Govind Belbase
<May 2024>
SuMoTuWeThFrSa
2829301234
567891011
12131415161718
19202122232425
2627282930311
2345678
जन्मदाको मौसमले जीवनभरी असर गर्छ
यूरोपको एक अनुसन्धान टोलीले बालक जन्मिएको समयमा जस्तो मौसम छ त्यसै अनुसारको उसको भविष्य निर्धारण हुने गर्दछ भनेका छन् । उनीहरुको अध्ययन रिपोर्टका विषयमा सण्डे टेल्रि्राफले एक विवरण प्रस्तुत गरेको छ ।

नेपालमा बालक जन्मिएको छ दिनका दिन भाविले बच्चाको भाग्य लेख्छ भनिन्छ । त्यसैले धुमधाम संग छैठी मनाउने र भजन गाएर बालकको सुन्दर भविष्य लेख्न भावि संग अनुरोध गर्ने प्रचलन पनि रहेको छ । प्रचलित ज्योतिष शाष्त्रका आधारमा चिना लेख्ने र ग्रह गोचरको स्थान अनुसार भविष्य वारेमा अनुमान पनि गर्ने गरिन्छ ।

पृथ्वीमा बालक जुन स्थानमा जन्मन्छ त्यो स्थानको मौसम विभिन्न ग्रहको स्थान अनुसार निर्धारित हुने गर्दछ । जस्तो जुलाइ तिर र्सूय उत्तरी गोलार्धमा पुग्ने भएको हुनाले उत्तरी गोलार्धको क्षेत्रमा जन्मने बच्चा गर्मी मौसममा जन्मने गर्दछ । डिसेम्बरमा र्सूय दक्षीणी गोलार्ध तिर जाने हुनाले उत्तरी गोलार्ध तर्फो क्षेत्रमा जाडो हुने र जाडो याममा जन्मने बालकको भविष्य पनि त्यसै अनुसार विकास हुँदै जाने कुरा हालै प्रकाशित रिपोर्टले देखाएको छ ।

सण्डे टेल्रि्राफ पत्रिकाले भविष्यको चक्र मौसम चक्रका आधारमा हुने गर्दछ भन्दै अनुसन्धान रिपोर्टको ब्याख्या गरको छ । उत्तरी गोलार्धमा मई महिनामा जन्मने महिलाहरुले ज्यादै अर्न्तर्मुखी ब्यवहार गर्ने गर्दछन् र नोभेम्बर महिना तिर जन्मने महिलाहरु बहिरमुखी हुने गर्दछन् भनेर अनुसन्धान रिपोर्टमा भनिएको छ । त्यसै गरी जाडो महिनामा जन्मिएका पुरुष भन्दा बसन्त ऋतुमा जन्मने पुरुषहरु बढी दृढ हुने अनुसन्धानबाट देखिएको छ ।अध्ययनका क्रममा रुखका पातहरु झर्ने ऋतुमा जन्मने ब्यक्तिहरु शारीरिक रुपमा बढी सक्रिय हुने पाइयो । त्यस्ता ब्यक्तिले फुटवल खेल जस्ता मैदानमा खेलिने खेलमा सफलता देखाउने गर्दछन् । तर, बसन्त ऋतु तिर जन्मने ब्यक्तिहरुले भने चेस, बागचाल, क्यारमबोर्ड जस्ता खेलहरु खेल्न रुचाउने गर्दछन् ।

स्वीडेनको यूमेया यूनिभर्सिटीका प्रोफेसर जयंती छोटाइले गर्भावस्थामा महिलाको शरीरमा संवेदनशील हार्मोन उत्पादन हुने हुँदा तत्कालिन मौसमले विशेष प्रभाव पर्ने बताएकी छन् । त्यसले गर्दा बच्चा जुन मौसममा जन्मन्छ त्यसै अनुसारको हारमोनको असर बच्चामा पर्ने गर्दछ । त्यसै हार्मोनको प्रभावले गर्दा बच्चाको भविष्यमा देखा पर्ने ब्यक्तित्वलाई गर्भावस्था बाटै प्रभाव पर्न थाल्दछ । उनी अगाडि भन्छिन् तापमान संक्रमण, प्रकाश, जीवनशैलीमा वदलाव तथा आहार विहार र पोषण पनि मौसम अनुसार फरक पर्दछ र त्यसैको प्रभाव हार्मोन उत्पानमा पनि हुन्छ । उनले हाम्रो सौर्यमण्डल प्रणालीका आधारमा चल्ने मौसममा हुने परिवर्तका कारणले नै यो विविधता देखा पर्छ भनेकी छन् । उनले उदाहरणका लागि जाडो याममा र्सूयको प्रकाश कम हुने र तापक्रम घट्ने हुनाले त्यस्तो मौसममा विषाणुहरुको संक्रमणको खतरा बढी हुने कुरालाई प्रस्तुत गरेकी छन् ।

रिपोर्टमा सेप्टेम्बर देखि डिसेम्बरका बीचमा जन्मने शिशुहरु पछि गएर मानसिक रुपमा बढी आतंकित हुने जनाइएको छ । चिकित्सा सम्बन्धी तथ्याङ्कबाट पनि जाडो याममा जन्मेका मानिसहरु शिजोफोनियाबाट पीडित हुने गरेको देखिएको छ ।

>हार्टफोर्डसायर यूनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड वाइजमैनलाई उद्धृत गर्दै सण्डे टेल्रि्राफले रिपोर्टको निश्कर्षाई मौसमका सम्बन्धमा भविष्यवाणी गरिने कुरा संग तुलना गर्न सकिने जनाएको छ । मौसम सम्बन्धी प्रभाव उत्तरी र दक्षीणी गोलार्धमा ठीक उल्टो हुने गर्दछ । एकातर्फगर्मी हुँदा अर्को तर्फजाडो र अर्को तर्फगर्मी हुँदा अर्को तर्फजाडो हुने गर्दछ ।

शोधकर्ता मध्येका एवरडिन यूनिभर्सिटीका प्रोफेसर जान इगलले भने कुनै ब्यक्तिको ब्यक्तित्व निर्धारण गर्ने मुख्य कारण आहार विहार तथा मौसम उतार चढाव तथा जाडोमा हुने संक्रमण लाई मान्दछन् । त्यसका साथै अनुवंशिक तथा अन्य पर्यावरणीय कारणले पनि भूमिका निभाउने उनी वताउँछन् । त्यसकारण जन्मदाको मौसम एक सहायक कारक भएको उनी मान्दछन् ।

समग्रमा अनुसन्धानकर्ताहरुले शिशुको भविष्यको निर्धारण गर्नमा जैविकीय कारण प्रमुख भएको र ग्रहदसा आदिको असर तथा राशिफललाई आधार मान्नमा कुनै तुक नभएको वताएका छन् ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.