Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
कस्को मान्छे

कस्को मान्छे !!

– गोविन्द बेल्वासे

म, न उस्को मान्छे
न त म, यसको मान्छे
चाकडी गर्न नसकेको
म कस्को मान्छे

उहिले म अ.त.को मान्छे
अहिले म कस्को मान्छे
उहिले म जनपच्छीय मान्छे
अहिले समाबेसी मान्छे
म कस्को मान्छे ?

हुन सकिन उहिले
म पञ्चको मान्छे
हुन सकिन सरकारको मान्छे
हुनै सकिन भूमिगत गिरोहको मान्छे
म कस्को मान्छे ?

श्रीमान गम्भीर होइन
सय थुँगा पूmलको मान्छे
म कस्को मान्छे ?
म होइन, नेताको मान्छे
म होइन हाकिमको मान्छे
म होइन उस्को मान्छे
म होइन जेलबाट निस्कँदा
डेढक्विन्टलको माला लाउनेको मान्छे
म होइन झण्डा लाउनेको मान्छे
म कस्को मान्छे ?

म होइन पार्टीको मान्छे
म हुँ टि पार्टी रुचाउने मान्छे
सित्तलपाटी बनाउने मान्छे
म होइन दलको मान्छे
म हुँ पैदल हिँड्ने मान्छे
म कस्को मान्छे ?

म होइन भ्रष्टको मान्छे
न हुँ पजेरो काण्ड वालाको मान्छे
न हुँ म अन्याय सहने मान्छे
न हुँ शोषण सहने मान्छे
म हुँ साधारण मान्छे

 

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.