Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
अंश (कथा)
अंश (कथा)

–गोविन्द बेल्वासे

टमाटरको बोटमा लाठा गाडेर रस्सीले झाल माथि सोझाउने चाँजो मिलाउँदै थेँ । त्यत्तिकैमा बारीका डिलमा घोप्टाएको डोको माथि राखेको मोबाइल फोनमा घण्टी बज्न थाल्यो । आमाको फोन होला भन्ने लाग्यो । हत्तपत्त गएर फोन नउठाएर फोन काटिन्छ । कल ब्याक गर्यो भने सानो तिनो चोट.. आमाको फोनै उठ्दैन । विहानको पुजा सकेर खाना खाएर फुरसदमा बसेपछि आमाको फोन गर्ने बेला हुन्छ । छोरा, छोरी, नाति नातिना इष्टमित्रलाइ पालै सित फोन गर्न थाल्नु हुन्छ । बेर गरेँ र फोन उठेन भने अरूलाइ फोन गर्न थाल्नुहुन्छ अनि यता बाट कल ब्याक गर्यो भने 'तपाइले गरेको फोन ब्यस्त छ' भन्दै महिला स्वर त सुनिन्छ तर त्यो स्वर आमाको स्वर हुँदैन ।

हत्तपत्त बाँध्दै गरेको रस्सी टुङ्गाएर दगुर्दै जाँदाजाँदै फोन काटियो । कल ब्याक गरेँ । सधै जसो नै भै हाल्यो, फोन उठेन, बीजी छ । परार साल गोजीमा राखेको फोन धान गोड्दा पानीमा खसेर विग्रे देखिन आली तिरै राख्न थालेँ । त्यहाँदेखि यस्तै हुन्छ त नि । जे सुकै होस, कतिखेर फेरि मेरो पालो भएपछि आमाको फोन आइ हाल्छ भन्ने लाग्यो । आमाको बानी नै त्यस्तै छ । आली मै कुरेर बसे समय खेर जान्छ । खल्तीमा फोन हालेर फेरि रस्सी तान्न थालेँ । आमा टन्न कमाइ भएको कान्छो छोरोसंग बस्नु हुन्छ शहरमा । दुख्ख पाएको जेठा छोराको मोबाइलको विल बचाइदिन मन लागेर पो होकि जस्तो पनि लाग्छ । अनि अलि बेरमा फोन आउला भन्ने सोच्दै गर्दा मनमा पुराना कुरा खेल्न थाले ।

अहिले त एक्काइस बर्ष नै भएछ । त्यस दिन यति त खुसी भहैन म । घर माथिको बारीमा फूलगोभीको विरूवामा उकेरा लाउँदै थेँ । गाउँबाट बेसीको धानमा पानी लाउन झर्दै गरेको हुर्मतले तपाइको काठमाण्डुबाट एक घण्टामा फोन आउँछ रे जानुहोला भन्ने खबर ल्यए । उस बेला अहिले जस्ता मोबाइल थेनन । गाउँका होमनाथ गुरूले सोर्सफोर्स लगाएर फोन जोडेका थे । अलि बर्ष त कमाउन पनि खुबै कमाए । मोबाइलको चलन भएपछि उनको त्यो कमाइ पनि सुक्यो । फोन गर्ने खबर त उताबाट आउँथ्यो तर मिनेटका हिसाबले गुरूलाइ पैसा तिरेर फोन यतैबाट गर्न पर्ने । भाइको फोन रहेछ, फोनको धेरै पैसा चढ्ला भन्ने सोँच्दै फोन लगाएको उसले 'आइएको रिजल्ट निस्को, पास भएँ' भन्यो । आफूलाइ पढ्नै मन नलाग्ने र पढ्न नसकेको दुख्ख अव सकिएछ भनेर साह्रै खुसी भएँ । उसले फोनमा भन्दै गयो 'दाइ अव सुब्बाको लागि लोकसेवा लड्न झन कस्सेर पढ्छु, तपाइले लाइदेको कपडा पसलको काम गरिराखे लोकसेवा तयारीलाइ पढाइ पुग्दैन । छ महिनाको खर्च पठाइदिनुस' भन्यो । मैले नि खुसीको झोकमा पीर नगर, कस्सेर पढ पैसा पठाइदिन्छु भनेँ । हाम्रा दुख्खका दिन गए अव भनेर फोन राखेँ ।

त्यस वर्ष हुन पनि सवै राम्रो भएको थियो । मुर्राराको ठेमाहा भैँसीले पाडी पाएको थियो । दुइटै गाइले बाछो पाए । खेति पनि राम्रै भयो । ६ हजारको त त्यस वर्ष मसुरो बेचेको थेँ । त्यही पैसाले बुढीको पाठेघरको अपरेसन गराएँ । अपरेसन गर्दा नपुगेर लागेको ऋण पनि एक वर्ष भित्रैमा तिरेँ । पेट दुख्यो भनेकोभनै गर्थिन । त्यो अपरेसन गरेपछि उनको त्यस्तो पेट दुख्न नि छाड्यो । हड्ताल चर्केर बन्द भको भै भएर भारतबाट तरकारी नआएकोले पनि बारीका तरकारी राम्रै भाउमा विकेको थियो । सुन्तलाको पनि राम्रै पैसा पाइएको हो । होमनाथ गुरूहरूसंगै आमालाइ तिर्थ पनि पठाउन पुग्यो । भाइ पास भएको खबरले खुसी माथि खुसी भएँ ।

पाडी सितको मुर्राको ठेमाहाको राम्रै पैसा पर्छ । भाइलाइ छ महिना बसेर पढ्ने खर्च पुग्छ, भनेर बेच्न पर्यो भनेको बुढी धुरधुरी रोइन । त्यस वर्षको घिउ जम्मा गरेर एक जोर टप बनाउने सुर गरेकी थिइन उनले । माइतिमा सवै हुने खानेका बीचमा अलि राम्रा टप लाएर इज्जत बचाउने सुर रहेछ उनको । भैसी नबेचम विहानको दुधको पैसा जम्मा पारेर देवरलार्इ पठाए पुग्छ होला, साँझको दुधको घीउ जम्मा पार्छु भन्ने उनको तर्क थियो । हिसाव गरेको त्यसो गर्दा भाइको खर्च नपुग्ने भएपछि बेच्नै पर्ने हिसाव जोडेँ । तर, बुढीलाइ कसरी फकाउने समस्यामा परेँ । तर, त्यो वर्ष जति खुसी त्यस अघिँ र पछि कहिल्यै नभएको झोँकमा त्यो भैँसी बेचेरै गर्जो टार्ने विचार गरेँ । भाइले लोकसेवा पास गरेर जागिर खान थालेपछि सुख्ख भोग्न पाइन्छ भन्ने विचारले बुढीका कुरा त सुन्नै मन लागेको हैन । गाउँ घरमा सुन्दै आएको 'भाउजुले देवरको डाहड गर्छन' भन्ने भनाइ साँचो पो हो कि भन्ने पनि लाग्यो । उनको पो देवर मेरो त भाइ हो, आफ्नै रगत भनेर बुढीको त कुरै खाइन ।

विष्णे (छोरो) चार वर्षको भयो, अर्को वर्षबाट स्कूल पठाउन पर्छ, त्यही भैसीले खर्च चलाउँछ, भन्ने बुढीको कुरो भन्दा बढि भाइकै जागिरको आशा लाग्यो । बर्षौटे भैसी त्यो पनि पहिलो बेतमा नि पाडी, दोस्रो बेतमा पनि पाडी पाएको भैसी अझै छ–सात बेत त राम्रै कमाइ दिने निस्चित नै थियो । बुढीका आँसुको पीर भन्दा बढि मलाइ भाइको लोकसेवाको जाँच र जागिरले खुसी पारेको थियो ।

भैँसी बेचेर पठाएको खर्चले काम गरेन छ । भाइको लोकसेवामा नामै निस्केन भन्ने खबर पाउँदा छाँगाबाट खसेँझै भएँ । जागिरको मेसो नमिलेपछि कोरिया हानिने मेसो गरेकोले अर्को खर्च थपिएको माग आयो भाइबाट । कोरिया जान भन्दा पहिला त अझ ब्यापार गर्छु, पैसा दिनुस भन्थ्यो ब्यापार गर्ने पैसा दिन त छैन त पैसा भने पछि कोरिया जाने कुरा गर्न थाल्यो । ब्यापर गर्दा कमाइ हुन्छ नै भन्ने ग्यारेन्टी नभएर होला, साहुले ऋण पनि पत्याएनन् । कोरिया जाने भने पछि चाही कमाइ निस्चित हुने भएर होला ऋण पनि पाइ हालिने । सयकडा दुर्इको भाउमा होमनाथ गूरूले दिएको पैसाले उसलाइ कोरिया पठाएँ । भाइले ब्यापर गर्न खोजेको छ भन्दा आफूसंग पैसा छैन भन्ने गुरूले नै पैसा निकाले । हुन पनि गुरूले अरूलाइ सयकडा साढे दुर्इमा ब्याज लाउँछन, मलाइ मिलाएरै सयकडा दुर्इमा दिएका थिए । भाइ कोरिया गएर कमाएर पठाएकोले ऋण तिरिहालियो ।

मनमा पुराना ती कुरा खेल्दै थे, त्यत्तिकैमा फोनको घण्टी बज्यो । हत्तपत्त आमाकै फोन होला भनेर उठाएको होमनाथ गुरूको नातिको विहामा जन्त जाने निम्तोको फोन रहेछ । जन्त जाने एउटा गत्तिलो कोट किन्न कहिल्यै नसकेको पीरको घाउ बल्झियो । ऋण र दुःखका चिन्ताका कुराले एक्काइस वर्ष अघिको खुसीको वर्षका मनका कुरा हराए । एक्लै हुँदा त्यस्तै त हो नि काम गर्दै गरे पनि मनमा भने एक न एक थरि कुरा त खेलेकै हुन्छन् । मनमा कुरा खेलाउँदै तानेको रस्सीको एकलाइन मेलो सकिएर अर्को मेलो सुरू गर्नै लाग्दा फोनको घण्टी फेरि बज्यो । गोजीबाट फोन झिकेर हेरेको आमाकै फोन रहेछ । उठाएँ । सँञ्च विसँञ्च को कुरा हुँदा सँञ्चै छु भने मैले पनि । विरामी नै हुँदा पनि सँञ्चै छु भन्ने पो बानी परेको हुन्छ । त्यसै माथि दुःख पीर खटाएर बारीमा काम गर्दै गर्दा विसँञ्चो भन्नु पनि के भन्नु त नि ! तै पनि आमाले भनि हाल्नु भयो– 'तेरो कोखो दुख्न थालेको एक वर्षै हुन थाल्यो, एक चोटी यता आएर जँचाए हुन्थ्यो । अस्ति तालेघरे कृष्णसंग कुरा भथ्यो । जेठाले कोखामा दुख्छ भन्छ अचाल, भनेको 'किड्नी खराब भए पनि त्यस्तो हुन्छ भन्थ्यो ' भन्नु भयो । हुन पनि यो कोखो चसक्क दुख्न थालेदेखि अनुहार पनि पहिला सेतिँदै गएको र अचाल अलि पहेँलो देखिन थालेको भन्छिन बुढीले पनि । खै के हो, के हो ? सहर गएर जँचाए महँगो न महँगो छ । ऋण काढेर कृष्णेलाइ दुबइ पठाएको ब्याजको किस्ता ६–६ महिनामा तिर्न पर्छ भनेको भाका आइसक्यो । अव, कृष्णेको कमाइ हुन थालेर किस्ता तिरेर पैसा बच्न थालेपछि जचाउन पर्ला भनेर आमालाइ उत्तर दिएँ । हेमन्त सरले पनि तरकारीमा विष छर्दा पञ्जा र मास्क लगाउनु पर्छ नत्र विषादी नाक मुखमा छिरेर किड्नी विगार्छ भन्नु हुन्थ्यो । आमाका कुराले हेमन्तसरले दुइ हप्ता अघि भनेको कुरा संझायो । मन पनि डराएर होला, हो न हो, किड्नी नै फेल भएको त हैन होला भन्ने पीर पर्न थाल्यो ।

तरकारीमा किरा मार्ने विष नहाले किराले खाएरै खत्तम पारिदिन्छ । मास्क त गाउँमा जुटाउनै नसकिने । आजभोलि त गम्छाले नाकमुख ढाकेर छर्छु विष र औषधि । पहिलापहिला त्यत्ति वास्ता पनि भएन । पहिल्लैदेखि विग्रँदै गएर त होला । अलिअलि गर्दै बढ्दै त गए होला । पञ्जा त जुट्दैन नै । जे त होला अव एक वर्ष जति धेकेलधाकल गर्न पाए दुबइबाट कृष्णले पैसा पठाएपछि राम्ररी जचाउन पर्ला भनेको अचाल अलि कमजोरीले गलाउन थालेको छ । बारीमा काम गर्दागर्दै बसेको ठाउँबाट झट्ट उठ्दा भनन्न रिगाउँछ । बुढीलाइ भन्यो भने पीर मान्छिन भनेर रिगाउँछ भनेर त भनेको पनि छैन । दुर्इ महिना अघि कोखो जचाउन मुँगा हालेको औँठी बेच्नुस भन्थिन । विहाको औँठी बेचेर औषधि गर्न मन नलागेर कृष्णको कमाइको आशा गर्दा गर्दै झनपछि झन गलाउन थालेर पो हैरान पारेको छ । एक मनले त चित्त दुखेको विर्सेर भाइसंग पैसा मागेर उपचार गराउन मन नलागेको त हैन । करोडौँको कारोबार गर्ने भाइसंग उपचार गर्ने पैसाको खाँचो त हुने थिएन । तर, गहिरो पीर परेपछि ज्यानै गएछ भने पनि जावस त नि भन्दै, दुखेको चित्तलाइ मनाउन सकिन ।

कोरिया गएर मनग्गे धन कमाएको त राम्रै हो । त्यसमा खुसी नै लागेको हो । दुख्खका दिन गए अव सुख्ख पाइन्छ भन्ने लागेको हो । उसको विहा गर्ने बेलामा पनि घरबाट केही खर्च गर्न परेन उसकै कमाइले पुग्यो । बुवा माओवादी जनयूध्दमा लाग्नु भएको थियो । किलोसेरा टु अपरेसनकै वेलामा, उहिल्यै मारिनु भयो । बुवा वित्दा भाइ ६ वर्षको मात्र थियो । त्यसैत मलाइ पढ्नै मन नलाग्ने तै माथि घरखेती नगरी खर्च गर्जो नटर्ने भएपछि खेती गरेर गाउँमै बसे । दुर्इटी बैनीको विहा गरिदिएँ । भाइलार्इ पढ्ने खर्च पुराएँ । हुर्काएँ । नेताहरू खुला नहुँदासम्म त पार्टीको तर्फबाट पनि शहिद परिवार भनेर खेती लगाउँदा सहयोग गर्ने सम्मको सहयोग पाइन्थ्यो । माओवादी सरकार हुँदा भाइले अलि पढेको भए जागिर लाइदिन्थे भन्ने आशा पनि थियो । तै पनि पार्टीकै साथीको पसल भन्दै भाइलार्इ कपडा पसलमा काम लगाइ दिएर उसको पढाइमा सघाएका पनि हुन । त्यसपछि भने नेताहरू उतै हराए ।

दुर्इ वर्ष अघि बैनीहरूले भाइले काठ्माण्डोमा घर किन्न खोज्दै गरेको सुनाए । भाइले मलाइ त केही भनेको छैन भनेर म भने अचम्म मान्दै बसेँ । मन चसक्क भयो । म भित्रको घमण्डले होला भाइले खोधेन भनेर चित्त दुख्यो । उसैसित सिधै सोध्न पनि मन लागेन । त्यही रिषका झोँकमा कृष्णलाइ दुबइ पठाउने पैसा पनि उसित मागिन । बरू ऋण खोजेर पठाएँ । आशा गरेको मान्छेबाट निरास बनाउने ब्यवहार भएपछि साह्रै चित्त दुख्दोरहेछ ।

दशैँमा परिवार सितै भाइ गाउँमै आयो । धेरै वर्षपछि दशैँ संगै मनाउन पाएको खुवै खुसी लाग्यो । त्यो खुसीको धुनमा उसले घर किन्ने विषयमा नसोधेको पीर पनि विर्सि बसेँ । तर, टिकाका भोलिपल्ट अंश चाहियो भनेर माग्यो । भाइलाइ अंश दिनु त पर्यो नै भनेर आमालाइ बाँडिदिनुस भने । त्यही बेला घर किन्न थालेको छस रे जसरितसरि भाइबैनी हुर्काएँ बढाएँ । तर, भाइबाट धेरै आशा गरी बस्नु मेरो गल्ती स्वीकार गर्छु, भनेँ । मलाइ भनेरै घर किनेको भए चित्त दुख्ने थिएन भन्नु बाहेक अरू गुनासो गरिन । अंश लागेको उसको भागको जग्गा पनि खेती गरिखानुस हजुरलाइ चाहिए किन्नु होला नत्र अहिलेलाइ बेच्दिन काठ्माण्डौ तिरै बस्छु । एक दिन छुट्टिनै पर्छ अहिले अंश लगाम भनेको हो भनेर मलाइ सम्झाउने कोसिस गर्यो । घर किन्ने पैसा त छैन, साथीभाइहरू राम्रा छन्, घर किन्न थाले दुर्इ–चार करोड सापट दिन्छन् भनेर भन्यो । उसले कमाएको सम्पत्तीमा दाइलार्इ भाग लगाउन पर्छ भन्ने नियतले घर किन्ने कुरा लुकाएको भन्ने कुरा मलार्इ बुझाउन सफल भयो । अंश लगाएपछि हुनेखाने कान्छो छोरोसंग बस्न थालेकी आमाले एक–दुर्इ दिन विराएरै भए पनि फोन गर्नुहुन्छ । चित्त बुझेकै छ । खुसी नै लाग्छ ।

भाइलार्इ पनि मसंग चित्त दुखेको रहेछ । उसले घरै किने पनि मैले त्यस विषयमा कुरा उठाउन नहुने उसको भनाइ रहेछ । उसले ब्यापार गर्न मैले पैसा नदिएको गुनासो रहेछ । कोरिया जानु भन्दा पहिला उसले ब्यापार गर्न माग्दा मसंग पैसा हुँदा हुँदै पनि उसलाइ नदिएको गुनासो रहेछ । भैँसी बेचेको, मसुरो बेचेको पैसा मैले राखेको र उसलाइ नदिएको उसको गुनासो रहेछ । उसलाइ लोकसेवा जाँच दिन बढ्न भनेर पढाएको खर्च त दैनिकी आम्दानीको बचत भन्ने लागेको रहेछ । उसका कुरा सुनेर मेरो दुख्ख उसले नदेखेको महशुस गरेँ । नेपाली पढाउने टिकाराम सरले सुनाएको एउटा कथा संझिएँ । कथा अनुसार– एउटा छोरोले केही महिनादेखि कलेज जाँदा लगाउने एक जोर छालाको जुत्ता मात्र भएकोले अर्को जोर स्पोर्ट जुत्ता किनिदिन माग गरिरहेको थियो । बाबुले पैसा नभएकोले किनिदिने भाका टार्दै रहेछन् । बुवाको तलब बुझ्ने दिन छोरोले अर्को जोर जुत्ता नकिनिदिएमा साँझदेखि भात नखाने अड्डी लिएछ । तलब बुझेर फर्कँदा बुवाले एकजोर स्पोर्टस जुत्ता किनेर ल्यार्इदिएछन् । भोलिपल्ट कलेज जाने बेलामा अर्को दिनदेखि नयाँ जुत्ता साथीहरूलार्इ देखाउन पाइने भो भनेर आज बुवाको जुत्ता लगाएर कलेज जाने र साथीहरूलार्इ आफूसंग धेरै जुत्ता भएको फूर्ति लगाउने जुक्ति चालेछ । त्यसैले उसले कलेज जान बुवाको जुत्ता लगाएछ । तर, बुवाको जुत्तामा ठोकिएको काँटी बिजाएर खुट्टामा रगत आएपछि उसले नयाँ जुत्ता बुवालार्इ नै लगाउनुस भनेर आफ्नै पुरानो जुत्ता लगाएर कलेज गएछ । बुवाले खुट्टामा रगत निस्कने जुत्ता लगाएर पनि छोरालार्इ नयाँ जुत्ता किनिदिएको थाहापाएदेखि बल्ल बुवाको मर्म बुझ्न थालेछ ।

तर, मेरो भाइले भैँसी बेचेर खर्च पठाएको विषय ठट्टा मानेको देखेर दुखेको चित्त सान्त नभएकोले मन कुडिएकै छ । त्यसैमाथि उसले मालपोत कार्यालयमा अंशबण्डा कागज पास भएर बाहिर निस्कँदा भनेका कुराले झन मन पोलिरहेको छ । उसले ठीक समयमा अंशबण्डा गरेको तर्क गरिरहेको थियो । उ पढालेखा काठमाण्डौ सहरमा बस्ने मान्छे । सहरका कुरा सुनेको मान्छे । संविधानमा छोरा र छोरी सवैमा बरोबर अंश लाग्ने भनि लेखिएको कुरा जानेको मान्छे । तर, गाउँघरमा हामीलार्इ त्यस विषयमा थाहा पनि थिएन । पुर्खादेखि चलिआएको छोराहरूले मात्र अंश पाउने छोरीले त दाइजो मात्र पाउने भन्ने बुझेका थियौँ । हतार गरेर अंशवण्डा नगरे त भएको सम्पत्तिमा विवाह गरेका मेरा बैनी र उसका दिदीहरूलार्इ पनि अंश दिनुपर्छ भनेर उ हतारिएको रहेछ । कार्यालयमा संविधानमा लेखिएको जस्तो अंशवण्डा गर्दा छोरीहरू पनि खोजी हुन्छ कि भनेर उ निकै डराएको रहेछ । तर, कार्यालयमा छोरीहरू नखोजी अंशबण्डा कागजमा विवाह भैसकेका छोरीहरूको संख्यामात्र हेरेर हाकिमले दस्तखत गरेकोमा उ निकै खुसी भएको रहेछ । उसको खुसी देखेर म भने अलमल्लमा परेँ । कताको भाइ, कताका बैनी ? दुखेको मन कसैलाइ केही नभनी बस भन्ने भएँ ।
 
Name: Raj Kumar  Pudasaini
Comment: बेलबासे सरको कथा पढ्न सुरु गरे पछि पढ्दापढ्दै कतिखेर सकिएछ पत्तै भएन। कथा रमाईलो लाग्यो बिषय बस्तु समसामयिक यथार्थवादी खालको छ पात्र छनौटमा पनि कथाकार सचेत देखिन्छन्। समाजमा घटेका सामान्य घटनाहरुलाई पनि एकदम मिहिन ढंगले उजागर गर्न उनी निकै खप्पिस देखिन्छन् । सामान्य भन्दा पनि सामान्य कुराहरूले सामाजिक जीवनका पात्रहरुलाई कसरी प्रभावित पारेको हुन्छ भन्ने कुरा भाईले सहरमा घर किन्दा दाईलाई नसोध्नु, आफ्नो जीवन संगिनीको सपनालाई लत्याएर भाईलाई बढी माया र भरोसा गरेर घरको स्थाई आम्दानीको श्रोत लैनो भैंसी बेच्नु, घरमा आफुले दुख गरेर जम्मा गरेको रकम पनि भाइलाई खर्च गर्न पठाउनु अनि दाजुले आफ्नो भाइलाई गरेको माया र भाईको पढाइ र उसको भविष्यलाई महत्व दिदैं आफ्नो घर ब्यबहारलाई पनि गौण ठानेर यौटा दाईले गरेको भाइ प्रतिको कर्तव्य तर त्यसको प्रतिफलमा भाईले दाईलाई गर्नु पर्ने सामान्य कर्तव्यको कुराहरू पनि ख्याल नगरेको कुराहरू लाई एकदम मिहिन र मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।आधुनिकताको नाममा समाजको भद्दा परिवर्तनको कारणले गर्दा मानविय मुल्य र मान्यतालाई बिर्सिदैं र उदासिन बन्दै गएको बर्तमान सामाजिक बिसंगतीलाइ कथाकारले असाध्यै प्रभावकारी रुपमा प्रस्तुत गर्न सफल भएका छन्। कथा भित्र अर्को प्रसंग जोडेर टिकाराम सर र उनको छोराको परिवर्तन भएको ब्यबहार मार्फत अत्यन्तै मार्मिक चेतनामूलक सन्देश दिन सफल भएकाछन्। मुलकमा भएको सकारात्मक राजनैतिक परिवर्तनको कुरालाई पनि महत्व दिदै समाजको पैतृक सम्पत्तिमा छोरा र छोरी बिचको सामाजिक विभेदलाई अन्त्य गर्ने मुलुकी ऐनको बारेमा पाठकलाई सुसूचित गराउने प्रयासलाई सह्राना गर्न सकिन्छ भने हाम्रै समाजका आधुनिक भनाउँदाहरु अहिले पनि कस्तो ब्यबहार गर्दारहेछन् भन्ने भाईको पात्र चरित्र मार्फत सहि रुपमा ब्यङ्ग्य सफल भएका छन्। समग्रमा कथा राम्रो छ तै पनि कतिपय कुराहरुमा कथाकारले सुधार गर्ने वा ध्यान दिनुपर्ने देखिन्छ । कथाकारको प्रश्तुती शैली असाध्यै राम्रो हुँदा हुँदै पनि कथा को भाषागत कमजोरी, कथाको बिषयबस्तु पुरानो र परम्परागत खालको चयन गरिनु अनि कथा भित्रको कुराहरूलाई पात्र मार्फतनै बोल्न लगाउनु पर्नेमा आफैँ सकेसम्म आफैले आत्मापरक ढंगले जबर्जस्ती भन्न खोज्नु कथा भित्रको कमजोर पक्ष मान्न सकिन्छ। कथाकारले कतिपय यस्ता सानोतिनो कुरालाई ध्यान दिएर आफ्नो लेखन यात्रालाई निरन्तरता दिने हो भने नेपाली साहित्यको कथा विधामा यौटा प्रतिभाशाली र आसलाग्दो कथाकार पाउने पक्का छ ।
Date: 9/11/2020 12:00:00 AM
 

123
 
 Comment
Raj Kumarबेलबासे सरको कथा पढ्न सुरु गरे पछि पढ्दापढ्दै कतिखेर सकिएछ पत्तै भएन। कथा रमाईलो लाग्यो बिषय बस्तु समसामयिक यथार्थवादी खालको छ पात्र छनौटमा पनि कथाकार सचेत देखिन्छन्। समाजमा घटेका सामान्य घटनाहरुलाई पनि एकदम मिहिन ढंगले उजागर गर्न उनी निकै खप्पिस देखिन्छन् । सामान्य भन्दा पनि सामान्य कुराहरूले सामाजिक जीवनका पात्रहरुलाई कसरी प्रभावित पारेको हुन्छ भन्ने कुरा भाईले सहरमा घर किन्दा दाईलाई नसोध्नु, आफ्नो जीवन संगिनीको सपनालाई लत्याएर भाईलाई बढी माया र भरोसा गरेर घरको स्थाई आम्दानीको श्रोत लैनो भैंसी बेच्नु, घरमा आफुले दुख गरेर जम्मा गरेको रकम पनि भाइलाई खर्च गर्न पठाउनु अनि दाजुले आफ्नो भाइलाई गरेको माया र भाईको पढाइ र उसको भविष्यलाई महत्व दिदैं आफ्नो घर ब्यबहारलाई पनि गौण ठानेर यौटा दाईले गरेको भाइ प्रतिको कर्तव्य तर त्यसको प्रतिफलमा भाईले दाईलाई गर्नु पर्ने सामान्य कर्तव्यको कुराहरू पनि ख्याल नगरेको कुराहरू लाई एकदम मिहिन र मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।आधुनिकताको नाममा समाजको भद्दा परिवर्तनको कारणले गर्दा मानविय मुल्य र मान्यतालाई बिर्सिदैं र उदासिन बन्दै गएको बर्तमान सामाजिक बिसंगतीलाइ कथाकारले असाध्यै प्रभावकारी रुपमा प्रस्तुत गर्न सफल भएका छन्। कथा भित्र अर्को प्रसंग जोडेर टिकाराम सर र उनको छोराको परिवर्तन भएको ब्यबहार मार्फत अत्यन्तै मार्मिक चेतनामूलक सन्देश दिन सफल भएकाछन्। मुलकमा भएको सकारात्मक राजनैतिक परिवर्तनको कुरालाई पनि महत्व दिदै समाजको पैतृक सम्पत्तिमा छोरा र छोरी बिचको सामाजिक विभेदलाई अन्त्य गर्ने मुलुकी ऐनको बारेमा पाठकलाई सुसूचित गराउने प्रयासलाई सह्राना गर्न सकिन्छ भने हाम्रै समाजका आधुनिक भनाउँदाहरु अहिले पनि कस्तो ब्यबहार गर्दारहेछन् भन्ने भाईको पात्र चरित्र मार्फत सहि रुपमा ब्यङ्ग्य सफल भएका छन्। समग्रमा कथा राम्रो छ तै पनि कतिपय कुराहरुमा कथाकारले सुधार गर्ने वा ध्यान दिनुपर्ने देखिन्छ । कथाकारको प्रश्तुती शैली असाध्यै राम्रो हुँदा हुँदै पनि कथा को भाषागत कमजोरी, कथाको बिषयबस्तु पुरानो र परम्परागत खालको चयन गरिनु अनि कथा भित्रको कुराहरूलाई पात्र मार्फतनै बोल्न लगाउनु पर्नेमा आफैँ सकेसम्म आफैले आत्मापरक ढंगले जबर्जस्ती भन्न खोज्नु कथा भित्रको कमजोर पक्ष मान्न सकिन्छ। कथाकारले कतिपय यस्ता सानोतिनो कुरालाई ध्यान दिएर आफ्नो लेखन यात्रालाई निरन्तरता दिने हो भने नेपाली साहित्यको कथा विधामा यौटा प्रतिभाशाली र आसलाग्दो कथाकार पाउने पक्का छ ।
Raj Kumarबेलबासे सरको कथा पढ्न सुरु गरे पछि पढ्दापढ्दै कतिखेर सकिएछ पत्तै भएन। कथा रमाईलो लाग्यो बिषय बस्तु समसामयिक यथार्थवादी खालको छ पात्र छनौटमा पनि कथाकार सचेत देखिन्छन्। समाजमा घटेका सामान्य घटनाहरुलाई पनि एकदम मिहिन ढंगले उजागर गर्न उनी निकै खप्पिस देखिन्छन् । सामान्य भन्दा पनि सामान्य कुराहरूले सामाजिक जीवनका पात्रहरुलाई कसरी प्रभावित पारेको हुन्छ भन्ने कुरा भाईले सहरमा घर किन्दा दाईलाई नसोध्नु, आफ्नो जीवन संगिनीको सपनालाई लत्याएर भाईलाई बढी माया र भरोसा गरेर घरको स्थाई आम्दानीको श्रोत लैनो भैंसी बेच्नु, घरमा आफुले दुख गरेर जम्मा गरेको रकम पनि भाइलाई खर्च गर्न पठाउनु अनि दाजुले आफ्नो भाइलाई गरेको माया र भाईको पढाइ र उसको भविष्यलाई महत्व दिदैं आफ्नो घर ब्यबहारलाई पनि गौण ठानेर यौटा दाईले गरेको भाइ प्रतिको कर्तव्य तर त्यसको प्रतिफलमा भाईले दाईलाई गर्नु पर्ने सामान्य कर्तव्यको कुराहरू पनि ख्याल नगरेको कुराहरू लाई एकदम मिहिन र मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।आधुनिकताको नाममा समाजको भद्दा परिवर्तनको कारणले गर्दा मानविय मुल्य र मान्यतालाई बिर्सिदैं र उदासिन बन्दै गएको बर्तमान सामाजिक बिसंगतीलाइ कथाकारले असाध्यै प्रभावकारी रुपमा प्रस्तुत गर्न सफल भएका छन्। कथा भित्र अर्को प्रसंग जोडेर टिकाराम सर र उनको छोराको परिवर्तन भएको ब्यबहार मार्फत अत्यन्तै मार्मिक चेतनामूलक सन्देश दिन सफल भएकाछन्। मुलकमा भएको सकारात्मक राजनैतिक परिवर्तनको कुरालाई पनि महत्व दिदै समाजको पैतृक सम्पत्तिमा छोरा र छोरी बिचको सामाजिक विभेदलाई अन्त्य गर्ने मुलुकी ऐनको बारेमा पाठकलाई सुसूचित गराउने प्रयासलाई सह्राना गर्न सकिन्छ भने हाम्रै समाजका आधुनिक भनाउँदाहरु अहिले पनि कस्तो ब्यबहार गर्दारहेछन् भन्ने भाईको पात्र चरित्र मार्फत सहि रुपमा ब्यङ्ग्य सफल भएका छन्। समग्रमा कथा राम्रो छ तै पनि कतिपय कुराहरुमा कथाकारले सुधार गर्ने वा ध्यान दिनुपर्ने देखिन्छ । कथाकारको प्रश्तुती शैली असाध्यै राम्रो हुँदा हुँदै पनि कथा को भाषागत कमजोरी, कथाको बिषयबस्तु पुरानो र परम्परागत खालको चयन गरिनु अनि कथा भित्रको कुराहरूलाई पात्र मार्फतनै बोल्न लगाउनु पर्नेमा आफैँ सकेसम्म आफैले आत्मापरक ढंगले जबर्जस्ती भन्न खोज्नु कथा भित्रको कमजोर पक्ष मान्न सकिन्छ। कथाकारले कतिपय यस्ता सानोतिनो कुरालाई ध्यान दिएर आफ्नो लेखन यात्रालाई निरन्तरता दिने हो भने नेपाली साहित्यको कथा विधामा यौटा प्रतिभाशाली र आसलाग्दो कथाकार पाउने पक्का छ ।
शिद्धार्थ खबरशिद्धार्थ खबर डट कम
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.