Govind Belbase
<May 2024>
SuMoTuWeThFrSa
2829301234
567891011
12131415161718
19202122232425
2627282930311
2345678
दशैं
दशैं

बाटो खन्न जान कटुवालले हाँक हालेको सुनिन
पधेँरा सोहोर्न बोलाउनेको जानकारी पाइन
रातोमाटो र कमेरो लिन जानेको लस्कर देखिन,


अलकत्रा लगाएर ढोका चम्काउने मान्छे देखिन
बाकस बोक्ने भरियाका अघि लाहुरे देखिन
चमेली तेल बसाएको हरहर्ती बासना पाइन
काठे पिङ बनाउने बञ्चराको स्वर सुनिन,


लिङ्गे पिङका बाँस लतारेके नि देख्दै देखिन
सोलीमा तोरी बोकेर कोल जाने लस्कर
सेल पोलेको खारले खोक्नेको ख्वाकख्वाक
चिउरा कुट्नेको कक्ल–ढ्याक ढ्याक
मैदा पिस्ने झाँतोको घ्यार घ्यार कतै सुनिन,


आँगनमा सुकाको झिलिङ्गा र पपहराको रङ
गाइनेले जुराएको पल्लो गाउँको ब्यथा
खसी बोका कुखुरा राङ्गाको मोलाइ
हल्दारले छुट्टी नपाको हुलाकीको खबर,


बाले ल्याइदिएको मजेत्रो चोली र बरकी
साने भोटो जाएँ र चप्पल लाउँदै ठाँटियो
तमसुकको भाकामा भून्टेको रेमिट्यान्स
साथमा बुहारीलाइ आइफोनको उपहार'


आइफोनको स्क्रिनमा शुभकामनाका फूल
म्यासेजको बक्समा मालसिरी धुन
यफबीको भित्तामा झिलिमिली कार्ड
खल्लो छ खवर आएर नि नआको चाड


समयः घटस्थापना, २०७६ को साँझ
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.