जस्तो स्पेश खाली रहेको मेमोरी खै कति एम्बी वा जीबी पो थियो कुन्नि ? त्यस्तै डेटाहरू मेमोरीबाट मेरो गिदीका हार्ड डिस्कमा भरिँदै गए । त्यसै गरी रामले रावणलाइ बध गरेको यूद्धको कथाले पनि एउटा फोल्डर बनाएर एउटा कुनामा थन्कायो । कौरब र पाण्डवहरूको यूद्धको विवरण, त्यो यूद्ध हुनुको कारण, महाभारतको कथाका रूपमा अर्को फोल्डर बनाएर गीदीका अर्को कुनामा थन्किन पुग्यो ।


मोदनाथ प्रश्रीतले लेखेको 'मनोहरादेखि मानवसम्म' भन्ने पुस्तक पढेपछि गिदी भित्रको यूद्धको स्वरूप परिवर्तन भयो । बिज्ञान सरले ब्याख्या गरेको डार्बिनको विकासवादले स्वस्थानी कथाले ओघटेको अन्धविश्वास फोल्डर डिलिट गर्न हम्मे हम्मे पर्यो ।


म ६ बर्षको हुँदा ठूला पधेँरा माथिको कोलमा भूत देखेँ । भूत हुँदैन भन्छन् कोही ! अनि आफैले देखेको छु तैँले भनेर हुन्छ भनेर जोरका तोर गर्ने गर्थेँ । उमेरले सिकाएर होला त्यस्तो जोरका तोर हुने वाक यूद्धमा सम्यमित हुन अलिअलि सिकेको छु । तर कहिलेकाही ब्लड प्रेशरले पारा चढाउँछ र त्यस्ता वाक यूद्ध त कति चल्छन् कति । हुँदाहुँदा केके कुरा पढेँ । प्रोफेसरहरूका लेक्चर सुनेँ । बिभिन्न चलचित्र हेरेँ । त्यसपछि आफैले देखेको भूत हुँदैहुँदैन भन्ने बिश्वसको लडाइ जितेँ । उहिले भूत हुन्न भन्नेहरूसंग भूत हुन्छ भनेर आफ्नो तर्क माथि पार्ने हठ ओकल्ने गर्थेँ । हिजोआज भूत हुँदैन भन्ने तर्क जित्न हठ गर्ने गर्छु । चाहे मान्नुस चाहे नमान्नुस भूत हुन्छ कि हुँदैन भन्ने गिदी भित्रको यूद्धले सेतो झण्डा देखाएर शान्ति कायम गरेको छ । र, विश्वस्त भएको छु, भूत त हुँदै हुँदैन ।


आफैले भूत देखेको साक्षी बकपत्र पढेर सुनाएको हैन ? अनि देखेको कुरा होइन भन्ने विरोधाभास बोल्दोरहेछ भन्दै हुनुहुन्छ हैन त ?


भएछ के भने मेरो गिदीको हार्ड डिस्क पुरै खाली थियो । छन त अपरेटिङ सिस्टमका केही डेटा पहिले देखि थिए होलान, तर खाली नै भन्दा हुन्छ । दिदीहरूले सुनाएका भूतका कथाहरू एउटा फोल्डरमा भरिँदा स्वस्थानीको कथा पनि रेकर्ड भएको थिएन । पधेँरामा सिद्ध भूत छन् भनेर सुन्तलीदिदीले सुनाउनु भएको थियो । कतिपय भूत आक्रामक भए पनि कतिपय सोझा भूत हुन्छन् भन्नु हुन्थ्यो । सिद्ध भूतमा पनि भलाद्मी आचरण हुन्छ भन्नु हुन्थ्यो । अनि सेता कपडा लगाएका अग्ला हुन्छन् भनेर म सुत्ने बेलामा सुताउने कथा सुनाउनु भएको थियो ।


सानै उमेरदेखि मलार्इ हिन्दी सिनेमा हेर्ने लत पनि बसेको छ अलिअलि । कतिपय भूतका कथा भएको फिलिम हेर्दा पनि रमाइलै लाग्छ । त्यही क्रममा 'लगेरहो मुन्ना भाइ' भन्ने फिलिम हेरेँ । त्यो फिलिम हेरेपछि मुख्य हिरो सञ्जयदत्तले सन् १९४८मै मरिसकेका महात्मा गान्धीलार्इ ६० वर्ष पछि देख्ने गरेको प्रसङ्ग छ । एक प्रकारले भन्ने हो भने गान्धीको भूत देख्थे भन्न पर्ला । रेडियोमा श्रोताले सोधेको प्रश्नको उत्तर गान्धीले हिरोलार्इ सिकाउँछन् । फिलिमको अन्त्यतिर एउटा प्रश्नको उत्तर दिन गान्धी आउँदैनन् । हिरोले गान्धीले दिएका ज्ञानको निकै अध्ययन गरेका कारण सवै कुराको उत्तर गान्धीले दिएको रहस्य चिकित्सकले बनाउँछन् । हिरोले पढेका किताबमा नलेखिएको विषयको प्रश्न दिन गान्धी नदेखिनु हिरोको गिदीको मेमोरी हार्ड डिस्कमा रहेर्ड नभएकोले रहेछ भन्ने सन्देश बुझेँ मैले ।


त्यस पछि मैले देखेको सिद्ध भूत विषयको गिदि भित्र बर्षौँ चलेको यूद्ध पनि रोकियो । त्यो भूत मैले साँझमा देखेको थिएँ । ठ्याक्कै दिदीले पधेँराको भूतको विवरण सुनाए जस्तै भूत देखेको थिएँ ।


त्यस दिन, स्कूलबाट फर्किएर घरमा पुग्दा आमालार्इ नदेखेपछि दिदीलार्इ खै आमा ? भनेर सोधेको थिएँ । दिदीले तेल पेल्न जानु भएको छ भन्नु भयो । मलार्इ थाहा भएको तेल पेल्ने काठको कोल त्यही पधेरा निर थियो । म अरू केही नभनी आमालाइ भेट्न कोलमा गएँ । तर,त्यो कोलमा राम्रोसंग तोरी नपेलिने तथा तेल कम निस्कने हुनाले आमाहरू अलि टाढको कोलमा जानु भएको रहेछ । जाडो महिना भएकोले दिन छोँटा थिए । पहेँली घाममा बारीको डिलै डिलको गोरेटो मोडिएर कोल देखिने ठाउँमा आमाहरू केही नभएर सुनसान देखेँ । त्यो कालो भएको कोलको तेर्सो काठ र बीचको मुढे भागको सुन्यताबीच मेरो गिदीको फोल्डर खुलेछ । दिदीले सुनाएको सिद्ध भूतको फोल्डरको फाइल खुलेकोले मेरा आँखाले त्यही इमेज फाइल देखेको भ्रम भयो । वास्तवमा मेरा आँखाले हैन दिमागले मात्र त्यो दृष्य देखेको थियो ।


जब मेरो गिदीको भूत यूद्ध सकियो त्यसपछि अध्यारोमा भूतले छल्ने डरले सताउन पनि छाड्यो । भूत देख्नै छाँडे । पहिला पहिला त यति डर लाग्थ्यो कि सवैजना तल्लो तलामा बसेको समयमा माथि कोठामा पुगेर बिजुलीको स्वीच थिचेर उज्यालो नपार्दासम्म कुन भुतले छल्छ अब भन्ने डर लाग्थ्यो ।
 
Name: Milan Gyawali  
Comment: Really interesting story. Even though it attempts to cover quite a lot, I enjoyed the story thoroughly. This reminded me of KOE and GHATTE days.
Date: 6/5/2022 12:00:00 AM
 

123456
 
 Comment
Milan GyawaliReally interesting story. Even though it attempts to cover quite a lot, I enjoyed the story thoroughly. This reminded me of KOE and GHATTE days.
Prem Jang Mallaतपाइको बाल्यकालको भूतको कथा पढें साह्रै रमाइलो लाग्यो।गाउं घरमा यस्तै कथाहरु सुनेर हुर्केको हुनाले मलाई पनि एक छिन भए पनि बाल्य कालको याद आयो।
Yam PunI have read through with the subject BHUT KO YUDDHA, Yes you are correct hajur, mostly each and every people from under developed country go through with the similar situation as you mentioned in your subject. I thoroughly enjoyed reading and hope to read your writing with the similar subject in the coming days too.
Narendra Kambangसाच्चिकै नढाटी भन्नु पर्दा म कुनै लेख रचनाहरुको गहिरो अर्थ बुझ्न सक्ने वा प्रतिकृयात्मक अध्यास नभएकोले के कसरी प्रतिकृया दिने हो अलमलमा परे । युद्ध र बन्दुक कै बारेमा मात्र भए आफु बन्दुके भएकाले केही भन्न सक्थे । तर यो त रचना हो, जे भएता पनि पढी बुझे अनुसार आफुलाई लागेको कुरो लेखेको छु है, सर । मैले दुइखेप पढे । पहिलो पटक त बुझ्न गाह्रो भयो । दोश्रो पटकमा अलि अलि बुझे । मेरो बिचारमा यो लेख एउटा लघु कथाको रुपमा तयार हुन सक्छ जस्तो लाग्यो । केही साहित्यिक भाषामा केही वाक्यहरु राख्न सके पढन अलिक रोचक हुन सक्छ होला । लेखन सैली तपाइको आफ्नै र आजको कम्प्युटर जमानासित संगसंगै उत्रने चेस्टा गर्नु भएको रहेछ । लेखको मुल मर्म, मनमस्तिस्कमा गहिलो छाप परेको कुरो बास्तविक आलोकमा नै देखिन्छ भन्नै तथ्य प्रष्टाउदै भावनात्मकताको पछि नलागी बास्तविकतासित उभिन सक्नु पर्छ भन्ने संकेतिक भाव प्रकट निश्कर्ष परिच्छेदमा कथा अन्त्य गर्न सकिने यो एउटा लघु कथा हुन सक्छ । सान्दर्भिकताको लागि, केही पूर्विय र पाश्चिमा प्रसिद्ध कथाकारहरुको कथा सम्बन्धि परिभाषा यसरी दिएको पाइन्छ : छोटो किस्सा एउटा सानो आँखि झ्याल हो जहाँबाट एउटा सानो संसार च्याइन्छ । – लक्ष्मी प्रासाद देवकोटा । कथा घटनाहरुको एउटा तारतम्य हो, जस्ले कुनै परिणामसम्म पुऱ्याउछ । –जोन फास्टर जीवनमा आइपरेका घटनाको स्मृति नै कथा हो । – गोविन्द बहादुर गोठाले
Randip Raiहजुर को यकदमै भाबुक शिर्षक भुतको युद्ध अहीले भैरहेको युद्धले गर्दा अब को खाद्दन्यको महंगी अब के होला त हजुर यकदैमै उत्कृस्ट छ
 I have pleased to read your story, really its so interesting. A typical computer has a few basic parts like a screen, a keyboard or touch screen, and a programming and storage device.Each of us has similar parts. In us, the computer's(brain) display screen is comparable to our appearance and our actions what we display to the world around us. Our keyboard or our input device is our five senses. Anything we hear ( ghost story from your sister), see, taste, touch, or smell and anything we say to ourselves is input to our brains through our five senses. In our brains, the storage device is our subconscious mind. Neuroscientist have learned that much of what we had suspected about the human brain is true. The adult human brain weighs only about sixteen hundred grams, and looks more like a lump of gray cauliflower than a computer, the brain functions in some important ways much like the manmade computers that are patterned after it. Messages we receive repeatedly are recorded and wired into our subconscious minds. Whatever is programmed into your own personal "mental" computer is permanent programmed. That is, whatever programming you have received up to now(many kinds of stories etc.) is just as important and just as permanent as any program that has been typed into the most powerful man-made computers. Best wishes Your sister Jau Gurung
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.