Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १३
भाग –१३

यात्राको थकाइले गर्दा घर पुगेर नुहाएर सुतेको त विहान उठ्दा नौ बजिसकेको रहेछ । यात्राको थकाइमाथि चिन्ताले गर्दा जीवनमा सवै भन्दा कठिन अवस्था बेहोर्न परेपनि सवै सहन परिहाल्दोरहेछ । भोलिदेखि त फेरि काम– विरामी–उपचार, छोरीको स्कूल खाना, काममा जान टिफिन आदि त्यही दैनिकी चल्ने नै छ । दिनेशको भने कामकै सिल्सिलामा उतैबाट नेपाल यात्रा जुर्यो । जस्तो भए पनि मलाई जस्तो उनलाई चिन्ता हुने कुरा पनि भएन । तर, त्यसै पनि मेरै कारणले पनि चिन्ता त उनलाई पनि पर्ने नै भयो । छोरीलाई स्कूल छुटेको पिर त छँदैछ । तर, उनले नेपाली संस्कार र यात्राको विषयमा जुन जानकारी जम्मा गरेकी छन् त्यसको लेखन राम्रो ठहरिएर कतै म्यागजिनमा प्रकाशित हुँदा अरुलाई पनि फाइदा हुन्छ र त्यसैबाट प्रभावित भएर कतिपय यात्री नेपाल गए भने नेपालको पर्यटनलाई पनि टेवा पुग्ने नै हुन्छ । जस्तो भए पनि पुरखाको देशको माया त लाग्ने नै रहेछ ।


किचन(भान्सा)मा झरेर चिया बनाउँदै गर्दा मनमा फेरि उनै एम्माको सम्झना आयो । आज त अव हस्पिटल पुगेर ब्लड तथा डिएनए परिक्षण हेर्ने सम्झनाले मन भित्र भरिएर बसेको पिर पनि अलि सान्त भयो । एउटा केटीको विषयको सम्झनाले आफ्नै आमाबुवा गुमाएको पिर पनि सान्त हुँदो रहेछ । मनै त हो । जुन विषय यो मनलाई मन पर्छ त्यसैमा रुमल्लिन्छ । कुनै पिरलाई त्यो पिर कसरि हटाउने, त्यो पिर के गरेर हट्थ्यो होला ? भन्ने जस्ता कुरा मनमा खेलेर चिन्ता बढाउँदै पनि लग्छ । त्यही चिन्ताको बीचमा अरु कुनै विषयले मन रमाउन थाल्यो भने चिन्ता हटेर पनि जान्छ । नत्र बुढापाकाले भने जस्तो ‘चिन्ताले चिता पनि पुर्याउँछ ।’

छोरी अझै नउठेकीले मैले दिनेश र मलाई चिया बनाएर सिटिङरुममा आएँ । एकै छिनमा दिनेश पनि बाथरुमबाट फ्रेस हुँदै सिटिङ रुममा छिरेर टिभीमा न्यूज च्यानल लागाउँदै बसेर चिया खान थाल्यौ । एकै छिनको समाचारहरुको सिल्सिला सकिएर विज्ञापन देखिन थाले पछि दिनेशले भने ‘म पनि पहिला अफ्रिकाको यात्रा, फेरि नेपालको चिन्ता भरिएको सफर दिमाग पनि भरिएर आएको छ । तिमीलाई पनि झन कति पिर परेको होला म बुझिरहेको छु । यसो गरौँ । अर्को हप्ता कतै घुम्न जाउँ । अलि मन पनि बहकिन्छ । यो चिन्ता माथि भोलिबाट काममा गएपछि एक हप्ता गाहरो पनि हुन सक्छ । बरु सुक्रबार गएर आइतवार साझ फर्कने गरी घुम्न जाउँ । सोमबारबाट काममा आउने भए पछि छुट्टिको पिर पनि भएन । छोरीको स्कूल पनि छुट्दैन । हुन्न र ?’

दिनेशको कुरा मलाई पनि ठीकै हो जस्तो लाग्यो । उनको कुरामा सहमति जनाउँदै भने ‘हुन्छ, कम्प्यूटरमा खोजन त मिल्दो समय अनुसार के गर्दा ठीक हुन्छ, त्यसै गरौँ ।’

एकैछिन दिनेशले कम्प्यूटरमा सप्ताहन्तको घुम्ने कार्यक्रम मिलाउन थाले म भने भान्सामा गएर उनलाई र मलाई ब्रेड टोस्टरमा हालेँ । ब्रेड तातुन्जेल अबोकाडो काटेँ र अबोकाडो र ब्रेड लिएर सिटिङ रुममा जाँदै गर्दा माथिल्लो तलाबाट आएको आवाजबाट छोरी उठेर बाथरुम छिरेको जस्तो आभास भयो । उनी तल झरुञ्जलेमा उनलाई पनि नास्ता बनाइदिउँ जस्तो मन त भयो तर छोरीलाई अहिले फेरि के खाने मन लाग्ने हो सोधेरै गर्नुपर्ला भनेर सिटिङ रुममा बसेर खान थाल्यौ ।

दिनेशले चियाको चुस्की बेलाबेला लिँदै कम्प्यूटरमा खोज्दै गर्दा आँखा स्क्रिन तिरै पारेर भने ‘एउटा क्रुज रहेछ, शुक्रवार गएर आइतवार आउने, त्यसैमा जाउँ, है ।’

मलाई त जता भए पनि जानपाए मन बहलिन्थ्यो भन्ने भैरहेकोले ‘हुन्छ । बुक गरौँ न त, तर छोरी बाथरुम गए जस्तो मानेकि छु, उनीसँग पनि एक पटक सल्लाह गरेर फाइनल बुक गरौँला ।’

छोरी तल झरेपछि ‘हामीले अवोकाडो र ब्रेड खायौँ, तिमीले के खाने ?’ भनेर सोधेँ ।

उनले ‘पोरिज खान्छु, म आफै बनाउँला भनिन ।’

दिनेशलाई ‘छोरीसँग विकेण्ड होलिडे जाने विषयमा सल्ला गर्दै गर, म छोरीलाई पोरिज बनाइदिन्छु’ भनेर म किचन(भान्सा)मा गएं ।

बाउँ छोरीको कुरा मिलेछ अनि म छोरीको लागि पाकेको पोरिज लिएर सिटिङ रुममा पुग्दा दिनेशले भने ‘ल छोरीले पनि हुन्छ भनेकि छन् । क्रुज बुक गर्न थाँले केही भन्नु छ भने भन । सुक्रबार साँझ साउथेम्टनबाट जाने रहेछ । विहान गाउञ्जी टापुमा पुर्याउँछ । दिनभरि टापुमा घुमौला अनि रातभरि फेरीमा फिर्ता आएर साउथेम्टन पुर्याउने रहेछ ।’

‘ल ठीक छ, तर आज त पुरै रेस्ट गर्ने हो । थकाइ मार्ने हो । एकछिन भने हप्ता भरिकोलागि खानपिनका सामानहरु किन्न ग्रोसरी जानु पर्ने छ ।’ मैले भने ।

छोरीः ‘हो आज दिनभरि रेस्ट गर्ने हो । ल भन्नुस, आज कुन सिनेमा हेर्ने म टिभीमा सिनेमा लगाउँछु ।’

दिनेशः ‘ल आज, साइन्स फिक्सन आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी फिलिम खोज त, नेटफ्लीक्समा पनि भेटिन सक्छ । त्यही हेरौँ अनि एक छिन सोपिङ जाउँला ।’

‘आज पकाउन पनि जाँगर लागेको छैन । टेक–अवे (फोनबाट अर्डर गरेपछि घरमै खाना पुर्याइदिने सर्भिस) मगाएर खाने हो ।’ मैले थपेँ ।

आज दिनभरि रेस्ट गर्ने भन्नेमा हामी सवैको कुरा मिल्यो ।

भाग – १४ भाग –१२
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.