Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
प्रसंगः भ्याक्सिन पछिको कोरोना संक्रमण
दुर्इ धर्के अनुभूतिः

प्रसंगः भ्याक्सिन पछिको कोरोना संक्रमण


दुर्इ धर्के ल्याटरल फ्लो टेस्टले ककहरा पढ्दाको 'तीन धर्के ण'को सम्झना गरायो । मेरो अधिल्लो पुस्तालार्इ मेरो पुस्ताले जसरि उछिन्दै गयो, त्यसै गरी तीन धर्के 'राा' लार्इ 'ण' ले प्रतिस्थापित गर्यो ।

स्वस्थानीमा तारकासुरको डरले त्राहिमाम भएका देवहरू भन्दा बढि मानिस कोभिडबाट नतमस्तक भएकाबेला वैज्ञानिकले बनाएको यन्त्र हो ल्याटरल फ्लोको दुर्इ धर्के परीक्षण यन्त्र । घरमै कोभीड परीक्षण गर्न सकिने माध्यम हो यो भाँडो (टुल) । बन्दीखाम भित्रको एउटा सुइरो नाक र घाँटीको फेँदैसम्म ठेल्यो ६ थोपाको झोलमा डुबायो । एकै छिनपछि दुर्इ थोपा झोल अनो(हलो) रूपी तीन इन्चको खोपीमा झार्यो, पर्ख्यो ! एक धर्को भए बच्यो, दुर्इ धर्को देखिए सुरूभो त्राहिमाम !

यो परीक्षणबाट कोभीड भाइरस शरीरमा थोरै भए दोस्रो धर्को मधुरो हुँदो रहेछ भन्ने अनुभव रह्यो । शरीरमा भाइरस फैलँदै गएपछि दोस्रो धर्को पनि चहकिलो हुँदै जाँदो रहेछ । आँखाले नदेख्ने, इन्द्रीयले नखुट्याउने तर शरीरमा प्रभाव पार्ने भाइरस चिन्न सक्ने यन्त्र बनाउन सक्ने बैज्ञानिकको सय जिब्रा भएका नागले पनि प्रशंसा गर्न के सक्लान र ? म मनुवाले के सकुँला र !
अघिल्लो हप्ता रूघाले नाक बगायो तर खासै सताएन । छोरी र श्रीमतीज्यूले अस्पतालमा काम गर्ने हुनाले एनएचएस(नेशनल हेल्थ सर्भिस,यूके)ले सित्तैमा दिएको धर्के यन्त्र घरमै थियो । बुधवारका दिन सवैले परीक्षण गर्यौँ । मेरो र छोरीको एक धर्को र श्रीमतीको हल्का मधुरो दोस्रो धर्को पनि देखियो । हत्तनपत्त पीसीआर परीक्षण बुक गरेर बुढाबुढीले स्याम्पल दिएर फर्कियौँ । उहाँको आइसोलेशन सुरू भयो, मेरो संशय । भर केवल शरीर भित्र छिराइएका भ्याक्सिन(मेरो दुर्इ र उहाँको बुस्टर समेत) को प्रतिरक्षाको रह्यो । त्यसैले आँट पनि जगाएकै हो । भ्याक्सिन कति कारगर छ, साच्चै कारगर हो कि जालझेलको ब्यापार भन्ने अनुभवबाट छुट्याउने जमर्को पनि गर्ने मन भयो ।

सुक्रबार धर्के यन्त्रले मेरो पनि मधुरो दोस्रो धर्को देखायो । बुघवारको राति नै कोभिड पोजेटिभ भनेर श्रीमतीज्यूको रिजल्ट आएपनि मेरो भने विहिवार साँझ बल्ल स्पष्ट गरी परीक्षण हुन नसकेको इमेल प्राप्त भयो । सनिवार विहान धर्के यन्त्रले मेरो दोस्रो धर्को पनि चहकिलो देखायो । नदेखिने भुसुनो शरीरभरि फैलिएछ भन्ने निधो गरेर आइशोलेशन पनि सुरू भो । पीसिआरको लागि दिएको स्याम्पलको परिणाम भने यी हरफ कोर्दासम्म पाएको छैन ।

अधिल्लो हप्ताको रूघामा हाच्छिउ, खोकी र नाक बग्ने भएको थियो । सुक्रबारदेखिको कोरोना असरमा भने खोकी ठ्याक्कै छैन, दुर्इ तीन पटक हाच्छिउँ बेहोरेँ । शनिवार विहानसम्म शरीर फुर्तिलो थियो तर दिउँसोबाट सिटामल हरेक चार घण्टामा खाँदा पनि हल्का भने भएको छैन । धेरै अप्ठेरो पनि भएको छैन । सुनेको र पढेको अनुभूतिहरूमा कोभिडको लक्षण भनेर खानाको स्वाद नहुने चर्चा थियो । तर, त्यो अनुभव भएको छैन । सधै भन्दा बढि नै भन्न धरमर भए पनि भोकमा कमी आएको छैन । खानाको स्वादमा कमी हामी दुवैले महसुस गरेका छैनौ । छोरी लगायत अरू परिवार सदस्यको पीसीआर परीक्षणमा नेगेटिभ परीणाम प्राप्त भएको छ ।

पीसीआर परीक्षणको पनि मेरो नयाँ अनुभव रह्यो । टेस्ट सेन्टरमा पुग्दा टेस्ट बुक गरेपछि प्राप्त इमेलको बारकोड सहित परिचयपत्र (आइडी) देखाएपछि ती कर्मचारीले कालो प्लास्टिकको थैलो दिए । छेवैँको स्टिल सङको मोटो किलोको तल्लो भागमा उठेको खुड्किलामा दायाँ खुट्टाले लचक्क थिच्दा निस्केको सेनिटाइजर हातमा दलेर चार खुड्कीला सिढी चढ्दा त्यहाँका कर्मचारीले स्वागत गर्दै छ नम्बरको तीनधेरै क्याबिन तोकिदिए । भित्तामा लेखिएका निर्देशन पछ्याउन अनुरोध गर्दै सहोगका लागि आफू तत्पर रहेको अनुरोध सहित उनि अलि उता उभिए । हातमा पञ्जा, नाकमुखमा मास्क लगाएर कोभिडको नदेखिने किराबाट जोगिने उपाए गरेर उनी बसेका रहेछन् ।

भित्ताको निर्देशन हेर्दै लिफाफा खोलेँ, सुइरो घाँटी र नाकको जरैसम्म पुर्याएर ढुङ्ग्राभित्रको झोलमा डुबाएर आधा सुइरो भाँचेर बिर्को लगाएँ । कालो लिफाफा भित्रको ट्रान्सपरेन्ट लिफाफामा ढुङ्ग्रो हालेर सिल प्याक गरेँ । स्यानीटाइजरको सानो पोको त्यातेर हातभरि दलेँ । फाल्टु भएका लिफाफा छेउँको बीन डिब्बामा छिराएर अघि बढ्दा क्याबिन भित्र बसेकी कर्मचारीले इमेलको बारकोड र ढुङ्ग्रो छिराएको लिफाफाको बारकोड स्क्यान गरिन र खोपी खोलेर डिब्बामा खसाल्दिन भनिन । धन्यवादको आदान प्रादन सहित विदा भएर घर पुगेँ, तथा आइसोलेशन सुरू भयो ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.